जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना सँस्मरण

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 

जेहन्ता पाण्डे जेहन्ता पाण्डे
प्रकाशित २० मंसिर २०८१, बिहीबार
सँस्मरण भित्र
0
नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 

“नानी, ए नानी, पिप्ला मेट खान्छेस् ?”
“खाने नि बा !”
“इ, ला । किनेर खा ।” 

आफ्नो जुहारिकोटको गोजीमा भएको पैसाबाट दिनको २ रुपियाँ मलाई चकलेट किनिदिन छुट्याउनु मानौँ बा को दैनिकी थियो । स्कुलबाट घर फर्किन कति पो हतार हुने ! घर पुग्नासाथ उही बा’को कोटमै आँखा । अनि पर्खाई हुन्थ्यो -त्यही २ रुप्पेको । त्यस २ रुप्पेको डबलमा लाखौँ रुपियाँले पनि खरिद गर्न नसकिने माया लुकेको हुन्थ्यो बा’को । बिस्तारै समय फेरियो ,समय सङ्गै परिवेश फेरियो, २ रुप्पे २ बाट ५, ५ बाट १०, १० बाट २०, २० बाट ५० भयो तर फेरिएन बाको कोट । अनि फेरिएन हाम्रा लागि बाको माया पनि ।

गहुँगोरो वर्णका मेरा बा’को जिउ डाल हेर्दा सामान्य हट्टाकट्टा मान्छेभन्दा केही भिन्न थिएन । यति मात्रैले त बा’को आकृतिको कल्पना भएन होला । म भन्दै छु नि बा कस्ता  थिए भनेर । बा’को अनुहार हँसिलो थियो, आँखीभौँ उमेरले सफेद भएका थिए, तालु खुइलिएको थियो । निधारका चाउरिएका रेखाहरूमा झन्डै एक शताब्दीका अनुभवहरू प्रतिबिम्बित हुन्थे । बुढ्यौलीले छोए पनि बा’को अनुहारको चमकमा केही कमी थिएन | दाँतहरू अझै टम्म नै थिए । अँ, माथिल्लो ओठमा देब्रेतिर कोठी जस्तो थियो । शिरको ढाका टोपी र निधारको चन्दनले बा’लाई खुब सुहाउँथ्यो । मैले थाहा पाउँदाको बेलैदेखि बाको दाहिने हातको साहिँली औलामा सधैँ अौठी  हुन्थ्यो । अनि बाको त्यो जुहारी कोट ! कैलो रङ्गको त्यो कोट मानौँ बाको जीवनको अभिन्न अङ्ग थियो । त्यो जति बेलै बाको साथमा हुन्थ्यो । मैला जम्मा भएर धुन पर्दा बाको अनुहार नै मलिनो हुने ! अनि त्यो नसुकुन्जेल “नानी सुक्यो होला” “अब त सुक्यो कि?” भन्दै बिसौँ पटकसम्म पनि हेर्न आइरहने !

बालाई हिँडडुल गर्न पनि असाध्यै मन पर्थ्यो । एकै छिन कतै अडिने भए पो ! खालि हिँडेको हिँड्यै हिँडेको हिँड्यै । हिँड्दा सानो सानो पाइला चालिसिन्थ्यो । हातहरु स्थिर थिएनन् । कारण, बालाई पार्किन्सन्स भन्ने रोग लागेको थियो । त्यसैले त बाको दिनको सुरुवात Levodopa बाट हुन्थ्यो अनि सकिन्थ्यो पनि Levodopa मै । यति भनिसकेपछि मैले बाको निकै प्यारो साथीको बारेमा किन भन्न छुटाउँथेँ र ! ऊ अरू कोही नभएर बा’को रेडियो थियो । त्यो बा’सँगै सुत्थ्यो, उठ्थ्यो पनि बा’सँगै । एक्लो गृहस्थी जीवनमा त्यो रेडियो नै बाको बोल्ने साथीजस्तो थियो । हुन त हामी पनि बा सँगै नै त हुन्थ्यौँ । तर भनौँ न, बालाई त्यो रेडियो पनि कोट जत्तिकै प्रिय थियो ।

“नानी, ए नानी, यता आइज बा ! मलाई उठाइदे न ! “
“नानी, चिया पका त बा ! “
“नानी आज के दिन  ?”
नानी फोन लगाइदे न !
“ए, नानी आइछ । कति दिनलाई आइस् नानी ? भोली नै पो गइहाल्ने ? “
“नानी, अचेल आउनै छोडिस् । फोन पनि गर्दिनस् । बुढो बा’को माया लाग्दैन तँलाई ? “
“नानी डाक्टर हुन अब कति समय लाग्छ नानी ? अब त एक दुई वर्षमा भइहाल्छेस् नि है ! “
“काँ बा, अझै ४/५ वर्ष लाग्छ नि ! “
“ए, म त बाँच्दिन होला नानी ! “

अस्पतालको शय्यामा बा’लाई अचेत अवस्थामा देख्दा मेरा कानमा बा’सँगका यिनै संवादहरू गुन्जिरहे । “बा, म आएँ बा ह जु…” मनभरि बोल्ने शब्दको कमी थिएन, घाँटीबाट यहाँभन्दा बढी शब्दहरू निस्कन मानेनन् । बाँकी रहेका शब्दहरूलाई आँखाबाट बर्सिने मन रहेछन् क्यारे । खुब रोएँ ।
एक छिनपछि पुनः हिम्मत जुटाएर बोलाएँ – “बा ! ” 
“हँ “
“चिन्यो मलाई ? “
“ना…नी ? “
“यति नै रै’छ”
आँसु भरिएका आँखा लिएर अस्पष्ट आवाजमा बा’ले यति भन्दा मेरो शरीर चिसियो । साउने झरीजस्तै आँखाबाट फेरि आँसु बर्सिन थाले । 
ममीलाई हेरेँ । ममीका आँखा पनि टिलपिलाएका थिए । 

बाबालाई आजभन्दा पहिले कहिल्यै त्यति विवश, त्यति लाचार देखेकी थिइनँ । यता र उतिको दौडधुपले होला बाबा बिरामी जस्तै देखिसिइन्थ्यो । ” मेरो बाउलाई बचाउन सक्ने भइनँ” भन्दै गर्दा बाबाका आँखाहरू भरिएका थिए । 

सोमबार बिहान बा भर्‍याङ उक्लिँदा उक्लिँदै लल्याकलुलुक हुनुभएछ । अनुहार, जिब्रो नै निलो भएको थियो रे । सबै जनालाई बोलाइदे, मलाई सारै गाह्रो भयो भनेपछि घरमा आफन्त र इष्टमित्रको जमघट भएछ । त्यस लगत्तै घरमा पूजापाठ गरेर बालाई अस्पताल भर्ना गरिएछ । एक्स रेमा दायाँतिरको फोक्सोमा केही मास देखिएपछि के हो भनेर हेर्न डाक्टरले कन्ट्रास्ट सि.टी गर्ने तयारी गरेको रहेछ तर अन्य जाँचहरूमा बाको मिर्गौलामा पनि केही समस्या देखिएपछि केही समयपछि मात्र गर्ने निधो भएको रहेछ । 

झन्डै  १० बजेको हुँदो हो अस्पतालबाट घर फर्कँदा । भित्र छिर्ने बित्तिकै एक सुरले बा’को कोठामा आँखा डुलाइरहेँ । बा’को कोट त्यहीँ थियो । रेडियो त्यहीँ थियो । तर त्यस बखत रेडियोमा कुनै आवाज थिएन । पलङमा पल्टिएर रेडियो सुन्ने बा हुनुहुन्थेन । बा’लाई सम्झिँदा मन कुँडियो । आँखालाई उही नुनिलो पानी नझारी नहुने ! 

सि. टि.को रिपोर्ट आयो । बा’लाई ब्रोङ्कोजेनिक कार्सिनोमा अर्थात् फोक्सोको क्यान्सर भएको रहेछ। क्यान्सर तीव्र गतिले शरीरको अन्य भागमा पनि फैलँदो क्रममा रहेछ । डाक्टरहरूले आस मारिसकेका थिए । सायद मैले अन्दाज पनि गर्न सक्दिनँ होला बा’लाई कति कष्ट भएको थियो भनेर । तर म चाहन्थेँ बा’लाई सन्चो होस्, म चाहन्थेँ पहिलेजस्तै बा’सँग हाँस्न, जिस्किन, जिस्काउन पाऊँ भनेर । हरेक दिन बा बोलिहाल्नुहुन्छ कि भन्ने आशामा बा’लाई बोलाइरहेँ । “अब धेरै छैन बा, म डाक्टर भइहाल्छु” भनिरहेँ । हरेक ११:११ मा मेरो बा’लाई केही नहोस् भगवान् भनेर कामना गरिरहेँ । सम्झिँदै नारायण नारायण जपिरहेँ जपिरहेँ ।

बा’लाई व्यथाले चाप्दै गयो । फोक्सोले न त अक्सिजन लिन सकिरहेको थियो न त कार्बनडाई अक्साईड फाल्न नै । बा’को शरीरमा कार्बनडाई अक्साईड बिस्तार विष जसरी फैलँदै थियो । बा’को त्यस्तो अर्धचेत अवस्था टुलुटुलु हेर्न बाहेक मैले केही गर्न सकिनँ । 

कैयौँ दिनको सङ्घर्षपछि मेरा बा एकाबिहान सधैँका लागि अस्ताए – आफ्नो जीवनावधिको एक अन्तिम दान आँखा दान गरेर । बा’को अनुहार शान्त देखिन्थ्यो – गहिरो निद्रामा डुबेजस्तो । धेरै मान्छेहरू जम्मा भए ।बाबाको कपाल खुइल्याइयो । बाको दागबत्ती भयो । आगोको लप्काले बा’को लास जलाउँदै गयो । म अवाक् बा’को चिताबाट उडिरहेको कालो पहेँलो धुवाँको मुस्लो हेर्दै हेर्दै यी तीता टर्रा स्मृतिमा हराइरहेँ ।

* जेहन्ता पाण्डे काठमाडौँ विश्वविद्यालय धुलिखेलमा एमबिबिएस अध्ययनरत छिन् ।


अघिल्लो पोष्ट

काठमाडौं विश्वविद्यालयवाट नौ काभ्रेली प्रतिभा सम्मानित

पछिल्लो पोस्ट

इतिहासकार पुरुषोत्तमशमशेर जबराको निधन

जेहन्ता पाण्डे

जेहन्ता पाण्डे

सम्बन्धित पोष्टहरू

नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ
सँस्मरण

नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ

११ आश्विन २०८१, शुक्रबार
‘वेदना’ सँगको साहित्यिक यात्रा
सँस्मरण

‘वेदना’ सँगको साहित्यिक यात्रा

२४ भाद्र २०८१, सोमबार
साँखु र कवि गिरिजा
सँस्मरण

साँखु र कवि गिरिजा

१० श्रावण २०८१, बिहीबार
आँबुखैरेनी, अनिल श्रेष्ठ र स्रष्टा समाजको कार्यक्रममा म 
सँस्मरण

आँबुखैरेनी, अनिल श्रेष्ठ र स्रष्टा समाजको कार्यक्रममा म 

११ असार २०८१, सोमबार
पछिल्लो पोष्ट
इतिहासकार पुरुषोत्तमशमशेर जबराको निधन

इतिहासकार पुरुषोत्तमशमशेर जबराको निधन

शून्यावतार

शून्यावतार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

कविता सबैभन्दा शक्तिशाली विधा हो नारायण श्रेष्ठ

कविता सबैभन्दा शक्तिशाली विधा हो नारायण श्रेष्ठ

१५ जेष्ठ २०७९, आईतवार
जागिर खाने धुनमा लागेर हेटौँडाको टिम्बर कर्पोरेसनमा पुगेँ 

जागिर खाने धुनमा लागेर हेटौँडाको टिम्बर कर्पोरेसनमा पुगेँ 

१५ जेष्ठ २०७९, आईतवार
काठमाडौंमा कन्सर्ट गर्दै कन्दरा ब्याण्ड

काठमाडौंमा कन्सर्ट गर्दै कन्दरा ब्याण्ड

१३ कार्तिक २०८१, मंगलवार
साहित्य आँखा हो भने राजनीति गाजल हो  रमेश श्रेष्ठ

साहित्य आँखा हो भने राजनीति गाजल हो रमेश श्रेष्ठ

१६ माघ २०८१, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (556)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक