हेर ! तिमीले पछार्न सक्दैनौं मृत्युलाई
हेर ! तिमीले सजाउमृत्युको माला
न सक्दैनौं उन्मत्त अभिमानलाई
हेर ! तिमीले किन्न सक्दैनौं सुन्दर जीवनलाई ।
१
हेर ! तिमीले कागजात मिलाएर
हुम्ला यालवाङका मेरा बा र आमाको
चारमाना चामल सुटुक्क खाएका छौ
तिमीले ठानेका हौला–
‘यो ब्रह्माको आदेश हो कस्ले के चाल पाउला र ?’
२
हेर ! तिमीले मेरो देशको भकारी रित्याएका छौ,
पैसै–पैसाले युग युगान्तरसम्म मृत्युलाई जित्ने भ्रममा
राष्ट्रका धरोहरहरू क्षतविक्षत पार्दै
पैसै–पैसाको पिपको पोखरीमा तिमी चुर्लुम्ब डुबेका छौ ।
तिमीले ठानेका हौला–
‘सरकार, शक्ति र सम्पत्ति मेरो छ, कस्ले थाह पाएर के गर्न सक्छ र ?’
तिमीले झुण्डहरूको बलमा मेरो देशको गौरवलाई
तिमीले पार्टीहरूको बलमा मेरो देशको अस्मितालाई
तिमीले बहुमत र अल्पमतको अङ्क गणितमा
मेरो देशको स्वाधिनतालाई बारम्बार चिर्न खोज्दै छौ ।
३
खवरदार !
तिमीले चारमाना चामल चोरेको, सबैले थाह पाइसके
तिमीले राष्ट्रका धरोहर क्षतविक्षत पारेको, सबैले थाह पाइसके
तिमीले मेरो माटो र राष्ट्रिय स्वाधिनतालाई
अल्पमत र बहुमतको भत्ता खाएर
हिजो विक्री गरेको सबैले थाह पाइसके
अनि, आज तिमीले विक्री गर्न खोजेको, सबैले थाह पाइसके ।
४
खवरदारीले खुलेन चेत तिम्रो,
त्यसैले प्रतिक्षा गर अब यस्तो एक मृत्युको–
जहाँ तिमीलाई हुम्लाका तीखा ढुङ्गाका पूmलहरूको वर्षा हुनेछ,
जहाँ तिमीलाई करोडौं स्वाभिमानका भालाहरूको चुम्बन हुनेछ,
जहाँ तिमीलाई करोडौँ राष्ट्र प्रेमका खुकुरीहरूको सत्कार हुनेछ,
जहाँ तिमीलाई पैसै–पैसाले छेक्न नसक्ने ह्रिसक ब्वाँसाहरूबीच
एक हजार किलो तौलको घिनलाग्दो मृत्युको माला हुने छ ।
पराजुली चौपारी, कपन, काठमाडौँ ।