जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना जनमत समीक्षा

अन्तिम चिठी खोली हेर्दा

डा. कपिल लामिछाने डा. कपिल लामिछाने
प्रकाशित १४ श्रावण २०७८, बिहीबार
जनमत समीक्षा, समालोचना भित्र
0
अन्तिम चिठी खोली हेर्दा

रूपन्देहीको शैक्षिक जगत्मा स्थापित र प्रसिद्ध ओम जैसी ‘अन्तिम चिठी’ (२०६७) उपन्यासका माध्यमबाट अब साहित्यका क्षेत्रमा पनि प्रवेश गरेका छन् । सन् १९७२ जुलाईमा भारतको सिलाङमा जन्मेका ओम जैसी त्यहीँबाट हाइस्कुल उत्तीर्ण गरेपछि सन् १९८७ मा भैरहवामा बस्न थालेका हुन् । त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाबाट आई.एस्सी. तथा भैरहवा बहुमुखी क्याम्पस, रूपन्देहीबाट बी.ए. र कलकत्ता विश्वविद्यालय, भारतबाट अङ्ग्रेजी साहित्यमा एम्.ए. गरेका ओम जैसीमा अध्ययन गर्ने धोको अझै पुरा भएको छैन । यतिखेर पनि उनी समाजशास्त्रमा एम्.ए. अध्ययन गर्दै छन् । उनी मिहिनेती छन्, अध्ययनशील छन् र चिन्तनशील छन् । त्यसको छाप उपन्यासमा पनि परेको छ ।

लेखकले आफूले देखे–भोगेका कुराहरूलाई साहित्यमा अभिव्यक्ति गर्दछ । उपन्यासकार ओमले प्रस्तुत उपन्यासमा जेजस्ता पात्र र कथावस्तु पेस गरेका छन्, त्यसमा उनका जीवनमा घटेका घटनाको प्रत्यक्ष अभिव्यञ्जना भएको पाइन्छ । प्रायजसो उनी प्रमुख पात्र दीपमा अभिव्यञ्जित भएका छन् । उपन्यास सामाजिक सम्बन्ध र प्रेममा आधारित छ । उपन्यासको कथानक दीप, पूजा र ज्योतिको प्रेमकथामा केन्द्रित छ । एक हप्तामा फर्किन्छु भन्दै आमा यशोदा नेपालतिर लागेकी र लामो समयसम्म पनि नफर्केकीले प्रकाशजङ्ग कार्कीको छोरा दीप कार्की आमाको वात्सल्य प्रेमबाट विमुख छ भने ठूलो कारोबार र परिवारका कारण दीप बाबुको यथोचित मायाममता पनि पाउन सक्दैन । ऊ र उसको साथी अमरको जिम्नास्टिक खेलमा रूचि छ । प्रतिस्पर्धामा दीप छानिन्छ । स्कुल जाँदा–आउँदा पूजासँग परिचय र प्रेम हुन्छ । प्रेमपत्र लेखालेख हुन्छ । नीलिमा र अमरले त्यसमा सघाउँछन् । दीप जिम्नास्टिकमा जितेको भनी चिया–समोसा ख्वाउँछ । पढ्ने बेलाका दीप, पूजा र अमर सिनेमा हेर्न जान्छन् । सिनेमा हेर्न गएको दीपको दाजु मोतीको साथी प्रेमले देखेको हुन्छ र उसले फोन गरी जानकारी गराउँछ । पढ्ने बेलामा सिनेमा हेर्न गएको चाल पाएर बाबु प्रकाशजङ्गले कामदारहरूलाई बिदा दिई सजायस्वरूप घरगोठका सारा काम दीपलाई लगाउँछन् । दीप बिहान सबेरैदेखि राति अबेलासम्म काममा लादिन्छ । पूजासितको सम्पर्क टुट्छ । कामले लखतरान हुन्छ । पढाइ पनि छुट्छ । उता नीलिमाका कोठाभरि दीपका फोटाहरू देखेर पूजा पनि सशङ्कित हुन्छे । उसले पढिरहेको स्कुल सेन्ट एन्थानिजबाट छुटाई कक्षा सुरू भएको छ महिनापछि अर्को स्कुल सेन्ट नानकमा हालिन्छ र हेडमास्टरको जिम्मा लगाइन्छ । यसरी दीपको पढाइ पुन: सुरू हुन्छ । अब ऊ निकै ध्यान दिएर पढ्छ । चनाखो भएर अघि बढ्छ । उसको लगनशीलता र पढाइबाट सबै प्रभावित हुन्छन् । ऊ कक्षामा दोस्रा हुन्छ । वेस्ट एयर एवार्ड पाउँछ । ज्योतिले उसका यी क्रियाकलाप हेरिरहेकी हुन्छे । स्कुलमा कार्यक्रम गर्दा ज्योतिले जोडजोडले ताली पिटेर उसलाई हौस्याएकी हुन्छे । ज्योतिको माया पाएर ऊ उत्साहित हुन्छ । उनीहरूको सम्पर्क र प्रेम बढ्दै जान्छ । यस्तैमा आमा नेपालबाट फर्किन्छिन्, तर लगत्तै उनी चिप्लिएर लड्छिन् । उनको अपरेसन गर्नुपर्ने हुन्छ भने मधुमेहका कारण अपरेसन गर्न नमिल्ने भएपछि अस्पतालबाट डिस्चार्ज गरिन्छ । अन्तमा होस फिरेर आमाको जीवनको अन्त हुन्छ । यस घटनाले दीप मर्माहत हुन्छ र उसको व्यवहार बदलिन्छ । पछि प्रवेशिका उत्तीर्ण भएपछि दीप उच्च शिक्षाका लागि नेपाल लाग्छ । ज्योति त्यहीँ रहन्छे । समय–समयमा दुवैमा पत्राचार भने भइरहन्छ । यादव ज्योतिका लागि केटा खोजेको भन्दै घरमा आउँछ । ज्योति अहिले पढ्दै गरेकी हुँदा विवाह गर्दिनँ भन्छे । त्यसमा बाबुआमा सहमत हुन्छन् । यता दीपले बल्लबल्ल आई.एस्सी. पास गरेर बी.ए.मा पढ्दै गरेको हुन्छ र बाबुलाई व्यापारमा सघाउन थालेको हुन्छ । एकदिन अमर नेपाल आइपुग्छ र कुरैकुरामा ज्योतिसँग विवाह गर्ने सल्लाह माग्छ । अमरले त्यो कुरा सिलाङ पुगेर ज्योतिलाई सुनाउँछ । ज्योतिका मनमा आशङ्का उठ्छ । यस्तो कुरा पनि साथीसँग सल्लाह माग्ने भनी चिठी लेख्छे । ठट्टामा भनेको भनी स्पष्टीकरण लेखिपठाउँछ । एकदिन बाबुले दीपलाई अब सबै दाजुभाइ अलग–अलग बस्ने कुरा सुनाउँछन् । दीपलाई सारै नमजा लाग्छ । उसलाई बाबु हुँदाहुँदै एक्लो र टुहुरो हुनुपरेको महसुस हुन्छ । बाबुको आदेशअनुसार सामान जुटाउन मोटरसाइकलमा जाँदा मनमा त्यही पिरलो परिरहेको हुन्छ र ऊ दुर्घटनामा पर्दछ । उसलाई अस्पताल लगिन्छ । ज्योतिको चिठी लिएर हुलाकी पुग्छ, तर त्यो चिठी पढ्न नपाउँदै दीपको देहावसान हुन्छ । यस उपन्यासको सङ्क्षिप्त कथा यति नै हो ।

उपन्यासले नेपाल र भारतका विभिन्न भौगोलिक र सामाजिक परिवेश ओगटेको छ । यसको कथावस्तुले नेपाल र भारतलाई जोड्ने काम गरेको छ । यहाँ व्यक्ति–व्यक्ति बीचको प्रेमसम्बन्ध र त्यसका माध्यमबाटै सामाजिक क्रियाकलाप व्यक्त भएका छन् । यहाँ मातृवात्सल्यका अभावमा बालमनमा पर्ने प्रभावका साथै समवयस्कको विषमलिङ्गी प्रेमलाई देखाइएको छ । समवयस्कका बीचको प्रेम स्वाभाविक भए पनि अल्लारे प्रकृतिको रहेको छ । जम्मा २८ परिच्छेदमा संरचित यस उपन्यासको कथावस्तु सामाजिक छ भने यहाँ प्रकाशजङ्ग कार्की जस्ता दम्भी र हठी चरित्र पनि छन् र दीप, ज्योति, अमर, सुनिता, पूजा, सङ्गीता, नीलिमा, दीपको दाजु मोती, यशोदा, प्रीति, रोजी, रामसिंह, यादव, सुरेन्द्र के.सी. जस्ता पात्रहरू पनि छन् । मुख्य पात्र दीप र ज्योति हुन् । उपन्यास मुख्यतया दीपको दृष्टिविन्दुबाट प्रस्तुत भएको छ भने कथानक दुखद अवस्थामा पुगेर अन्त भएको छ । पात्रहरू आफ्नो उद्देश्यमा विफल छन् । विफलता तिनको नियति बनेको छ ।

उपन्यासको कथ्य, पात्र, कथानक, उद्दश्य, परिवेश समेत परम्परित र सामान्य छन् । अङ्ग्रेजी विषयमा स्नातकोत्तर गरेका उपन्यासकार उपन्यासको समसामयिक प्रवृत्ति र परम्पराबाट अनभिज्ञ छैनन्, तर यो उपन्यास आई.एस्सी. पढ्दै गर्दा आफू स्वयम् दीप–ज्योति आदिले जस्तो भावुक प्रेम गर्ने उमेर–अवस्थामा लेखिएको हुँदा लेखकले यसलाई त्यही रूपमा प्रस्तुत गर्ने सम्मोहलाई परित्याग गर्न नसकेको देखिन्छ । तसर्थ यो उपन्यास समकालीन नेपाली उपन्याससँग प्रतिस्पर्धा गर्न सक्दैन । यसले नेपाली उपन्यासका विकासमा अरू एक इँट थपेको छ । उपन्यासकार ओम जैसीमा लगन छ, अध्ययन र ज्ञान पनि छ । तसर्थ उनबाट भविष्यमा समकालीन नयाँ प्रवृत्ति र प्रयोगका जीवन र जगत्लाई अझ टड्कारो रूपबाट प्रस्तुत गर्ने जोडदार उपन्यासको अपेक्षा गर्न सकिन्छ । उनमा यस्तो सम्भावना पनि देखिन्छ । उपन्यासको भाषा सरल र बोधगम्य रहेको तथा शैली सरल र प्रभावकारी रहेको हुँदा प्रस्तुत उपन्यास किशोरकिशोरी, युवायुवती र वयस्क सबैका लागि पठनीय रहेको देखिन आउँछ ।
– भैरहवा

अघिल्लो पोष्ट

यो कस्तो प्रेम

पछिल्लो पोस्ट

स्वतन्त्रता

डा. कपिल लामिछाने

डा. कपिल लामिछाने

सम्बन्धित पोष्टहरू

आधुनिकताको नेपाली कवितामा प्रयोग – एक मीमांसा
समालोचना

२६ माघ २०८१, शनिबार
नेपालको सन्दर्भमा इतिहास र यसको नालीबेली : ४
अनुसन्धान

नेपालको सन्दर्भमा इतिहास र यसको नालीबेली : ४

८ माघ २०८१, मंगलवार
लेखनाथ र उनका कविता–कृतिको मूल्याङ्कन
समालोचना

लेखनाथ र उनका कविता–कृतिको मूल्याङ्कन

१५ पुष २०८१, सोमबार
घाम झुल्किनुअघि : सत्ताको क्रूर कथा
जनमत समीक्षा

घाम झुल्किनुअघि : सत्ताको क्रूर कथा

१४ पुष २०८१, आईतवार
पछिल्लो पोष्ट
स्वतन्त्रता

स्वतन्त्रता

विराटले सुनेको रामकथा

विराटले सुनेको रामकथा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

गजल

गजल

४ जेष्ठ २०७९, बुधबार
नियत

नियत

४ जेष्ठ २०७९, बुधबार
नेपालभाषा साहित्यका महान् कवि  सिद्धिदास अमात्य

४ जेष्ठ २०८०, बिहीबार
कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : ४

५ जेष्ठ २०८१, शनिबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक