जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना सँस्मरण

 काभ्रे शिक्षक सङ्गठनको नेतृत्वमा रहँदा

मोहन दुवाल मोहन दुवाल
प्रकाशित ७ माघ २०७९, शनिबार
सँस्मरण भित्र
0
 काभ्रे शिक्षक सङ्गठनको नेतृत्वमा रहँदा

२०२८ साल फागुन तिर कै कुरा हो; त्रिभुवन विश्व विद्यालय, शिक्षा शास्त्र इन्स्टिच्युट अन्तर्गत भएको प्राथमिक शिक्षकहरूको नर्मल तालिममा भाग लिन गएको पनि ५१ वर्ष नाघि सकेको छ । त्यसताका म करिब २३ वर्षको जल्दो बल्दो युवा थिएँ । जोस, जाँगर, सङ्कल्प मनमा राखेर कोरा भावना बोकेर यात्रा गर्दा उपलब्धि त प्राप्त हुँदो रहेछ । त्यही उपलब्धि हो – काम गर्दा पाइने आनन्द । कीर्तिपुरमा गाउँका शिक्षक भएर तालिम लिन जाँदा भोगेका घटना क्रमहरू बिर्सी पठाउन गा¥हो छ । बाग्मती अञ्चलका ५ जिल्लाका पूर्व प्राथमिक शिक्षकहरू र अन्यत्र जिल्लाका केही शिक्षक साथीहरू गरी करिब ५सय जना शिक्षकहरूको दिनहुँ जसो भेला हुन्थ्यो । छात्रवृत्ति दिने सवालमा इन्स्टिच्युटले भेदभाव गरे जस्तो महसुस हामीले गर्यौं । प्रवेशिका उत्तीर्ण भएकाहरूलाई मात्र दिने उक्त छात्रवृत्तिकै बहानामा नर्मल तालिम लिन पुगेका हामी शिक्षकहरूले हडताल गर्ने निर्णय गर्यौं। मेरो निर्भीकता र कर्मठताकै कारणले उक्त आन्दोलनका अध्यक्षका रूपमा मलाई सर्वसम्मति बाट चुनियो । मैले गगन भेदी आवाजमा सबै शिक्षकहरूको अगाडि भनेँ – “यो सङ्घर्ष न्याय प्राप्तिका लागि भएको सङ्घर्ष हो । हामीले न्याय र समानता अवश्य पाउँनेछौं ।” सबै सहभागीहरूले करतल ध्वनिले साथ दिए । हडताल सुरु भयो । त्रिवि प्राङ्गणमा न्याय र समानता प्राप्तिका लागि आवाज घन्कियो । दिन दिन कीर्तिपुर स्थित त्रिवि अन्तर्गतको शिक्षा सङ्काय अन्तर्गतका कोठाहरूमा र चौर–प्राङ्गणमा हाम्रो न्यायपूर्ण आवाज घन्किरह्यो । आन्दोलनमा निरन्तर खटिई रह्यौँ । हामीलाई छेक थुन गर्न खोजियो, तर्साइयो, लोभ देखाउने काम भयो । तर हामीहरू लत्रिएनौँ – आवाज बुलन्द ढङ्गले कीर्तिपुरमा घन्किरह्यो । मेरो अध्यक्षतामा गठन भएको उक्त सङ्घर्ष समितिमा काभ्रे जिल्लामा कार्यरत भक्तपुरका कान्छा वासुकला सचिव हुनुहुन्थ्यो । सङ्घर्षमा खटिइरह्यौँ । त्यसताका त्रिभुवन विश्वविद्यालयमा पढ्न आउने केही सुकिलामुकिला विद्यार्थीहरुले गँवार शिक्षकहरूले हामीलाई बाधादिए भन्नेहरु पनि छन्, यसैगरी साथ दिनेहरु पनि छन् । हामीहरूले आवाज घन्काइरह्यौ । 

एक दिन वार्ताका लागि प्रशासनले डाके । वार्तामा हामी गयौँ । सबैलाई समान छात्रवृत्ति प्राप्त नभए पनि केही शिक्षक–विद्यार्थीहरूलाई तालिम भत्ता दिने निर्णय भयो । हडताल टुङ्गियो । शिव अधिकारी, विजय चालिसे लगायत सबैजसो तालिम लिन आउने मित्रहरूको सहयोग प्राप्त भएकोले र अध्यक्ष÷सचिवको खट्ने सङ्घर्ष कामी स्वभावले गर्दा आन्दोलनले गति लिएको हो र आन्दोलन सफलतामा टुङ्गिएको पनि हो । 

बनेपाबाट कीर्तिपुरमा पूर्व सेवाकालीन प्राथमिक शिक्षक तालिम लिन जाँदाका थुप्रै कहर र दुःखहरू बिर्सिनसक्नु छ । तर पनि मनमा त्रास र स्वार्थ नभए पछि जस्तोसुकै कार्यमा पनि फल प्राप्ति गर्न सकिंदो रहेछ । त्यस्तै खालको फल प्राप्ति पनि भयो यस आन्दोलनमा । मनले सोचे अनुसारको प्राप्ति नभएकोले आन्दोलन गर्नुपर्ने नियति बन्यो । मैले कहिल्यै पनि जीवनमा हार स्वीकार नगरेको कारण मेरो मनमा कहिल्यै ‘स्वार्थ’ फलेको र फुलेको थाहा छैन । यस आन्दोलनमा पनि अधिकांश शिक्षकहरूको साथ पाएकै कारणले हामीले ‘हार’ बेहोर्नु परेन । फणीन्द्र मल्ल हामीहरूका प्रमुख । निकै फुर्तिला, कूटनीतिज्ञ, प्रस्ट वक्ता भएकै कारणले आन्दोलनकै नेतृत्व गरेका मलाई पनि मल्ल सरले कहिल्यै पक्षपात गरेको, तिरस्कार भएको महसुस भएन । उहाँले भन्ने गर्नुहुन्थ्यो – “दुवाल निडर छ, आफूलाई लागेको कुरामा अडिग रहने उसको स्वभाव छ ।” अरू विद्यार्थीहरूका अगाडि पनि मलाई कहिल्यै हीनता बोध हुने गरी व्यवहार गर्नुभएन । जेजस्तो भए पनि नर्मल तालिम लिंदा भएको हडताल, जुलुसले धेरै कुराहरू मलाई सिकाएर गएका छन् । आन्दोलनलाई दिलोज्यान दिएर साथ दिनेहरू, आन्दोलन नबिथोल्न चाहनेहरू र आन्दोलनका विरुद्ध विष मन गर्न खोज्नेहरू सबैजसो खालका पात्रहरू भोग्न पाइयो । यो मेरो जीवनको पहिलो सङ्घर्ष पनि हो । 
००

यही नर्मल तालिमको उपलब्धि भनौँ या यस आन्दोलनकै अनुभव भनौँ शिक्षकहरूको एकता महसुस गरियो । शिक्षक सङ्गठनहरू थिएनन् । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन २०३६ सालमा मात्र गठन भएको देखिन्छ । काभ्रेका हामी शिक्षकहरूले २०३० सालमा नै काभ्रेको शिक्षक सङ्गठन बनायौँ । नर्मल तालिममा धेरैजसो शिक्षकहरूसँग परिचय भएकै कारणले काभ्रेमा शिक्षक सङ्गठनको निर्माण हुन सकेको हो । र मेरै घर छेउको एक जना शाक्यको घरमा शिक्षक सङ्गठन गठनका लागि भेला डाक्यौँ । मनमा रोक टोक थिएन, स्फूर्ति मात्र छ । त्यसैले रहर गरियो; वैध–अवैध के हुने हो त्यसको पनि केही मापदण्ड गर्न खोजिएन । काभ्रेका लागि एउटा शिक्षक सङ्गठन गठन गर्ने भेलाले निर्णय गर्यो। 

सर्व सम्मतिबाट मेरै अध्यक्षतामा र कान्छा वासुकला सचिव रहने गरी शिक्षकहरूको तदर्थ समिति गठन भयो । मेरो गतिविधि उग्र जस्तो देखिएको हुनाले नै होला मेरो शिक्षण पेसामा चलखेल गर्न प्रशासन अग्रसर भयो । मलाई एकै ठाउँमा राखेनन् । कहिले पाँचखाल, कहिले भैंसेपाटी, कहिले धुलिखेल सरुवा गर्न थाले । धुलिखेलमा रहँदा–रहँदै जिल्ला शिक्षा कार्यालयबाट म्याद सिद्धिएको पुर्जी पठाई दियो । सङ्गठनले खासै कामै गर्न सकिएन; यताउता लाग्दा–लाग्दै हैरान ! शिक्षकहरूको विश्वास त थियो; तर हाम्रो बर्कत नै पुगेन । हामी सफल हुन सकेनौँ । सरकारको कालो सूचीमा मात्र ‘कालो शिक्षक’का रूपमा दर्ता भयौँ । 

काभ्रेको शिक्षक सङ्गठन त बन्यो तर योजनाबद्ध कुनै पनि काम गर्न नसक्नुको पीडा मनमा थियो । सरकारको आँखामा कसिङ्गर बन्यौँ । भएको प्रावि शिक्षक पेसा पनि धरौटीमा प¥यो । शिक्षण पेसाबाट अलग्ग राख्न म्याद नथपीकन म्याद सिद्धिएको पुर्जी काटेर शिक्षण पेसाबाट निकाली दियो । जिल्लामा न्याय–निसाफ गर्ने कोही भएन, हामीले पनि सङ्घर्ष चलाउन सकेनौँ । जिल्ला शिक्षा अधिकारी, प्रमुख अधिकारीहरू कहाँ पुगेर म्याद थपिदिएको व्यथा पोख्न गयौँ । निसाफ भएन अझ भनौँ धम्कीको भाषामा प्रजिअले भने – “राजाको माना खाएर राजाकै खेदो गर्ने तपाईँलाई हामी पाल्न सक्दैनौँ । सके बन्दुक समात्नुस् हामी सके तपाईँको बन्दुकलाई रोक्ने प्रयास गर्छौँ । सकेको गर्नुस् ।” हामी नाजवाफ भई भौँतारिनु परयो । हाम्रो केही जोड चलेन । 

शिक्षा अधिकारी कहाँ पुग्दा पनि अवैध शिक्षक सङ्गठन गठन गरेर नचाहिदो अवैध कार्य गरेकोले सङ्घ–सङ्गठन बनाए बापत उल्टो कार्यवाही गर्ने कुरा गरेर हामीलाई फर्काइदियो । कतैबाट न्याय पाउन सकिएन । आन्दोलन, हडताल र सङ्घर्ष पनि हामीले उठाउन सकेनौँ । काम नभएपछि बेकारी भई भौँतारिन प¥यो । हाम्रो केही जोड चलेन । 

रहर मनमा आउना साथ त्यसलाई प्रयोग गर्ने वातावरण नबने सम्म प्रयोग गर्न सकिंदो रहेनछ । परिस्थिति तयार नभए सम्म कुनै पनि कार्य गर्न खोज्दा अप्ठ्यारो हुँदो रहेछ । पञ्चायती कालरात्रिमा जिल्लाका निरङ्कुश प्रशासकहरूका आँखा र मन पनि निरङ्कुश नै हुँदा रहेछन् । हाम्रा पनि निकै कमजोरीहरू छन् । सङ्गठन परिष्कृत रnदरिलो नभएको कारणले र हामी जस्ता व्यक्तिहरूबाट सिर्जित योजनाहरूमा परिपक्वता नभएकैले हामी असफल भयौँ । शासकहरूका मतियारहरूको परिभाषामा शिक्षक सङ्गठन बनाउन रहर गर्ने हामीहरू ‘अवैध’भयौँ । नर्मल तालिममा शिक्षक एकताबाट प्राप्त भएको उपलब्धिबाट सिकेर हतारमा हामीले काभ्रेमा शिक्षक सङ्गठन बनायौँ – तर हामी असफल भयौँ । यो अनुभव स्मरण गर्न लायक मेरो जीवनका पानाहरू नै भएकोले स्मरण गरिरहेछु । 


Tags: मोहन दुवाल
अघिल्लो पोष्ट

संगीतकर्मीहरूलाई ‘नातिकाजी राष्ट्रिय पुरस्कार’ प्रदान 

पछिल्लो पोस्ट

कथाकार रेणुका जिसीको नवीनतम कथासंग्रह ‘सनेस’

मोहन दुवाल

मोहन दुवाल

सम्बन्धित पोष्टहरू

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 
सँस्मरण

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 

२० मंसिर २०८१, बिहीबार
नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ
सँस्मरण

नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ

११ आश्विन २०८१, शुक्रबार
‘वेदना’ सँगको साहित्यिक यात्रा
सँस्मरण

‘वेदना’ सँगको साहित्यिक यात्रा

२४ भाद्र २०८१, सोमबार
साँखु र कवि गिरिजा
सँस्मरण

साँखु र कवि गिरिजा

१० श्रावण २०८१, बिहीबार
पछिल्लो पोष्ट
कथाकार रेणुका जिसीको नवीनतम कथासंग्रह ‘सनेस’

कथाकार रेणुका जिसीको नवीनतम कथासंग्रह ‘सनेस’

मलाई मन परेको कविताको दोस्रो शृंखला

मलाई मन परेको कविताको दोस्रो शृंखला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

देविकाको कविताकृति लोकर्पित

देविकाको कविताकृति लोकर्पित

४ जेष्ठ २०८०, बिहीबार
सुदूरपश्चिम नेपाल (डोटीप्रदेश)का लोकगाथा

सुदूरपश्चिम नेपाल (डोटीप्रदेश)का लोकगाथा

४ जेष्ठ २०८०, बिहीबार
गीतकार किरण खरेललाई पोखरामा सम्मान

गीतकार किरण खरेललाई पोखरामा सम्मान

४ जेष्ठ २०८०, बिहीबार
टाइगर हिलकी पुनम माथि एक समीक्षात्मक दृष्टि

टाइगर हिलकी पुनम माथि एक समीक्षात्मक दृष्टि

४ जेष्ठ २०७९, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक