एक लाख २० हजार राशिको ‘स्वर्गीय अमर नेम्वाङ स्मृति पुरस्कार’ मंगलबार फिदिममा एक समारोहबीच काठमाडौं बसेर लेखनमा सक्रिय बिना थिङ र दार्जिलिङकी शारदा लिम्बुलाई प्रदान गरिएको हो । उक्त पुरस्कारबाट यसअघि प्रकाश थाम्सुहाङ, डाक्टर देवी क्षेत्री दुलाल, प्रेम ओझा र मुनाराज सेर्मा पुरस्कृत भइसकेका छन् । ट्रष्टले वर्सेनी २ जना लेखकलाई पुरस्कृत गर्दै आएको छ ।
पुरस्कार वितरण समारोहमा ट्रष्टले फाल्गुनन्द गउँपालिकास्थित सिद्वदेवी मावि कक्षा ९ मा अध्ययनरत मनिषा चेम्जोङलाई १० हजार रुपैयाँको छात्रवृत्ति तथा जिल्लाको फालेलुङ र कुम्मायक गउँपालिकाका ४ परिवार अग्नीपीडितलाई जनही १० हजार रुपैयाँका दरले राहत वितरण गरेको छ । ट्रष्टले फाल्गुनन्द, मिक्लाजुङ र फिदिमका एक सयभन्दा धेरै बाढीपीडितलाई राहत वितरण गर्ने कार्यक्रम रहेको अध्यक्ष मुनिन्द्र नेम्वाङले बताए।
अध्यक्ष नेम्वाङको २०७६ माघ २६ गते फाल्गुनन्द गाउँपालिकामा आयोजित कार्यक्रममा सम्बोधन गर्दागर्दै निधन भएको थियो । निधनपश्चात् नेम्वाङको स्मृतिमा उनको परिवारका सदस्य र फाल्गुनन्द गउँपालिकाले छुट्टाछुट्टै पुरस्कार कोष स्थापना गरेका हुन् ।