जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज अन्तर्वार्ता प्रोफाइल

संस्कृतिका सङ्ग्रहकर्ता गणेशराम लाछी

मोहन दुवाल मोहन दुवाल
प्रकाशित ४ असार २०८०, सोमबार
प्रोफाइल भित्र
0
संस्कृतिका सङ्ग्रहकर्ता  गणेशराम लाछी

गणेशराम लाछी अर्थात् प्रजापति एकजना संस्कृतिका अथक साधक मात्र नभइकन भाषा, साहित्य रक्षार्थ आफूसक्दो कर्म गर्दै आएका परिश्रमी प्रतिभा हुन् । थिमी क्षेत्रका बहुमुखी प्रतिभा यिनी सिक्किम राज्यसम्म विस्तारित हुँदै आफूलाई समर्पित तुल्याउँदै आएका एकजना कर्मशील व्यक्तित्व हुन् । निकै परिश्रम पोखेर आफूले सक्दो नेपालभाषा साहित्य उत्थानमा र संस्कृतिको पहिचान देखाउन यिनी लागिरहे – यसको परिणामस्वरुप यिनी सक्षम गणेशराम लाछीका रुपमा प्रसिद्ध भए । उद्देश्य मनमा साँचेर कुदिरहँदा फल प्राप्ति हुँदोरहेछ – यिनले फल प्राप्ति गरे । संस्कृति, कला र संस्कारलाई जोगाइराख्न गार्‍हो भएको स्थितिमा पनि यिनी कहिल्यै हरेश नखाइकन कुदिरहेकै परिणाममा यिनले सफलता प्राप्त गरे ।

कुनै पनि शैक्षिक प्रमाण–पत्र प्राप्त नगरेका यिनी शैक्षिक प्रमाण–पत्र मात्र प्राप्त गरेकाहरुका लागि आश्चर्यलाग्दो व्यक्ति बन्न सफल हुनाको कारण यिनको लगनशीलता र धैर्यशीलता नै हो । एकजना शिक्षकको पछि लाग्दा–लाग्दै उक्त शिक्षकको आनीबानी र स्वभावबाट आजित भएर एस.एल.सी. परीक्षा पनि नदिइकन यिनी शैक्षिक प्रमाण–पत्रविहीन व्यक्ति बन्न मन पराए । तर यिनी आफ्नो जातित्व रक्षा गर्ने सवालमा, संस्कृतिको पहिचान राष्ट्रमा परिचित तुल्याउने अभियानमा एक्लै भए पनि लागिरहे । यही क्रममा यिनले नेपालका सबैखालका बाजागाजा, लुगाफाटा, गरगहना, भाडावर्तन सङ्ग्रह गर्ने अभियानमा लागिरहे । आफ्नै थलो घरमा नेवार घर बनाउने सङ्कल्प गरे । थिमी–८ स्थित चपाचोको आफ्नो घरलाई आँखाछेँ सांस्कृतिक सङ्ग्राहलय बनाउन यिनी कम्मर कसेर लागे । अनगिन्ती सांस्कृतिक साधन–स्रोतहरु जुटाए र थिमीकै एउटा महत्वपूर्ण घर बनाई छाडे । एक्लो व्यक्तिको प्रयासमा पनि सुन्दर सङ्ग्रहालयको स्थापना गरेर यिनले अचम्मको कर्म गरेर आफूलाई चिनाउन सफल रहे ।

सधैं केही न केही गर्न रुचाउने, सधैं केही न केही खोजिरहने, सधैं सिर्जना र साधनामा आफ्नो विश्वास खन्याइरहने यिनको स्वभावले आफूलाई जीवन्त तुल्याउन सफल रहे । वि.सं. २००६ साल कार्तिक २५ मध्यपुर थिमी न.पा.मा जन्मेका यिनले आफ्नो श्रमलाई वर्कत्मा पोखेर भक्तपुर जिल्लामा निजी क्षेत्रको एउटा विद्यालय सञ्चालन गरे । गणेश इङ्गलिस स्कूलका संस्थापक यिनले विनायक शिक्षा निकेतन स्थापना गरेर वि.सं. २०३४ सालको प्रवेशिका परीक्षाको परिणाममा सर्वप्रथम बनाउन पनि सफल रहेको देखिन्छ । दुईवर्षसम्म यिनी गणित र विज्ञानका पनि शिक्षक बने । शिक्षासेवी तथा शिक्षकका रुपमा पनि चिरपरिचित हुँदै आएका गणेशराम लाछी लिपी, भाषा, बाजा नृत्यका प्रख्यात शिक्षकका रुपमा प्रसिद्धि कमाउन पनि सफल रहे । लिपी, भाषाका प्रशिक्षक, बाजा र नृत्यका ज्ञाता यिनी साहित्य लेखनमा पनि आफ्नो सक्रियता देखाउँदै, आफूलाई सबैको नजरमा पार्दै यात्रापथमा निरन्तर कुदिरहेका देखिन्छन् । यिनको दक्षिण सिक्किममा ‘नेवार शिल्पकला र सांस्कृतिक केन्द्र’का परिकल्पनाकार पनि हुन् ।

कसैको आँखा नगएको महत्वपूर्ण कार्यमा हात हाल्ने यिनको सपना साकार बन्दै गएको देखिन्छ । आँखाछेँ (नेवार घर) मा यिनले प्राचीन सामग्रीहरु बटुलेर सङ्ग्रहालय बनाए, सबै छक्क पर्नुपर्ने गरी जातिगत पहिचान हुने खालका सामानहरु जुटाएर एउटा परिचय गराउन सकिने सांस्कृतिक घरको स्थापना गरे । मध्यपुरलाई अमूर्त संस्कृतिको नगर बनाउन यिनी दिन–रात खटे । यिनले बाजागाजाको इतिहास लेखेर अन्वेषणको काम गरे, मुकुण्डो नाचको पहिचान राष्ट्र र अन्तर्राष्ट्रिय क्षेत्रसम्म विस्तार गर्ने कार्यमा जाँगर चलाएर आफ्नो गन्तव्यको परिचय बाँडे । धेरै थोकमा क्रियाशील यिनी कलाकार भएर थुप्रै फिल्ममा भाग लिए, नाटकको निर्देशक भए र नाटककारका रुपमा पनि आफ्नो प्रसिद्धि फिँजाउन यिनी सफल रहे । योग्यता त कामबाट पो पाउने हो; प्रमाण–पत्र त एउटा देखावटी प्रचलनमात्र न हो, यिनी कर्ममा विश्वस्त रहेकै कारणले यिनले आफूलाई चर्चित बनाउँदै जान सफल रहे । आफ्नै धुनमा हिँड्दै गरेका गणेशरामले पारिवारिक रुपमा दुईटा छोरा र दुईटी छोरीको घरजम गराउनुका साथै आफ्नो बाटोमा हिँड्ने बनाए । कान्छा छोरा सुभाषराम लाछीलाई आफ्नो बाटोमा मात्र हिँडाएनन्, उनकै प्रेरणा र साथ पाएर त्यही विषयमा विद्यावारिधि पनि गरे र अमेरिकाको वासिङ्टनस्थित विश्वविद्यालयमा बाजागाजाका प्राध्यापक भई सेवा गर्दै रहेकोमा यिनले गौरवसाथ आफ्नो मनको धोको फुकाए र उनी घरमा नै रहेर सधैं सेवामा, खोजीमा, सिर्जनामा, सङ्ग्रहमा रमाउँदै बाँच्न पाउँदाका खुसी व्यक्त गरे । हास्यव्यङ्ग्यका लेखक भएको कारणले यिनको हास्यव्यङ्ग्यका नेपालभाषाका पुस्तकहरुह्वगांरिवं,फय्गं र हयुमन फल तीनवटा पुस्तकहरु प्रकाशित छन् । संस्कृति र इतिहासका अन्वेषक र खोजकर्ता भएको कारणले यिनका थिमी देया सिद्धकाली,थुकथं पलिस्था जुल शंखधर साख्वा र नेपालीमा संस्कृतिका अवधारणाहरु लेखसङ्ग्रह प्रकाशित छन् । नियात्रामा सिक्किमको यात्रा, परिकारको मात्रा प्रकाशित हुनाको साथै कवितासङ्ग्रहमा छन्त लुभने वं र भत्किएका सपनाहरु नेपालभाषा र नेपालीमा प्रकाशित भएको देखिन्छ । यिनले उपन्यासमा ख्चा:पा: एकाङ्की सङ्ग्रहमा हालेमा:गु म्ये, कनेमा:गु बाखं प्रकाशित गराएका छन् । यिनले नेपाल मण्डलको मुकुण्डो नाच संस्कृतिको ग्रन्थ सम्पादन गरेर अत्यन्त महत्वपूर्ण कार्य गरेर देखाएका छन् ।

कवि, निबन्धकार, उपन्यासकार, नियात्राकार, नाटककारका रुपमा नेपालभाषा र नेपालीमा पुस्तक प्रकाशित गराइसकेका यिनी कुशल इतिहासकार, संस्कृतिविद्, सङ्ग्रहकर्ता, संगठक जेमा पनि आफूलाई घुलमिल गराउँदै र चिनाउँदै आएका यिनी सिक्किममा बसोबास गरेका नेवारहरुका लागि सांस्कृतिक गुरुका रुपमा चिरपरिचित छन् । सिक्किमले देखेका विश्वस्त नेपाली/सिक्किमकै सांस्कृतिक दूत/सिक्किमका बाजागाजा, भाषा, लिपी, नृत्यआदि प्रशिक्षण दिन सहयोग पुर्‍याउँदै आएका विश्वस्त नेपाली/नेपालसँग भौगोलिक स्थितिले, जातिय दृष्टिले, रहनसहन र भाषा संस्कृतिले निकै नजिक रहेको सिक्किम भएकै कारणले यिनी सिक्किमलाई अत्यन्त मन पराउँछन् । र यिनी सिक्किमका धेरै खालका व्यवहार र चालचलन मन पराउँछन् । सिक्किमबारे आफ्नो अनुभूति पोख्दै यिनी भन्छन् –‘१) सिक्किमका जनताहरु निकै नै अनुशासित छन् । ठूलालाई भेट्दा ढोग गर्ने चलन निकै प्रेरणापद छन् । २) प्रत्येक घरको बैठक चिटिक्क परेको सफा र सुग्घर छन् । ३) फूलहरुको पारखी र शौखिन भएको कारणले जहाँतहीँ घर–घरमा ढक्कमक्क फूलहरु फुलिरहेका देखिन्छन् । ४) एक–अर्काकोमा पुगेर खानपिन गर्ने र मन साटासाट गर्ने चलन निकै सौहार्दपूर्ण र शिष्ट देखिन्छन् ।’

सिक्किममा प्रत्येक वर्ष दुईचार खेप पुग्छन् यिनी । त्यहाँ पुगेर जानेका सीपहरु सिकाउँछन् । यिनकै माध्यमबाट थुप्रै नेपालीहरु सिक्किम पुग्छन् । सिक्किमका थुप्रै व्यक्तिहरु विभिन्न कार्यक्रमहरु बोकेर नेपाल पुग्छन् र यिनीसँग सम्पर्क राख्छन् । यसैले त यिनी थिमीमा नै एउटा घर किनेर सिक्किमका मित्रहरु आउँदा बस्ने पुस्ताघरका रुपमा, सिक्किमलाई सबै कोणले हेर्न सकिने परिचय घरका रुपमा देखाउने हिसाबले ‘सिक्किम हाउस’ बनाउने धुनमा व्यस्त छन् । सिक्किम घर बनाउने यिनको सपनामा सफलता मिलोस् र यिनको नेवारघर अझ व्यवस्थित र विस्तृत बन्दै जाओस् ।


अघिल्लो पोष्ट

विमल नेपालको पहिलो उपन्यास ‘पीपला’ 

पछिल्लो पोस्ट

आयामिक सम्पूर्णतामा अनुभूति

मोहन दुवाल

मोहन दुवाल

सम्बन्धित पोष्टहरू

साधना र सिर्जनामा समर्पित रमा शर्मा
प्रोफाइल

साधना र सिर्जनामा समर्पित रमा शर्मा

२ फाल्गुन २०८१, शुक्रबार
प्रा.डा. चन्दा कार्की : साहित्यमा नारी हस्ताक्षर
प्रोफाइल

प्रा.डा. चन्दा कार्की : साहित्यमा नारी हस्ताक्षर

७ मंसिर २०८१, शुक्रबार
प्रयोगशील कवि  पूर्ण वैद्य
प्रोफाइल

प्रयोगशील कवि पूर्ण वैद्य

६ बैशाख २०८१, बिहीबार
यात्रालेखनमा घनश्याम राजकर्णिकारको योगदान
प्रोफाइल

यात्रालेखनमा घनश्याम राजकर्णिकारको योगदान

१७ आश्विन २०८०, बुधबार
पछिल्लो पोष्ट
आयामिक सम्पूर्णतामा अनुभूति

आयामिक सम्पूर्णतामा अनुभूति

पारिजात : सशक्त एवं चर्चित लेखिका

पारिजात : सशक्त एवं चर्चित लेखिका

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

खोसिएका मेरा निन्द्राहरु – सरिता डंगोल

खोसिएका मेरा निन्द्राहरु – सरिता डंगोल

९ बैशाख २०८०, शनिबार
पनौती : अँध्यारोबाट उज्यालोतिर

पनौती : अँध्यारोबाट उज्यालोतिर

१० बैशाख २०८१, सोमबार
प्रज्ञा–प्रतिष्ठानको ४० औँ प्राज्ञसभा

प्रज्ञा–प्रतिष्ठानको ४० औँ प्राज्ञसभा

९ बैशाख २०८०, शनिबार
भूमिगत जीवनका कौडा तापेर बिताएका रातहरू

भूमिगत जीवनका कौडा तापेर बिताएका रातहरू

९ बैशाख २०८०, शनिबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक