जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज आख्यान

खुसबहादुर

चन्द्रकला नेवार चन्द्रकला नेवार
प्रकाशित १९ श्रावण २०७८, मंगलवार
आख्यान, कथा भित्र
0

धनमायाको घरमा निकै चहलपहल छ । आज घाँस–दाउरा गर्न ऊ जङ्गल गइन । उसको नातिको न्वारन छ । बाजेले नातिको नाम खुसबहादुर राखिदिनुभयो । धनमायालाई नातिको नाम सार्‍ह्रै मनपर्‍यो । उसले ईश्वरलाई मनमनै प्रार्थना गरी – हे ईश्वर १ मेरो नातिलाई सधैं खुसी देख्न पाउँ । यसको जिन्दगी हाँसीखुसी बितोस् १ मनमनै बाजेलाई पनि धन्यवाद दिन्छे – मजस्ती गरिबको घरमा आएर नातिको न्वारन गरिदिनुभयो, साँच्ची नै ।यी गरिबका बाजे रहेछन् । यिनलाई सबैले माइलाबाजे भन्छन् । मन्दिरका बाजे सबैले सुन्ने गरी मन्त्रपाठ गर्छन् । माइलाबाजे मनमनै मन्त्रपाठ गर्छन्, त्यसैले धनीहरू यिनलाई पत्याउँदैनन् । गरिबहरू ब्रह्मवाक्य शुद्ध ठान्छन् र यिनै बाजेलाई बोलाउँछन् ।

धनमायाका दुईवटा माउबाख्री छन् ।झन्डै एकडेढ पाउ दूध दिन्छ । उसको नातिलाई पुगिहाल्छ । धनमाया जोसित पनि भन्ने गर्छे – ठूला–ठूला महात्माले बाख्रीकै दूध खान्छन् रे, माइलाबाजेले भन्नुभएको । महात्मा गान्धीले पनि बाख्रीकै दूध खान्थे रे मेरो नातिले पनि बाख्रीकै दूध खान्छ हगि नाति रु मेरो खुसबहादुर नाति सधैं खुसी रहे सधैं सुखी रहे । तैंले कहिल्यै रुन नपरोस् । कसैकाँँ हात थापेर खान नपरोस् भन्दै आफ्नो छातीमा टाँस्छे । यसरी ऊ सधैं नातिलाई आशीर्वाद दिन्छे । गरिबीका सामु आशीर्वाद कहाँ टिक्न सक्दो रहेछ र १ गरिबी साह्रै बलवान् हुँदो रहेछ । खुइया गर्दै दाउराको भारी बिसाउँछ खुसबहादुर । दाउरा बेचेर आफ्नो जीवन धान्नुपर्ने बाध्यता छ उसलाई १

सरकारी जग्गामा एउटा सानो झोपडी घर छ उसको । आमाबुबा, हजुरआमा, हजुरबुबाले सजिएको थियो उसको घर । पारिवारिक सुखको महत्वलाई गरिबीले जित्न सकेको थिएन् । एक्कासि कालको कुदृष्टि पर्छ उसको घरमा, उसको परिवारमा । दमका रोगी उसका हजुरबुबाको एक्कासि सास रोकिएर मृत्यु हुन्छ । आमा–बुबा राति च्याउको तरकारी र भात खाएर सुतेका, फेरि कहिल्यै उठेनन् १ उसलाई बाँच्न लेखेको, त्यो रात बिरामी पर्नाले केही नखाई सुतेको थियो । उसलाई सधैं आफ्नो छातीमा टाँसेर राख्ने उसकी हजुरआमा पनि उसलाई एक्लो पारेर परलोकधाम सुधार्छिन् । आज उसको अघिपछि कोही छैन । ऊ एक्लो छ नितान्त एक्लो ।

स्वभावले साहै्र सोझो छ खुसबहादुर । कसैकसैले सोधिहाल्छ –“दाइ, तपाईले किन बिहे नगरेको रु”
“किन गर्नु बिहे रु अर्काकी छोरीलाई भोकभोकै मार्न मैले बिहे गर्नु रु आफ्नो एउटा ज्यान पाल्न त कस्तो धौ–धौ छ” आँसुले टलपलाएका आँखाहरू लुकाउने प्रयास गर्दै घुँडामा टाउको राखेर घोप्टो पर्छ । एकछिनपछि बोल्छ – “बिहे त लेखेको हुनुपर्छ, देखेर मात्र कहाँ हुन्छ रआउला’नि मेरो पनि दिन ”

दोस्रो विश्वयुद्ध चलिरहेको छ । साइरन बजेपछि मानिसहरू घरद्वार छोडेर टे«न्चभित्र आश्रम लिन्छन् । खुसबहादुर कहिल्यै ट्रेन्चभित्र आश्रय लिन गएन ।मर्न लेखेको छ भने टे«न्चभित्र पनि मरिन्छ,भन्थ्यो खुसबहादुर । उसको यस्तो विचार सबैलाई अनौठो लाग्थ्यो ।

समयको गतिले खुसबहादुरमा बुढ्यौली ल्याउन थालेको छ । कन्चटका केशहरू सेता देखिन थालेका छन् । हिजोआज ऊसित कसैले बिहेको कुरा गर्दैन । अस्तिसम्म सबैले दाज्यू सम्बोधन गर्थे । हिजोआज कसैले बा, कसैले हजुरबुबा सम्बोधन गर्न थालेका छन् । दुनियाँले के भन्छ के भन्दैन, उसलाई कुनै सरोकार नै छैन ।बिहान रिमरिम् उज्यालोमा बाख्रालाई घाँस काटेर ल्याउँछ । बाख्रीले भेट्ने गरी बाँधेर झुन्ड्याँउछ । आफ्ना लागि एक माना चामल धोएर बसाउँछ । गुन्द्रुक उमाल्छ । पलेँटी कसेर तात्तातै खान्छ । अलिकति भात कौसीमा आएर बस्न थालेको भुस्याहा कुकुर र बाख्रीलाई उबारेर राख्छ । अलिकति भए पनि चियालाई पुग्ने दूध दिन्छ, त्यसैले ऊ बाख्रीको निकै स्याहार गर्छ ।

घरमा एकगेडो चामल छैन । आज दाउरा काट्न जङ्गल नगए भोकै बस्नुपर्छ । ऊ फेरि सुतिरहन सकेन । जुरुक्क उठ्छ । यसो बाहिर हेर्छ, रिमरिम उज्यालो भइसकेको रहेछ । हत्तपत्त नुन राखेर चिया उमाल्छ । तातो चिया फुक्दै खान्छ । नाम्लो र बन्चरो बोकेर जङ्गलतिर लाग्छ । दाउरा काटिसकेर भारी कस्न थाल्छ । दाउराको भारी उचालेर डिलमा राख्छ । गोजीबाट बिँडीको ठुटो निकालेर सल्काउँछ । लामो–लामो कस तान्छ । उसको थकाइ केही मरेजस्तो लाग्छ । ठुटो फेरि निभाउँछ र गोजीमा राख्छ । दाउराको भारी नाम्लो लगाएर बोक्छ । यत्तिकैमा एक्कासि वन विभागका दुईजना प्रहरी दगुर्दै आउँछन् । एउटाले उसको हात च्याप्प समात्छ र भन्छ – “दाउराको भारी तल राख् । हिँड्, पुलिसचौकी ।”

खुसबहादुर अक्कनबक्क पर्छ । “हजुर मैले के बिराएँ रु”डराईडराई सोध्छ ।
“यसरी दाउरा काट्न हुँदैन भन्ने तँलाई थाहा छैन रु”
“मलाई थाहा छैन । कसैले भनेको पनि छैन । ३० वर्षदेखि यसरी नै दाउरा काटेर आफ्नो ज्यान पालिराखेको छु । मलाई के थाहा जङ्गलको दाउरा पनि काट्न हुँदैन भन्ने ”
“ए तैंले त धेरै वर्षदेखि नगर्ने काम गरिरहेको रहिछस् । हिँड् पुलिसचौकी ।”
“हजुर, मैले जङ्गलको दाउरा त काटे नि १ कसैको घर फोरेको छैन । कसैलाई अपशब्द बोलेको छैन । कसैसित झैंझगडा गरेको छैन । पुलिसचौकी म किन जाने रु म घर जान्छु । मलाई छोडिदिनुहोस् हजुर १”खुसबहादुर रुन थाल्छ । उसको अरण्यरोदन कसैले सुन्दैन । बलजफ्ती गाडीमा चढाउँछ । पुलिसचौकीले भोलिपल्ट नै जिल्लाको जेलमा उसलाई चलान गरिदिन्छ ।

विचरा खुसबहादुर तीन महिनासम्म जेल बस्दा पनि कसैले उसको खोजी गरेन १ उसको अनुपस्थितिले टोलका कसैलाई जिज्ञासु बनाएन । सम्पत्तिको नाममा एउटा माउबाख्री थियो, त्यो पनि कसैले चोरेर लगिदिएछ ।

आज खुसबहादुर जेलबाट छुट्ने दिन । जेलरले आफ्नो अफिसमा बोलाएका छन् । खुसबहादुर मनमनै ईश्वरलाई पुकार्छ – हे ईश्वर १ अब फेरि के विपत्ति आइलाग्यो नि १ जेलरसाबले मलाई किन बोलाउनुभयो रुउसको नौनारी गलेर आउँछ । जेलरसाबको ढोकामा उभिन्छ । जेलरसाब गम्भीर मुद्रामा बोल्छन् –“खुसबहादुर, आज तिम्रो सजायको तीन महिना पूरा भयो । अब फेरि त्यस्तो गल्ती नगर्नू । आजदेखि तिमी मुक्त भयौ । तिमी आफ्नो घर जान सक्छौ ।”

खुसबहादुर दगुर्दै गएर जेलरको खुट्टा समात्छ र बिन्ती गर्न थाल्छ –“हजुर म घर जाँदिन । म जेलमै बस्छु । मलाई घर जा नभन्नोस् ।”
हँ, यो कस्तो मान्छे रहेछ रु अरू जेलबाट भागेर पनि मुक्त हुन चाहन्छन् । योचाहिँ जेलभित्र बन्दी जीवन बिताउन चाहन्छ १ यो किन घर जान मान्दैन रुआश्चर्य मान्दै सोध्छन् –“खुसबहादुर, तिमी किन घर नजाने रु”

“म घर जाँदिनँ हजुर । म घर जाँदिनँ । यहाँ त बिहान, बेलुका खान पाइँदो रहेछ । घरमा गएर दाउरा काट्न सकेँ भने मात्र खान पाइन्छ । होइन भने भोकै मर्नुपर्छ । म मर्न चाहन्नँ । म बाँच्न चाहन्छु हजुर ।


अघिल्लो पोष्ट

गुञ्जन पुरस्कार तथा सम्मान घोषणा

पछिल्लो पोस्ट

डुंगाको इरेजर

चन्द्रकला नेवार

चन्द्रकला नेवार

सम्बन्धित पोष्टहरू

गुराँसको फूल
आख्यान

गुराँसको फूल

२४ पुष २०८१, बुधबार
आगोको पाइला
आख्यान

आगोको पाइला

७ जेष्ठ २०८१, सोमबार
नीलो दह
आख्यान

नीलो दह

१९ चैत्र २०८०, सोमबार
पन्छी घर फर्केन
कथा

पन्छी घर फर्केन

९ चैत्र २०८०, शुक्रबार
पछिल्लो पोष्ट
डुंगाको इरेजर

डुंगाको इरेजर

असन : एउटा मौलिक मायावी स्थान

असन : एउटा मौलिक मायावी स्थान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कार घोषणा

पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कार घोषणा

९ बैशाख २०७९, शुक्रबार
साहित्य र संस्कृतिका धरोहर सत्यमोहन जोशी

साहित्य र संस्कृतिका धरोहर सत्यमोहन जोशी

९ बैशाख २०७९, शुक्रबार
गर्दै जाँदाका कुराहरू (१)

गर्दै जाँदाका कुराहरू (१)

९ बैशाख २०८०, शनिबार
साहित्य सृष्टि वाङ्मय साधना सम्मान

साहित्य सृष्टि वाङ्मय साधना सम्मान

९ बैशाख २०८०, शनिबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक