जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना सँस्मरण

मृत्युसँगको लडाईं

मञ्जु ज्ञवाली मञ्जु ज्ञवाली
प्रकाशित १६ चैत्र २०७८, बुधबार
सँस्मरण भित्र
0
मृत्युसँगको लडाईं

कहिलेकाहीँ गज्जबको प्रश्न जाग्छ मनमा । मृत्यु शाश्वत सत्य हो भन्ने जान्दा जान्दै पनि किन लखेटिरहन्छ मृत्युको भयले मान्छेलाई ? किन चाहँदैन ऊ मर्न । किन जागिरहन्छ बाँच्ने लालसा ? बाँच्ने उच्च उत्कण्ठा हुँदाहुँदै पनि किन मरिरहेका हुन्छन् मान्छेहरु ? जिन्दगीदेखि हार खाएकाहरु नचाहेरै पनि किन बाँच्न विवश हुन्छन् ? आफ्नो मृत्युको दिन पहिले थाहा हुने भए के गर्दो हो मान्छे ? जिन्दगीमा गर्नुपर्ने सबै जिम्मेवारी र कामलाई छिटो गरिसक्दो हो कि ? वा आफू मरे डुम्मै राजा भनेर भएभरको सम्पत्तिको भोगचलन गरेर मोजमस्तीमा रमाउँदो हो ? वा केही पनि नगरी बस्दो हो ?
नियतिको खेल भनौँ वा झेल, यही अनिश्चितताको भुमरीमा रुमल्लिँदै आफ्ना कर्महरुमा रमाइरहन्छ मान्छे । निभाइरहन्छ आफ्ना कर्तव्यहरु र भुलिरहन्छ मायामोहको जालमा जतिसुकै भौतिक सुखसुविधा भए पनि एकदिन सबै छोडेर जानु नै पर्दोरहेछ । भएभरका सम्पत्ति आफन्ती सबैलाई छोडेर । बस् रहने भनेको त उसले छोडेर गएका कर्महरु नै रहेछ ।


बुढापाकाले भन्ने गर्थे, बरु रिन लाओस्, दिन नआओस् । सायद दिन आएको थिएन । त्यसैले पटकपटक मृत्युको मुखमा पुगेर फर्किएकी छु । पटकपटक जिस्क्याउँदै आएको छ मृत्युले । कहिले बुइगलबाट लडेर, कहिले खोलामा डुबेर, कहिले पहिरोमा पुरिएर त कैयौँपटक जहाजले अवतरण गर्न नसक्दा मृत्यु भयले आतङ्कित बनायो । थाहा छैन कुन दिन सुटुक्क लैजाने हो । यसपटक भने कोरोना भाइरसले मृत्युको रुप लिएर जिस्क्याउन आइपुग्यो ।


२०७८ साल लाग्दा नलाग्दै कोरोनाको दोस्रो लहरले देशभर सङ्क्रमण दर बढ्न थालेको थियो । भर्खरका युवादेखि लिएर जान–पहिचानका धेरै व्यक्तिहरुको मृत्युले भयभीत बनाइरहेको थियो । त्यसैले गर्दा सावधानीका अनेक उपायहरु अपनाउँदै घरभित्रै बसिरहेकी थिएँ । बाहिर निस्कँदा स्वास्थ्य सुरक्षा अपनाएरै निस्के पनि कति बेला त्यो भाइरसले आक्रमण गर्‍यो पत्तै भएन ।
वैशाख ७ गते विहान पुस्तकहरु सफा गर्ने, मिलाउने गरेकी थिएँ । दिउँसोबाट हाच्छिऊँ लाग्न सुरु भइहाल्यो । पुस्तकको धुलोले रुघा लाग्यो भन्ने अनुमान लगाएँ । जिउभरि सियोले घोचेजस्तै भयो । जिउ कटकटी दुख्न थाल्यो । टाउको फुट्ला जस्तै भयो । जिउ यत्ति दुख्यो कि पिटेर थिलो थिलो भएको ज्यान जस्तो भएको थियो । रुघा लाग्दा यति साह्रो त नहुनु पर्ने ? के भयो मलाई ? थाइराइड पो बढ्यो कि ? भन्ने शङ्का लाग्यो । थाइराइड चेक गराउनुपर्‍यो । मनले सोच्यो । तर हस्पिटल जाने माहोल थिएन । हस्पिटल गए कति बेला सङ्क्रमणमा परिने हो भन्ने डर त छँदै थियो । पर्सिपल्टबाट बिस्तारै नाक सुख्खा हुन थाल्यो । पटकपटक नाकलाई कपासमा पानी चोपेर चिसो पार्न खोजँे ।


कतै कोरोना त लागेन ? मनमा अनेक शङ्का उब्जिरहेका थिए । तेस्रो, चौथो दिनपछि त गन्ध पनि हरायो । कोरोनाका सबै लक्षण देखिएकोले परिवारका अन्य सदस्यहरुबाट टाढै बस्न थालेकी थिएँ । एक्लै बस्नु पर्दा मनमा डरले डेरा जमाइसकेको थियो । निद्रा पटक्कै लागेन । रातभर हिँडेरै बिताउन थालेँ । ओछ्यानमा गयो अनेक विचार आउँछन् । निदाउनै सक्दिन । नाकले जे सुँघे पनि गन्ध थाहा पाएन । कडा गन्ध आउने सेनिटाइजरको झोल हातमा राखेर सुँग्दा पनि नाकले थाहा पाएन । बाथरुमा गएर फेसवासले मुख धोएँ । अहँ पटक्कै गन्ध आएन । कागती बेस्सरी चपाएँ, कपुर मिचेर धुलोपिठो पारी सुँघे पनि गन्ध थाहा नपाउँदा मन आत्तिन थाल्यो । आफैँले आफूलाई सम्हाल्न अनेक प्रयत्न गरिरहेँ । तर यो मनले अनेक सोच्न भ्याउँदो रहेछ । घरमा ससाना बच्चा छन् सबै सङ्क्रमित भए के गर्ने होला ? कसले कसको स्याहार गर्नु ? हे भगवान् के गरी जोगाउनु यी नानीबाबाबुलाई । मनमा अनेक थरी कुरा खेल्न थाले । एकातिर बुढाको अफिसको काम, अर्कोतिर बच्चाहरुको अनलाइन कक्षा, आफ्नो पनि अनलाइन पढाउनुपर्ने । छैठौँ दिनसम्म त गाह्रो भैभै कक्षा लिएँ । घाँटी दुख्ने, खोकी लाग्ने र सास फेर्न गाह्रो हुन थालेपछि पढाउन सकिन ।


नवौँ दिनको दिनसम्म आइपुग्दा शरीर पुरै गल्दै गयो । पक्कै कोरोनाले छोयो भन्ने भयो । कोभिडको टेस्ट गराउँछु भनेर अल्का अस्पताल हिँडेरै पुगेँ । थाइराइड पनि टेस्ट गराएँ । साँझ इमेलमा रिपोर्ट आयो । रिपोर्ट पोजेटिभ देखियो । थाइराइड पनि अत्यधिक बढेको रहेछ । डाक्टरलाई फोन गरेर सबै कुरा बताएँ । डाक्टरले औषधी खान सुझाइन् । दैनिक डाक्टरको सरसल्लाह र परामर्श लिइरहेँ । डाक्टरले पटकपटक फोन गरेर मुटुको चाल, प्रेसर, ज्वरो र अन्य लक्षणबारे सोधिरहन्थिन् । उनले छातीको एक्सरे गर्न पठाइन् । एक्सरेमा रिपोर्ट सामान्य आयो । अलि ढुक्क भयो । खानपान र व्यायामलाई ख्याल राख्नु पर्ने र सोसल मिडियाबाट टाढा रहन र बढीभन्दा बढी पुस्तकहरु पढ्न समेत सुझाइन् ।


पुस्तक पढ्न थाल्यो काम सम्झिन्छु । कामको चाङ परेको थियो । गर्नुपर्‍यो भनेर सोच्छु तर काम गर्न बस्यो गर्नै सकिँदैन । यो के भएको मलाई ? काम सम्झेर झन् अत्यास लागेर आउँथ्यो । मन आत्तिएर म म हो कि होइन जस्तो हुन्थ्यो । अचेतन जस्तो भयो मन । शिथिल भयो तन । तैपनि आफुलाई सम्हाल्नु थियो । जसरी भए पनि आफू स्वस्थ हुनु छ भनेर मनलाई दह्रो बनाउन जिन्दगीमा गर्नुपर्ने काम धेरै छ । यस्तै सोच आयो । सोचेँ, ‘पहिला आफू स्वस्थ रहे पो कामको कुरा आउँछ । अस्वस्थ शरीर र अस्वस्थ मनले के नै गर्न सकिन्छ र ? अहिले अरु केही सोच्ने होइन । मात्र आफ्नो स्वास्थ्यको ख्याल राख्नु पर्छ । स्वास्थ्य बिग्रियो भने त के अर्थ रह्यो र ?’ यसै कुरालाई मन्त्र जस्तो मानेर खानपान र व्यायाम प्राणायामलाई निरन्तरता दिन थालेँ ।


बिहानभरिको समय त यसैमा भुल्थेँ । श्रीमान् र छोरीहरुलाई कामले भ्याईनभ्याई भइरहेको थियो । एकातिर अफिसको कामको चाप अर्कोतिर घरमा कोरोना सङ्क्रमित, अरुलाई सङ्क्रमणबाट जोगाउँदै विरामीलाई निको पार्न हरसम्भव प्रयास गर्नु परेको थियो । उनीहरु हरक्षण सचेत रुपले मेरो खानपानमा र मनोविज्ञानलाई ख्याल गरिरहे । दिक्क नलागोस् भनेर छोराछोरीहरु हँसाउने भिडियोहरु मेसेन्जरमा पठाइदिन्थे । उनीहरु माथिल्लो तलामा म तल्लो तलामा । फोनबाटै हालखबर सोध्थे । बेलाबेला तातो पानी, बेसार पानी, चिया, खाना खाजा दिनु उनीहरुको डेली ड्युटी भएको थियो । केही दिनु परे मास्क लगाएर आउँथे । उनीहरुको दिनरातको खटाइ देख्दा आफूलाई भित्रभित्रै बेचैनी हुन्थ्यो । मेरो कारणले गर्दा कति दु:ख पाए भन्ने लाग्थ्यो । गाह्रोसाह्रो पर्दा छोराछोरीहरु पनि काम गर्नसक्ने भएछन् भनेर खुसी पनि लाग्यो ।


दिनभर त भुल्न सजिलो थियो, तर रात भने कहालीलाग्दो बनेर आएको थियो । निद्रादेवीले चटक्कै माया मारेकी थिइन् । निद्रा नपरेपछि रातभर रातभर भजन लगाउने, गीत सुन्ने र एक्लै नाच्ने गरेँ । उसो त कोरोनाले गलाएको ज्यान एकछिनमा थाक्थेँ । सुत्न खोज्यो झल्याँस्स व्युँतिहाल्ने र मुटुको चाल बढेर सास रोकिएला जस्तै हुन्थ्यो । अक्सिमिटरले नाप्यो अक्सिजन ९४, ९५ र धडकन १३० सम्म पुग्थ्यो । यसरी मुटु धड्किन्थ्यो कि मुटु नै बाहिर निस्केला जस्तो हुने । आत्तिएर कोठभित्र बस्नै नसक्ने हुन्थ्यो । अनि छतमा पुग्थेँ । घरपछाडि रहेको पिपलको बोटमा कोइलीको उराठलाग्दो कुहुकुहु आवाजले मन झन् हतास भएर आउँथ्यो । दिनभर कामले थाकेका सबै मस्त निद्रामा छन् । उठाउन मनले मान्दैनथ्यो । न रुन सक्नु न हाँस्न सक्नु, न त चैनले सुत्न सक्नु । रात मेरो लागि सकस बनेर आउँथ्यो ।
डाक्टरले स्वास्थ्यस्थितिबारे जानकारी लिने र परामर्श दिइरहे पनि आफ्नो मन भने ढुक्क थिएन । धेरैजसो आफन्त र साथीभाइहरु पनि दिनप्रतिदिन सङ्क्रमित भैरहेका र मृत्युका खबर आइरहेका थिए । सामाजिक सञ्जालभरि चिनेजानेका र नचिनेका मान्छेका फोटा टाँसेर हार्दिक श्रद्धाञ्जली लेखेका खबरले मनलाई आतङ्कित र भयभीत बनाइरहेको थियो । दैनिक हजारौँ मान्छे सङ्क्रमणमा परेको र सयौँ मान्छे मरिरहेका खबरले सबैतिर एक खालको सन्त्रासमय वातावरण थियो । त्यसैले बाहिर केही भएको छैन भनेर हाँसे पनि भित्रभित्रै डरले कब्जा जमाएको थियो । आफन्त र साथीभाइका फोन आइ नै रहेका थिए । उहाँहरुका सल्लाह र सावधानीका कुराले त झन् धेरै तनाव थपिरहेको थियो ।


कोरोनालाई परास्त पार्ने सबैभन्दा ठूलो औषधी भनेको मन नै रहेछ । त्यसपछि परिवारको साथ सहयोग, औषधी उपचार र उचित खानपान अनि व्यायामले कोरोनालाई परास्त पार्न सकिने रहेछ । मनोबल दह्रो बनाउन सकेन भने त मान्छे अत्तालिएर नै मर्ने रहेछ जस्तो अनुभूति मलाई भयो । अस्पताल जाने अवस्था थिएन । घरबाटै डाक्टरको सल्लाह र निर्देशनको पालना गर्दै आफूलाई सञ्चो बनाउन सकेँ । फेरि पनि मृत्युको मुखबाट फर्किएँ । थाहा छैन अझै कति पटक लड्नु छ मृत्युसँगको लडाईं ।


कोरोनालाई परास्त पार्न सके पनि यसले छोडेर गएका असरहरु शरीरमा अझै पनि बाँकी नै छन् । व्यक्तिका शारीरिक समस्या भन्दा डरलाग्दो समस्या त यसले समाजमा छोडेर गएको छ । शरीरमा देखिएको असर त विस्तारै निको हुँदै जाला तर समाजमा पारेको आर्थिक, सामाजिक र मनोवैज्ञानिक असर भने निकै लामो समयसम्म रहिरहनेमा दुई मत नहोला । विश्व इतिहासमा यो अदृश्य शक्तिको नमिठो गाथा युगले लामो समयसम्म गाइरहनुपर्नेछ र पछि पनि रुप परिवर्तन गरेर आइरहने नयाँ खालका भेरियन्टहरुसँग लड्न आफूलाई तयार पार्नु पर्नेछ ।


Tags: मञ्जु ज्ञवाली
अघिल्लो पोष्ट

मनिराज वाङ्मय पुरस्कार चन्दलाई

पछिल्लो पोस्ट

अमर नेम्वाङ स्मृति पुरस्कार दुई नारी स्रष्टालाई

मञ्जु ज्ञवाली

मञ्जु ज्ञवाली

सम्बन्धित पोष्टहरू

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 
सँस्मरण

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 

२० मंसिर २०८१, बिहीबार
नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ
सँस्मरण

नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ

११ आश्विन २०८१, शुक्रबार
‘वेदना’ सँगको साहित्यिक यात्रा
सँस्मरण

‘वेदना’ सँगको साहित्यिक यात्रा

२४ भाद्र २०८१, सोमबार
साँखु र कवि गिरिजा
सँस्मरण

साँखु र कवि गिरिजा

१० श्रावण २०८१, बिहीबार
पछिल्लो पोष्ट
अमर नेम्वाङ स्मृति पुरस्कार दुई नारी स्रष्टालाई

अमर नेम्वाङ स्मृति पुरस्कार दुई नारी स्रष्टालाई

व्याकुल माइलाको घरजग्गा प्रतिष्ठानलाई

व्याकुल माइलाको घरजग्गा प्रतिष्ठानलाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

रामकुमार पाँडेलाई हृदयचन्द्र–वरिष्ठ जनमत साधक सम्मान २०७७

रामकुमार पाँडेलाई हृदयचन्द्र–वरिष्ठ जनमत साधक सम्मान २०७७

२३ फाल्गुन २०७९, मंगलवार
परम्परागत कलामा आफ्नै पहिचान बनाएका समुन्द्रमान सिंह श्रेष्ठ

परम्परागत कलामा आफ्नै पहिचान बनाएका समुन्द्रमान सिंह श्रेष्ठ

२३ फाल्गुन २०७९, मंगलवार
राष्ट्रिय बालअधिकार सम्मान

राष्ट्रिय बालअधिकार सम्मान

२३ फाल्गुन २०७८, सोमबार
स्वर्ग

स्वर्ग

२३ फाल्गुन २०७९, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक