‘मनिराज वाङ्मय पुरस्कार–२०७५’ पूर्वप्रधानमन्त्री एवं साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई प्रदान गरिएको छ । नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी कैलालीले प्रदान गरेको २०७६ को सोही पुरस्कार २०७६ डा. तुलसी भट्टराईले प्राप्त गरेका छन् ।
पुरस्कारको राशि जनही १ लाख रहेको छ । प्रतिष्ठानले मंगलबार पुरस्कार वितरण समारोहको आयोजना गरी ‘गोदावरी प्रतिभा पुरस्कार–२०७५’ पूर्वमन्त्री दीपक प्रकाश बाँस्कोटालाई, ‘शास्त्री देवराज आचार्य पुरस्कार–२०७५’ डा. रामचन्द्र भट्ट र सोही पुरस्कार २०७६ संस्कृति विज्ञ भरतराज पौडेललाई प्रदान गरेको हो ।
त्यसैगरी ‘खड्कबहादुर प्रतिभा पुरस्कार–२०७५’ पत्रकार लक्की चौधरी र ‘खप्तड स्वामी सरस्वती पुरस्कार–२०७५’ स्वामी ज्ञाननन्द सरस्वतीलाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही १० हजार छ ।
सोही अवसरमा पूर्वप्रधानमन्त्री चन्दले मुलुकमा महँगी, भ्रष्टाचार, बेरोजगारी, असुरक्षा र आर्थिक सङ्कट बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे । साहित्यलाई जीवित राख्न आधुनिक विद्युतीय सञ्चार माध्यमले बढीभन्दा बढी समेट्नुपर्ने उनको भनाइ छ ।
रासस