जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध

चियासँग जोडिएको नारी सन्दर्भ

डा. तुलसी भट्टराई डा. तुलसी भट्टराई
प्रकाशित २३ भाद्र २०७९, बिहीबार
विविध भित्र
0
चियासँग जोडिएको नारी सन्दर्भ

हाम्रो समाजमा करीब सवा सयवर्ष अघिदेखि प्रारम्भ भएको र वि.सं. दुई हजारपछि प्रचलित भएको पेयपदार्थ चिया पवित्र वस्तु मानिन्छ । चियाको सेवन जुनसुकै बेला, जस्तोसुकै अवस्थामा, व्रत, पूजा आदि पर्वमा समेत निर्बाध रुपमा गर्न सकिन्छ । मन्दिर, श्मशानघाट, समुद्री किनार, छाप्रे होटलदेखि फाइवस्टारसम्म जहाँ सुकैको चियापान पवित्र र शुद्ध मानिन्छ । यता केही वर्षदेखि क्रियाकर्ममा बस्नेहरुले पनि हाते पत्ती चिया औषधि हुन्छ भनेर प्रयोग गर्न थालेका छन् ।

चिया पिउने साधनको पनि कुनै सीमा हुँदैन । स्टील ग्लास, सीसा ग्लास, साधारण माटाका पुरुवा, चीनीमाटे कप, बुट्टे कप, सादा कप, प्लाष्टिक कप, चाँदीका गिलास— जुनसुकै पात्र पनि चियाका लागि सुपात्र र सुपाच्य हुने गर्छन् ।

चिया पनि विभिन्न खाले हुन्छन्— एउटा पुरै नांगो चिया— अर्थात् पानीमा चियापत्ती हाल्यो । उमालेर सिधै पिए भयो । अथवा त्यसमा चिनी, कागती, मरीचजस्ता कुराले सजाएर पिउने पनि गरिन्छ ।

अर्को चिया हो— श्रृंगारिक चिया । यसमा दुध, चिनी, अदुवा वा सुकमेल, मेथीजस्ता विविध मसला सामग्री लगाएर पकाइएको श्रृंगारपूर्ण चिया हो ।

चियाको उत्पत्ति कथाबारे एउटा निकै रोचक किंवदन्ती छ । उहिले नै दक्षिण भारतबाट एकजना बोधिधर्म नाम गरेका बौद्धभिक्षु धर्मप्रचार गर्दै चीन पुगेछन् । अनि त्यतै बसेर बौद्ध प्रचारमा लागे । एकदिन ध्यान गर्दै थिए— उनलाई निद्राले चापेछ । केही गर्दा पनि आँखा नखुलेपछि हातका नङले एउटा आँखा कोट्याएर निकालेछन् । अनि ती आँखा केही पर जमीनमा फालिदिएछन् ।

आँखा जमिनमा पर्ने बित्तिकै हरियो बुट्टे झाडीका रुपमा पलाएछ । ती सन्तले त्यस बुट्यान झाडीमा पुगेर पात टिपेर खाएछन् । पात खाएपछि तिनको अल्छीपना भाग्यो । उनका आँखा पनि फेरि ठिक भएछ । कालान्तरमा त्यही बुट्टा झ्याङ चियाका रुपमा प्रख्यात भयो ।

अर्को यस्तै प्रसंग छ— धर्म नाम गरेका ब्राह्मण धर्मोपदेश दिँदै चीन पुगेछन् । हिँड्दाहिँड्दै एक दिन थकाइ लागेर एउटा रुखको छायाँमा सुते । बिउँझिएर उठ्न खोज्दा आँखा खुलेनन् । रिस उठेर हातले कपाल लुछे । त्यो हातमा आएको कपाल केही पर फ्याँकिदिए । उनले हेर्दा हेर्दै एउटा विरुवा उम्रियो र बढ्यो । ती ब्राह्मणले पात टिपेर खाँदा थकाइ मेटिएछ । त्यसपछि आध्यात्मिक ध्यानमा पनि प्रयोग गर्न थालियो । पछि यही चिया नामले प्रसिद्ध भयो ।

चिया ध्यानको साथी हो । चियाले मनलाई स्थिर राख्छ । कल्पना गर्न सहयोग दिन्छ । चियाले मित्रता बढाउन योगदान पु¥याउँछ । व्यक्तिलाई परस्पर जोड्न मद्दत गर्छ । प्रायः पूर्वीय जगतमा चिया पिउनु एक प्रकार दिनचर्या नै बनिसकेको छ । चिया पान एकप्रकार परम्परागत संस्कृति नै बन्दैगएको छ । बौद्धिक जगत्मा त चियाको अझ धेरै महत्व हुन्छ ।

चियाको प्रारम्भ इ.पू. अघिबाटै चीनको यानान प्रान्तबाट सुरु भएको मानिन्छ ।

सेन तङ्ग भन्ने व्यक्तिले विभिन्न एक सयभन्दा बढी जातका जंगली रुखबुटाका पात उमालेर खाने गर्थे । यिनैमध्ये यो आजको चियाको पत्ता लगाएका हुन् भन्ने गरिएको छ । जुन जुन बुट्टाहरु पात पकाएर खाँदा शरीरमा फूर्ति जाग्यो थकाइ मेटियो । त्यसलाई छुट्याएर राखे । त्यसको संरक्षण गरेर बढाएका थिए ।

चीनमा सेनहङ्ग हर्वल नामले आज पनि एक प्रकारको चियाको नाम पुकारिन्छ । झोन वंशीय राजकाल २५६ बीसीमा सुरु भएर सुंग राजकालसम्ममा चियाको वर्तमान रुप विकसित भएको हो ।

दुर्गम पहाडी र उच्च हावा पानी क्षेत्रमा राम्रो चिया उत्पादन हुन्छ । मैदान क्षेत्रमा पनि चिया हुन्छ तर उच्च पहाडी क्षेत्रको चिया चाहिँ उत्तम मानिन्छ ।

चिया चाइनिजहरुको आफन्त हो । आफ्नै उत्पादन हो । अनि बुद्ध धर्मचाहिँ बाहिरबाट आयातित हो । चीनमा चिया महोत्सव बडो भव्यता साथ मनाइन्छ । यसकारण चियासँग चिनी जनताको गहिरो सम्बन्ध छ । चीनमा राष्ट्रिय चरित्र नै बनेको छ चियाको । मानिसको स्वभावसँग गाँसिएको छ चियाको स्वरुप । चियासँग मानिसको बुद्धिमत्ता र क्षमता समेत गाँसिएको ठान्दछन् चीनका जनताहरु ।

करीव चार फुटसम्म अग्लो झ्याम्म परेको पोथ्रो झाडी बुटो प्राचीन समयदेखि नै जंगली झाडीका रुपमा थियो भन्ने गरिन्छ । तर यो खान प्रयोग हुने वनस्पतिका रुपमा चिनिएको चाहिँ सातौं आठौ शताब्दी पछि हो । यसको पहिचान र प्रयोग प्रारम्भ गर्ने देशचाहिँ चीन नै हो ।

भारतको कलकत्तामा इस्ट इन्डिया कम्पनी खुलेपछि चीनबाट चिया मगाएर युरोपतिर पठाउन थालेका हुन् । सन् १७५० तिर भारतको नागाल्याण्ड र मणीपुरका साथै आसामका केही क्षेत्रमा समेत यस चियाको जंगल फेला परेपछि व्यवसायिक रुपमा चियाखेती प्रारम्भ गरियो । केही चियाको बिउ चीनबाट पनि ल्याइएको थियो ।

आज विश्वका प्रायः सबै ठाउँमा चिया पुगेको छ । सँगसँगै चिया नाम पनि पुगेको छ । पश्चिमाहरु चियालाई टी टे जस्ता नामले पुकार्छन् । चिनी भाषामा फ्युकीनी बोलीबाट विकसित नाम हिन्दी र कतिपय भारतीय भाषामा चाय नाम प्रख्यात छ । रुसीमा पनि चायकै केही रुपान्तरित शब्द प्रयोग हुन्छ ।

यसरी चियाको सम्बन्ध ध्यानसँग जोडिए र आज सर्वत्र व्याप्त भएको छ । चियाको प्रत्येक कपसँग मन स्थिर र अटल भएर निर्वाण प्राप्त हुने स्थिति सिर्जना हुन्छ भन्ने विश्वाससँग जोडिएको छ । कतिपय विज्ञापनमा चियाको केही घुट्को पिउनासाथ व्यक्तिमा हुनुपर्ने फुर्ति जागेको देखाइन्छ ।

बौद्ध धर्मको जेन सम्प्रदायमा त ध्यानका लागि चियापान अनिवार्य छ । चीनीकवि भिक्षु लुबहले चिया दर्शन र चियापान पद्धतिमाथि एउटा पुराण नै रचेका छन् । चिया र जेन ध्यानलाई समगोत्री मानेका छन् । यसप्रकारको पारस्परिक सम्बन्ध आज पनि छँदैछ ।

Coffee meeting

प्रारम्भमा जेनसाधु ध्यानभवनमा नै चियापान गर्दथे । पछि गएर कुनै उद्यान, नदीकिनार चासेकी अर्थात् शून्य एकान्त स्थानमा ध्यान बस्नुअघि चिया सेवन गर्नु राम्रो हुन्छ भन्ने निष्कर्ष निकालेर त्यसरी नै प्रयोग गर्न थालेका थिए ।

यस्तो ध्यानकेन्द्रमा प्रवेश गर्ने एउटा ढोका हुन्थ्यो । निहुरेर एक प्रकार ढोग मुद्रामा भित्र गएपछि ठूलो ढुंगा वा काठको भाँडो— डुँडमा राखिएको पानीले हातखुट्टा धोइन्थ्यो । त्यसपछि मात्र चियापान गरिन्थ्यो ।

चिया पिउने ग्लास ढुंगा या माटाका कलात्मक हुने गर्थे । चिया पकाउने भाँडामा फलाम, तामा आदिका टुक्राहरु राखिएको हुन्थ्यो । यसो गर्दा चिया पाक्ने स्थितिमा एउटा अनौठो ध्वनि संगीतबद्ध ढंगले निस्कन्थ्यो । टाढातिर पानीको छाँगो खसेझैं अथवा चराचुरुङ्गीको चिरबिर झैं चिया पाक्ता निस्कने त्यस्तो ध्वनिसँग ध्यानार्थीहरु मुग्ध भएर बस्तथे । यस्तो ध्वनिले ध्यानलाई अझ बलियो पार्दथ्यो ।

चियासँग ध्यानको सम्बन्ध भएका कारण यसलाई पिउने तरिका पनि शान्त र स्वच्छ हुनुपर्छ । चिया पिउँदा कुनै प्रकारको ध्वनि सा.सुँ… सुरुप… सुरुप…जस्ता केही निकाल्नु हुँदैन । एकदमै मौन रहेर ओठमा चिया छुवाउँदै बिस्तारोसँग निल्नुपर्छ । चिया घटघटी पानी पिएजस्तो गरेर पिइने वस्तु होइन । चियाको एक– एक घुड्कोसँग छुट्टाछुट्टै स्वाद लिने अभ्यास गर्दा चियाको असली आनन्द प्राप्त गर्न सकिन्छ ।

चिया पकाउने पात्रको छुट्टै महत्व हुन्छ । यो पनि कलात्मक राम्रो सफा–सुग्घर हुनुपर्छ । यस्तो पात्रमा पाकेको चियामा सुगन्धित फूलपातहरु बास्ना आएझैं अनुभूत गर्नुपर्छ । साथै यसरी चियापात्र सफा पार्ने, पानी चियापत्ती मिसाएर पकाउने हातको दक्षता र कोमल स्नेहपूर्ण स्पर्शप्रति आँखा चिम्लिएर सोच्नुपर्छ । चियाको ग्लासबाट उठेको बाफबाट उत्पन्न हुने सुगन्ध र चियाको रंगमा आनन्द अनुभव गर्दै ध्यानमग्न बस्नाले अपार आनन्द मिल्छ ।

कप बटुको वा ग्लासमा चिया राखेपछि केहीबेर हेर्ने अनि बिस्तारै समातेर ओठसम्म पु¥याएपछि नाकले बास्ना लिएर एकछिन रोकिने । अनि अर्कोपल्ट केहीबेर चियापात्रलाई ओठमा छुवाएर तातो स्पर्श सुखद आनन्द लिएपछि मात्र सानो चुस्की तान्ने पहिलो चुस्की घाँटीसम्म चाहिँ पुगोस् ।

जापानमा चियापान ‘चाना यु’ लाई एउटा छुट्टै दृष्टिले हेरिन्छ ।

त्यहाँ चियापानलाई एउटा छुट्टै कार्यक्रमका रुपमा औपचारिक शिष्टाचारसँग जोडेर हेर्ने गरिन्छ । यस अवसरमा चियासँगै ऋतु मौसम अनुसारका खाद्य परिकार पनि टेवलमाथि सजाएर राखिन्छ ।

साधारणतया चिया बनाउनेदेखि ग्लास वा कपमा राखेर घरपरिवारका सदस्य अथवा पाहुनालाई दिनेसम्मको काम महिलाबाटै हुनेगर्छ । चियाको पानी उमालेर टी–पटमा खन्याउने, चियापत्ती राखेर छोप्ने, केहीबेरपछि चम्चाले चलाउने, रुचिअनुसार चिनी वा दूध ग्लासमा राखेर टी–पटबाट ग्लासमा चिया खन्याउने अनि टाउको झुकाउँदै दुई हातले चियाको ग्लास उठाएर अतिथि वा मान्यजनका अघिल्तिर राखिदिने काम गर्दछिन् घरकी महिलाले ।

त्यो चिया समारोह एकप्रकार संयम र सौन्दर्यको परिचायक बन्ने गर्छ जापानी समाजमा । यस्तै तरिकाको चिया उत्सव थाइल्याण्ड, लाओस, वर्मा, चीन आदि देश र त्यहाँको समाजमा पनि देख्न पाइन्छ ।

बेलायती समाजमा अरु मुलुकभन्दा बढी चिया पिउने चलन छ । त्यहाँ साधारणतया प्रत्येक व्यक्तिले दिनमा ५– ६ ग्लास चिया पिउने गर्छ । तर जापान वा चीनतिर जस्तो विशेष चिया उत्सव चाहिँ हुँदैन ।

चीन, मंगोलिया, तिब्वत आदिमा चियाको अर्को तरिका छ । चियामा नौनी घिउ र नुन राखेर मथेपछि खाने चलन छ । प्रायः यहाँ चमेलीफूल मिसाएर पनि त्यस्तै चिया बनाइन्छ ।

सियामतिर चियापत्ती पनि चबाएर खाने गरिन्छ । अरवियनहरु चियामा पुदिना मिसाएर खाने गर्छन् । अफगानिस्तान, इरान र कास्मिरतिर चियाको हरियो पत्ती नै पकाएर खाने चलन छ ।

रुसी समाजमा विशेष गरी ग्रामीण क्षेत्रतिर चिया पकाउँदा चिनी हालिँदैन । चिनीका डल्ला मुखमा राखेर बिस्तारै खल्लो चिया स्वाद लिँदै पिउने चलन छ । युरोपतिर चियामा मदिरा मिसाएर आनन्द लिनेहरु पनि छन् ।

भारतमा ठाउँ क्षेत्रअनुसार चिया पिउने तरिका फरकफरक छ । दार्जीलिङको चिया भारतमा मात्र होइन विश्वमा नै प्रसिद्ध छ । भारतीय कतिपय ठाउँमा मसालेदार चिया पिउने गर्छन् । ल्वाङ, सुकुमेल, अदुवा अथवा अन्य मसला मिलाएर स्वादिष्ट पारेको चिया भारतका अधिकांश क्षेत्रमा प्रचलित छ ।

नेपाली जनजीवनमा चियाको प्रचलन र विकास धेरै पछि भएको हो । करीब डेढ सय वर्षअघि इलाममा चिया लगाउन थालिएको हो । जंगबहादुरको शासनकालमा इलामका बडाहाकिम गजराज सिंहले वि.सं. १९२० तिर दार्जीलिङबाट चियाको बिरुवा ल्याएर प्रारम्भ गरेको इतिहास छ । त्यहीँबाट फैलिएर यतिबेला देशका विभिन्न भागमा चिया पुगेको छ ।

चिया पिउने चलन पूर्वतिरबाटै धेरै फैलिएको होला भन्ने आधार इलाममा चियाखेती सुरु भएको कारणबाट अनुमान लगाउन सकिन्छ । राजधानी लगायत नेपालका सहर बजारमा चियाको चलन करीव एक सय वर्षयता सुरु भए पनि ग्रामीण क्षेत्रमा चालीस–पचास वर्षको मात्र इतिहास होला ।

चियाले आज विश्व ढाकेको छ । चिया नपिउने कुनै देश छैन । चियाका प्रकार र चिया निर्माण प्रविधि धेरै छन् । चिया मुख्य रुपमा हरियो र कालो दुइ थरि मुख्य हुन् । कालो चियामध्ये पी. को, नारंगी पीको, बोहिया, कंगो, सूचंग मुख्य छन् । हरियोमा द्वांके, हेसन, बारुद मुख्य छन् ।

विशेषतः हाम्रा सामु तयार भएर आएको चिया उत्पादनको कथा व्यथा हेर्ने हो भने निकै संवेदन र करुणापूर्ण छ । चिया— राम्रो चिया पहाडी उच्च क्षेत्रमा मात्र उत्पादन हुन्छ । साधारणतया चिया खेतीमा महिला वर्गको विशेष भूमिका रहन्छ ।

चिया खेती गर्दा बिउ उमार्ने, रोप्ने, पानी पटाउनेदेखि यताका सबै काम महिलाबाट हुने गर्छ । खासगरी चियापत्ती टिप्ने काममा महिला र डोको थुन्सेको सहसम्बन्ध हुन्छ । हिउँदको चिसो, बर्खे पानी, घाम सबै झेलेर, अझ गर्भिलो पेट अथवा दुधे बच्चा च्यापेर पनि बिरामी, अशक्त नभनी महिलाले काम गरेकी हुन्छिन् चियाबारीमा।

त्यसरी टिपिएको चियापत्ती प्रशोधित भएर आएपछि घरमा चिया तयार पारेर परिवार वा श्रीमान्द्वारा चुस्की लगाउने अवस्थासम्म पु¥याउन पनि तिनै महिलाको हात हुन्छ । अर्थात् चियासँग महिलाको पारस्परिक परिपूरक साइनो गाँसिएको कुरा प्रष्ट भन्न सकिन्छ ।

एक्काइसौं शताब्दीको पूर्वाद्र्धमा समाज चल्दै गरेता पनि चिया तयार पार्ने कर्ममा महिलाकै एकछत्र छ । चिया तयार गर्ने काम महिलाकै पेवा ठान्न छोडिएको छैन । घरमा पाहुना आए भने महिलाले नै चिया ल्याइदिनुपर्छ । घरको पुरुषले चुस्की लाउने मात्र हो । छोरी बहिनीको बिहेको कुरा छिन्न, केटी हेर्न आउनेहरुका अघिल्तिर चियाको थाली बोकेर थर्थराउँदै अवला रुपमा तिनै हेरिने युवती अघिल्तिर आइपुग्छिन् ।

“ए छोरी, ए दुलही, बहिनी.. आमा…. दुई चार कप चिया ल्याइदिनु न साथीहरु आउनुभएको छ ।” घरमुलीले बैठकबाट आदेश दिँदा भइहाल्छ । कहिलेकाहीँ घरमा चियापत्ती, चिनी वा दूध सकिएको पनि हुन्छ । त्यस्तो बेलामा दिइएको चियाको आदेश निकै पीडादायी हुनेगर्छ महिलाका निम्ति । चियाकै कारण कतिपय गृहिणीहरुले यातना भोग्नुपरेका उदाहरण पनि प्रसस्तै छन् ।

चियापान समारोहको व्यापक प्रचलन छ । नयाँ वर्ष, दशैं तिहार र अन्य विभिन्न उत्सवमा चियापान कार्यक्रम राखिने गरिन्छ । यद्यपि चियासँग खाजा अथवा बिस्कुटको व्यवस्था पनि हुन्छ । तर खाजा समारोह, बिस्कुट समारोह भनेर नाम राखिँदैन ।

कुनै सेमिनार गोष्ठीहरुमा हाइटीको व्यवस्था हुन्छ । हाइटी ब्रेक भनेर कार्यक्रमहरुमा एउटा छुट्टै व्यवस्था गरिएको हुन्छ । हाइटीले उच्च खालको चिया बोध हुनुपर्ने हो । तर चिया उस्तै उही हुन्छ । यहाँ हाइटीले खाजा परिकार सहित भनेर बुझाउँछ । कुनै कुनै हाइटीमा त भोजनकै सट्टा हुने गरी खाजा राखिएको हुन्छ ।

कुनै काम मिलाउनु छ, कसैसँग काम लिनु छ, मनमुटाव सुल्झाउनु छ भने त्यस्तोमा चिया टेबुल नै सहमतिको माध्यम बन्छ । यसो चियापानको व्यवस्था गरौं । कुराकानी त्यहीँ टुंगो लगाउँलाको सन्दर्भ जोडिन्छ र सम्बन्धित पक्षलाई भेला पारेर वार्ता गराइन्छ ।

यथार्थमा चियाले घर परिवार, समाज र अन्य क्षेत्रका परस्परिक सम्बन्ध सुधार्ने— मित्रता र सौहार्द बढाउनेजस्ता कामको महत्वपूर्ण नेतृत्व लिएको हुन्छ । चियामा कुनै जात, धर्म, सम्प्रदाय हुँदैन । मन्दिर, गुम्बा, गिर्जाघर, मस्जिद, मठ आदि सबैतिर चियाले वर्चस्व लिएको छ । चियालाई कहीँ पनि प्रवेश निषेध वा वर्जित गरिँदैन । स्वास्थ्य रक्षादेखि रोग वृद्धिसम्मका अनेकौं फाइदा छन् चियासँग ।

बिहान उठ्नेबित्तिकै चिया भेटिएन भने टाउको दुख्ने, अल्छी लाग्ने, बेचैनी हुनेसम्म गराउँछ चियाको तलतलले । चियाको महिमा साँच्चै नै अपरम्पार छ । म यतिबेला यो लेखनी चलाउँदैछु । छेउमा चियाको ग्लास छ । बेलाबेला चुस्की लिँदैछु । पत्नी सुधा भन्दैछन्— “चिया चिसो भइसक्यो….. । कस्तो हो…. तातै पो खानुपर्छ त चिया । जहिले पनि चिसो पारेर पानीजस्तै घुड्क्याउनुहुन्छ ।”

यहाँ यतिबेला पनि नारीस्वरको कम्पन चियाभित्र पसेको अनुभव गर्दै चिया सुरुप्प पार्दैछु । फेरि एकचित्त ध्यान लगाएर लेख्न व्यस्त भएको छु । सोच्तै छु— चियाका बुटादेखि पत्ती टिपाई हुँदै चियाका पोका बनाऊन्जेल नारी हस्तस्पर्श र पीडा व्यथाका आँसु सिञ्चित भएको थियो । भान्सामा पकाएर खान दिँदासम्म पनि नारी ध्वनि गुन्जित भइरहन्छ । धन्य रहेछ यो चिया जसले बेर्ना, बुटादेखि चियापत्ती तयार पारेर, पकाएर खोस्टा फ्याँकुन्जेलसम्म पनि नारी स्पर्श पाइरहन्छ । अनि म पनि चियासँग जोडिएकी महिमाप्रति चिन्तन गर्दैछु ।


अघिल्लो पोष्ट

बोकाले छोएको रुख नै इन्द्रजात्राको लिंगो

पछिल्लो पोस्ट

 छोरी र छाया

डा. तुलसी भट्टराई

डा. तुलसी भट्टराई

सम्बन्धित पोष्टहरू

मोहन दुवाललाई ‘कमल राष्ट्रिय सुकर्म पुरस्कार–२०८१’ प्रदान
साहित्य संक्षेप

मोहन दुवाललाई ‘कमल राष्ट्रिय सुकर्म पुरस्कार–२०८१’ प्रदान

२५ जेष्ठ २०८२, शनिबार
पोखरामा उषा शेरचनको मुक्तक संग्रह ‘त्रासदीका हिमनदी’ विमोचन
साहित्य संक्षेप

पोखरामा उषा शेरचनको मुक्तक संग्रह ‘त्रासदीका हिमनदी’ विमोचन

१२ जेष्ठ २०८२, आईतवार
जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान
साहित्य संक्षेप

जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान

२० बैशाख २०८२, शनिबार
प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई
साहित्य संक्षेप

प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई

१० बैशाख २०८२, बुधबार
पछिल्लो पोष्ट
 छोरी र छाया

 छोरी र छाया

कवि खुमनारायण पौडेललाई आँबुखैरेनी वाङ्मय पुरस्कार

कवि खुमनारायण पौडेललाई आँबुखैरेनी वाङ्मय पुरस्कार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

‘भुवन चैत्य वसुन्धरा’ फाउण्डेशनद्वारा सर्जक स्रष्टा पुरस्कार अर्पण

‘भुवन चैत्य वसुन्धरा’ फाउण्डेशनद्वारा सर्जक स्रष्टा पुरस्कार अर्पण

२५ जेष्ठ २०८०, बिहीबार
‘पारिजातका कविता’ विषयक विचार गोष्ठी

‘पारिजातका कविता’ विषयक विचार गोष्ठी

२५ जेष्ठ २०८०, बिहीबार
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न

२३ कार्तिक २०८१, शुक्रबार
मानिसका आधुनिक दुःख र सम्बन्धका भीरहरू

मानिसका आधुनिक दुःख र सम्बन्धका भीरहरू

२५ जेष्ठ २०७९, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (557)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक