कलाकार प्रमीला बज्राचार्यले महिलाका आकृति मार्फत नेपाली महिलाहरूको अवस्था, काम प्रतिको लगाव,खुसी, दुःख, सांस्कृतिक रहनसहनलाई आफ्नो कला मार्फत उतारेकी छिन् । प्रमीलाका चित्रहरूमा महिलाहरूको जीवनलाई नजिकबाट नियाल्न सकिन्छ । उनका चित्रहरूमा महिला आकृति र प्रकृतिको मिठो सङ्गम हुन्छ । महिला नै प्रकृति हो भन्ने उनको चित्रको भावलाई महिलाका जीवन गुजाराका सङ्घर्ष, सफलता पछाडिका खुसीलाई पनि अनुभव गर्ने पाइन्छ । उनका चित्रहरू अहिले चाकुपाट स्थित एमक्युब ग्यालरीमा प्रदर्शनीमा रहेको छ ।