जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना सँस्मरण

‘वेदना’ सँगको साहित्यिक यात्रा

मोहन दुवाल मोहन दुवाल
प्रकाशित २४ भाद्र २०८१, सोमबार
सँस्मरण भित्र
0
‘वेदना’ सँगको साहित्यिक यात्रा

‘विगुल’ प्रगतिशील सामयिक सङ्कलनको तेस्रो अङ्क तीर्थमान ज्यापूको न्ह्याय्कंतलामा संचालित प्रेसबाट २०२९ सालमा जफत गरी सरकारले लगेको झल्झली सम्झना आइरहन्छ । मलाई सम्झना छ; पञ्चायती कालखण्डमा ‘विगुल’ जस्तो क्रान्तिकारी पत्रिका प्रकाशन गर्न सक्नु निकै जोखिमको कुरा थियो । त्यसताका दायाँबायाँ कतै नहेरीकन सोझो मनको मेरो साहित्यिक यात्रा निरन्तर बढिरहेको थियो । विगुल जफत गरी लगेपछि म आफूलाई नै प्रतिवन्धित गरेजस्तो भयो । अब कुन नाम राखेर पत्रिका निकाल्ने भन्ने मनमा खुल्दुली थियो ।

यसैताका धुलिखेलका दुईजना प्रगतिशील मित्रहरु दिल वरदान र सुवास श्रेष्ठ मकहाँ आउनुभयो । उहाँहरुलाई थाहा थियो – विगुलमाथिको प्रशासनिक प्रतिवन्धले गर्दा अब विगुल निष्कंदैन । धुलिखेलबाट दर्ता गरेर पत्रिका निकाल्ने रहर उहाँहरुले सुनाउनुभयो । मसँग सहयोगको अपेक्षा गरेर मलाई भेट्न उहाँहरु आउनुभएको थियो । सक्दो सहयोग गर्ने वचन दिनाका साथै ‘विगुल’ फुक्न नदिएकोले देशवासीलाई ‘वेदना’ सुनाउने हाम्रो सोच कार्यान्वयन हुने भयो । पहिलो चोटी अर्धवार्षिक रुपमा प्रकाशित भएको उक्त ‘वेदना’ पछि त्रैमासिक भई निष्कने क्रम सुरु भयो ।

जाँगर, हौसला र प्रतिवद्धता आस्थामा राख्नुभई दिलजी र सुवासजी निरन्तर लागिरहनुभयो । सुरु–सुरुका वर्षहरुमा केही वर्षसम्म आफूसक्दो सहयोग जुटाइदिने काम मबाट पनि भयो। यही वेदना बोकेर हामीहरु लेखिका पारिजातज्यूकहाँ पुग्यौं । उहाँको विचार अनुभूति समेटेर पारिजातसँगको अन्तर्वार्ता सम्वाद ‘वेदना’ मा छाप्यौं । धुलिखेलका यी दुईजना मित्रहरुसँगको मित्रता निकै मजबूत र कसिलो बन्दै गयो । जहाँ पुग्दा पनि दिल र सुवासलाई नसम्झी नहुने भयो । धुलिखेलका यी मर्मशील वौद्धिक युवाहरुसँग ‘वेदना’ मार्फत् निकै नजिकको आत्मीयता थपिंदै गयो । २०३१ सालमा प्रकाशित ‘वेदना’ को एउटा अङ्कमा ‘पारिजातसँग बिताएका केहीक्षण’ लेख मेरो नाममा प्रकाशित भएको छ । २०३१ आश्विन ५ गते हामीहरु तीनजना दिल वरदान, सुवास श्रेष्ठ र म म्हैपिस्थित पारिजातको निवासघरमा पुगेका हौं । मैले त्यस लेखमा पारिजातको व्यक्तित्व, उहाँको कोठाको रमणीयता र उहाँसँग गाँसिन गएको सम्बन्धमा यसरी लेखेको थिएँ – “काठमाडौंको वर्षात् यामको बाटो हिलैहिलोमा भासिएर हामी चारैतिर खेतै खेतले घेरिएको एउटा एकलासे ठाउँ जहाँ नेपाली साहित्य क्षेत्रमा हाल ज्यादै चर्चित हुनुभएकी एकजना लेखिका, सशक्त लेखिकाको रुपमा श्री ५ को सरकारले मान्यता दिएर विद्वतवृत्ति दिएकी लेखिका पारिजातको कोठामा हामी सबै चुपचाप बसिदिएका हुन्छौं ।” ‘वेदना’ मार्फत् नै पारिजातकहाँ पुग्न पाएको, ‘वेदना’ले नै हो पारिजातसँगको सम्बन्धमा आत्मीयता थपिन दिंदै मित्रता बढ्न गएको । त्यसै लेखमा मैले लेखेको रहेछु पारिजातसँग गाँसिन गएका सन्दर्भका कुराहरु जुन सन्दर्भमा उल्लेख गर्न मैले रुचाएँ – “साँगुरो कोठा । भित्तामा ठाउँ–ठाउँमा पारिजात आफैको र अरु नातेदारहरुका फोटाहरु टाँगिएका छन् ।दुईटा किताब राख्ने दराज राखिएको छ । किताबहरुले दराज टन्न भरिएको छ । कोठासँगै बाहिरतिर रहेको धाराको झरझर बहाइ सुनिन्छ । हामी चुपचाप आँखा घुमाउँदै कोठामा बसिरहेका हुन्छौं । पारिजातदिदी मुस्कान छर्दै विस्तारै खुम्चिंदै कोठाभित्र खाटमा थ्याच्च बस्न पुग्नुहुन्छ ।” हामीहरु उहाँसँग साहित्यबारे छलफल गर्न आएको र उहाँको साहित्यसम्बन्धी धारणा बुझ्न आएको कुरा बताउँछौं । सहर्ष उहाँले स्वीकारोक्तिको टाउको हल्लाइदिनुभयो । प्रश्नको क्रम चल्न थाल्छ । यसरी पारिजात दिज्यूसँग सम्बन्ध गाँसिएको २०३१ साल असोजमा हो । मलाई लाग्छ ‘वेदना’ ले नै दिल वरदान, सुवास र मलाई पारिजातसँग नजिक तुल्याई दिएको पनि ।

पारिजात दिदीसँग त्यही दिनदेखि हाम्रो नजिकको सम्बन्ध गाँस्न पायौं । उहाँका वाध्यताका कुराहरु र उहाँका विचार आस्थाका भनाइहरु मैले मेरो लेखमा त्यसैबेला उल्लेख गरेको थिएँ । पारिजातले आफूलाई नलुकाइकन आफ्नो जीवन प्रस्तुत गरेको त्यसक्षण हाम्रा लागि प्रेरणादायी भयो र उहाँले हामीसँग आफ्नो जीवन र स्वाभिमान जीवनको मार्मिकतायसरी पोख्नुभएको थियो जुन मार्मिक थियो – “जसको घर छैन, जेथा छैन, आय छैन, शारीरिक क्षमता छैन, जसलाई कसैले एक कौडी सहायता गर्दैन, जसले नब्बे प्रतिशत बिनापारिश्रमिक लेख्छ त्यसले यहाँ कसरी बाँच्नु ?” मार्मिकलाग्दो यस खालका भनाइका साथै उहाँले आफ्नो सिद्धान्त र विचार पनि प्रष्ट राख्दै भन्नुभयो – “यो युग वर्गीय चेतनाका निम्ति, सही राजनैतिक धारणाका निम्ति, सामूहिक जीवनका निम्ति, शोषित पीडितहरुको निम्ति र आलोचनाको निम्ति लेख्नुपर्ने युग । नलेख्नु, नछाप्नु घाटामा पर्नु हो, यस्तो घाटा जसले व्यक्तिलाई होइन वर्गसँग गाँसिएको आफ्नो उत्तरदायित्वलाई खण्डित पार्छ ।”

‘वेदना’मार्फत् पारिजातकहाँ पुग्न पाएको त्यो दिन मेरा लागि र सायद दिल र सुवासजीका लागि पनि निकै प्रेरणाका दिन हुन गएको हामी सबैको लागि महसूस भयो । ‘वेदना’सँगसँगै लागेर म शरद बनेपा हुन पुगेको सन्दर्भ बिर्सी पठाउन मिल्दैन । पारिजातजीसँग साइनो बढ्दै गएपछि म उहाँसँगै ‘उत्साह’ मासिकको सम्पादक भएको, प्रगतिशील लेखक कलाकार सङ्घमा ‘शरद बनेपा’ को नामले केन्द्रीय सदस्य भएको स्मरण सधैं भइरहन्छ । त्यसैले मलाई अविस्मरणीय लाग्छ, ‘वेदना’सँगसँगै भएको साहित्यिक यात्रा । यसैताका मेरो विचार–शक्तिमा अर्को क्रान्तिकारी विचार थपियो । यसैगरी ‘वेदना’का २०३२ देखि २०३४ सालका विभिन्न अङ्कहरुमा मैले विभिन्न लेखकहरुबारे आलोचनाहरु लेख्यौं । उक्त आलोचनाहरु देशभरका प्रगतिशील साहित्यकारहरुका लागि निकै महत्वपूर्ण रहेको त्यसताका निकै चर्चा चलेको थियो । विशेष गरेर तीनटा आलोचनाहरु ‘वेदना’ मा छापिएको थियो । दौलतविक्रम विष्टका ‘चपाइएका अनुहार’ एक दृष्टि, ‘आयामेली साहित्यिक धारणा र वैरागी काइँलाका कविताहरु’ र मनबहादुर मुखियाको ‘अनि देउराली रुन्छ’ नाटक र ‘अरु एकाङ्की नाटकहरुको भावभूमि खोलेर हेर्दा’ वेदनामा प्रकाशित थियो ।

आयामेली साहित्यिक धारणाबारे आफ्नो विचार राख्दा–राख्दै यसै आलोचना लेखको एक ठाउँमा मैले सन्दर्भमा यसरी औंल्याई दिएको थिएँ; जुन मेरो त्यसताकाको चिन्तन थियो । लेखमा उल्लेख भएका छन् – “अमलेखवाद, अस्वीकृत जमात, राल्फा सन्तती, आयामेली आन्दोलन, युवालेखन (बुटपालिस) आदि । यी सबै चेहराहरु हाम्रो अगाडि जो साहित्यको नाममा देखापरेका छन्, ती सब जमातहरु वास्तवमा प्रगतिवादी साहित्यिक धारालाई प्रत्यक्ष वा अप्रत्यक्ष तहसनहस पार्न, जनताको मन मस्तिष्कलाई भ्रमपूर्ण बाटोमा डो¥याउन, सामाजिक यथार्थताबाट पलायनतातर्फ कुदाउन अन्यौलपूर्ण रहस्यात्मक विचार बोकेर आउने साहित्यिकहरु साँच्चीकै “आफ्नो सु¥याँइ देखाउन ठाउँ नभेटेका शुरवीरहरु जस्तै मात्र हुन् । यस्तो किसिमको प्रवृत्ति मध्यमवर्गीय अवसरवादी बुद्धिजीवी भनाउँदाहरुको दिमागमा लहडले उब्जने प्रतिकृयावादी कुविचार हो र लहडमा नै सेलाएर जाने प्रकृया हो ।” यस आलोचनात्मक टिप्पणी आलेखले मलाई रातारात चर्चाको शिखरमा पु¥याई दियो ।

मैले ‘वेदना’मा माथि उल्लेख गरेका पङ्क्तिहरुलाई लिएर निकै चर्चा–परिचर्चा त्यसताका चल्यो । ‘सुस्केरा’ले आफ्नो २३, २६, २७, २८ अङ्कमा शरद बनेपाको उपर्युक्त अंशहरुप्रति आक्रोस व्यक्त गर्दै लेखे । ‘सङ्कल्प’ले २१ र २२ अङ्कमा र अन्य अङ्कहरुमा सम्पादकीयसमेत लेखेर शरद बनेपाप्रति घृणा फैलाउने काम भयो । ‘झिसमिसे’ ले पनि २, ४ अङ्कमा सम्पादकीय लेखेर आक्रोस पोखे । ‘जलजला’ ले तारिफमा लेखे र ‘वेदना’ले शरद बनेपाको विचारमा सहमति जनाउँदै उक्त लेखको तारिफमा लेखे । ‘वेदना’को पूर्णाङ्क १०, ११, १२, १३, १४, १५, १६ को सम्पादकीय र ‘प्रभात’को लेखमार्फत् शरद बनेपाको आलोचना सान्दर्भिक र आवश्यक आलोचनाका रुपमा तारिफ गरे । ‘वेदना’का यी माथि उल्लेख भएका आलोचनाहरुबाट ‘शरद बनेपा’लाई प्रगतिशील साहित्यिक क्षेत्रमा आवश्यक पात्रका रुपमा उभ्याई दिए ।

जसले जे–जे भनेर मूल्याङ्कन गरे पनि ‘शरद बनेपा’ का यी आलोचनाहरुले शरद बनेपालाई आलोचकका रुपमा ‘वेदना’ले उभ्याई दिए । ‘वेदना’मा आफ्नै ढङ्गको मेरोश्रम पनि परेको छ । यसैगरी मेरो जीवनको एउटा रुप ‘शरद बनेपा’ लाई यसै ‘वेदना’मार्फत् राष्ट्रमा उजागर गरिदिएको पनि मैले बिर्सन हुन्न । त्यसैले ‘वेदना’ मेरा निम्ति इतिहास–पृष्ठ भइदिएको छ । यसै सन्दर्भमा‘वेदना’का सम्पादक÷प्रकाशक दिल ‘वरदान’ ले ‘वेदना’को विशेष अङ्कमा ‘वेदनाको प्रकाशन यसरी भयो’ लेखमा लेख्नुभएको छ — “काभ्रे जिल्लाभरि यथार्थवादी साहित्य र प्रगतिशील साहित्यको बारेमा युवाहरुमा व्यापक चर्चा चलिरहेको थियो । बनेपा त्यसको केन्द्रविन्दुको रुपमा रहेको थियो । श्रीखण्डपुर, साँगा र बनेपामा केही समयको अन्तरालमा साहित्य सम्मेलन, भेटघाट र साहित्यिक कार्यक्रम भई नै रहन्थ्यो । … ‘विगुल’ (समसामयिक साहित्यिक पत्रिका) त्यसताका चर्चाको शिखरमा थियो । प्रगतिशील साहित्य सम्मेलनहरुमा आमन्त्रित हुने क्रममा मोहन दुवालसँग मेरो प्रथम पटकको भेटघाटमा उहाँबाट सा¥है प्रभावित भएँ । … उहाँको सम्पादनमा निस्कने ‘विगुल’को तेस्रो अङ्क प्रेसबाट नै जफत भएपछि काभ्रेका थुप्रै साहित्य प्रेमीहरुमा साहित्यिक पत्रिकाको अभाव खट्कियो । मोहन दुवाल सँगको भेटघाटको क्रममा सरकारी दर्ता गरेर पत्रिका प्रकाशन गर्ने बारेमा कुरा शुरु गर्नु मैले उपयुक्त सम्झेँ । ‘विगुल’ सामयिक संकलनको तेस्रो अंक पञ्चायती निरंकुशतन्त्रले निन्दनीय रुपमा प्रेसबाट जफत गरी लगेको थियो । उहाँबाट प्रकाशनलाई सहयोग गर्ने वचन पाएपछि ममा धेरै ठूलो उत्साह थपियो ।”

मलाई गौरव लाग्छ; शरद बनेपाको जन्म गर्ने अभियानमा ‘वेदना’ को अग्रिम भूमिका छ । यसैगरी मेरा प्रगतिशील कृयाकलाप, लेखनमा पारिजात दिदीको आफ्नै खालको साथ र माया छ । म जे भएँ; जस्तो छु मेरा थुप्रै खण्डका यात्राहरुमा धेरैको भरथेग, साथ, आधार पाएजस्तै ‘वेदना’ बाट पनि मैले थुप्रै खालका साथ पाएको छु जसलाई बिर्सी पठाउन गा¥हो भएकोले यो संस्मरण लेख तयार पारिएको छ ।


अघिल्लो पोष्ट

यात्रा निबन्धकारका रूपमा लैनसिंह बाङदेल

पछिल्लो पोस्ट

हिमालयन आर्ट फेस्टिभलमा १२० कलाकार

मोहन दुवाल

मोहन दुवाल

सम्बन्धित पोष्टहरू

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 
सँस्मरण

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 

२० मंसिर २०८१, बिहीबार
नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ
सँस्मरण

नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ

११ आश्विन २०८१, शुक्रबार
साँखु र कवि गिरिजा
सँस्मरण

साँखु र कवि गिरिजा

१० श्रावण २०८१, बिहीबार
आँबुखैरेनी, अनिल श्रेष्ठ र स्रष्टा समाजको कार्यक्रममा म 
सँस्मरण

आँबुखैरेनी, अनिल श्रेष्ठ र स्रष्टा समाजको कार्यक्रममा म 

११ असार २०८१, सोमबार
पछिल्लो पोष्ट
हिमालयन आर्ट फेस्टिभलमा १२० कलाकार

हिमालयन आर्ट फेस्टिभलमा १२० कलाकार

वसन्तपुरमा ठड्याइयो य:सिं

वसन्तपुरमा ठड्याइयो य:सिं

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

म अज्ञात सहिद आएको छु !

म अज्ञात सहिद आएको छु !

४ जेष्ठ २०८१, शुक्रबार
राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१ का अवसरमा ६६ कलाकार पुरस्कृत

राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१ का अवसरमा ६६ कलाकार पुरस्कृत

४ जेष्ठ २०८१, शुक्रबार
शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधन

शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधन

२ श्रावण २०८१, बुधबार
धिरेन्द्र प्रेमर्षीको कविता, कसो होला भन त बुढी, थाले राजनीति

धिरेन्द्र प्रेमर्षीको कविता, कसो होला भन त बुढी, थाले राजनीति

२ श्रावण २०८१, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक