जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

दुई दिने ‘काठमाडौं उत्सव ‘को पहिलो संस्करण फागुन १६ देखि

जनमत जनमत
प्रकाशित १३ फाल्गुन २०८१, मंगलवार
साहित्य संक्षेप भित्र
0
दुई दिने ‘काठमाडौं उत्सव ‘को पहिलो संस्करण फागुन १६ देखि

नेपालमा आयोजना हुने विभिन्न कला साहित्य उत्सवहरुमा अर्को एउटा उत्सव थपिएको छ, ‘काठमाडौं उत्सव ‘। काठमाडौं उत्सवको पहिलो संस्करण फागुन १६ र १७ गते दुई दिन राजधानीस्थित नेपाल पर्यटन बोर्डको हलमा आयोजना हुने भएको हो।
साहित्य विशेष उत्सव भए पनि यसमा काठमाडौंको संस्कृति, सभ्यता, पर्यटन, रैथाने खाना र आममान्छेका जीवनका कथाहरु समेटिएको काठमाडौं उत्सवका अध्यक्ष प्रकाश समीरले बताए।

दुई दिनसम्म चल्ने काठमाडौं उत्सवमा जम्मा १५ वटा सत्रहरु रहने छन्। काठमाडौं उत्सवका संयोजक तथा कवि-गजलकार बाबु त्रिपाठीका अनुसार महोत्सव आठ जना स्थापित कविहरुको कवितावाचनबाट उद्घाटन हुनेछ । उद्घाटन क्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति तथा कवि भूपाल राई, बैरागी काइँला, तुलसी दिवस, सुलोचना मानन्धर, विप्लव प्रतीक, उषा शेरचन, दिनेश अधिकारी र होमनाथ सुवेदीले कविता वाचन गर्नेछन्।

त्यसपछिका कार्यक्रमहरु काठमाडौं उत्सवका सल्लाहकार ओम रिजालको मन्तव्यसँगै अघि बढ्ने छ। अहिलेकी लोकप्रिय गायिका शान्तिश्री परियारको दुर्लभ संर्घर्षदेखि लोभलाग्दो सफलतासम्मको सत्र महोत्सवको प्रमुख आकर्षण हो। शान्तिश्रीले कवि दीप दर्पणसँग साधना र सफलता शीर्षकमा अन्तर्संवाद गर्नेछिन्।
त्यसै गरी उत्सवको पहिलो दिन लेखकहरू ध्रुवचन्द्र गौतम र बसन्त चौधरीबीच अक्षरका आयामहरु शीर्षकमा विशेष कुराकानी हुनेछ।
पत्रकार राजेन्द्र बाँनियाको सहजीकरणमा अरुण गुप्तो, नानी हेरा शाक्य र रवीन्द्र पुरीले सम्पदा, संस्कृति र सभ्यता शीर्षकमा काठमाडौंको संस्कृतिको ऐतिहासिक तथा मौलिक पक्षहरुबारे छलफल हुनेछ।

ज्ञान विवेक र विज्ञान विषयमा हुने अर्को सत्र पनि पहिलो दिनको आकर्षणका रुपमा रहेको छ जसलाई लेखक विमल आचार्यले सञ्चालन गर्नेछन्।
विभिन्न उमेर समूहका पुस्तक प्रेमीबीच लोकप्रिय बुकाहोलिक्सकी समूहकी संस्थापक सगुना शाहले कलेजमा पढिरहेका तन्नेरी विद्यार्थीहरुसँग सानो संसार, ठूलो संसार शीर्षकमा भलाकुसारी गर्नेछिन्।

कला, साहित्य, संस्कृति, पर्यटन, शिक्षा, युवा, ज्ञान, विज्ञान र आध्यामिकताजस्ता विषय समेटिएको काठमाडौं उत्सवमा आममान्छेका अनुभवलाई समेत प्राथमिकतामा राखेर छलफल सत्र राखिएको छ। भुइँका कुरा एउटा यस्तै सत्र हो जसमा दशकौंदेखि मकै पोलेर र चिया पकाएर गुजारा चलाइरहेका आममान्छेका अनुभव सुन्न पाइने छ। महोत्सवका सल्लाहकार दीप दर्पणले भने, ‘काठमाडौं उत्सवलाई नियमित रुपमा हुने साहित्यिक महोत्सवभन्दा भिन्न बनाउन हामीले विज्ञका मात्र नभई किनारामा पारिएका भुइँ मान्छेका विचारहरुलाई पनि विशेष प्राथमिकता दिएका छौं।’ भुइँका कुराको सहजीकरण लेखक विना थिङले गर्नेछिन्।

काठमाडौं उत्सवको दोस्रो दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ९अनेसास० अध्यक्ष होमनाथ सुवेदीले नेपाली साहित्यमा डायस्पोराको अवश्था विषयमा विद्वत प्रवचन दिने छन्। साहित्य, कला र संगीतका तीनवटै राष्ट्रिय प्रतिष्ठानहरु सहयोगी संस्थाका रुपमा रहेको काठमाडौं उत्सवमा कला र चलचित्रका विषय छुट्ने कुरै भएन।
चलचित्र निर्देशनमा नयाँ पुस्ता शीर्षकमा चल्ने सत्र दोस्रो दिनको अर्को आकर्षण हो जसमा निर्देशकत्रय सुजीत बिडारी, कृषा चौलागाईं र अनिल बुढामगरले लेखक प्रभाकर गौतमसँग आफ्ना अनुभव साट्ने छन्। दोस्रो दिन नै फाइन आर्टसको सेरोफेरो कलाकारहरु एरिना ताम्राकार, एससी सुमन र ताराप्रसाद ओझबीच छलफल हुनेछ। कला एक फ्युजन शीर्षकमा हुने यो सत्र कार्टुनिस्ट रवि मिश्रले सञ्चालन गर्ने छन्।

ओम रिजाल, अमला अधिकारी, शैलेन्द्र अधिकारीबीच आख्यानमा द्वन्द्व र दर्शन शीर्षकमा छलफल हुनेछ। सत्रलाई आख्यानकार उमा सुबेदीले सहजीकरण गर्नेछिन्।
कला, साहित्य, संस्कृति, सम्पदा, पर्यटनसँगै युवा पुस्ताको काम, उपस्थिति र सोचलाई पनि केन्द्रमा राखेर छलफलहरु राखिएको काठमाडौं उत्सवका सदस्य सचिव प्रज्वल अधिकारीले बताए। उनले भने झैं महोत्सवमा आशा र युवा, पर्यटनमा पहलजस्ता विषयमा समेत छलफल गरिनेछन्।
संवाद र कविता गजल प्रस्तुतिबाहेक महोत्सवमा काठमाडौंको सभ्यता झल्काउने रैथाने खाना, चित्रकला प्रदर्शनी र बुक स्टलसमेत राखिने आयोजकद्वारा जनाइएको छ। पाका कविका कविताहरूबाट सुरू हुने उत्सव नयाँ पुस्ताका कविताहरूसँग समापन हुनेछ।
काठमाडौंको संस्कृति, सम्पदा र सभ्यताको क्षयीकरण भइरहेको सन्दर्भमा काठमाडौं उत्सवले यहाँका मान्छे, भाषा, इतिहास र संस्कृतिलाई जोड्न सानै भए पनि योगदान दिने आयोजकको दाबी छ।


अघिल्लो पोष्ट

साहित्यकार मोती शोभा श्रेष्ठका चार कृति

पछिल्लो पोस्ट

पोखरामा आजदेखि १२औं नेपाल लिटरेचर फेस्टिभल

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान
साहित्य संक्षेप

जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान

२० बैशाख २०८२, शनिबार
प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई
साहित्य संक्षेप

प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई

१० बैशाख २०८२, बुधबार
कुलपति राईको ‘शब्द सायारेम’ लोकार्पण 
साहित्य संक्षेप

कुलपति राईको ‘शब्द सायारेम’ लोकार्पण 

८ बैशाख २०८२, सोमबार
सुनकोसी वाङ्मय प्रतिष्ठानको ठमेल काव्योत्सव
साहित्य संक्षेप

सुनकोसी वाङ्मय प्रतिष्ठानको ठमेल काव्योत्सव

६ बैशाख २०८२, शनिबार
पछिल्लो पोष्ट
पोखरामा आजदेखि १२औं नेपाल लिटरेचर फेस्टिभल

पोखरामा आजदेखि १२औं नेपाल लिटरेचर फेस्टिभल

नेवारले किन छाडे उपत्यका

नेवारले किन छाडे उपत्यका

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : २

कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : २

३ जेष्ठ २०८०, बुधबार
डा. रविन्द्र समीरका चार लघुकथा

डा. रविन्द्र समीरका चार लघुकथा

३ जेष्ठ २०८०, बुधबार
म चोर होइन

म चोर होइन

३ जेष्ठ २०७८, सोमबार
पढ्नु पाठकीय हिसाबले बौद्धिक “रिफ्रेसमेण्ट” हो ! :गोविन्द गिरी प्रेरणा

पढ्नु पाठकीय हिसाबले बौद्धिक “रिफ्रेसमेण्ट” हो ! :गोविन्द गिरी प्रेरणा

४ जेष्ठ २०८१, शुक्रबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक