मलाई मन परेको कविताको दोस्रो शृंखला काठमाडौंमा सम्पन्न भएको छ । एपेक नेपालको आयोजनामा पुरानो पुस्ताका अग्रज २० कविका चर्चित कवितालाई नयाँ पुस्ताले कविहरुले संगीतका साथमा प्रस्तुत गरेका हुन् ।
बानेश्वरको थापागाउँस्थित मण्डला थिएटरमा गितारवादक अनुराग थापा र प्रशन्न हुमागाईको बाँसुरी-वादनमा वरिष्ठ कवि बैरागी काँइलादेखि शैलेन्द्र साकारसम्मका कविता नयाँ पुस्तका कविहरुले वाचन गरेका हुन् ।
कार्यक्रम सञ्चालन कवि रुपेश श्रेष्ठले गोलाप्रथाबाट गरेका थिए । त्यसअवसरमा मन्जुल, तुलसी दिवस, नरेन्द्रबहादुर श्रेष्ठ, राजेन्द्र शलभ, विश्वविमोहन श्रेष्ठ, प्रमोद प्रधान, उषा शेरचन, विधान आचार्य, दिनेश अधिकारी, कृष्ण प्रसाई, लक्ष्मी माली, अशेष मल्ललगायत कवितालाई नयाँ पुस्ताका चर्चित कविहरु विवश पोखरेल, मोमिला, निमेष निखिल, गीता त्रिपाठी, प्रज्वल अधिकारी, बाबु त्रिपाठी, सविता विमली, सन्ध्या पहाडी, विमल वैद्य, रिमा केसीलगायतले वाचन गरेका थिए ।
आयोजन समूहका संयोजक राजेन्द्र शलभले सबै कविहरूलाई स्वागत गरेर मलाई मनपरेका कविता वाचन थालनी गरिएको थियो ।
बाबू त्रिपाठी र निमेषविमोहन श्रेष्ठ व्यवस्थापनमा कार्यक्रम तीन दिन अभ्यास गरेपछि कविहरूलाई मन्चमा उतारिएको जानकारी गराइयो । मन्च परिकल्पना राजन खतिवडाले गरेका थिए ।