पङ्ख फैलाई उड पुतली
तिम्रो पछि दौडिन्छु म पनि
मुस्कुराउँदै फुल फूलहरू
तिमीसँगै मुस्कुराउँछु म पनि
आकाशधर्ती छुँदै लाग इन्द्रेणी
तिमी हेरी लक्ष्य चुम्छु म पनि
बगाउँदै पसिना काम गर माहुरी
तिमीजस्तै परिश्रमी बन्छु म पनि
घामपानी सहँदै बढ बोटबिरुवा
तिम्रो सिको गर्दै सेवा गर्छु म पनि
गाँसबास देऊ हराभरा धरती
तिमीजस्तै सहनशील बन्छु म पनि
ज्ञानगुण, राम्रा कुरा सिकाउनुस् गुरु, बाआमा
पढिलेखी असल मान्छे बन्छु म पनि