जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना सँस्मरण

साँखु र कवि गिरिजा

मोहन दुवाल मोहन दुवाल
प्रकाशित १० श्रावण २०८१, बिहीबार
सँस्मरण भित्र
0
साँखु र कवि गिरिजा

२०२८ सालतिरको कुरा हो । करिब ५३ वर्ष अगाडिको कुरा । साथीभाइहरूसँग त्यसताका काम विशेषले साँगामा वास बसेका थियौं । साँगाबाट भोलिपल्ट फर्किने क्रममा साँखुको याद आयो । साँखु पुगेको थिइनँ;पुग्ने रहर भयो । साँगामा सँगै वास बसेका दुई जना मित्रहरू लक्ष्मीभक्त कायस्थ र गोपाल वैद्यलाई यो मेरो मनको खुल्दुली पोख्यौँ । ती मित्रहरूले तत्कालै साँखु घुम्न जाने मेरो रहरलाई साथ दिने भयो । २२ वर्ष जवान छँदा को ‘रहर’ भनेको ऊर्जाशील गरी हाल्ने खालको रहर हो । त्यही रहर बोकेर साँखुमा पुगेको र त्यहाँ पुग्दा मेरो सम्मानमा अचानक भाग्योदय मा.विमा भोलिपल्ट कवि गिरिजाले कार्यक्रम राखेको मलाई सम्झना आइरहन्छ । 

त्यही रहर बोकेर हामी जाने भयौँ साँखु । साँगाको तेर्सो–तेर्सो बाटो भएर उकालो÷ओरालोको परवाह नगरीकन हामी तीनै जना जवानीको जोस बोकेर साँगाबाट साँखुतर्फ लम्क्यौँ । बाटो पनि याद थिएन, सोध्दै, खोज्दै गयौँ । करिब ३ घण्टा जति लगायौँ हामीहरूले साँखु पुग्न । मलाई याद छ; साँखु पुगेपछि बजार एक चक्कर लगायौँ । नेवारहरूको बाहुल्यता रहेको उक्त साँखु बजारका कोही पनि व्यक्तिहरूलाई हामीहरूले चिनेका थिएनौँ । तर गोपालजीले आफ्नो दिदी साँखुमा रहेको ढाडस पूर्ण भरोसाका कुराहरू गरेकोले हामी ढुक्क भयौँ — एक रात साँखुमा बस्ने भयौँ । 
चिया १÷१ कप पिउने रहरले हामी एउटा होटेलमा छिरेर चिया पिउँदै थियौँ । त्यही होटेलमा एक जना युवक आउनु भई मलाई सम्बोधन गर्नुहुँदै कहिले आउनु भएको भनी सोध्नुभयो । भर्खरै आई पुगेको । साँखुमा पुग्न पाएको छैन, रहर लागेर घुम्न आएको भन्यौँ । मलाई आत्मीयता देखाउँदै सम्बोधन गर्नु हुने मित्र त साँखुका कवि गिरिजाप्रसाद जोशी पो रहेछन् । खुसी लाग्यो ! गिरिजाजी सँग साँखुमा भेट्न पाउँदा । केही महिना अगाडि कवि दुर्गालाल श्रेष्ठको घरमा उहाँसँग मेरो परिचय भएको सम्झना पो खुल्यो । उहाँको अनुरोधमा हामी तीनै जना डोरिएर गिरिजाजीको घरमा पुग्यौँ । खाजा खान अनुरोध गर्नुभयो । उति नै खेर नै भाउजूले समय्बजि ल्याई दिनुभयो । समयबजिसँग ‘अन्टी’ पनि भाउजूले ल्याउन भयो । त्यस बेला चुरोट, रक्सी केही पनि सेवन नगरेको बेला भएकोले ‘अन्टि’ भित्रको ‘जल’पिउन रहर गरेनौँ । 

गिरिजासँग भेट भएर मज्जा भयो; भनौँ ! कोही पनि नचिनेको ठाउँमा आइपुगेको हुनाले केही क्षण घुमेर फर्कने नै हाम्रो सोच थियो । तर कवि गिरिजा भेटेकोले आज एक दिन साँखुमा नै रहने भयौँ । गिरिजाजीले बस्ने व्यवस्था पनि मिलाउने इच्छा पोख्नुभएको थियो तर गोपालजीका दिदीकहाँ बस्ने टुङ्गो लगाइ सकेकोले उहाँ कहाँ नबस्ने भयौँ । केही क्षण नेपाल भाषा आन्दोलनको चर्चा, देशका जनताका मुक्तिका कुरा, साहित्य सिर्जना र गतिविधिका प्रसङ्ग आदि कुरा चर्चा चलायौँ । तर्क गर्न सिपालु कवि, व्यङ्ग्य बोले जस्तो गरेर वास्तविकता बोल्न सक्षम कवि गिरिजाले अन्टिको ‘जल’नपिउने मेरो उद्घोषलाई व्यङ्ग्य गर्दै भनेका कुराहरू याद आइरहन्छ । उहाँले त्यस बेला भन्नुभएको थियो — एक जना चुरोट पिउने मित्रले अरूलाई पनि पिउन अनुरोध गर्छन् अर्थात् पिउनेहरूले तुरुन्तै कन्जुस्याइँ नगरी अरूलाई चुरोट फर्मान् गर्छन् । यसै गरी एक जना रक्सी पिउने मित्रले आफूले मात्र नपिई अरूलाई पनि पिउन बल गर्छन् । यदि पिउने खालका भएमा आफैँले उनको पैसा तिरी दिन्छन् । अरूलाई दिने भावना यिनीहरूसँग हुन्छ भनी चुरोट र रक्सी पिउनेहरूको उदारताका कुरा गरे । 

तर्क निकाल्न सिपालु भएकै कारणले उहाँले चुरोट र रक्सी पिउनेहरू उदार हुन्छन् र उनीहरूले समाजलाई दिनका लागि कन्जुस्याइँ गर्दैनन् भनी अनौठा तर्क निकाल्दै मलाई व्यङ्ग्य गर्नुभयो । उहाँ कस्ता थिए, स्वभाव कस्तो थियो केही पनि मलाई त्यसताका थाहा थिएन । एउटै रसायनले हाम्रो मित्रता जोडिदिएको हो । उहाँ पनि कवि, म पनि कवि । गिरिजा पनि समाजका पथ प्रदर्शक र अभियन्ता म पनि नेपाल भाषा आन्दोलनका सक्रिय अभियन्ता । हाम्रो मित्रतामा यस भेटघाटले हामीलाई एक–अर्कामा निकै नजिक तुल्याई दियो । केही घण्टाको कुराकानी पछि हामी उहाँ कहाँ बाट छुट्यौँ । र हामी गोपालजीका दिदीको घरतर्फ लम्क्यौँ । 

आज साँखुमा बस्ने भयौँ । गोपालजीका दिदी÷भिनाजुहरूसँग सम्पर्क ग¥यौँ, त्यहीँ खाना खायौँ र त्यहीँ सुत्यौँ । साँखु देख्यौँ र एक रात साँखुमा नै निदायौँ र मन भरि गिरिजालाई समेट्न पायौँ । कहिल्यै नपुगेको साँखुमा एक रात निदाउन पायौँ । 

भोलिपल्ट बिहानै हामी उठ्यौँ र साँखु घुम्न हामीहरू निस्क्यौँ । घुम्दै गर्दा ठाउँ–ठाउँमा अनौठो पो देखियो । कल्पना नै गरेको थिइनँ । साँखुको सार्वजनिक ठाउँहरूमा ‘साँखुमा मोहन दुवालको सम्मानमा कार्यक्रम हुँदै छ — भाग्योदय माविमा आउन अनुरोध गरेका हातले लेखेका पोस्टरहरू छ्यापछ्याप्ती ठाउँ–ठाउँमा टाँसेका पोस्टरहरू देखियो । हामी तीनै जना छक्क प¥यौँ र ११ः०० बजे भाग्योदय मावि पुग्ने रहर बोकेर चाँडै चाँडै घुमेर हामी बसेको घरतर्फ लाग्यौँ । त्यहीँ खाना खायौँ र ठिक ११ः०० बजे हामी भाग्योदय माविमा छि¥यौँ । मेरो जीवनमा हुने पहिलो सम्मान कस्तो हुने हो, त्यहाँ मैले के बोल्ने हो मनमा धुकचुक धुकचुक लागिरह्यो । विद्यार्थीहरू र केही स्थानीयहरूको उपस्थितिमा भएको उक्त कार्यक्रममा विद्यार्थीहरूबाट फूल माला लगाई मलाई र साथीहरूको स्वागत गरे, उपस्थित स्थानीय मित्रहरूले फूलको गुच्छा दिई सत्कार गरे र उद्घोषण र स्वागतको क्रममा साँखुका गौरवशाली कवि गिरिजाप्रसाद जोशीले आफ्नो मनोभावना यसरी पोख्दै भन्नुभएको थियो जुन सम्झना गर्न लायकको थियो । मेरो सम्मानमा अत्यन्त आदरपूर्वक भन्नुभएको उक्त उद्गार मैले यसरी उतारेँ — “मोहन दुवाल बनेपाका कवि हुन् । उनी नेपाल भाषा आन्दोलनका सक्रिय अभियन्ता पनि हुन् । समाज रूपान्तरण गर्नका लागि सधैँ खटिइरहने सङ्घर्षशील मित्र पनि हुन् । जसले ‘बिगुल’पत्रिका २०२७ मा नै प्रकाशन गर्नुभयो । उनीजस्ता परिवर्तन कामी कवि र सम्पादकको स्वागत र सम्मान गर्न पाउँदा साँखु गौरव महसुस गर्दछ । समाजका लागि खटेर लाग्ने यस्ता मित्रहरूको सम्मान हुँदैन । यस समाजमा समाजलाई ठगेर, लुटेर खानेहरू जो तथा कथित ठुला देखिँदा छन् तिनीहरूको स्वागतमा ढोका बनाउँछन् तिनीहरूको भव्य स्वागत गर्दछन् । तर हामी यो परम्परा र भाष्यका विरोधी भएकोले समाजका सपुतहरूको स्वागत गर्न पाउँदा खुसी हुन्छौँ । त्यसैले आज साँखुमा देशका एक जना कर्मठ सपुत बनेपाका मोहन दुवालको स्वागत गरेर सम्मान गर्न पाउँदा हामी अति नै रमायौँ ।” स्वागत पछि मेरो मन्तव्यका लागि अनुरोध भयो र मैले आफ्नो विचार राख्दै भनेँ — “ समाज मुख्यतः दुई वर्गमा विभाजित छ – पहिलो रगत पिपासु खुनी मुठ्ठी भरका सबै सुविधाले सम्पन्न वर्ग र दोस्रो सम्पूर्ण जन्मसिद्ध अधिकारहरू देखि वञ्चित गरिएका करोडौँ करोड भोका, नाङ्गा वर्ग । हुन त समाजमा अन्य वर्ग पनि हुन्छन् तर मुख्य यिनै दुई वर्ग हुन् । यसै अनुरूप विचारधारा पनि विभिन्न भएर पनि मुख्य दुई विचार धारा हुन्छन् । समाजको वर्गीकरण अनुसार नै विचार हुन्छन् – यस कुरालाई कसैले अस्वीकार गर्न सक्तैन । थिचिएकाहरू, मिचिएकाहरूको मुक्तिका लागि ठाउँ–ठाउँमा सङ्घर्ष हुँदै छन् । बहुसङ्ख्यक जनताको मुक्ति त अवश्य एक दिन खुल्छ । सत्यकै विजय हुन्छ, असत्यको विजय क्षणिक हुन्छ । यस्तै भावनाको यात्रामा छु । तपाईँहरूले माया गरेर साँखुको माया पोखेर म प्रति गर्नुभएको यो सम्मान मेरो लागि जीवनकै ठुलो आरम्भमा भएको महत्त्वपूर्ण सम्मान हो । यो सम्मानलाई म आदर गर्छु — म निरन्तर जनता र देशको पक्षमा उभिइरहन्छु ।”

कार्यक्रम सिद्धिएपछि साँखुको माया मनमा राखेर हामी घरतर्फ फर्कियौँ । साँखु मनमा, गिरिजा कर्ममा सजाएर हामी साँखुबाट फर्कियौँ । मसँगै यात्रामा रहेका मेरा दुई जना साथीहरू जो कोरा भावनाका छन् उहाँहरू मेरो सम्मान अचानक साँखुमा भएको देखेर निकै रमाउनुभयो । बाटोमा एक–अर्कामा खुसी साट्दै हामीहरू बनेपामा फर्कियौँ । 
मनमा साहस थपिदियो साँखुले । यात्रामा उत्साह थपिदिनु भयो गिरिजाजीले । जीवनमा पहिलो चोटी मबाट हुँदै आएको जन पक्षीय कार्यहरूको र प्रगतिशील लेखनको उत्कृष्ट उद्घोषण हुँदै आएको ‘बिगुल’को अनुमोदन गरी दिए गिरिजाजीले र साँखुले । मन–मनमा उत्साह थपिदियो, विश्वास र आस्थामा बल भरिदियो – मेरो भावनालाई दह्रो बनाउन यस सम्मानले ऊर्जा थपिदियो । साँखु र कवि गिरिजा मेरो मनमा मजबुत ढङ्गले घरको जगजस्तै बन्न गएको छ — जुन बिर्सी पठाउन गाह्रो छ । ०००


अघिल्लो पोष्ट

हिटलरको दुर्भाग्य

पछिल्लो पोस्ट

‘रिटिङ रिटिङ’ गीतका सर्जक एलपी जोशीको निधन

मोहन दुवाल

मोहन दुवाल

सम्बन्धित पोष्टहरू

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 
सँस्मरण

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 

२० मंसिर २०८१, बिहीबार
नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ
सँस्मरण

नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ

११ आश्विन २०८१, शुक्रबार
‘वेदना’ सँगको साहित्यिक यात्रा
सँस्मरण

‘वेदना’ सँगको साहित्यिक यात्रा

२४ भाद्र २०८१, सोमबार
आँबुखैरेनी, अनिल श्रेष्ठ र स्रष्टा समाजको कार्यक्रममा म 
सँस्मरण

आँबुखैरेनी, अनिल श्रेष्ठ र स्रष्टा समाजको कार्यक्रममा म 

११ असार २०८१, सोमबार
पछिल्लो पोष्ट
‘रिटिङ रिटिङ’ गीतका सर्जक एलपी जोशीको निधन

‘रिटिङ रिटिङ’ गीतका सर्जक एलपी जोशीको निधन

दीपक रौनियारको ‘पूजा, सर’ भेनिस फिल्म फेस्टिभलमा

दीपक रौनियारको 'पूजा, सर' भेनिस फिल्म फेस्टिभलमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

‘रिटिङ रिटिङ’ गीतका सर्जक एलपी जोशीको निधन

‘रिटिङ रिटिङ’ गीतका सर्जक एलपी जोशीको निधन

३ श्रावण २०८१, बिहीबार
ध्रुव जोशीको ‘अनुभूतिका महक’ सार्वजनिक

ध्रुव जोशीको ‘अनुभूतिका महक’ सार्वजनिक

४ जेष्ठ २०८०, बिहीबार
भारतीय नेपाली आख्यानमा सांस्कृतिक चेतना

भारतीय नेपाली आख्यानमा सांस्कृतिक चेतना

४ जेष्ठ २०८०, बिहीबार
मरिण महोत्सव – २०८० सम्पन्न

मरिण महोत्सव – २०८० सम्पन्न

५ जेष्ठ २०८१, शनिबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक