सरकारले लेखकहरूलाई साहित्यिक लेख वा रचनाको रोयल्टी दिने सम्बन्धमा १.५ प्रतिशत मात्र अध्ययन करकट्टी हुने घोषणा गरेको छ । आर्थिक वर्ष ०७९/८० को बजेट पेस गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो व्यवस्था मिलाइएको बताएका हुन् ।
यसअघि साहित्यक लेख तथा रचनाको रोयल्टीमा अन्य व्यवसायिक पुस्तकहरूकै बराबर १५ प्रतिशत कर कायम गरिएको थियो ।