जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना सँस्मरण

नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ

मोहन दुवाल मोहन दुवाल
प्रकाशित ११ आश्विन २०८१, शुक्रबार
सँस्मरण भित्र
0
नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ

मेरो बुबा गणेशबहादुर दुवाल सधैँ जसो कुरा–कुरामा सन्दर्भ मिलाएर तुलसी मेहेरको चर्चा गर्ने गर्नुहुन्छ । निकै मिल्ने मित्रकै रूपमा तुलसीमेहेरको बखान गर्नुहुन्छ । तुलसी मेहेरको सादगी–जीवनबाट नै गान्धीवाद के हो, किन आवश्यक छ को सिको पनि बाले गर्नुभयो । बा सरल हुनुहुन्छ, सिधा–सोझा इमान्दार मान्छेका रूपमा आफूलाई चिनाउन रुचाउनु हुन्छ । सत् डग्दैन, झूट टिक्दैन का मूल मन्त्रका आधारमा व्यवहार गर्न सिपालु हुनुहुन्छ । यस्तै खालका चरित्रे र शील स्वभाव बनाउनका लागि तुलसी मेहेरबाट प्रेरणा प्राप्त भएको सन्दर्भ मलाई सुनाउनु हुन्थ्यो ।

म मार्क्सवादबाट प्रभावित माओका चेलालाई गान्धीवादी सेवक तुलसीमेहेरका मित्र मेरा बुबाले तुलसीमेहरको प्रभाव तत्काल मेरो मनमा भर्न सक्नुभएन । बुबा त्यसताका पराजित हुनुभएको थियो, अहिले म सम्झिरहेछु । समाजमा व्याप्त धेरै किसिमका अप्ठ्याराहरू, मान्छेका खराब प्रवृत्तिहरू बुझ्नका लागि मान्छेले निकै नै कष्ट साध्य प्रयत्नहरू गर्नुपर्ने रहेछ । समाजमा राम्रो गर्ने चाहना बोक्नेहरूको बाहुल्यता भएपछि मात्र समाजको गतिमा प्रगति खुल्छ । सत् बोल्ने चेतनाले मान्छेलाई बलियो तुल्याउँछ । कर्म गरिरहने भावनाले मान्छेलाई निकै सबल बनाउँछ । गच्छे अनुसार गर्न खोज्ने दृष्टिले मान्छेलाई सजिलो बाटोमा हिँडाउँदछ । यस्तै उद्देश्यका मर्महरू बोकेर जीवन पथमा कुदिरहेका एक जना यात्री तुलसीमेहेर मेरा बुबाको अनन्य मित्र भएर पनि मैले नजिकले चिन्न सकिनँ । मान्छेका मन र आँखामा भ्रमको छेकबार व्याप्त भइदिए पछि विश्वास गर्न गाह्रो हुँदो रहेछ । मेरो मन र आँखामा पनि यस्तै भ्रमले खेती गरेको कारणले मैले तुलसीमेहेरलाई स्वच्छ मुहारमा देख्न सकिनँ ।

एकपल्ट मात्रहो, मैले तुलसीमेहेर लाई हाम्रै घरमा बुबा छँदा आउनु हुँदा झल्लक देखेको ! म आफ्नै ताल र धुनमा व्यस्त रहिरहँदा तुलसीमेहेर दुई जना भारतीय महिलासँग म बसेको कोठामा आइपुग्नु भएको मलाई सम्झना छ । शायद २०३० सालतिर हुनुपर्छ । त्यसताका म कट्टर माओत्से तुङ् विचारधाराबाट प्रभावित युवा भएको कारणले तुलसीमेहेरले आत्मीयता मसँग जोडेर भनेका सौम्य–वाणी पनि मेरो लागि अफाप र काम लाग्दो भएन। मैले शिष्टता देखाउन सकिनँ; मैले तुलसीमेहेरको मानवीयता व्याप्त व्यवहारलाई बुझ्न सकिनँ । मलाई धुलिखेल घुम्न जानका लागि अनुरोध भएको कुराहरू पनि सुमधुर बनेन । मैले ठाडो अनुहार देखाएर उहाँ सँग त्यस वेला मेरो बाका आत्मीय मित्रलाई शिष्टताका कुराहरू दिन सकिनँ । यो पीडा सधैँ मेरो मनमा झुण्डिरहने छ । मैले व्यावहारिकता पु¥याउन नजानेर यस्तो कटु अनुभूति भोग्नुपरेको थिति आज म सम्झिरहेछु ।

मेरो बाको मित्र, गान्धीका अनन्य भक्त, समाज सेवक तथा देशमा सुशासन ल्याउनका लागि जीवन उत्सर्ग गर्न पनि सधैँ तत्परता देखाइरहेका मान्छेका मन–मर्मका सहयोगी सरल मान्छेलाई मैले नजिकले पाउँदापाउँदै पनि चिन्न नपाउनुमा मेरो दृष्टि–भ्रम र क्षुद्र मानसिकता नै हो । म आजभोलि यस्तै सोचमा आफूलाई फालेर समाज सेवक तुलसी मेहेरलाई बुझ्न खोजिरहेछु ।


म आजकाल सोचिरहेछु; मेरो बुबालाई शीलवान्, सत् निष्ठा, त्याग–तपस्या, समर्पण, सेवा–भाव सिकाइदिनु हुने, मेरा दाजुहरूलाई शङ्ख मूलको आश्रममा लग्नुभएर सामाजिकतामा बाँच्न सिक्नुपर्छ भनी ज्ञान भरिदिनु हुने, माइला दाजू हरिप्रसादको शरीर १९९० सालको भूकम्पमा पाटीले पुरिएको थियो जसलाई उद्धार गरिदिनुहुने महामानव जसले सेवा मात्र गर्नुभयो त्यस्तो व्यक्तित्वलाई पनि मैले सङ्कीर्ण राजनीति सोचले गर्दा राम्ररी चिन्न र बुझ्न सकिनँ । यो पीडाजन्य अनुभूति जीवनपर्यन्त रहिरहनेछ ।
केही वर्ष अगाडि मात्रको कुरा हो, तुलसीमेहेर युनेस्को क्लब मद्रासका महिलाहरू आई हाम्रो टोल सफा गरिरहँदा मैले उनीहरूलाई तुलसीमेहेर हाम्रो घरमा रहनुभएको सन्दर्भ र मेरो बाको आत्मीय मित्र रहेको प्रसङ्ग मात्र सुनाउँदा उनीहरू छक्क परेर हाम्रो घर टुलुटुलु नियालेको र मसँग आत्मीयता जोड्न खोजेका सन्दर्भहरू म झलझल सम्झिरहेछु । म तुलसीमेहेरलाई कविता–बिम्बमा राखेर यसरी खोजिरहेछु ः–

सामाजिकता मन–मर्ममा भर्न सिपालु
निरन्तर सेवाकै कर्म–कर्ममा रम्न जानेका मायालु
सत्–निष्ठा बिम्ब–बिम्बमा खोप्न जानेका दयालु
जसले देशका लागि जिउँदै मृत्युवरण गरे–
त्यहि सरल मान्छेको नाउँहो तुलसी मेहेर ।

दिन जानेका तर लिन नखोज्ने मान्छे भित्रका बलियो मान्छे
कष्ट भोगेका तर डर के हो नजानेका सरलता भित्रका सुन्दर मान्छे
झूठ बोल्न नजानेका, सक्दो सेवामा रम्न जानेका प्रफुल्ल मान्छे
मान्छेलाई कर्ममा अर्थात् कार्यमा छमछम नाच्न सिकाउने सक्षम मान्छे
मैले यस्तै मर्ममा सुनिरहेको नाउँहो – तुलसी मेहेर ।

दुःख मान्छेको मेट्न रूचाउने;कर्मपथमाकुदिरहेकात्यो मान्छे

जो घाटामा जीवन गुजार्छन् तर सत्यपथबाट विचलितनभएकात्यो मान्छे

कर्तव्यपथमाकुदिरहेका, कर्तव्य आफ्नो जानिराखेकोत्यो मान्छे

जो अभावमापनिकुदिरहे तर विचलनमा राख्ननजानेकात्यो मान्छे

आज मेरो मर्ममाझुलिरह्यो त्यो नामकिनहो किन–तुलसी मेहेर ।

म मेरो मनको मझेरीभित्रको बिम्बमातुलसी रोपिरहेछु

तुलसीका रूप कस्तो भइरहेछ म ओल्टाइपल्टाइ नियालिरहेछु

तुलसी स्पर्शमापो खुल्छ भन्दै म तुलसीखोजिरहेछु

तुलसी सत्माफुल्दोरहेछ

विश्वास कस्तो हुन्छ म बुझ्न खोजिरहेछु ।

महानमान्छे तुलसीमेहेर । जसको नाम बारम्बार बुबाले उच्चारण गरिरहनु हुन्थ्यो । जसको चरित्रबारे बुबा बखान गर्न थाक्नु हुन्न । बुबाले जीवन पर्यन्त सम्म सधैँ स्मरण गरिरहने नाम । दाजुहरुले पनि सधैँ–सधैँ सम्झना गरिरहने नाम ‘तुलसीमेहेर’ लाई मैले बुझेको विचार अनुसार उनलाई नजिक मित्र सम्झिन सकिनँ । पछि सोध्दै, बुझ्दै जाँदा पो थाहा पाइयो उहाँ त नेपालका ‘गान्धी’पो रहेछ । समाज सेवक, त्यागी र निकै सरल मान्छे जस्को गुणग्राहिता समाजपरक, देशपरक र जनतापरक छन् लाई कट्टर कम्युनिष्ट विचारको पावन्दीले पर–पर सार्न वाध्यभएँ । मलाई अहिले पो अप्ठ्यारो महसूस भयो – जुन सम्झिंदा नै गाह्रो–गाह्रो प्रतीत भयो । 

०००


अघिल्लो पोष्ट

‘पद्मावती सिंहका प्रतिनिधि कथाहरू’माथि छलफल चकटी बहस

पछिल्लो पोस्ट

राधिका कल्पितको कथासङ्ग्रह ‘सम्मोहन’ सार्वजनिक

मोहन दुवाल

मोहन दुवाल

सम्बन्धित पोष्टहरू

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 
सँस्मरण

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 

२० मंसिर २०८१, बिहीबार
‘वेदना’ सँगको साहित्यिक यात्रा
सँस्मरण

‘वेदना’ सँगको साहित्यिक यात्रा

२४ भाद्र २०८१, सोमबार
साँखु र कवि गिरिजा
सँस्मरण

साँखु र कवि गिरिजा

१० श्रावण २०८१, बिहीबार
आँबुखैरेनी, अनिल श्रेष्ठ र स्रष्टा समाजको कार्यक्रममा म 
सँस्मरण

आँबुखैरेनी, अनिल श्रेष्ठ र स्रष्टा समाजको कार्यक्रममा म 

११ असार २०८१, सोमबार
पछिल्लो पोष्ट
राधिका कल्पितको कथासङ्ग्रह ‘सम्मोहन’ सार्वजनिक

राधिका कल्पितको कथासङ्ग्रह ‘सम्मोहन’ सार्वजनिक

मदिराको भ्रम बोकेको संस्कृति

मदिराको भ्रम बोकेको संस्कृति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

देवकोटाको जटिल र रहस्यमय जन्मचक्र : एक अध्ययन

देवकोटाको जटिल र रहस्यमय जन्मचक्र : एक अध्ययन

४ जेष्ठ २०७९, बुधबार
रबरको रोटी

रबरको रोटी

४ जेष्ठ २०८०, बिहीबार
बीपीको ‘जेल डायरी’

बीपीको ‘जेल डायरी’

४ जेष्ठ २०८०, बिहीबार
‘गोपालय : गोपालका गीतहरू’ सार्वजनिक

‘गोपालय : गोपालका गीतहरू’ सार्वजनिक

४ जेष्ठ २०७९, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक