“वायव्य नाम हो मेरो । तपाईंको ?”
अलि पर बसेको उसले छेवैको कुर्सीमा डेरा जमाएर सोध्यो । समारोहमा उसले परिचय खोज्दा सृष्टिलाई असहज लागेन । बानी अनुसार मुस्काएर उनले प्रतिप्रश्न गरिन् —“किन र ?”
सँगैका साथीहरु मन्द मुस्कानमा रमिए ।
“वायव्यजीले अघिदेखि तपाईंलाई हेरिरहेको देखेर अब कि तब उहाँले तपाईसँग परिचय खोज्न आउनुहुन्छ भन्ने मलाई थाहा थियो ।” सँगैका मित्रले नधकाइकन हाँसेर ठूलै स्वरमा भनिदिँदा उसको अनुहारमा पोल खुलेर क्षोब छाएको अनुभव भयो सृष्टिलाई ।
“हो हो मैले पनि विचार गरिराख्या थिएँ ।” अर्का मित्रले पनि थपे । हाँसो खाना खाने क्रममा साथीहरुमाझ ऊ सहित छचल्कियो ।
“म पनि तपाईंहरुको गु्रपमा आउन खोजेको ।” उसले सफाइ दिए पछि पुन: कार्यक्रमतिर सबै उन्मुख भए । त्यसपछि सृष्टिले पनि उसलाई विचाराधिनमा राख्न थालेकी थिइन् । ऊ निकै नजिक हुन खोजेको उनलाई लाग्दै थियो । यत्तिकैको भेट मात्र । तीन दिनको कार्यक्रम सकिएर सबै आआप्mना गन्तव्यतिर लागे ।
तीन चार महिना पछि मोवाइलमा उसले भन्यो—“सृष्टिजी, तपाईंले नभने पनि मैले तपाईंको नाम थाहा पाइहालेँ ।
उनको मष्तिष्कबाट हराइसकेको स्मृति पुन: मानस पटलमा दोहोरियो । ‘भिडभित्र चिनिएको अनुहार, वायव्यको पनि । कस्तो मलाई सम्झिराखेको रैछ ।’ मन सुटुक्क फुस्फुसायो । त्यैपनि बोलीलाई ठम्याएर उनले सोधिन् —“तपाईं वायव्यजी हो ?”
“हो… हो बिर्सिनुभएको रैनछ ।” खुशी लाग्यो ।
“अँ… बिर्सिएकी छैन । के छ हालखबर ? कहाँ हुनुहुन्छ ?”
“अहिले काठमाडौंमा नै छु…भेटौ न ।”
“के काम थियो वायव्यजी ?”
“तपाईंसँग भेट्नु थियो ।”
“किन र ?”
“काम थियो । भेटौँ न ।”
“म अहिले भ्याली बाहिर छु ।” उनले टार्न खोजिन् ।
“कहिले फर्किने ?”
“लाग्छ हप्ता दशदिन ।”
“फर्किए पछि फोन पाऊँ न ।”
“फोनमा कुरा भइहाल्यो नि…भेटिरहनु पर्छ र ?” उनको भनाई नसकिदै ऊ बोल्यो ।
“किन भेट्न मिल्दैन र ?”
“बिना काम भेट हुनुको कुनै अर्थ छैन वायव्यजी ।” उनको उत्तर थियो ।
उनी बोलिनन् । ‘बिना सन्दर्भको मान्छे’ उनले मनमनै भनिन् ।
समय तीन महिना नकट्दै उसैले पुन: फोन गर्यो ।
“सृष्टिजी नमस्कार”
“नमस्कार” उनले उसैगरी जवाफ दिइन् ।
“चिन्नुभएन जस्तो छ…म वायव्य ।”
“अँ चिनेँ…भन्नुुस् ।”
“तपाईं अहिले कहाँ हुनुहुन्छ ?”
“म काठमाडौमा छु ।” उनले उत्तर दिइन्।
“म पनि हिजै मात्र श्रीलङ्काबाट काठमाडौ आइपुगेँ । मैले भोलि शुक्रबार बिहान १० बजे बानेश्वरको एस. क्याफेमा एकदुईजना साथीहरुसँगको भेटघाट कार्यक्रम राखेको छु । तपाईं पनि आउनु होला ।”
“कसकसलाई बोलाउनु भएको छ ?”
“तपाईंका चिनजानकै साथीहरु हुनुहुन्छ । आएपछि थाहा भइहाल्छ ।” ऊ हाँस्यो र फोन राख्यो । उसले ढिपी गर्दा पनि जाने औचित्य भने देखिनन् उनले ।
“ल ल ।” नाम पनि अल्टर, मान्छे पनि अल्टरै जस्तो छ । त्यस्तो पुरानो परिचित पनि होइन । ज्याद्रै रैछ । आपैmसँग भनिन् ।
“होइन यो वायव्य शर्मा कस्तो खाले मान्छे हो नारायणजी ? कलेजमा उनले पुरानो र सँगै गएको साथीसँग सोधिन् —“अति भलाद्मी हुनुहुन्छ वायव्यजी । देशमा भन्दा विदेशमा धेरै आउजाउ गरिराखेर पनि निरन्तर सिर्जना गरिराख्ने सक्रिय सर्जक हो वहाँ ।”
नारायणजीले उसका बारेमा यसरी भनिरहँदा सँगै रहेका प्रतिकजीले पनि वायव्यका बारेमा अति सकारात्मक सन्देश पस्किए ।
“किन के भो र ?” नारायणले जिज्ञाशा राख्दा उनको प्रतिक्रिया थियो —
“खोई, मैले जानकारीमा आए अनुसार अलि बिब्ल्याँटो मान्छे लाग्छ । तपाईंहरु सकारात्मक धारणा दिनुहुन्छ ।” “हे…जति मान्छे त्यति मान्छेका जिब्रा ।”
“देशबिदेश घुमेका मान्छे … अलि फर्वार्ड लाग्छ । त्यति मात्र हो ।” प्रतिकले दह्रै वकालत गर्दा पनि उनको चित्त बुझेन । उनको अनुहारमा छाएको दुविधा नियाल्दै नारायणजीले कुराको चुरो पहिल्याउन खोजे —“हामी त एउटै घरका जत्तिकै छौँ… बिदेशबाट आएपछि घरमै फोन गरिहाल्नु हुन्छ । हुनत मान्छेको कतिबेला के भर हुन्छ थाहा नै हुँदैन …।”
“मान्छे चेहडाले सामान्य देखिए पनि स्वभावले निकै अल्गो मान्छन् उनलाई भेटेपछि भेट्नेहरु ।” प्रतिकजीले भनिरहँदा ‘मलाई पो असामान्य लागेको हो कि ?’ भन्ने द्विबिधामा रुमलिन पुगिन् उनी । त्यसपछि उसले शुक्रवार वरै पुन: निश्चित हुन फोन गर्यो । मानौं उसलाई अनिश्चितता सुन्नु नै छैन ।
सम्झिइन्— प्रतिक र सुरेश जस्ता साथीहरुलाई अनि श्रीत्तम र लोकेशजस्ता साथीहरुलाई पनि । श्रीमान्को विकल्प बन्न खोज्ने प्रतिक र प्रशन्साको पुल बाँधेर स्वार्थ सिद्धी गर्न खोज्ने सुरेश जस्ता श्रीत्तम र लोकेश थिएनन् । पूर्णरुपमा बेग्लै । वायव्यप्रति उनको मनले त्यत्ति राम्रो सङ्केत गरिरहेको थिएन । यसै हो पनि भन्न सकिरहेको थिएन । तर पनि उनीहरुको भनाइलाई नकार्न पनि मनले चाहेन । दोधारे परिस्थितिलाई स्वीकार्नु नै भयो । फोन उठाइनन् ।
शुक्रबार बिहान फेरि वायव्यले झस्कायो मोबाइलबाट ।
“वायव्यजी, म कामले गर्दा भ्याउँदिन जस्तो छ । यसो गर्नुस् न, तपाईं साथीहरुसँग कुरा गर्नुस् । उहाँहरुबाट सुझाउ प्राप्त गरिहाल्नु हुन्छ……।”
बिचैमा उसले भन्यो —“त्यसो त कहाँ हुन्छ, तपाईं जसरी पनि आउनुपर्छ ।”
“ढिपी नगर्दा राम्रो हुनेछ वायव्यजी । तपाईं र मेरो त्यस्तो गहिरो भेट्घाट र आत्मीयता पनि त होइन । म आउन भ्याउँदिनँ …।” उसले प्रशंसावश बोल्यो —“मैले तपाईंलाई देखेर भेट्ने बित्तिकै विदुषीका रुपमा मानेको छु । तपाईंले नै मात्र मेरो लेखन बुझ्नुहुन्छ भन्ने लागेको छ …. ।” ‘अति नै गर्यो यस मान्छेले । नगई नहुने भयो भन्ने लागेर उनले मानिआएकी बहिनी प्रतिमालाई लिएर जाने निधो गरिन् । लगभग आधा घण्टाभित्र रेष्टुरेन्टमा भेट्ने सल्लाह भयो । प्रतिमाको घर अलि पर पनि र गाडीको जामले गर्दा अलि समय लाग्ने जानकारी त्यहाँ पुगेपछि पाइन् ।
“आइपुग्नु भयो ?” बाटोमा नै प्रतिक्षारत् उसको अनुहारभरी खुशी व्याप्त भयो ।
“साथीहरु आइपुग्नुभयो ?” उनले सोधिन् ।
“आउनुहुन्छ । जाऊँ…गफ गर्दै गरौँ” उसले भन्यो । दुवैजना भित्र पसे । उसले केबिन बुक गरेको रहेछ ।
“बाहिर बस्दा पनि हुन्छ । साथीहरु आइपुग्नुभए पछि भित्र जाउँला न ।” उसको अपहत्तेलाई मनन गरेर उनले सतर्कता अपनाइन् ।
“हे तपाईं पनि…साहित्यिक भलाकुसारी गर्दै गरौँ न…” उसले भन्यो ।
जानेरै उनी बाहिर मेचमा बसिन् । ऊ पनि सँगैको मेचमा बस्यो ।
“के वृmति प्रकाशित गर्न लाग्नुभएको हो ? आजको सन्दर्भ मलाई थाहा भएन ।” उनले भनिन् ।
“त्यही भएर त भित्र बसौँ भनेको हुँ ।” उसले अथ्र्याएर बोकेको झोला देखायो । दुवै केबिनमा बसे ।
“खोइ हेरौँ त ?” उनले भनिन् ।
उसले छेवैमा बस्तै भन्यो— “तपाईं कति शालीन हुनुहुन्छ सृष्टि, जो कोही पनि तपाईंबाट प्रभावित हुन्छन्, म पनि छु ।”
“धन्यबाद तर खै साथीहरु आइपुग्नु भएन त ?” उनले एघार बजाएको घडी हेर्दै भनिन् । उसले उनको हत्केला च्याप्प समाएर भन्यो —तपाईंको हात कति सफ्ट ? मेरो दिदीको जस्तै ।
उनले हात फुत्काउन खोज्दा उसले छोडेन र पाखुरातिर पुग्न खोज्दै भन्यो— “हामी नगरकोट एकदिनलाई घुम्न जाउँ न ।” उसले व्याकुलताका साथ भन्दैगर्दा उनले सतर्क गराइन् ।
“यसबेला तपाई दिदीलाई नसम्झिनुस् वायव्यजी । होसमा आउनुस् ।” उनले हात फुत्काएर अर्कोतिर सर्दै भनिन् ।
उनले प्रतिभालाई फोन गर्दा— “उसले कसलाई फोन गर्नुभएको ?” भनेर सोध्यो ।
“प्रतिमा बैनीलाई …।”
“किन बोलाएको ? नबोलाएको भए हुनेथियो ।” उनले भनिनसक्दा उसले प्रतिक्रिया दियो ।
“किन र…अरु साथीहरु आउने ठाउँमा उनी एकजना थपिंदा के भयो ?”
ऊ हाँस्यो । उसको बेमतलबको हसाइँ देखेर उनले हप्काउने शैलीमा भनिन् —“कोही साथीहरु आउनुहुन्न होइन ? मलाई शङ्का त लागेको थियो ।”
“त्यति नढाँटी तपाईं आउने सिमटम नै देखिनँ … त्यसैले … ।” उसले निर्लज्जताका साथ जवाफ दियो ।
‘चरित्रहीन पुरुष’ उनले घृणामिश्रित भावमा मनमनै भनिन् । त्यस ठाउँमा उसलाई केही भन्नुको पनि औचित्य लागेन उनलाई । इज्जतहीनको प्रतिक्रिया इज्जतीका लागि घातक हुने निश्चित लाग्यो र जुरुक्क उठेर निस्किनै लाग्दा प्रतिमाले आपूm आइपुगेको जानकारी दिएपछि वायव्यतिर फर्किएर उनले भनिन्—
“प्रतिमा आइपुगिन्…नौटङ्की नदेखाउनु नि ? मसँगै खाना नखाने मुडमा थिएँ तर प्रतिमालाई बोलाएकी हुनाले खानै पर्ने भयो ।” ऊ स्तब्ध देखियो । प्रतिमा केबिनमा पसेपछि उसको अनुहारमा निराशा छायो । फिका मुस्कानमा उसले प्रतिमालाई सम्बोधन गर्यो ।
“कस्तो हुनुहुन्छ तपाईं ?”
“म ठिकै छु तपाईं नि ? हामी इण्डिया जाँदाको केही याद छ कि बिर्सिनुभयो ?” प्रतिमाले खुला हाँसो व्यक्त गर्दा ‘यो चरुवा रैछ’ भन्ने लाग्यो उनलाई ।
“के भएको थियो ?” सोधिन् ।
“ए, भाइ, तीन वटा थकाली थाली लेऊ त…।” उसले पोल खुल्ने डरले हत्त न पत्त वेयरालाई बोलाएर अर्डर दियो । बुझ्ने कुरा झिनामसिनासमेत अस्मेल हुँदै गए ।
“पछि भनुला दिदी” प्रतिमाको हँसाइले वायव्यको अनुहारमा पराजय व्याप्त भयो ।
“अँ, अनि साहित्य सिर्जनाको क्रम कत्तिको अगाडि बढ्दै छ त तपाईंहरुको ?” उसले कुरा मोड्ने कोशिस गर्दै सोध्यो —“तपाईंको भन्नुस् न, आज पनि तपाईंको नयाँ वृmतिको छलफल छ अरे भन्ने सुनेर आएका हौ । खोई त हेराँै । प्रतिमाले अलि हेपेको शैलीमा उसलाई भनिन् । उ हाँसिरह्यो मात्र ।
“अँ कलाकारिता निकै तगडा रैछ वायव्यजीको । वृmति नौलो किसिमको हुने देखेँ मैले…।” सृष्टिले व्यङ्याग्मक शैलीमा भनिन् ।
“मलाई त सुनिहालौँ, हेरिहालौँ जस्तो भयो…कस्तो रैछ त दिदी ?” प्रतिमा जिज्ञासु भइन् ।
“पाण्डुलिपि पानामा ल्याउन बिर्सिनुभए छ । बोली र हाउभाउबाट मलाई सम्झाउने कोसिस भने गर्नुभयो ।” उनको भनाइमा व्यङ्ग्य यथावत् थियो ।
“कलाकार त हो नि दिदी ?” प्रतिमाले केही बुझेजस्तो गरी सोधेजस्तो गरिन् ।
“हो नि, अभिनयमा अव्वल माने मैले…आँट पनि त्यत्तिकै…। फेरि वृmति पनि त्यस्तै पो लेख्नुभएको रैछ ।” उनले तीक्ष्ण भावमा हेर्दै भनिन् ।
“शीर्षक चैँ फेर्नुपर्छ जस्तो लाग्यो मलाई ।”
“के राख्नुपर्छ भन्ने सल्लाह दिनुहुन्छ ?” यतिबेर ऊ पुन: सर्तकहीन देखियो तर तुरुन्तै समालियो पनि ।
“चरुवा अथवा गतिहीन शीर्षक राख्दा अभैm उपर्युक्त हुन्छ होला ।”
“ए मैले बुझेँ ।” प्रतिमाले कुरोको चुरो ठम्याएको जस्तो गरिन् ।
“म विचार गर्छु ।” उसले सामान्य हुन खोज्दै भन्यो ।
“अनि हामी तीनजना मात्रै ? खोई त अरु ? अरु साथीहरु पनि आउनुहुन्छ भन्ने जानकारी थियो मलाई ।” प्रतिमाले व्यङ्ग्यात्मक तीर ऊतिर छोडिन् । ऊ निरुत्तर बन्यो । सृष्टिले नै उत्तर दिइन् ।
“उहाँको खोई के कुरा गर्नु र । कुरा र काम एउटा नहुँदो रहेछ । बाहिर एउटा भित्र अर्को हुने मान्छे ।”
“त्यस्तो पनि होइन ।” उसले भुइँतिर हेरेर भन्यो ।
खाना खाइसके पछि हात धुन बाहिरिएको बेला नै पैसा तिरेर आएको वेयरालाई सोध्दा जानकारी पाएपछि धन्यवाद दिंदै उनी र प्रतिमा दुवै उठे । जाँदाजाँदै उसले भन्यो —“सृष्टिजी, म सल्लाहका लागि फोन गर्छु है ।”
उनले वास्तै गरिनन् । घर फर्किदै गर्दा बाटोमा प्रतिमा सामु सृष्टिलाई सोधिन्् —“भारतमा के भएको थियो यो मान्छेसँग ?” सृष्टिले सोध्दा प्रतिमाले नबिसाइकन उत्तर दिइन् ।
“हजुरहरु त फर्किहाल्नुभयो । हामी केही साथीहरु भने त्यहाँका केही पौराणिक स्थलहरु घुम्ने निधो गर्यौँ । यसले थाहा पाएछ र रुवाबासी गरेर हामीसँग जाने भयो । त्यहाँ यसले आफ्नो चरित्र र उद्देश्य राम्ररी दर्शायो । मैले एक थप्पड हानेर यसलाई टुङ्गोमा पुर्याएकी थिएँ । अरुलाई घिनौटा कुराहरु भनेर हेलिने प्रयास गर्दागर्दै मसम्म आउने दुस्साहस् गरेपछि मैले पनि सहन सकिनँ र त्यसका गाला रन्काइदिएँ । त्यस्तो तल्लो स्तरको मान्छे पो हो यो दिदी ।”
“त्यस्तै लाग्यो मलाई पनि । साथीहरु बोलाएको छु भनेर ढाँट कुरा गर्नुहुन्छ ? निर्लज्ज, गतिहीन मान्छे ।” सृष्टिको भनाइ पुरा नहुँदै प्रतिमाले भनिन्—“आज पनि दिदीलाई लिएर त्यसको नियत खराब हुनुपर्छ । धन्न मलाई भन्नुभयो ।”
“म पनि प्रतिमाकी दिदी पो हुँ । आपूmमाथि विश्वास छ नि हौ मलाई पनि ।”
दुवै हाँस्दै आआफ्ना घर तर्पm लागे ।
त्यसको एक महिना नबित्दै उसले पुन: फोन गर्दा उनले कडा स्वरमा उत्तर भनिदिइन् —”तैंले मलाई के सोचिस् ? तेरो नियतको शिकार ? आइन्दा फेरी सम्पर्कमा आइस् अथवा फोन गरिस् भने तलाई जेल चलान गर्छु बुझिस्…निर्लज्ज मान्छे ।”
”मेरो कुरा पनि सुन्दा हुन्छ नि !” उसको संयम स्वर सुनेपछि पनि उनले उसरी नै कडा बोलिन् र फोन सम्पर्क बिच्छेद् गरिन् । उसले तुरुन्तै पुन: फोन गर्यो । सानो ७ वर्ष छोरा नजिकिए पछि उनले फोन उठाउन कर लाग्यो । उसले कुनै औपचारिकता बिना नै भन्यो —“हो मेरो नियत खराब नै हो तर आजको जमानाअनुसार गलत लाग्दैन मलाई ।” उनले ‘इडियट’ भनेर फोन बिच्छेद गरिन् । आज बीस वर्ष पछि उनको मष्तिष्कमा त्यो घटना फेरी सल्बलाएको छ र उनलाई जहाँसम्म थाहा छ ऊ त्यसपछि कुनै पनि माध्यमबाट सम्पर्कमा आएन वा आउन दुस्साहस् गरेन ।
जवान छोरी प्रवृmतिले चिया ल्याएर दिई । छेवैमा बसेर चिया पिउँदै भन्दैथिई —“पुरुषको जातै नहुने । अलिकति राम्रो व्यवहार गर्यो कि अवसर खोजी हाल्छ ।
किन र ? उनको प्रश्नको उत्तरमा प्रवृmतिले भनिन् —“आज पनि एउटाले झण्डै मेरो झापु पाएको । राम्रो मान्छे भनेर के हाँसेर बोलेको थिएँ उसको साहस बढेर कहाँ पो पुगेछ । आज त एकदिनलाई कतै घुम्न जाऔँ न पो भन्छ । मैले कड्केर तैँले मलाई के सोचेको छस् है मुर्दा भनेर कठालो नै समाएँ, अनि लुत्रुक्क परेर बाटो लाग्यो ।
उनलाई नाम सोधुँ भन्ने भयो तर सोधिनन् । औचित्य लागेन । मन मनमा —“जे होस् मेरी छोरी तगडा छे ” नभनि रहन सकिनन् ।
ऊ भने “सप्पै छोरीहरुलाई मार्शल आर्ट ट्रेडिङ दिनै पर्ने हो के, तिनीहरुका बाउआमाहरुले । बिहे गरेर भार पन्छाउनै हतार हुन्छ…।” भन्दै मनभित्रको कुण्ठा अभैm पोख्दै थिई ।
स्केच : गङ्गा सुवेदी