के रहेछ पिर्काको कथा
जसले पनि बोलेको हुन्छ
के रहेछ हिमालमा
जो पनि चढेको देखिन्छ
पिर्का र हिमालमा केही त फरक हुन्छ
नत्र हिमाल चढेपछि
हिमालहरू,अरू,आँखा जुधाउँछन्
आफूतिर बोलाउँछन्
अनि गुनगुनाउँछन् आँटको गाथा
चिसो हावाले गाला चिमोट्छ यसरी
कति खेर ! झरौँ जस्तो हुन्छ, तलतिर
लाज लागेर नि !
केही त अलौकिक छ उचाइमा
पिर का !
ओर्लन जान्ने
ताल परे चढ्दिन जा !
भन्ने मान्छे
नभएर त पक्कै होइन ?
यो त एउटा कालखण्ड, जसको घमन्ड !
कठै ! बानी बन्दै हो
प्रभुत्व अगाडी कदै सानो छ त आफ्नो
हामी आफै भन्दो हो ?
“इतिहासको अगाडी कसैको केही लाग्दैन”
चुनि चुनि बुनि बुनि पठाएका
आफ्नै मुटुका टुक्रा उभिँदा पनि
पिर्का फित्तैकै भाँचिँदैन।
मानौँ !
स्वदेशी रोजगारी
स्कुल देखि पदमा पुग्छे हाम्री पियारी !
यता चढे उता बढे भने
खेतहरू बाँझो नहुने तयारी
के भो त अनि ?
पिर्काहरू अझै बन्नु पर्छ ।
जुन हेर्दा मैदान जस्तो होस्
या होस् सूर्यमुखी फूल सरी
संरचना यसको फेरिनै पर्छ।
कम्तीमा पनि अँजुली जस्तो त होस्
जसमा मूलको पानी, थपि थपि पिउन मिल्छ।