सम्पूर्ण मानिसको एक प्रक्षेप हो आधुनिक मानिस । आधुनिक मानिस एउटा व्यावहारिक परिचय, सम्पूर्ण मानिसमा दार्शनिक धारणा हुन्छ । व्यावहारिकतामा आधारित लेखनमा जीवन–अनुभूति हुन्छ, त्यति नै प्रशस्त होइन । जीवन बुझिँदैन तर जीवनलाई पराभूत गर्न सकिन्छ । प्रत्येक कृति जीवनलाई पराभूत गर्ने अभियान बन्छ । आधुनिक व्यक्ति चोक्टालाम्टा बनेको छ, खण्डित व्यक्तित्व भएको छ । तर मानिस जुन सिँगो हो, सधैं यस्तै रहँदैन, थिएन । आधुनिक व्यक्तिलाई लेख्न जानेका छौँ, कारण लेखिएका छन् । सम्पूर्णतालाई लेख्न व्यावहारिकतामा उक्लनुपर्छ, तर व्यावहारिकता त्यागेर सम्पूर्णता रहँदैन ।
अर्कोतर्फबाट हेरौं । नितान्त साहित्यका ठानेका याथार्थिकता, रोचकता, उपयोगिता इ. अन्य लेखाइका बन्न सक्दा रहेछन् । यहाँ गम्ने ठूलो आवश्यकता आयो । त्यही निराश नदोहोरियोस् – को क्रोधमा अरू के–के अरूका हुन सक्छन् दैलोबाहिर फ्याँकिदियौं । साझे सम्पत्ति हामी राख्दैनौं । साहित्य यसरी निर्धन हुँदै निखँ्रदै जान्छ र विशुद्धता पाउँछ । सबभन्दा विकट उद्योग हामीले अर्थलाई फ्याँक्नमा गर्यौं । विनाअर्थ पनि कविता हुन सक्छ । अर्थ नै कविता हो ? एकैछिन गमिहेरे स्पष्ट हुन्छ अर्थ कविता होइन, ती अर्थले जन्माउन सकेकाहरू कविता हुन् । अर्थ अर्थात् व्यावहारिकताको साधन । व्यावहारिकता आवश्यक हुन्छ व्यावहारिक अस्तिàवलाई, जीवनलाई पर्दैन । व्यावहारिकता स्वाभाविक मानेतक अर्थयोजना स्वाभाविक हो, नत्र कृत्रिम । जन्मनु व्यावहारिकताको सुरु हो र यस विचारको टुङ्गोमा नबाँच्ने पनि जीवन हो, नबाँच्ने अर्थात् बाँच्न नथालेकै, नखोजेकै । रहिरहनु हो जीवन जुन मानिसमै सीमित छैन । कुनै वस्तु, कुनै अस्तिàवको अर्थ हुँदैन (अर्थ लाग्दैन होइन), तिनीहरूसँग हामी बाँच्छौं मात्र (बुझ्दैनौं भोग्छौं मात्र) सजिलो अर्थतामा उक्लनु बाँच्दाको यस विशालप्रति, अर्थशून्यताप्रति सचेत नहुनु हो । सम्पूर्णता घट्दछ । मानिसको व्यवहारको पातलो तहबाहिर हामी अर्थ कहीँ देख्दैनौं । साझे सम्पत्ति बलुटेर अर्थवादको सीमाभित्र सीमित साहित्यले शुद्धता पाउँछ व्यावहारिकताजनित अर्थ त्यागेर ।
अर्को दृष्टिले, भावुकतामा ठर्रो यथार्थवाद थपेर हामी जीवनवादी याथार्थिक बनेका हुन्छौं । यथार्थको मोह हुँदै पनि जीवनवादी बढ्ता हुन्छौं । यथार्थभन्दा भित्र सत्यता हुन्छ, समाजभन्दा भित्र जीवन हुन्छ । यी सत्यता र जीवन जसलाई हामी जीवनप्रतिको सत्यता भन्छौं … भन्न मात्र यथार्थ भौतिक नभई मानवीय र मानसिक अधिक भयौं । यसलाई अझ अधिक्याउँदै लान्छौं । भौतिकता थोरैमा जीवन बाक्लो बस्छ, अल्पमतमा घनत्व महत्तम ढिका पर्छ । यो जीवन अघि प्रिमिटिवहरूको थियो । त्यस्तै प्राथमिकता चाह्यौं । व्यावहारिकतामा प्रासाङ्गिक नभई निख्खरतामा यही जीवन बज्छ । आङभरि बोकेको जीवन, प्रध्वनित अवचेतनाको हानिँदो रेखाजीवन । एउटा अस्तिàव–वस्तु, अर्थशून्य । परिवेश र प्रासाङ्गिकता पछि छाड्न सकिन्छ । वस्तुमात्र ता उघ्रन्छ जसमा अमूर्त (छानेर बोलाइँदैन) खनिन्छन्, तरङ्गिन्छन् ।
त्यो देख्नलाई, देखाउनलाई साक्षात्कारले आफ्नो अस्तिàव डाम्नलाई तात्कालिकतामा त्यो अरूमाथि ठोस्न समेत एकदमै नयाँ पाराको लेखाइ चाहियो । जीवनप्रतिको सत्यतामा कदाचित अभिव्यक्तिको सत्यताप्रति विशेष आग्रह थियो । अनुभूति लेख्नुपर्छ तर जस्तरी अनुभूति भयो त्यस्तरी लेख्नुपर्छ । बुझाइमा होइन, भोग गरेर लेख्नुपर्छ – यथावत् काँचो पदार्थ रूपमा । अनुभूतिको तहदेखि माथि अनुभूतिहरूको पेटर्न हुन्छ, बुझाइ त्यसको हुन्छ, वाक्यमा बनाएर त्यसलाई लेखिन्छ । विचार होइन, अनुभूति नयाँ वाक्यको आधार बन्छ, कन्सेप्सन होइन पर्सेप्सन, बुझाइ होइन सोझै सम्पे्रषण यसको अभीष्ट । अनुभूति मात्र चोइटा ढुङ्गाहरू जस्ता आफ्नो वस्तुतामा आफैँ मात्र हुन्छ । प्रत्येक वाक्य अप्रासङ्गिक वस्तुतामा उभिन्छ । शब्दलाई त्यसै गर्न लाइन्छ । विलय र विरोधबाट सम्प्रेषण । अर्थ अभ्यस्त भाषाले अनुभूतिको तत्क्षणलाई अभिव्यक्त गर्न धेरै असमर्थता बोकेको छ वर्णन मात्र गर्न सक्छ । वर्णन पेटर्न हो, अनुभूति भएन । आजतक … साधन अर्थ छ, अर्थको सट्टा चित्रैचित्र दिएर … हामी चित्रैचित्रका माझमा बसेका छौं, चित्रविना हामी सोच्न सक्दैनौं । आफँैमा चित्रको अर्थ हुँदैन, रङ्ग सृजनाको । प्रत्येक वस्तु र अस्तिàव अझ ध्वन्यात्मक हुन्छ । अनुभूति भौतिक हुन्छ, अस्तिàव भएको हुन्छ, चित्रात्मक ध्वन्यात्मक हुन्छ । यस आधारमा चित्रकलाको सोझो साम्यको भाषा लिइयो । चित्रकलाको टेकनिक अरू साहित्यले चलाइसकेका छन् तर भाषा छाडिराखेका थिए कारण अर्थता त्याग्ने युक्ति किम्वा आँट भएन । आधुनिक चित्रकलाका (बौद्धिकता छाडी) साम्यका भाषा आए, सोझो अनुभूति साम्यका भाषा । स्वरूपहरू भत्केर अर्कै बने, भाँचिनुको आफ्नै नियमसिद्ध भाषा बन्छ, विकृति सशक्त माध्यम । हरियोलाई नबताई नीलो–पहेँलो पोतिइन्छन् । अनुभूतिसृजना सचेत बाँच्छौं । अप्रासङ्गिक लेख्यको विषयगत महàव हुँदैन, अभिव्यक्तिलाई उपयुक्तता हुन्छ ।
एउटा व्यक्तिको अनुभूतिमा यति छाडिएको पायौं । देशकाल कन्टिन्यममा उसको सम्पूर्णता अझ बढ्ता छ । व्यावहारिकताको अर्थवन्त बौद्धिकताको आयाम बढाउँछौं । प्रत्येक व्यक्ति आफूभित्र युनिवर्सल हुन्छ, वर देश–काल नैरन्तर्यता सम्पूर्ण हुन्छ । स्थानिक अस्तिàवहरू मात्र एउटै व्यक्तिका अगणित हुन्छन्, एउटै घटना ती समग्र अस्तित्वको घटना हुन्छ । एउटा (एउटामा समग्र नभएको) अस्तित्व सम्पूर्ण होइन । उसका अस्तित्वहरूमा मानिसको निर्धारण खोज्न सकिन्छ, डार्विन र माक्र्सले उसको सृष्टि र स्वतन्त्र इच्छा खोसिदिएका छन् र नवीन अन्वेषणले पुनर्वास दिनुछ, लेखनमा कारणता नराख्न सक्छौं । तर उसको जीवनलाई मुख्यता दिन्छौं । जीवनमा ह्रास–बृद्धि छैन । यहाँ सधैं सबै मानिस हुन्छन् । हामी तुरुन्तैको विगतले मात्र होइन, हाम्रा समग्र विगतले कार्य गर्छौं । विगत जान नदिने स्मृति र भविष्य तान्न खोज्ने राम्रा इच्छा एक–अर्कामा पस्छन्, हामी झुक्किन्छौं । दुवै समष्टि र व्यष्टिका विगत यहीँ वर्तमान छन् र त्यसरी भविष्यत् पनि । साहित्यमा यथायुक्त यो लेख्नुछ । जीवन डिटर्मिनिस्टिक छ तर डिटर्मिनेटेड भइहालेको छैन । लेखनको सृजनामा यो धारणा जाँच्नुछ । आजको मानिसमा सीमित हुनु होइन, आजसम्म आइपुगेको मानिस उसको सम्पूर्णता पाउनुछ । फ्रोयडवाद अवचेतन र सेक्समा मात्र हुँदैन, व्यक्तिको वर्तमानमा त्यहाँ विगत जीवित छ । युगबोध प्रशस्त मान्दैनौं, सम्पूर्णताको अन्वेषण छ । वैयक्तिक विशेषताहरू र वैचारिक एकार्थताहरू अब रहँदैनन्, अस्पष्ट आभासहरू देखिन्छन् । विचारहरू आभासमा पुगेर अनुभूति नै बन्छन् । यो अनुभूति मिथ, इमेज, एम्बिग्विटिजले लेखिन्छ ।
लेखाइ वस्तु हुन्छ ।
(रूपरेखा, ६/१०, मार्च १९६६)
जनमत मासिकमा १०० अंकमा प्रकाशित