जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना सँस्मरण

जोतोडले उत्तरी नाका प्रवेश गर्न खोज्दा

अच्युतप्रसाद पौडेल चिन्तन अच्युतप्रसाद पौडेल चिन्तन
प्रकाशित १२ फाल्गुन २०७८, बिहीबार
सँस्मरण भित्र
0
जोतोडले उत्तरी नाका प्रवेश गर्न खोज्दा

२०७२ को भुईचालो उर्फ, यो मन रुन्छ धुरुधुरु । यो संस्मरण लेख्दा पनि पराकम्प ॐ कोठा हल्लदै छ, विषय धेरै टाढाको होइन । २०७५ माघ ९ र दोस्रो पल्ट फागुन १० को संस्मरण ।
माघ ८ मौसम धुलाम्मे थियो राजधानीमा । आफन्त मित्र ललितपुर चापागाउँ निवासी मुकुन्द आचार्यको फोन आयो । हजुर भोलि बिहानै सात बजे लगनखेलबाट नुवाकोट बट्टार विदुर जाने ! गल्छीको बाटो हुँदै ठीक सात बजे ललितपुर सातदोबाटोबाट एउटा ठूलो गाडी दुईवटा साना गाडी सजिएर जान्छौं हामी ! बेलुकी फर्कने गरी । ‘हस् फोन राखिदिएँ मैले’ ।
जसोतसो बट्टार जाने योजना तय भयो । बिहानैदेखि अचम्मको झरी मडारीएको बादल आकाशमा । चिसो धेरै ‘कुम्लो कुटुरो खासै थिएन तर बाक्लो कपडा, छाता ………! हिलाम्मे काठमाडौंको नयाँबानेश्वर बाटो हुँदै सातदोबाटोमा पुग्दा दुई घन्टाको परिश्रम, शरीर थाकिसकेछ, कोटेश्वरको जामले । अघि भनिए जस्तै ३ वटा गाडी लस्करै छुटे लगनखेलबाट चक्रपथको बाटो सरर……। खर्भरै चिनीयाँ कम्पनीले नेपाल सरकारलाई हस्तान्तरण गर्न लागेको बाटो । गाडीमा बस्ने एक मित्रले भने “यो नयाँ बाटो हो तर अन्तर्राट्रिय मापदण्ड अनुसार पैदल बाटो छैन है हेर्नुस्” अर्का मित्रले भने – बाटो आठ लेनको छ यो तर बाटो काट्ने जेब्रा क्रसिङ छैन है हेर्नुस् ।
अर्काले थपे ‘ट्राफिक बत्ती छैन है याद गर्नुस्’ ।

फेरि अगाडि तिखो र अर्काको आवाज आयो – झण्डै १० कि.मी. बाटोमा आकाशे पुल त तीनवटा मात्रै छ है ख्याल गर्नुस् ।
पछाडिएको सिटमा बस्नेले फेरी चिच्याउँदै भने – लिंकरोड छैन, अनि अपाङ्ग मैत्री छैन है ख्याल गर्नुस् ।
गाडी अगाडि बढ्दै छ, म टोलाउन थाले, हैन के भन्छन्, यिनीहरु चीन सरकारले बनाएको बाटो, पचास वर्ष अघिको तातोपानी, अरनिको राजमार्ग बिर्सेकि क्या हो ? बाटो बनाउन त चीन अनुभवी छ । ल्हासा तातोपानी यता–काठमाडौं–गल्छी बट्टार स्याफ्रावेसीको कुरा आइराखेको छ । उता चिनीयाँ रेलको कुरा अगाडि बढेको छ । कस्तो कुरा नबुझ्ने जस्तो गर्‍या होला – मनमनै सोच्दै थिएँ ।
अर्का मित्रले थपे – हो, कुरो ठीक हो । दुर्घटनाको शिकार बन्छ कोटेश्वर, कलंकी सडक धेरै अधुरो छ, यो हेर्दा बाहिर, चिल्लो देखेर के गर्नु ! खाली चोक पनि छैन । गाडी पार्किङ पनि ठाउँ छैन । जताततै समस्यै समस्या छ यहाँ त ।

गफै त हो सुन्दै अगाडि बढियो तर २ घण्टा भइसकेछ गाडी त थानकोट पुगेकै रहेनछ ।
बसमा खस्याकखुसुक कुरा चल्न थाल्यो – यही पाराले त बट्टारको बाह्र बजेको कार्यक्रम त कुन्नि है । मूल आयोजक मुकुन्दजीको चेहरा निन्याउरो देखिन थाल्यो ।
ठ्याक्कै दश बजेछ, थानकोटबाट गाडी बाहिरिदा घुम्ती मोडैमोड गाडी ओरालो लाग्दै गयो ठ्याक्कै पन्ध्र बीस कि.मी.को गति छैन गाडीको किनभने विपरित दिशाबाट आउनेहरुको लर्को लामै थियो । “सिमसिमे पानीमा ज्यानले बेमान गर्ला कि जिन्दगानीमा” एउटा पुरानो गीत सम्झना आइरहेको छ । किनभने यिनै ओरालीमा हिलोमैलोमा धेरै गाडीले भिरतिर म्वाई खाने गरेका विगतका तीता र लामा अनुभव जिउँदै थिए । ऊ आयो नौबिसे अघिल्तिर बसेकी एउटीले भनिन् । सँगै बसेका अर्का मित्रले भने सपनामा छौ कि क्या हो, धुनिवेसी अहिले आउँछ ?
साँच्चै धुनिवेसी आएको रहनेछ थानकोटबाट छुटेको एक घण्टापछि पनि । उर्फ बाह्र बजेछ घडीमा, बल्ल धुनिवेसी, खानिखोला काटिएछ । एउटा गाडीले भित्तोलाई मित लाएछ अनि दुवैतिरका गाडी दुई घण्टादेखि जाममा परेका रे धन्न हामी अगाडि बढ्ने भयौं । गाडीभित्रका सबैजना गलल हाँसे ।

दुइवटा अगाडि हाम्रो अलि अगाडि छ । गल्छीमा चिया खानुपर्ला है । होहल्ला सुरु भयो । एक बजिसक्यो पेटमा मुसा पनि कति दौडेका । दिदीबहिनीहरु भोकले लल्याक्लुुलुक् भइ सकेछन् गाडीमा ।
बाह्रबजे बट्टारको कार्यक्रम बल्लतल्ल एक बजे गल्छीमा ! नेपालको समय यस्तै हो । बानी नै लागिसक्या छ, केही हुन्न अर्का एक मित्रले हौस्याए । गल्छीमा हल्का चिया नास्ता गरेर हामी हुँइकियौ बट्टारतिर ? अहँ बाटोले साथ देला जस्तो छैन । गाडी त रत्यौलीमा नाचेजस्तो नाच्छ । अगाडिबाट आएकालाई ठाउँ पुग्दैन । घच्याक्क रोक्दै ठाउँ दिँदै हिलोमा नाच्दै रोकिँदै । मानौ कछुवाको गति दश मिनेटमा दश बीस मिटरभन्दा गाडी अगाडि नै बढ्दैन । गल्छीबाट छुटेको दुईघन्टा पुग्न लागेको छ वहाँ त्रिशुली विदुर त कहाँ छ कहाँ नाम निसानै छैन ।
गाडीमा गीत बजेको छैन । समय त जसोतसो कुराउनै पर्‍यो । एक जनाले विषय उठाएर भने – हिलो, मैलो, धुलो, धुवाँमा निसास्सिनु नेपालीको नियती हो क्या ! राजधानी त त्यो हालतमा छ, बाहिर राम्रो खोजेर हुन्छ ? अर्काले कुरो कोट्याए, भूकम्पपछि यो बाटोले काँचुली नै फेरेको छ । भारतले नाकाबन्दी गर्‍यो, अनि केरुङ्ग खुल्ला भयो । यता बाह्रबिसे तातोपानी बन्द छ । अनि सारा व्यापार यतैबाट भएको होइन र ! अर्कोले थपे – तातोपानी सडक पनि बन्दै छ क्या ! दसदस पटकसम्म त्यहाँ निरीक्षण, अनुगमन भैसक्या छ ! अन्तिम अनुगमन भौतिक पूर्वाधार यातायात मन्त्रीले गर्दैछन् । अब तीन महिना पर्खनोस् त ! बाह्रबिसे तातोपानी जोड्ने साँधीखोला, सुख्खा बन्दरगाह, लाचोमा रहेको बेलीवृज हुँदै सीमा नाका सबै बन्दै छ क्या ! भोटेकासीको बाढीले भूकम्प पहिले नै थचारेको थियो क्या सिन्धुपाल्चोकलाई ! मितेरी पुल बन्दै छ । चिनीयाहरुले यो बाटो चाँडो खुल्ने भनेका छन् । “तर के गर्नु बीचबीचमा पुलहरु जोखिममा छन्, भन्या मात्रै हो क्या, वर्षायाम यता त्यहाँको बाटो खुल्ला जस्तो लाग्दैन है मलाई त” – अर्का सिटमा बसेकाले जवाफ फर्काए ।
अर्काले सुरिलो स्वरमा आफ्नो कुरो राखे –“तातोपानी भन्सार नाका बन्द भएकै कारण हजारौं हजार नेपाली विदेशिए क्या ।” यो त जरुरी नि बनाइदिनै पर्छ नि । त्यस क्षेत्रका मानिसको रोजीरोटी नै गुमिसक्यो – फेरि थपे !

अर्काले थपे – हो जीवन कष्टकर छ, त्यहाँ ! सीमाको पूर्वाघार बलियो छैन क्या । मैले भनँे उताको भन्दा यतैको चर्चा गरौं न ! लौ त लौ यतैको गरौं ।
पछाडितिरबाट प्रवचन सुरु भयो । पासाङ ल्हामु सडक मर्मत सम्भार धेरै कम छ । ऊ बाहिर हेर्नोस् त – सडक छेउमा दर्जनौ डोजरहरु ! अर्काले थपे – होइन एक मेयर एक डोजर भन्ने अन्त सुनेको ! यहाँ त कति डोजर हुन् ।

कस्तो कुरा नबुझेको यो बाटो सुधार हुँदैछ अहिले ! रसुवाको स्याउवारीदेखि स्याफ्रुवेसीसम्म सडक अति जीर्ण छ, कालोपत्रे भत्किएको छ, खाल्डाखुल्डी त थाहा पाइहाल्नुभयो ! हामीले ल्याएका तीनवटा गाडीहरु नचिनिने भइसकेका छन् । पुरै हिलाम्मे । दुलाहा पर्नेले चढेको गाडी, सिंगारेको गाडी त हेरिसक्नु छैन । पुरै हिलोले ढपक्कै भइसकेको छ ।
बसभित्रबाट फेरि अर्को स्वर गुनगुनायो – गल्छी, त्रिशुली सडक खण्डको ढुङ्गेदेखि वेत्रावती सडक खण्डको दाँयाबाँया पर्ने जग्गाको मुआब्जामा कुरो मिलेको छैन रे ।
स्थानीयको भनाइ के छ रे भने गल्छी, त्रिशुली, मेलुङ, स्याफ्रुवेसी रसुवागढी सडकखण्ड ढुङ्गे बेत्रावती सडक प्रभावित सरोकार समिति बनेको छ रे क्या ! सडकमा परेका जग्गावालाले जग्गाको क्षेत्रफल अनुसार मूल्यांकन, पुर्नमूल्यांकन भएन रे मुआब्जा पाएनन् रे कति गहिरा कुरा छन् यहाँ ! हामीलाई भने आफ्नै हतारो ? लौ सुन्नोस, स्थानीयहरु विरोधमा उत्रने चेतावनी दिँदैछन् रे क्या ! कसलाई के धन्दा घरज्वाइँलाई खानाको धन्दा ! आज एकदिन के भो त यहाँको कुरो त सुन्नोस् ! बसमा गल्र्याङगुर्लुम्म आवाज ! एकातिर १२ बजेको कार्यक्रम ४ बजिसक्यो । बस भने हिलोमा फसिरहेको छ । बल्ल एउटा उकालोमा पुग्दा थाहा लाग्यो ? हाम्रा २ वटा गाडी नजाने भए ! अब उताका मान्छे पनि यही ठूलो गाडीमा जाने भए हाम्रो बस बट्टार जाने भयो अब ! – एउटाले भने ! सबैले “हुन्छ” हुन्छ भने ! तर ठूलो त जान्छ ? जान्छ, जान्छ, सबै हौसिए !

अगाडि उभिएरका एकमित्रले फेरि थपे – यो मुआब्जाको कुरो लामो छ क्या ! ०७४ चैत्र २३ गते सूचना प्रकाशित गरेर ढुङ्गे वेत्रावती सडकका दायाँबायाँ पर्ने जग्गाको मुआब्जाका लागि बोलाएको हो ! सूचना अनुसार यहाँ काम गर्न पनि दिएको हो । त्यहाँका शिव नेपाल यसै भन्छन् – बिना मुआब्जा नै काम गर्न दिएको हो क्या ! अहिले पो सडक खाल्डोमै बसेर विरोध गर्नुपरेको हो । स्थानीय प्रशासनले धरपकड गर्‍यो अनि के गर्ने ? स्थानीय जनप्रतिनिधिलाई पनि चार घण्टा नियन्त्रणमा लिइयो ! स्थानीयहरु मेसिनमाथि गएर सुतिदिए ।
फिल्डका कर्मचारीमाथि दुव्र्यवहार गरेको भनेर स्थानीय प्रशासनमा सुरक्षाको माग गरेका रे ! सडक आयोजना प्रमुख सुबोधकुमार देवकोटाको भनाई यस्तो छ रे ! जग्गाको दररेट निर्धारण उपसमितिले उचित मूल्य नदिएको रे नि त ! अर्काले फेरी कुरो कोट्याए ! उ अहिले सहमति भयो रे १ साताको ! १ सातामा समाधान नभए फेरी आन्दोलन गर्ने रे ।
अझ अगाडि बढ्दै गयो । बसमा भएका सबैले आफ्नो तर्क र अनुमान सुनाइसके ! एकजना अर्का वक्ता बाँकी रहेछन् । उनले थाले कुरो फुकाउन, भन्दै गए – २०७२ को भूकम्पपछि भारत नाकाबन्दीपछि गल्छी रसुवाले धेरै चर्चा पाएको हो । पासाङ ल्हामा सडकको अहिले स्तरोन्नती हुँदैछ । चीनबाट तेल ल्याउने कुरा, नाका खोल्न स्वयं मन्त्रीहरुकै दौडधुप, व्यापारीहरु त कति गए आए यहाँ ! सरकारले ठूलै योजना तय गरेको छ । बल्लतल्ल नाका सञ्चालनमा आयो तर सडकको हालत खराब छ देखिहाल्नुभयो । साँघुरो कच्ची सडक, आज पानी परेर हिलाम्मे । पानी नपर्दा धुलाम्मे –ऊ हेर्नुस् त बाहिर रुखहरु सेतै छन्, धुलोले । रुखका पात सबै धुलाले छोपिएका रहेछन् । साँच्चै बाहिर हेर्दा त प्रकृति अर्कै पो रहेछ ।
सडक पनि जीर्ण छ ! – उनी थप्दै गए । साँघुरो छ । अर्को गाडी आउँछ, साइड् दिन पुग्दैन । रोकिनुपर्छ । गाडी कन्टेनरहरु बाटैमा बिग्रन्छन् । स्याउ बोकेर आएका कन्टेनर ढल्केर स्याउ, सामान सडकमै पोखिन्छन् । वर्षामा मूलखर्क लगायत सबै सडकखण्ड हिलाम्मे हुन्छन् । अहिले हिउँदको हालत त देखि हाल्नुभयो ? दिनहुँ सडकमा गाडी फसिसकेका छन् । डोरीले तान्नुपर्छ । धेरै मानिसको बल प्रयोग गरेर फसेको गाडी उतार्नुपर्छ । घण्टौ समयको बर्बाद हुने गरेको छ । हलुका र खाली गाडी उकालोमा तानिदैंनन् अगाडि बढ्न सक्तैनन् । चालकको गुनासो कति छ, कति ! यात्रुको समस्या पनि कति हो कति !

यता स्याउवारी राम्चे ग्राङ, मूलखर्क, खोपाङ्गको भीर, सानो मार्फु जस्ता धेरै ठाउँमा पनि पैरोको ठूलै समस्या छ । सडकका हाकिम शाक्य बताउँछन् – सडक बोर्ड अन्तर्गत विनियोजन भएको रकमबाट सडक मर्मत हुने गरेको तर पुग्दैन यसले !

यस सडकबारे गाडीमा बहस त धेरै हुँदै थियो । तर घडीमा ५ बजेछ । हिलाम्मे हुँदै मान्छेको रुप रङ्ग कस्तो कस्तो कपडा त हेरिसक्नु नै थिएन । बाहिरभित्र ओहोरदोहोर गर्दा पुरै हिलाम्मे । जुत्ता त बहुरुपी गाइजात्रे भइसकेको थियो । बट्टार त्रिशुली पुगियो । कर तिर्नको लागि गाडी पार्क क्षेत्रमा घुमाउनुपर्ने बाध्यकारी व्यवस्था रहेछ । त्यहाँको नियम पूरा गरी गाडीलाई साइडमा राखी हामी कार्यक्रम स्थलमा पुग्यौं । साढे सत्तरी कि.मीको बाटोलाई झण्डै १० घण्टा अचम्म मानिएन ? हतारले कार्यक्रममा फर्कदाको हालत भयो होला आफै विचार गर्‍यौं । फेरि फागुन १० मा गल्छीसम्म जाने कार्यक्रम पनि तय भइसकेको थियो ।


Tags: अच्युतप्रसाद पौडेल चिन्तन
अघिल्लो पोष्ट

सिंहदरबार माने बाघदरबार

पछिल्लो पोस्ट

ध्रुब नारायण जोन्छेंद्वारा लिखित निबन्ध र कविता संग्रह लोकार्पण

अच्युतप्रसाद पौडेल चिन्तन

अच्युतप्रसाद पौडेल चिन्तन

सम्बन्धित पोष्टहरू

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 
सँस्मरण

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 

२० मंसिर २०८१, बिहीबार
नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ
सँस्मरण

नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ

११ आश्विन २०८१, शुक्रबार
‘वेदना’ सँगको साहित्यिक यात्रा
सँस्मरण

‘वेदना’ सँगको साहित्यिक यात्रा

२४ भाद्र २०८१, सोमबार
साँखु र कवि गिरिजा
सँस्मरण

साँखु र कवि गिरिजा

१० श्रावण २०८१, बिहीबार
पछिल्लो पोष्ट
ध्रुब नारायण जोन्छेंद्वारा लिखित निबन्ध र कविता संग्रह लोकार्पण

ध्रुब नारायण जोन्छेंद्वारा लिखित निबन्ध र कविता संग्रह लोकार्पण

केही मुक्तक

केही मुक्तक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

मोहन विक्रम सिंह :  जीवन–प्रसङ्गहरू

मोहन विक्रम सिंह : जीवन–प्रसङ्गहरू

२३ फाल्गुन २०७७, आईतवार
नितीमाथि परिचर्चा

नितीमाथि परिचर्चा

२३ फाल्गुन २०७८, सोमबार
अन्धकारभित्रको अन्धकार – ९

अन्धकारभित्रको अन्धकार – ९

२३ फाल्गुन २०७८, सोमबार
अनेसास बालसमितिमा डा. प्रकाश पौडेल

अनेसास बालसमितिमा डा. प्रकाश पौडेल

२३ फाल्गुन २०७८, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक