जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना जनमत समीक्षा

मानिसका आधुनिक दुःख र सम्बन्धका भीरहरू

मणि लोहनी मणि लोहनी
प्रकाशित ६ भाद्र २०७९, सोमबार
जनमत समीक्षा भित्र
0
मानिसका आधुनिक दुःख र सम्बन्धका भीरहरू

हरिश कल्पितको नयाँ कथा संग्रह ग्याब्रियले हातमा पर्ना साथ मलाई दुई कुरा औधी मन पर्‍यो । 
पहिलो किताबको नाम — ग्याब्रियले 
दोस्रो किताब प्रकाशक र समर्पण । कथाकार हरिशको किताब आमा प्रेमकुमारी सुवेदीले प्रकाशन गरेकी हुन् भने कथाकारले किताबको समर्पण आफ्नै दाजु स्व. लालचरण सुवेदीलाई गरेका छन् । म उनको परिवारलाई चिन्छु । परिवार भित्रको प्रेम र कथाकार हरिशको भावुकतालाई राम्ररी बुझ्छु ।

त्यसो त किताब पढेपछि म हरिशका प्रत्येक शब्द शब्दले रोमाञ्चित बनेँ । कसरी उनले यति फरक फरक र चाख लाग्दा पात्रहरू सृजना गरे ? कसरी प्रत्येक कथामा जीवनका गतिला अर्थ र दर्शनहरूलाई सहज रूपमा उतार्न सके ? कथासङ्ग्रह ग्याब्रियले पढुन्जेल म यस्तै प्रश्नहरूले घेरिएँ । मैले चिन्दा हरिश कथाकार कम कलाकार ज्यादा थिए । उनले अभिनय गरेका केही फिल्म र विज्ञापन मैले हेरेको छु । त्यसो त जापानमा गएर पनि उनी त्यहीका केही काँचका पर्दाहरूमा देखिए । उनीभित्र लेख्ने हुटहुटी देखेको तर पहिलो कथा संग्रह पढ्दा त्यति धेरै धित नमरेको मानिस हुँ म । अहिले उनको दोस्रो कथा संग्रह पढ्दा म खुसीले दङ्ग छु । उनको कथाकारिताको उडानले मख्ख छु । नपत्याउँदो किसिमले उनले कथामा प्रगति गरेका छन् । कथालाई पाठक मैत्री बनाएका छन् । पाठकले कथा पढुन्जेल मात्र होइन त्यसपछि पनि पात्रलाई सम्झिरहने बनाएका छन् । पात्रहरूले कडा र दार्शनिक भन्दा पनि सरल र व्यवहारिक संवाद बोल्छन् । मनको भाषा बोल्छन् । सम्बन्धकै माथा पच्चिसीमा सुख दुखको चक्र घुमाउँछन् । कथाको बुनोट र पात्रको छनोटबाट हरिशले आफूलाई उम्दा कथाकारका रूपमा उभ्याएका छन् ।
त्यसो त पहिलो कथासंग्रह आस्था प्रकाशनको बीस वर्षपछि ग्याब्रियले प्रकाशनमा आएको हो । यस बीस वर्षमा यो कथाकार, अभिनेताका जीवनका संघर्ष, प्रेम र सम्वन्धहरुको म दर्‍हो साक्षी हुँ । उसको लेखन, अभिनय र जीवनको पाठक, दर्शक र साथी हुँ । 
००००                         ००००                  ००००
२०५७/५८ सालको कुनै मध्यान्ह । हरिश कल्पित र मेरो भेट भएको हो । त्यस ताका म काठमाडौँको एउटा चल्तीको दैनिक पत्रिकामा काम गर्थेँ । उनको पहिलो कथा संग्रह आस्था निक्लिएको थियो । र त्यो उनले मलाई पढ्न दिएका थिए । 
देख्दै आकर्षक, केटौले र चकलेटी हरिश लगभग मेरै उमेर आसपासका थिए । उनका कथाहरू पढेर मैले सामान्य समीक्षाजस्तो टिप्पणी स्पेशटाइम दैनिकमा छपाएँ पनि । त्यसपछि उनको र मेरो भेट केही बाक्लियो । हामी अक्सर भेटमा साहित्यका कुरा गर्थ्यौँ । उनी आफ्ना कथाहरूका प्लट सुनाउँथे । मेरा केही कविताहरू सुन्थे । 
त्यसै ताका म पत्रिका छाडेर टेलिभिजनमा काम गर्न थालेँ । मैले काम गर्ने टेलिभिजनमा हरिशले अभिनय गरेको धारावाहिक टेलिफिल्म प्रसारण हुन्थ्यो । यस नाताले पनि अझ हाम्रो भेट झाँगियो । उनको अभिनय, फिल्म क्षेत्रसँगको सम्बन्ध र साहित्यप्रतिको अगाध प्रेम मलाई औधी मन पर्थ्यो । हामीले काठमाडौँका गल्लीहरू सँगै हिँड्यो । पोखराका ताल तलैयाहरुमा सँगै घुम्यौँ । 
हरिश भने मेरो कविताको सधैँ प्रशंसा गरिरहन्थे । यसबिचमा म उनको प्रेम र वैवाहिक जीवनको थालनीको साक्षी बनेँ । विवाह पछि उनी जापान हान्निए । म भने यतै काठमाडौँ खाल्डोमा साहित्यप्रतिको आफ्नो रहरसँगै अघि बढिरहेँ । 
अहिले हरिश कल्पितको दोस्रो कथा संग्रह ग्याब्रियले बजारमा आएको पनि डेढ वर्ष भइसक्यो ।
००००                        ००००                   ००००
तेर्‍ह कथाहरू समेटिएको यस किताबमा मलाई निकै मन परेका कथा हुन् — ग्याब्रियले, पुष्पलता, एडमको प्रेम र भ्रम जाल । त्यसो त उहाँहरू आउनु भो मम्मी ?, बिहे, मोह भङ्ग, बधाई छ देवयानी पनि कम राम्रा छैनन् । तर अघिल्ला कथाहरूको बुनोट, भावभूमी र पात्र चयन निकै उम्दा छन् । सहरिया जीवन, प्रविधिले हुर्काएका दुख, सम्बन्धमा बढ्दै गएको एकाङ्कीपन र मानिसले पाउन नसकेको प्रेम हरिशका कथाका पटक पटक देखिने दृश्य हुन् । उनी कथा बनाउँदैनन् —आफ्नै वरिपरिका घट्नाहरु बाट कथा टिप्छन् । पात्र छान्छन् । र आफैले सुनिरहेका बोलिरहेका कुराहरूबाट संवाद चयन गर्छन् । त्यही भएर हरिशका कथा अस्वभाविक लाग्दैनन् । यहीँ र यस्तै सहरहरूमा घटिरहेका झैँ लाग्छन् । 

मलाई ग्याब्रियलेको नाम, कथा र पात्रहरूको मनोदशा सर्वदा प्रिय लाग्यो । यसले बोकेको सन्देश मात्र होइन यो कथा पढिरहँदा पाठकको मनमा उब्जिने भावावेशले मलाई बढी बिथल्यो । यो कथा मनोवाद शैलीबाट प्रारम्भ भएको छ । खासमा यो कथा दुःखको कथा हो । सुन्दर देश जापानकी केटीसँग (थोमस) एउटा आप्रवासी युवाको वियोगान्त प्रेमलाई बढो मर्मस्पर्शी ढङ्गले यस कथामा देखाइएको छ । ती दुईबाट जन्मिएकी छोरीको नाम हो – ग्याब्रियले । युरोपेली यो शब्दको अर्थ हुन्छ– ‘ईश्वर नै मेरो शक्ति हो ।’ 
म त हरिशलाई नजिकबाट चिन्छु । जापनिज श्रीमती बिहे गर्ने एक साथीको अवस्था र बाध्यतामाथि कलम चलाइरहँदा मैले भने हरिशको जीवन सम्झिएँ । उनी आफै पनि जापनिज केटी बिहे गरेर जापान गएका । यदि म हरिशको ठाउँमा हुन्थेँ भने आफ्नो पनि जापनिज श्रीमती भएको उल्लेख गर्थेँ । यसले कथालाई थप यथार्थपरक बनाउँथ्यो र उनले लेखिरहेका शब्दहरूप्रति पाठकलाई थप तान्थ्यो भन्ने मेरो अनुमान छ । तर पनि यस कथाभित्र हरिशको कथाकारिताको अब्बल नमूना मुखरित भएको छ । यो उनको संग्रहकै उत्कृष्ट कथा हो । यस किसिमको आधुनिक दुख बोकेर धेरै मानिस बाँचिरहेका छन् — विश्वका ठुला भनिने अधिकांश सहरमा ।

समाजको मनोविज्ञान र सामाजिक चित्र प्रस्ट उतार्न खप्पिस हरिश सहरका कथाहरू लेख्छन् । उनका हरेक कथाहरूमा पृथक स्वाद छ । शैलीमा एक रुपता देखिए पनि सौन्दर्य कमालको छ । कल्पितका कथामा दर्शनको सुवासभन्दा ज्यादा जिन्दगीका भोगाइहरू छन् । विचारका सिडीहरूभन्दा धेरै सम्बन्धका कहाली लाग्दा भीरहरू छन् । हरिशका हरेक पात्रको सम्बन्धको त्यही भीर उक्लन नसकेर हैरान छन् । फरक फरक सहरका संस्कृति छन् कथाहरूमा । र उस्तै लाग्छन् मान्छेका चाहना र दुःख । मान्छेले खोज्ने प्रेम र सपना । 
कसैले हरिश जस्तै राम्रा छन् हरिशका कथाहरू भन्यो भने अतिशयोक्ति हुँदैन । कसैले हरिश जस्तै शान्त छन् उनका कथाहरू भन्यो भने चाहिँ म पत्याउँदिन । हो हरिश शान्त र सरल छन् । तर उनका कथाहरू कहाँ शान्त छन् ? उनका पात्रहरूको त्यो कहालीलाग्दो मनोदशाले कथालाई मात्र होइन पाठकलाई पनि उद्वेलित बनाउँछ । दुःख सुखका रोटेपिङ्गमा घुमिरहने पात्रहरूले भरिएका उनका कथाहरू सरल छन् तर शान्त छैनन् । 

हरिश पात्रहरूलाई बलजफती आफू अनुकूल चलाउँदैनन् — उनको कथाकारिताको सबभन्दा धेरै मन परेको पक्ष नै यही हो मलाई । उनी पात्रहरूलाई स्वभाविक रूपमा बोल्न र व्यवहार गर्न छुट दिन्छन् । जसले कथालाई थप सहज बनाएको मेरो ठम्याइ छ । सहर केन्द्रित जीवन र त्यसको पेरिफेरिमा लेखिएका उनका कथाहरूको म मुग्ध कण्ठले प्रशंसा गर्छु र यस्तै कथा लेखिरहन आग्रह गर्छु । पहिलो कथा संग्रह लेखेर निकै निराश भएका मेरा मित्रलाई म अव उत्साहित हुँदै लेखनमा सक्रिय रहन अनुरोध गर्छु । 


Tags: मणि लोहनी
अघिल्लो पोष्ट

जनमत साहित्य – सूर्य लाकोजू

पछिल्लो पोस्ट

तास्मानियामा पुग्यो अनेसास

मणि लोहनी

मणि लोहनी

सम्बन्धित पोष्टहरू

घाम झुल्किनुअघि : सत्ताको क्रूर कथा
जनमत समीक्षा

घाम झुल्किनुअघि : सत्ताको क्रूर कथा

१४ पुष २०८१, आईतवार
‘यो मन कहाँ दुख्छ’ कृतिमा दुखेको मनलाई खोज्दा
जनमत समीक्षा

‘यो मन कहाँ दुख्छ’ कृतिमा दुखेको मनलाई खोज्दा

७ भाद्र २०८१, शुक्रबार
निर्भिकजंग रायमाझीको आँखीझ्यालबाट संसार हेर्दा
जनमत समीक्षा

निर्भिकजंग रायमाझीको आँखीझ्यालबाट संसार हेर्दा

१९ चैत्र २०८०, सोमबार
मैले नजन्माएको छोरो : मनोविश्लेषणको कसीमा
जनमत समीक्षा

मैले नजन्माएको छोरो : मनोविश्लेषणको कसीमा

३० फाल्गुन २०८०, बुधबार
पछिल्लो पोष्ट
तास्मानियामा पुग्यो अनेसास

तास्मानियामा पुग्यो अनेसास

सुनेको मुस्ताङ, देखेको मुस्ताङ

सुनेको मुस्ताङ, देखेको मुस्ताङ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

आँबुखैरेनी, अनिल श्रेष्ठ र स्रष्टा समाजको कार्यक्रममा म 

आँबुखैरेनी, अनिल श्रेष्ठ र स्रष्टा समाजको कार्यक्रममा म 

४ असार २०८१, सोमबार
परिचर्चा’ समीक्षा सङ्ग्रह विमोचन 

परिचर्चा’ समीक्षा सङ्ग्रह विमोचन 

३ जेष्ठ २०७९, मंगलवार
देशको गीत

देशको गीत

३ जेष्ठ २०७८, सोमबार
सागर उदासका दुई कृतिमाथि चर्चा

सागर उदासका दुई कृतिमाथि चर्चा

३ जेष्ठ २०८०, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक