हाम्रो बारे

साहित्यिक जागरण, सिर्जना, प्रकाशन, सम्मान र पत्रकारिताका लागि समर्पित
जनमत प्रकाशन, बनेपा २०३९

वि.सं. २०३९ साल पुस महिनामा प्र.जि.अ. कार्यालय काभ्रेबाट विचार प्रधानपाक्षिकपत्रिकाको रूपमाजनमतको विधिवतदर्ता भएको हो । २० x ३० क्राउन साइजमा नै करीब ३० वटा जति विचार प्रधान पाक्षिकका रूपमा जनमतपत्रिकाको प्रकाशन भएपछि २०४५ माघ महिना देखि जनमत साहित्यिक मासिकका रूपमा प्रकाशित हुँदै आएको छ ।

जनमत प्रकाशन, बनेपा साहित्यिकजागरणका लागिआफूले सक्दो सिर्जना, प्रकाशन, सम्मान र साहित्यिक पत्रकारिताका लागि सेवा पु¥याउँदै आएको सेवामूलक, शुद्ध स्थापित साहित्यिक संस्थाहो । यस जनमत प्रकाशनका तर्फबाट विभिन्न साहित्यिक जागरणका क्रियाकलापहरूमध्ये साहित्यिकगोष्ठी, साहित्यकारहरूको सम्मान, साहित्यकारहरूको कृतिप्रकाशन, नियमित साहित्यिक पत्रिकाको प्रकाशन, पुस्तकउपहार कार्यक्रम लगायत अन्यथुप्रै साहित्यिक अभियानहरू सञ्चालित छन् । यस अभियानलाई जिल्लाकाथुप्रै साहित्यकार तथा समाजसेवीहरूलगायत राष्ट्रका वरिष्ठ साहित्यकारहरू, साहित्य अनुरागीहरू तथा समाजसेवीहरूको समेत सहयोग प्राप्त छ ।

उद्देश्यहरू :
१. साहित्यिक जागरणका लागि विभिन्न किसिमका क्रियाकलापहरू गर्ने ।
२. साहित्यिक प्रतिभाहरूको सम्मान गर्न विभिन्न खालका कार्यक्रमहरू सञ्चाल नगर्ने ।
३. साहित्यकारहरूको जिल्ला आगमनमा स्वागत सत्कार गर्ने ।
४. साहित्यिक पुस्तकहरू वर्षेनी प्रकाशन गर्दै लाने ।
५. नियमित साहित्यिक मासिक जनमतको प्रकाशन गर्दै लाने ।
६. साहित्यिक पुस्तकहरूको प्रचारका लागि वर्षेनीउपहार संचालन गर्दै लाने ।
७. साहित्यिक प्रतिभा यन गरी नगद तथा कदरपत्रद्वारा सम्मान गर्ने ।
८. ओझ्ेलमा परेका उपत्यका भन्दा बाहिरका लेखकहरूको कृति प्रकाशनमा सहयोग गर्ने ।
९. देशका वरिष्ठ साधहरूको सम्मान, खोजी र जीवन तयार गर्दै जाने ।
१०. देशभरका स्रष्टाहरूको हस्ताक्षर संकलन गर्दै परिचय ग्रन्थ तयार गर्ने ।
११. साहित्यकारहरूको मत÷अभिमत संकलन गर्दै प्रकाशन गर्ने ।
१२. लेखिकाहरूको मनोभावना प्रचार प्रसार गरी प्रकाशमा ल्याउने ।
१३. राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा साहित्यिक सम्बन्ध कायम गर्ने ।
१४. साहित्यिकप ्रकाशनसँग कृति विनियम गर्दै साहित्यको प्रचार गर्ने ।
१५ साहित्यिक पत्रपत्रिकाहरू लगायत साहित्यिक पुस्तकहरूको मात्र पुस्तकालय स्थापना गर्ने ।
१६. विभिन्न खालका कोषहरू खडा गर्दै विभिन्न साहित्यिक क्षेत्रमा योगदान पु¥याउने ।
यी माथि ल्लेख गरिएका उद्देश्यहरूका साथ जनमत प्रकाशन, बनेपा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै हाल सम्म क्रियाशील रहँदै आएको छ ।