जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध स्मृतिमा स्रस्टा

पारिजात : सशक्त एवं चर्चित लेखिका

राजेन्द्रप्रसाद अधिकारी राजेन्द्रप्रसाद अधिकारी
प्रकाशित ७ असार २०८०, बिहीबार
स्मृतिमा स्रस्टा भित्र
0
पारिजात : सशक्त एवं चर्चित लेखिका

नेपाली साहित्याकाशकी सर्वाधिक चर्चित लेखिका पारिजात वि.सं. १९९० साल फागुन ३० गते१ दार्जिलिङको लिंगिया चिया कमानमा जन्मिनु भएको हो । वहाँ वि.सं. २०११ सालमा सत्र वर्षको उमेरमा नेपाल पस्नु भएकोे थियो जहाँ वहाँले आफ्ना जीवनका अमूल्य क्षणहरु बिताउनु मात्र भएन वहाँले नेपाली साहित्यका पाठकहरुलाई अध्ययन एवं चर्चा योग्य कृतिहरु दिएर नेपाली साहित्यको श्रीबृद्धीमा अविस्मरणीय योगदान पनि पुर्‍याउनु भयो ।

वि.सं. २०१३ सालमा धरती पत्रिकामा दुईवटा कविता प्रकाशित गरी साहित्य यात्रामा निक्लनु भएकी पारिजातको जीवन ज्यादै नै गतिशील सक्रिय र चर्चित रह्यो । ‘आकांक्षा’ पारिजातकै शब्दमा “वैचारिक तथा शैलिगत दुवै पक्षले अपरिपक्व” कृतिबाट पारिजात शिरीषको फूल र ‘राल्फा’ हुँदै अनिदो पहाडसँगै प्रगतिवादी लेखनसम्म आइपुग्नु भएको थियो । वहाँको जीवनका यिनै गतिशीलता, सक्रियता र चर्चाले मृत्युपछि पनि वहाँलाई जीवित एवं सशक्त राखेको छ ।

पारिजातकहाँ प्राय: सधैं भेला भइरहने साहित्यकार र कलाकारहरुको एउटा समूह थियो ‘राल्फा’ । वि.सं. २०१३ सालतिर आरम्भ भएको त्यस आन्दोलनको केन्द्रविन्दुको रुपमा पारिजात हुनुहुन्थ्यो र राल्फा त्यस समयको एक चर्चित ‘आन्दोलन’ बनेको थियो । “तर राल्फाभित्र पनि म पारिजात त्यति सुखी थिइन” भन्दै पारिजात आफँै स्वीकार्नु हुन्छ, “मैले कतिपय घोर विसंगत कविताहरु लेखे, कथाहरु लेखें ।” सैद्धान्तिक विचार, आदर्श र गन्तव्यविहीन यात्रामा विसंगत रचनाहरु जन्मनु अस्वाभाविक थिएन, तर त्यस आन्दोलन हुँदै जनपक्षीय यात्रामा प्रवेश गर्नु र पछि आएर जनपक्षीय यात्राको केन्द्रविन्दुमा रहेर आफूलाई आफ्नो समयको सशक्त हस्ताक्षरको रुपमा उभ्याउनु र आफ्नो मृत्युपछि पनि प्रगतिवादी लेखनको एक महत्वपूर्ण कोशेढुंगाको रुपमा रहनु वहाँको साहित्यिक यात्राको उल्लेखनीय पक्ष हो ।

राल्फालाई वहाँ आफ्नो साहित्यिक यात्राको एउटा प्रमुख खुड्किला मान्नुहुन्छ र भन्नुहुन्छ “जस्मा टेकेर मैले जनपक्षीय यात्रा पनि गरेकी छु । राल्फा नै एउटा यस्तो माध्यम रह्यो जस्ले प्रगतिशीलतातर्फ अग्रसर हुन भनौं उन्मुख हुन आत्मगत र वस्तुगत दुवै तर्फबाट बाध्य तुल्याइदियो ।” पारिजातको जीवनले निस्सारता भोग्योे, शायद विसंगत पनि रहन गयो, परिवेशको कारण तर पछिल्लो चरणमा वहाँको रुझान र पक्षधरता प्रगतिशील र जनपक्षीय रह्यो । वहाँको जीवन यात्राका यीे विविध पाटोलाई खासगरीकन पारिजातका पाठक र अध्ययनकर्ताहरुले समग्र रुपमा बुझ्न जरुरी छ ।

प्रगतिशील समीक्षक र पाठकहरुले समेत “जनविरोधी” र “प्रगतिवादी” गरी दुई चिरा पारेर हेर्छन् भन्ने पारिजातले आफ्नो लेखन कसरी गतिमान भएर आएको छ, त्यसको मूल्यांकन नभईदिएकोमा “गुनासो” गर्नु भएको पाइन्छ । बहुचर्चित एवं मदन पुरस्कार प्राप्त गर्न सफल आफ्नो कृति शिरीषको फूललाई निस्सार र घोर परपीडक उपन्यास मान्नु हुन् । यस्ता अभिव्यक्तिहरु दिने पारिजात र वहाँकोे साहित्यिक यात्राको विवेचना वहाँकोे वैचारिक विकासक्रम, परिवर्तित आस्था र रचनामार्फत् बाहिरिएका विविध प्रकारका अभिव्यक्तिहरुको कारण जटिल बन्न पुगेको हो । यसर्थ, आफ्नो आग्रहको चस्मा लगाएर पारिजात र वहाँका कृतिहरुको अध्ययन वा विवेचना गर्दा वहाँको सही मूल्यांकन हुन सक्दैन । त्यस्ता विवेचना वा अध्ययनहरुले समग्रमा पारिजातलाई नभई लेखककै विचार र उसकै लेखनको उद्देश्यको प्रतिविम्व हुन जान्छ । हुनत: लेखकले विना उद्देश्य लेख्दैनन् भन्दाभन्दै पनि निरुद्देश्य लेख्नकै लागि लेखेको भन्ने लेखकहरु पनि देखिन्छन् ।

पारिजातको सन्दर्भमा कतिपय लेखकहरुले आफ्नो लेखाईको प्रामाणिकता पुष्टी गर्नाका लागि पारिजातसँगै हामी चुरोट खान्थ्यौं, पारिजात पनि हामीसँगै रक्सी पिउनुहुन्थ्यो वा पारिजातले मलाई भाई भन्नुहुन्थ््यो जस्ता कुरालाई विशेष महत्व दिएर लेखेको पनि पाइन्छ । पारिजातको व्यक्तित्व र कृतित्वलाई बुझ्ने सन्दर्भमा त्यस्ता हुलियाहरुले कुनै विशेष महत्व राख्दैनन् । हामीले तत्कालीन परिवेश, समाज, आर्थिक–राजनैतिक अवस्थाका साथै लेखककोे प्रतिवद्धता र नीजको लेखनको उद्देश्यलाई आधार मानी विश्लेषण गर्नुपर्ने हुन्छ । साहित्य र साहित्यकारको बारेमा चर्चा गर्दा लेखकको मनोवैज्ञानिक पक्षमाथि पनि विचार गर्न जरुरी हुन्छ । पारिजातको विकासक्रम र वहाँको प्रतिवद्धताले वहाँलाई प्रगतिवादी साहित्यकारको रुपमा लिनुपर्ने हुन्छ ।

पारिजातले विचार र कलाको सम्बन्धको बारेमा समेत आफ्नो स्पष्ट धारणा राख्नुभएको पाइन्छ । वहाँ भन्नुहुन्छ, “म विचार पक्षलाई प्रथम मान्छु र कला पक्षलाई गौण । … तर कला पक्ष कमजोर भयो भने विचार पक्ष ग्राह्य हुन सक्दैन, यो ख्याल राख्नुपर्ने कुरा हो ।” यसैगरी साहित्य र राजनीति वीचको सम्बन्धको बारेमा पनि वहाँ भन्नुहुन्छ “साहित्यमा विचार पक्ष प्रमुख हुँदा हुँदै पनि यो राजनीतिक दस्तावेज भने होइन । साहित्यको आफ्नो विशिष्ट, गरिमाशाली र राजनैतिक दस्तावेज भन्दा भिन्न चिनारी र अस्तित्व छ ।” आफ्ना विचार र लेखनवाट प्रगतिवादी लेखिका बन्नु भएकी पारिजातले बि.सं. २०३१ सालमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (चौथो महाधिवेशन) को सदस्यता समेत प्राप्त गर्नुभएको देखिन्छ । यो तथ्य र वहाँका आफ्नै भनाईहरुबाट हामीले पारिजातलाई एक प्रगतिवादी लेखिकाको रुपमा स्वीकार्न करै लाग्दछ ।

पारिजातलाई प्रगतिवादी साहित्यकारभन्दा वहाँलाई संकुचित पार्न खोजियो भन्ने चर्चा पनि यदाकदा चल्ने गरेको पाइन्छ । तर आफु प्रगतिवादी रचनाकार भएको वहाँ आफँैले स्वीकार्नु भएको कुरा हो । “विसंगति जीवनको अन्तिम परिणति नभएको हँुदा क्रमश: जीवनको अर्थ खोेज्नपट्टी” लागेकी पारिजात “पहिलेको र अहिलेको” “आफ्नो साहित्य लेखनमा धेरै परिर्वतन आएकोे” स्वीकार्नु हुन्छ । “प्रगतिशील साहित्यिक क्षेत्रमा कलम चलाउनु” अघि पनि आफ्ना कथा र उपन्यासका कतिपय पात्रहरु “निम्न वर्गबाटै” लिएको बताउनु हुने पारिजात आफ्ना पछिल्ला लेखनबाट आफू सन्तुष्ट भएको समेत बताउनु हुन्छ । पारिजातको लेखनको सैद्धान्तिक विश्लेषण गर्दा वहाँको यस भनाईलाई राम्ररी मनन गर्नैपर्ने हुन्छ ।

यहाँ विचारणीय कुरा के हो भने कुनै साहित्यकारले कुनै विचार वा वादको प्रतिनिधित्व गर्दैमा संकुचित हुने हुँदैन । साहित्य सृजनाको स्तर र त्यसले साहित्यको विकासमा पुर्‍याएको योगदानको आधारमा मूल्याङकन गर्नुपर्ने हुन्छ । मेरो खेमा, गुट वा वैचारिक प्रतिवद्धताको भएको भए अझ राम्रो हुन्थ्यो भन्ने आग्रह राख्नु चाहिँ अस्वभाविक होइन । कुनै वादको परिधीले लेखकलाई संकुचित पार्दैन । लेखकको लेखन र प्रतिवद्धताले वादको प्रतिनिधित्व गर्दछ । तसर्थ पारिजातलाई वामपन्थी विचार धाराकी लेखिका वा प्रगतिवादी साहित्यकार भन्नुले वहाँलाई संकुचित पार्दैन । यसले त वहाँको जीवन दृष्टिकोण, वैचारिक प्रतिवद्धता र वहाँका विशालतम् आयामको प्रतिनिधित्व गर्दछ । यस अर्थमा वहाँसँग जोडिएका यथार्थलाई स्वीकार्न र तीनलाई सोही अर्थमा बुझ्ने साहस हामीलाई चाहिएको होे भन्ने मलाई लाग्दछ । वहाँ स्पष्ट रुपमा भन्नुहन्छ “जनजीवनलाई बुझ्नका लागि त माक्र्सवादी साहित्य नै चाहिन्छ ।“

पारिजातका कविता, कथा, उपन्यास, आत्मसंस्मरण लगायत थुप्रै फुटकर रचनाहरु प्रकाशित छन् भने वहाँका कृतिहरु नेपाली बाहेक अन्य भाषामा अनुवाद भइसकेका पनि छन् । निर्माण प्रकाशन सिक्किमले पहिलो पटक पारिजातका संकलित रचनाहरुको प्रकाशन गरिदिएर पारिजातका कृतिहरुको अध्ययनलाई सजिलो पारिदिएको थियो र हिजोआज पारिजातलाई पढ्नका लागि वहाँका रचनाहरु उपलब्ध छन् । पारिजात स्मृति केन्द्रले पनि पारिजातलाई जीवन्त राख्नको निमित्त काम गरिरहेको छ ।

आजको परिवर्तित समयमा पारिजातको व्यक्तित्व र आजका पिँढीलाई पारिजातका कृतिहरुको सान्दर्भिकता प्रस्तुत गर्ने जिम्मेवारी आजका अध्येताहरु समक्ष आएको छ । यतिखेर नेपाली साहित्यको केन्द्रविन्दु स्थापित हुन सकेको छैन । नेपाली प्रगतिवादी लेखन विश्रृङखलित अवस्थामा देखिन्छ । प्रगतिवादी साहित्यकारहरु गुट उपगुटहरुमा विभाजित एवम् सत्ताको वरिपरी रमाइरहेको अवस्था छ । पारिजातलाई साक्षी राखेर भन्ने हो भने साहित्यकारहरुले सत्ताको गलत प्रवृत्तिमाथि औंला उठाउन सक्नु पर्दछ । साहित्यकारको चिनारी लेखनप्रतिको प्रतिवद्धता र रचना नै हुन् सत्ताले प्रदान गरेका पद र सम्मान होइनन् भन्ने बुझ्न पनि जरुरी छ । नेपाली साहित्याकाशकी सर्वाधिक चर्चित बहु आयामिक प्रतिभाकी धनी सशक्त एवं चर्चित लेखिका पारिजातको देहान्त वि.सं. २०५० साल बैशाख ५ गते विहान चार बजे वीर अस्पतालमा भएको हो जुन नेपाली साहित्यको क्षेत्रमा एक अपुरणीय क्षति थियो ।
त्र

(१. पारिजात स्मृति केन्द्रको मिति २ असोज २०७८ को बैठकको निर्णय बमोजिम पारिजातको जन्म मिति १९९० साल फागुन ३० गते कायम भएको)


अघिल्लो पोष्ट

आयामिक सम्पूर्णतामा अनुभूति

पछिल्लो पोस्ट

सिन्धु साहित्यिक पत्रकारिता

राजेन्द्रप्रसाद अधिकारी

राजेन्द्रप्रसाद अधिकारी

सम्बन्धित पोष्टहरू

शब्द बिम्बमा श्याम सुन्दर सैंजू
स्मृतिमा स्रस्टा

शब्द बिम्बमा श्याम सुन्दर सैंजू

१३ जेष्ठ २०८१, आईतवार
सम्झनाको दहभित्र बल्छी हान्दा
स्मृतिमा स्रस्टा

सम्झनाको दहभित्र बल्छी हान्दा

३० फाल्गुन २०८०, बुधबार
पारिजातको २९ औं स्मृति सभामा  पारिजात स्मृति सम्मान
स्मृतिमा स्रस्टा

पारिजात र पासाङ दुई आदर्श र राष्ट्रिय व्यक्तित्व

३० फाल्गुन २०८०, बुधबार
पारिजातको साहित्यिक मूल्याङ्कन
स्मृतिमा स्रस्टा

पारिजातको साहित्यिक मूल्याङ्कन

३० फाल्गुन २०८०, बुधबार
पछिल्लो पोष्ट
सिन्धु साहित्यिक पत्रकारिता

सिन्धु साहित्यिक पत्रकारिता

आमाकी बैनी सानिमा !

आमाकी बैनी सानिमा !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

प्रीति आत्रेय ज्ञवाली मुक्तक सङ्ग्रह’  चुटुक्क’ सार्वजनिक

प्रीति आत्रेय ज्ञवाली मुक्तक सङ्ग्रह’ चुटुक्क’ सार्वजनिक

२४ फाल्गुन २०८०, बिहीबार
लक्ष्मी उप्रेती व्यक्तित्व वर्ष सम्मान घोषणा

लक्ष्मी उप्रेती व्यक्तित्व वर्ष सम्मान घोषणा

२३ फाल्गुन २०८१, शुक्रबार
पेपे

पेपे

२३ फाल्गुन २०७८, सोमबार
नेपाल साहित्यिक पत्रकार सङ्घको १७ औ वार्षिकोत्सव

नेपाल साहित्यिक पत्रकार सङ्घको १७ औ वार्षिकोत्सव

२३ फाल्गुन २०७९, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक