जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना सँस्मरण

निर्मल लामाको चिठ्ठी बोकेर बनारस पुग्दा

मोहन दुवाल मोहन दुवाल
प्रकाशित २३ पुष २०७९, शनिबार
सँस्मरण भित्र
0
निर्मल लामाको चिठ्ठी बोकेर बनारस पुग्दा

२०२२–२०२३ सालदेखि नै आफूलाई ‘कम्युनिस्ट’ का नाममा समाजमा चिनाउँदै आएको मलाई सम्झना छ । कम्युनिस्ट शब्दप्रतिको मोहले नै मलाई कम्युनिस्ट बनाउँदै लगे । स्वयं स्फूर्त ढङ्गले साथीहरूको माया पाएर समाजमा काम गर्दै आएको विगत इतिहासले नै बताउँछ, मैले कहिल्यै पनि आˆनो स्वाभिमान गिराइएको र तलमाथि परेको र पारेको छु जस्तो लाग्दैन । स्वयंस्फूर्तढङ्गले कम्युनिस्ट हुँदै आएको मलाई पछि नेपाल कम्युनिस्ट पार्टी चतुर्थ अधिवेशनको दस्ताबेज र मित्रहरूले प्रभावित तुल्याए । 

जहाँसम्म मलाई याद छÙ पारिजात दिदीलाई भेट्न म्हैपी जाने क्रम नियमित जस्तो थियो त्यसताका । दिल सुन्दर र सुवास श्रेष्ठ मेरा पुराना धुलिखेलका मित्रहरूसँग पारिजात दिदी कहाँ पुग्ने गर्थ्यौँ । गौरव लाग्थ्यो त्यहाँ पुग्दा । त्यहीँ निर्मल लामासँग पनि परिचय भयो । नेपाल कम्युनिस्ट पार्टी चतुर्थ महाधिवेशनका नेता निर्मल लामा हाम्रा पनि भरपर्दा नेताकै रूपमा मनमा समेटिन थाल्यौँ । म्हैपीमा उहा सँग भेट्दा र कुराकानी गर्न पाउँदा मनमा एक खालको क्रान्तिकारी तरङ्ग नै तरङ्गित भएजस्तो हुन्थ्यो । त्यहीँ पछि बुद्धिजीवी तथा साहित्यकार निनु चापागाईं सँग भेट भयो । निकै तार्किक र बौद्धिक निनु चापागाईँले पनि मेरो मन–मस्तिष्कमा एक खालको बौद्धिक तरङ्ग भर्ने काम गर्नुभयो । चौमका यी दुई सुन्दर पात्रहरू त्यसताका मेरो मनमा थपक्क बस्न सफल हुनुभएका मित्रहरू हुन् । 

२०३० तिर चौमका सक्रिय समर्थक मात्र नभई जिल्लाका नेताजस्तै भयौँ । त्यसताकाका मेरा बनेपा नगर कमिटीका मित्रहरूमा नन्दलाल कायस्थ, उत्तम शाक्य, कमला मल्ली, रामलाल मानन्धर, छत्रबहादुर मानन्धर, राजभाई डङ्गोलहरू थिए । पछि जिल्ला कमिटीमा रहेर काम गरेका मित्रहरूमा कमानसिंह लामा, नन्दकुमार थापा, श्याम श्रेष्ठ, दामोदर अधिकारी, पारस काˆले, सुवास श्रेष्ठ, दिल सुन्दर श्रेष्ठ, भरत लामिछाने, गोपीकृष्ण थपलियाहरू नै थियौँ । केदार प्रधान केही क्षण समेटिनुभएको र पछि व्यावहारिक कार्य देखाउनु भई पार्टी कमिटीबाट राजनीति गर्न छोड्नुभएको हो । म त्यसताका पार्टी कार्यमा निकै सक्रिय भएकै कारणले बनारसमा हुने पार्टीको राष्ट्रिय भेलामा मलाई जान पार्टीका तर्फबाट खटाइएको थियो । र म बनारस जाने भयौँ । त्यसताका म २६ वर्षको अव्यवहारिक युवा थियौँ । त्यसैले निर्मल लामाले मलाई खान, बस्न समेतको व्यवस्था मिलाई दिनसमेत अनुरोध गरेर पार्टीका अर्का चर्चित नेता मोहनविक्रम सिंहलाई पत्र लेखिदिनु भएको थियो । त्यही पत्रको भरोसा लिएर बताइएको बाटो र ठाउँको नक्सा बोकेर म बनारस पुगो । 

बनारसको दुध विनायकमा मोहनविक्रम सिंहको डेरा खोजेर भौंतारियौं । बनारसको गल्लीमा मोहनदाई लाई भेट्न यता–उता भौंतारिंदै–भौतारिंदै बनारसको गल्लीमा क्यारेमबोर्ड खेल्यौं, नेपाली धर्मशालामा तास खेल्दै गरेका नेपालीहरुसाग केही क्षण भुल्यौं । असार महिनामा बनारसको गर्मी बताइसक्नु थिएन । सबै नेपालीहरु धोती र पातलो कुर्था लगाएर पसिना–पसिना भएर तास खेलिरहेको समाज हेर्दा–हेर्दै म पनि एकक्षण त्यहीँ भुसुक्कै निदाएछु । पछि निंद खुलेपछि एक जना दयालु नेपाली मित्रले दुधविनायकमा रहेको मोहनदाईको डेराको बाटो देखाई दिनुभयो । बल्ल मेरो भरोसा खुल्यो । 

दुधविनायक गल्लीभित्र रहेको एउटा घरको ढोका घचघच्याएपछि माथिबाट को हा’ भनी शब्द खुल्यो । एक जना मित्रले ढोका खोल्न आउनुभयो र त्यही घरमै मोहनविक्रमदाई बस्नुभएको रहेछ । २०३१ असार १५ गते मैले बनारसमा मोहनविक्रम सिंहलाई भेटाएँ । लामाजीको चिठ्ठी पढिसक्नु भएपछि मोहनदाईले भरोसालाग्दो स्वरमा – “तपाईँ मसँगै बस्ने र यतै खाने व्यवस्था गर्छु” भन्नुभयो । निकै सक्रिय, निकै बौद्धिक, त्यसताका निकै चर्चित कम्युनिस्ट पार्टी चतुर्थ महाधिवेशनका प्रख्यात नेता मोहनविक्रम सिंहसँग केही दिन सागै बस्न पाउने भएकाले मन ‘चहचह’ भयो । घरमा केही काम नसिकेको, मध्यम वर्गीय साहुका कान्छा छोरा पुलपुल्याइमा नै हुर्केको, कुरा जानेका तर काम नजानेका अल्लारे युवा व्यावहारिक, खट्टेल कम्युनिस्ट नेताकहाँ पुग्दाका मेरो अवस्था के भयो होला म आफैँले कल्पना गरेर लेख्न सकिएन । 

मोहनदाइ खाने, बस्ने टुङ्गो लाग्यो । बनारसमा ७ दिन बस्नुपर्ने, कक्षामा सामेल हुनुपर्ने, थुप्रै जिल्लाका कामरेडहरुसंगै कक्षामा बस्नुपर्ने भयो । गर्मी बयान गरेर साध्य छैन । त्यसताका मोहनदाईको व्यस्तता पनि बताई नसक्नु थियो । खाना पकाउने, कक्षा लिने, मसालको प्रकाशन गर्ने र सम्पादन गर्ने, देशको स्थितिबारे प्रतिक्रिया दिइरहने, भूमिगतकामा पनि निकै सक्रिय रहेर देश र बहुसङ्ख्यक जनताको चिन्तन गरिरहन सक्ने खुबीका प्रभावशाली त्यसताकाका कम्युनिस्ट नेतासँग बसेर, संग संगै कक्षा लिएर, संग संगै खाएर बनारस बस्न पाउँदाका क्षणहरूले मेरा सबै दुःखका कहरहरू बिर्साइदियो । 

जिल्ला–जिल्लाका चौम पार्टीसँग सम्बन्धित कामरेडहरु संग संगै परिचय गर्न पाइयो । सिन्धुलीबाट आउनुभएका सिपी गजुरेलसँग नजिकले सम्पर्क गरेको सम्झना छ । बनारसमा ७ दिनसम्म बस्दा पुष्पलाल श्रेष्ठको कोठामा पुगेर उहाँलाई भेट्न पाउँदा र उहाँका केही शब्दहरू सुन्न पाउँदाका क्षणहरू बिर्सि नसक्नु छ । उहाँले त्यसताका मलाई भन्नुभएको कुरा सम्झना आइरहन्छ, उहाँले भन्नुभएको थियो– “कम्युनिस्ट र काँग्रेस मिलेर आन्दोलन नगरेसम्म राजालाई धपाउन गाह्रो हुन्छ ।” मलाई त्यस भनाइले पुष्पलालको प्रभाव प्रत्यक्ष र अप्रत्यक्ष परिरहयो। यसै क्रममा चौमको अधिवेशनमा पुगेको र जिल्ला–जिल्लाका मित्रहरूको पार्टी–कक्षमा बस्न पाएका क्षणहरू भुली पठाउन गार्‍हो छ । बनारसको गल्लीभित्रको गुचुमुचु परेको घरभित्र कोचाकोच ‘कामरेडहरु’ ले भरिएको कोठामा मोहनदाईको प्रवचन हुन्थ्यो । गर्मीले उकुसमुकुस भएको स्थितिमा मोहनदाईको छिटोछिटो हुने प्रवचन बुझ्नै गार्‍हो हुने जस्ले गर्दा कक्षामा रहनेहरू झल्याकझुलुक निदाउने गर्छन्, म पनि बरोबर निदाउने गर्थे । ढिला गर्नै नसक्ने, छिटो–छिटो बोल्ने उहाँको बानीले गर्दा हामीलाई निंदले छोप्ने गर्थ्यो । ७ दिनसम्म नै यस्तै गरेर दिनहरु गुजारियो । 

७ दिनसम्म बनारस रहँदा केही अप्ठ्यारो भएन । जीवनमा नसिकेका धेरै खालका कामहरू सिक्न पाइयो । धैर्य, अनुशासन र त्याग के हो देख्न पाउँदा गौरव लाग्यो । पहिलो चोटी समूहमा रहेर व्यावहारिक ज्ञान, सिद्धान्त सिक्न पाउँदा खुसी लाग्यो । बनारसमा रहेका नेपालीहरु संगै रम्न पायौँ । बनारसका धेरै ठाउहरु घुम्न पायौँ । सबभन्दा ठुलो कुरो मैले जीवनमा भुल्न नहुने नेपालका विशिष्ट कम्युनिस्ट नेता निर्मल लामाको पत्रले मलाई बनारस घुमाइ दिएको घटना र उक्त पत्रले मोहनविक्रम सिंहजस्तो चर्चित त्यसताकाका कम्युनिस्ट नेतासँग बस्न जुराइदिएको मौका र कम्युनिस्ट सिद्धान्तले  परिपक्व बनाइदिएको घटना बिर्सिपठाउन गाह्रो छ । यो घटना पनि जीवनको एउटा ठुलो घटना भएको र मनमा सधैँ स्मरण रहिरहने घटना भएकोले आत्मवृत्तान्तमा समेटिएको छु ।  
०००


Tags: मोहन दुवाल आत्मवृत्तान्त
अघिल्लो पोष्ट

विराटता भित्रको म

पछिल्लो पोस्ट

अमृता प्रितमका कविता नेपाली भाषामा सार्वजनिक

मोहन दुवाल

मोहन दुवाल

सम्बन्धित पोष्टहरू

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 
सँस्मरण

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 

२० मंसिर २०८१, बिहीबार
नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ
सँस्मरण

नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ

११ आश्विन २०८१, शुक्रबार
‘वेदना’ सँगको साहित्यिक यात्रा
सँस्मरण

‘वेदना’ सँगको साहित्यिक यात्रा

२४ भाद्र २०८१, सोमबार
साँखु र कवि गिरिजा
सँस्मरण

साँखु र कवि गिरिजा

१० श्रावण २०८१, बिहीबार
पछिल्लो पोष्ट
अमृता प्रितमका कविता नेपाली भाषामा सार्वजनिक

अमृता प्रितमका कविता नेपाली भाषामा सार्वजनिक

पिर्का

पिर्का

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

मधुपर्क सम्मानको घोषणा

मधुपर्क सम्मानको घोषणा

५ जेष्ठ २०८०, शुक्रबार
सिको

सिको

५ जेष्ठ २०७८, बुधबार
सबै मिली फेर्नु पर्छ

सबै मिली फेर्नु पर्छ

५ जेष्ठ २०७८, बुधबार
स्थानीय सरकारलाई सचेत गराउन ‘रंगपालिका’

स्थानीय सरकारलाई सचेत गराउन ‘रंगपालिका’

५ जेष्ठ २०८०, शुक्रबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक