नेपाल स्रष्टा समाजले रेखा -पवन स्रष्टा सम्मान कवि तथा गीतकार कालीप्रसाद रिजाललाई अर्पण गर्ने भएको छ ।
नेपाल स्रष्टा समाजको केन्द्रिय कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।
नगदराशि एक लाख एक सय एघार रुपैयाँ र सम्मानपत्र सहितको उक्त सम्मान नेपाली साहित्यमा पाँच दशकभन्दा बढी समयदेखि कविता,गीति क्षेत्रमा रिजालले पुर्याउनुभएको योगदानको उच्च मूल्यांकन गर्दै उक्त सम्मान अर्पण गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ । नेपाली साहित्यको श्रीवृद्धिमा लागिपरेका ६० वर्ष उमेर पुगेका र उत्कृष्ट रुपमा लेखनीलाई निरन्तरता दिइरहेका स्रष्टामध्येबाट उक्त स्रष्टा सम्मान अर्पण गर्न लागिएको पनि विज्ञप्तिमा उल्लेख छ ।
रेखा -पवन स्रष्टा सम्मानको लागि यस पटक साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरेको संयोजकत्वमा नाम सिफारिस समिति गठन गरि समितिले सिफारिस गरेको नामलाई नेपाल स्रष्टा समाजको केन्द्रिय कार्यसमिति बैठकले अनुमोदन गरेको अध्यक्ष ‘रोदन’द्धारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।
साहित्यकार पवन आलोक तथा उहाँकी धर्मपत्नी रेखा कँडेलको नाममा उहाँका छोरीहरु बिमला कँडेल थापा,रिता कँडेल बस्नेत, अनिता कँडेल,छोरा सुनिल कँडेल र बुहारी माला कटुवाल कँडेल समेतले यो सम्मानको लागि अक्षयकोष स्थापना गर्नुभएको हाे । ।
यो सम्मान आगामी फागुन २४ गते काठमाडौंमा एक कार्यक्रम आयोजना गरि समर्पण गरिने बताइएको छ