जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज कला

सुदूरपश्चिम नेपाल (डोटीप्रदेश)का लोकगाथा

वासुदेव भाइसाव वासुदेव भाइसाव
प्रकाशित २ फाल्गुन २०७९, मंगलवार
कला, संगीत भित्र
0
सुदूरपश्चिम नेपाल (डोटीप्रदेश)का लोकगाथा

विविध विषम परिस्थितिहरुले गर्दा सुदूरपश्चिम नेपालमा इतिहास, कला र संस्कृति झल्काउने शिलालेख, ताम्रपत्र, मूर्तिहरु व्यक्तिगत प्रयोग र अन्य कारणहरुद्वारा नष्ट हुँदै गएका छन् । सुदूरपश्चिमको प्राचीन शासनको केन्द्रविन्दु अजयमेरु कोटलगायत थुप्रै कोट र देवलहरु लुप्त प्राय: भइसकेका छन् ।

विकासको परिवेश र इलेक्ट्रोनिक मिडियाले लोकजीवन प्रभावित भएको छ । यसले लोकगीत अत्यन्त प्रभावित भएको छ भने लोकगाथाहरुको प्रचलन घटेको छ ।
कुनै पनि जाति र समुदायको लोकसंस्कृति र भावात्मक परिवेश बुझ्नका लागि, जाति र समुदायको जीवन र विश्वास बुझ्नका लागि त्यस जाति वा समुदायमा प्रचलनमा रहेका लोकगाथाहरुको अध्ययन आवश्यक ठहर्दछ । लोकगाथाहरुभित्र लोकको कल्पना, लोकको विश्वास र लोकको मर्म रहेको हुन्छ । लोकबोली र लोकव्यवहारका साथै लोकजीवनका उल्लास र छटपटीहरुको विस्तृत बयान हुन्छ ।

विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिले सम्पन्न नेपालको सुदूरपश्चिमी भूखण्ड अर्थात् डोट्याली भेगको लोकजीवनमा चैत–भारत जस्ता परम्परादेखि चलिआएका लोकगाथाहरुको विशिष्ट स्थान रहेको छ । समाज र जीवनका अनुभवहरुको खजानास्वरुप यो भेगको माटोबाट उब्जेका लोकसाहित्यका अलिखित तर अजर–अमर रचनाहरुका अधिकांश विधाखण्ड धार्मिक परम्परा बोकेका, वेद र पुराणहरुका स्वरलहरीबाट निस्केका लोकलहरी हुन् । श्रुतिपरम्पराबाट आएका यी लोकगाथाहरु अलिखित भएर पनि लोककण्ठमा प्रतिनिधित्व र जीवित छन् । डोट्याली लोकसाहित्यका विभिन्न विधाहरुमध्ये लोकजीवन र लोकविश्वासको सजीव चित्रण प्रस्तुत गर्न सक्षम यी लोकगाथाहरु काव्यात्मक गुणले सम्पन्न डोट्याली लोकसाहित्यका लोककाव्य र लोकनाट्य हुन् ।

लोकगाथाहरु स्वच्छन्द र मौलिक रचना हुन् । लोकका सामूहिक सम्पत्ति हुन्, लोकका अनुपम सिर्जना हुन् र लोकजीवनका अलिखित इतिहास हुन् । भौगोलिक क्षेत्रभित्रको सांस्कृतिक परिवेशका परिचायक यी गाथाहरु मानव–सभ्यताको इतिहासका संवाहक पनि हुन् ।

भौगोलिक विकटता, आर्थिक कठिनाइ र सामाजिक पछौटेपनका बाबजुद सुदूरपश्चिमको लोकजीवनमा विभिन्न चाडपर्व र उत्सवहरुमा गाइने वा खेलिने यी गाथाहरुले लोकजीवनमा लोकरञ्जन र मनोरञ्जन प्रदान गर्दछन् । जीवनका दु:ख र पीडाहरुलाई क्षणिक भए पनि भुलाउँछन् । मर्यादित र सम्मानित जीवन बाँच्न प्रेरणा दिन्छन् ।

सुदूरपश्चिम नेपालको लोकजीवनका विभिन्न अवसरहरुमा घर मन्दिर र सामाजिक स्थलहरुमा गाइने विविध प्रकारका गाथाहरु जस्तै : देवगाथा, चरित्रगाथा, करुणगाथा, प्रेमगाथा र चारणगाथा आदि मानव–जीवनको अतीतलाई वर्णन गर्ने, मानव–गरिमा र परम्पराको बयान गर्ने अलिखित रुपमा श्रुतिपरम्परामा हस्तान्तरित लोकनाट्य र लोककाव्य हुन् ।

लोकगाथाहरुमा देवीदेवताहरुलाई प्रसन्न गर्न तथा सामाजिक मानमर्यादा बनाइराख्न घरमा अथवा मन्दिरमा गाइने जागर गाथा र फागहरु हुन् । चरित्रगाथामा समाजलाई सुमार्ग देखाउने कुलीन र मर्यादित जीवन भएका लोककल्याणकारी महापुरुष तथा अलौकिक चरित्रको गाथा वर्णन गरिन्छ । जस्तै श्रीरामको चैत, श्रीकृष्णको चैत आदि । करुणगाथाहरुमा कारुणिकता र वेदनापूर्ण जीवनका छटपटीहरुको झलकस्वरुप झोडोगाथा गाइन्छ भने प्रेमगाथाहरुमा युवायुवतीहरुबीचको प्रेमप्रसङ्ग भएका गाथाहरु गाइन्छन् । प्रेमगाथाहरु विशेषगरी रात्रिको समयमा रतेडा गीतका रुपमा गाइन्छन् जस्तै : सरु–समेरु प्रेमगाथा । दमाई, ढोली, आँजीद्वारा गाइने भडा, बर्मौ, रितुरानो (रितुगीत) तथा भाट, रैभाटद्वारा गाइने सवाई आदि चारणगाथा हुन् ।

डोट्याली भेगका लोकगाथाहरुलाई विभिन्न आधारमा वर्गीकृत गर्न सकिन्छ । तर पनि लोकगाथाहरुभित्र अन्तरनिहित विषयवस्तुको प्रकृतिका आधारमा वर्गीकरण गर्नु अथवा कथावस्तुका आधारमा गरिने विषयगत वर्गीकरण नै बढी उपयुक्त हुने देखिन्छ । किनकि प्रत्येक गाथाभित्र अन्तर्निहित विषयवस्तुमा नै गाथाको मर्म र भाव रहने गर्दछ । अत: विषयगत वर्गीकरणलाई आधार मानी डोट्याली भेगका लोकगाथाहरुलाई निम्न प्रकार वर्गीकृत गर्न सकिन्छ ।

१. देवगाथा (जागर–फाग) :
कुनै खास पुण्यकार्यका अवसरमा देवीदेवताका मन्दिरमा अथवा यज्ञ–हवनस्थलमा देवीदेवतालाई जागृत गराउन देउताहरुको प्रशंसाले भरिएका शान्तरसप्रधान जागरगाथा अथवा देवताहरुको महिमागान भएका फाग वा मन्दिरमा गाइने करुणरसप्रधान प्रबन्ध झोडागाथा यसमा पर्दछन् । यस प्रकारका देवगाथाहरुमा जागर (जागृत गान) र बैसुन्नरको फाग प्रसिद्ध छन् । यी देवगाथाहरु पौराणिक कालदेखि चलिआएका परम्परागत गाथा हुन् ।

२. चारणगाथा (भडा/सवाई) :
बिहे, ब्रतबन्ध, पासनीजस्ता शुभ अवसरमा हुड्के, दमई, औजी आदिद्वारा गाइने भट्ट/योद्धा र पाइकहरुका वीरता वर्णन भएका वीररसप्रधान भडा तथा भाट अथवा रैभाटहरुद्वारा गाइने सवाई आदि चारणगाथा हुन् । सामन्ती युगलाई चारणगाथाहरुको रचनाकाल मान्न सकिन्छ ।

३. चरित्रगाथा (चैत) :
लोकजीवनमा सदाचार, शिष्टाचार र मर्यादालाई कायम राख्न असल आचरण निर्माण गर्ने हेतुले रामायण, महाभारतजस्ता धर्मशास्त्रको आधार लिएर समाजलाई पथप्रदर्शन गर्ने, मानमर्यादा बनाई कुलीन युगपुरुषहरुको गाथालाई लोकभाषा, लोकलय र लोकशैलीमा ढालेर आफ्नोपन झल्कने गरी निर्माण गरिएका चरित्रगाथा यसमा पर्दछन् । चरित्रगाथाहरु कुनै खास जात्रा वा उत्सवका अवसरमा ढुस्को, घुमारी, चाली र ठाडो गरी विभिन्न तालहरुमा गायन गरिन्छन् । श्रीरामको चैत र श्रीकृष्णको चैत प्रमुख चरित्रगाथा हुन् । प्राचीन कालदेखि गाइँदै आएका यी चरित्रगाथाहरुको विकास क्रममा नयाँ र लघु चरित्रगाथाहरु पनि कथिएका भेटिन्छन् ।

४. प्रेमगाथा :
युवा–युवतीबीच प्रेमप्रसङ्ग भएका परम्परादेखि गायन हुँदै आएका प्रेमगाथाहरु प्राय: रतेडा (रात्रीगीत) का रुपमा गायन हुन्छन् । पे्रमगाथाहरुमा सरु–समेरुको प्रेमगाथा लोकप्रसिद्ध गाथा मानिन्छ ।


Tags: बासुदेव भाइसावलोकगाथासुदूरपश्चिम नेपाल
अघिल्लो पोष्ट

म तिमीलाई प्रेम गर्छु

पछिल्लो पोस्ट

नेपाल प्रज्ञा प्रतिष्ठानमा भूपाल, नाट्यमा निशा र ललितकलामा नारदमणि कुलपति

वासुदेव भाइसाव

वासुदेव भाइसाव

सम्बन्धित पोष्टहरू

हरिप्रसाद शर्माका ‘समयक्रममा नेपाल’ प्रदर्शनी
कला

हरिप्रसाद शर्माका ‘समयक्रममा नेपाल’ प्रदर्शनी

१६ जेष्ठ २०८२, बिहीबार
मेरो कला कर्म र चिन्तन
कला

मेरो कला कर्म र चिन्तन

२८ पुष २०८१, आईतवार
मण्डलामा नाटक ‘हरि हजुरबा’ मञ्चन
कला

मण्डलामा नाटक ‘हरि हजुरबा’ मञ्चन

५ पुष २०८१, शुक्रबार
अस्ट्रियन कलाकारद्वारा पाटनमा ‘प्यान्टोमाइम’
कला

अस्ट्रियन कलाकारद्वारा पाटनमा ‘प्यान्टोमाइम’

७ मंसिर २०८१, शुक्रबार
पछिल्लो पोष्ट
नेपाल प्रज्ञा प्रतिष्ठानमा भूपाल, नाट्यमा निशा र ललितकलामा नारदमणि कुलपति

नेपाल प्रज्ञा प्रतिष्ठानमा भूपाल, नाट्यमा निशा र ललितकलामा नारदमणि कुलपति

हाम्रो के थिएन ?

हाम्रो के थिएन ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

माणिकरत्न शाक्यका केही कविताहरू

माणिकरत्न शाक्यका केही कविताहरू

२२ फाल्गुन २०७८, आईतवार
मार्चुङको मूच्र्छना

मार्चुङको मूच्र्छना

२२ फाल्गुन २०७८, आईतवार
नीलम गुरुङको कवितासङ्ग्रह ‘नपल्टाएका पन्नाहरु’ सार्वजनिक

नीलम गुरुङको कवितासङ्ग्रह ‘नपल्टाएका पन्नाहरु’ सार्वजनिक

२३ फाल्गुन २०८०, बुधबार
आमाको सपना

आमाको सपना

२२ फाल्गुन २०७८, आईतवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक