१. नेतागिरी
कोही विर्गाछन्
कोही बनाउँछन्
पुन भत्काउँछन्
पुन बनाउँछन्
बनाउँदा बनाउँदै विर्गादा विर्गार्दै
विदेशी ऋण सबै डर्काछन्
विकास भएन भन्दै फेरि
तिनैले भाषणमा हर्काछन् ।
२.जमाना
आजकल मेरी बुढी आमा
चाउरिएका गाला तन्काएर
सुकेको जीउ सन्काएर
सेताम्मे कपाल फन्काएर
सब पुरूषहरूलाई मोहित पार्नहुन्छ
र
ओ माइ डार्लिङ भनेर अङ्गालो हाल्नुहुन्छ ।
३.डाक्टरी
आमाले छोरीलाई सोधी-
ज्वाइँ के काम गर्नुहुन्छ ?
छोरीले जवाफ दिई-
उहाँ त डाक्टरी गर्नहुन्छ
धेरै दिनकाे रसबस पछि पो
थाहा पाइन् आमाले-
ज्वाइँ साव त
डाक्टरको क्लिनिकमा
बिरामी डाक्ने काम
डाक्+टरी पो गर्नु हुदाेरैछ ।
४. झुल्छ
पार्टीको झन्डा बोक्यो कि
तपाईँको जिन्दगीको ढोका खुल्छ
सिद्धान्त / वादले मुख बुझाे गरिदिनुस्
तपाईँ देख्यो कि आफै झुल्छ ।