जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

जनमत जनमत
प्रकाशित २७ कार्तिक २०८२, बुधबार
विविध, साहित्य संक्षेप भित्र
0
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष, जनमत साहित्यिक मासिक का प्रधान सम्पादक तथा नेपाल साहित्यिक पत्रकार संघका केन्द्रीय अध्यक्ष वरिष्ठ साहित्यकार मोहन दुवालको अध्यक्षता एवम् जनमत साहित्य बाटिकाको आयोजनामा महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम आइ ओपनर्सको कार्यालय, चाकुपाट, ललितपुरमा भव्यतापूर्वक सम्पन्न भयो।

अध्यक्ष मोहन दुवालले ‘हामी निरीह प्राणीका हत्यारा हौँ’ शीर्षकको व्यङ्ग्यात्मक कविता वाचन गर्दै नेपाली भाषा र साहित्यलाई राज्यले अनुत्पादक ठान्ने प्रवृत्तिले साहित्यिक सर्जकहरूमा अन्याय भइरहेको बताउनुभयो। उहाँले निम्न-मध्यम वर्गका जनता, गरीब र दुःखीहरूमाथि भइरहेको अन्यायको चित्रण गर्दै देशमा बढ्दो भ्रष्टाचार र अराजकताले सीमा नाघेको उल्लेख गर्नुभयो। साथै, यस्तो अवस्थाले सिर्जनशील समाजमा मौन बस्नु अपराध सरह हुने विचार व्यक्त गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि, नेपाली कला साहित्य डटकम की अध्यक्ष तथा चर्चित कवि मोमिला जोशीलाई अध्यक्ष मोहन दुवालले सम्मान गर्नुभएको थियो। २०८१ सालमा आयोजित जनमतको ४१औँ वार्षिकोत्सवमा सम्मानित व्यक्तित्वका रूपमा घोषित मोमिलालाई सोही सम्मान समर्पण गर्न यो पुरक कार्यक्रम आयोजना गरिएको हो। सम्मान ग्रहण गर्दै कवि जोशीले साहित्यमा सामाजिक अनुमोदन प्राप्त गर्नु ठूलो गौरवको विषय भएको बताउँदै, स्रष्टा–द्रष्टा मोहन दुवाललाई “नेपालले अझै नचिनेको हिरा” को रूपमा व्याख्या गर्नुभयो। उहाँले ‘भीमसेनको सुसाइड नोट’ शीर्षकको कविता वाचन गर्नुभयो।

विशेष अतिथि तथा चर्चित साहित्यकार उषा शेरचनले समाजमा महिलाले भोग्नुपरेका पीडा र अन्यायविरुद्ध जागरणको शङ्खघोषसहित नयाँ चेतना र विद्रोहको खोजीलाई प्रस्तुत गर्ने कविता वाचन गर्नुभयो।

त्यसैगरी, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा नेपाल साहित्यिक पत्रकार संघका केन्द्रीय महासचिव चेतनाथ धमलाले गोष्ठीमा वाचन गरिएका १४ वटा कवितामाथि समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभयो। उहाँका अनुसार प्रस्तुत कविताहरूले देशको वर्तमान अवस्था, कुशासन, विकृति, विसङ्गति, अराजकता, अन्याय र हिंसाविरुद्धको सामूहिक प्रतिवादलाई प्रतिबिम्बित गरेका छन्। साथै, ‘आमा’ शीर्षकका कविताहरूले मातृत्व, स्नेह, र महिलामाथिको पारिवारिक तथा सामाजिक हिंसाको भावनात्मक चित्रण गरेको बताउँदै, अबका कवितालाई कृत्रिम बौद्धिकताको प्रभावबाट जोगाउन चुनौतीपूर्ण हुने टिप्पणी गर्नुभयो।

कार्यक्रममा जनमत साहित्य डटकम की सम्पादक तथा कवि सिर्जना दुवालले स्वागत मन्तव्यसहित ‘आत्मीय गठबन्धन’ शीर्षकको कविता वाचन गर्नुभयो।

महिला कविगोष्ठीमा प्रा.डा. सविना श्रेष्ठ, डा. सावित्री श्रेष्ठ, कमला कायस्थ, तारा केसी, पूर्णदेवी न्यौपाने, राधादेवी राजवंशी, सविता श्रेष्ठ ‘बेहोसी’, शारदा घिमिरे भैल, धनकुमारी न्यौपाने र मोतीशोभा श्रेष्ठले आ–आफ्ना कविता वाचन गर्नुभएको थियो।

कार्यक्रममा जनमत की सम्पादिका भारती श्रेष्ठ, पत्रकार भगवती तिमल्सिना लगायत साहित्य, पत्रकारिता र समाजसेवामा संलग्न व्यक्तिहरूको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रमको सञ्चालन मानवअधिकारकर्मी राजु सरकारले गर्नुभएको थियो।

नेपाली भाषा, साहित्य र संस्कृतिको उन्नतिका लागि निरन्तर कार्यरत जनमत वाङ्मय प्रतिष्ठानले ४२ वर्षदेखि विशिष्ट योगदान पुर्‍याउँदै आएको छ। स्रष्टा उत्पादनशालाका रूपमा पहिचान बनाइसकेको जनमतले देश–विदेशमा पनि सशक्त उपस्थिति कायम गरेको छ।


अघिल्लो पोष्ट

संस्कार पद्धतिसित जोडिएको गाईजात्रा

पछिल्लो पोस्ट

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव

२७ चैत्र २०८२, शुक्रबार
शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा
साहित्य संक्षेप

शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

५ चैत्र २०८२, बिहीबार
राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
पछिल्लो पोष्ट
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

२०९ औं भानुजयन्तीका अवसरमा भानुभक्तको स्मरण

२०९ औं भानुजयन्तीका अवसरमा भानुभक्तको स्मरण

९ बैशाख २०७९, शुक्रबार
पाटनको पुरातात्विक भैरव मास्क (हाथद्यो) न्यूयोर्कमा फेला

पाटनको पुरातात्विक भैरव मास्क (हाथद्यो) न्यूयोर्कमा फेला

९ बैशाख २०८०, शनिबार
अनेसास साँस्कृतिक समिति संयोजकमा महेश्वर पन्त

अनेसास साँस्कृतिक समिति संयोजकमा महेश्वर पन्त

९ बैशाख २०७९, शुक्रबार
‘लाहुरेको रेलिमाई’लाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार

‘लाहुरेको रेलिमाई’लाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार

१० बैशाख २०८१, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक