जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज व्यङ्ग्य

सिंहदरबार माने बाघदरबार

जमाना बिर्सनेहरुको छ, जमना भुल्नेहरुको छ तर हामी अनुमान लगाउन सक्छौँ कि आफ्नै बाबुको नाम नजान्नेहरुले पनि सिंहदरबारको नाम जानेका छन्

गायत्री लम्साल गायत्री लम्साल
प्रकाशित १० फाल्गुन २०७८, मंगलवार
व्यङ्ग्य भित्र
0
सिंहदरबार माने बाघदरबार

OLYMPUS DIGITAL CAMERA


सिंहदरबार माने बाघदरबार, नाम नसुन्ने कम नै हुनुहुन्छ होला पक्कै पनि । जमाना बिर्सनेहरुको छ, जमना भुल्नेहरुको छ तर हामी अनुमान लगाउन सक्छौँ कि आफ्नै बाबुको नाम नजान्नेहरुले पनि सिंहदरबारको नाम जानेका छन् ।  सिंहदरबारलाई जे–जस्तो भए तापनि दुईचार शब्द बोलेर धारेहातले हानेका छन् । नाम राख्ने पुरोहितले राम्रै राखेका हुन् यस सिंहदरबारको । धेरैले नाम राम्रो पाएर पनि काम गर्न सकेका हुँदैनन् भन्नुको मतलब “जुन गोरुको सिङ छैन, उसैको नाम तिखे” जस्तो हुन्छ । यस मानेमा पनि सिंहदरबारलाई राम्रै मान्नुपर्छ । नत्रभने भएभरका वनमा बस्ने सिंहहरुले गर्न नसक्ने काम पनि दाम र नाम पाए भने त यहाँ क्षणभरमा नै हुन्छ । 

हजुरहरुलाई पक्कै पनि थाहा छ, आजभोलि चिन्तन पोजेटिभ लिनुपर्छ, सोचाइ पोजेटिभ लिनुपर्छ, बाघदरबारभित्र हुने सिंहगोष्ठीहरुमा पनि यही कुरा बक्स हुनेगर्छ । नहोस् पनि कसरी ? जङ्गलका राजा कसलाई भन्न सकिन्छ भनेर प्रश्न ग¥यो भने एउटा पाँच बर्षे बच्चाले पनि उत्तर दिन्छ सजिलै सिंह भनेर । त्यसैगरी नेपालको सबैभन्दा उत्कृष्ट दरबार, सबैभन्दा ठूलो दरबार, सबैभन्दा बूढो दरबार, सबैभन्दा बलियो दरबार, सबैभन्दा हरियो दरबार, सबैभन्दा भरिलो दरबार, सबैभन्दा फलिलो दरबार, सबैभन्दा मलिलो दरबार कुन हो भनेर कहीँ कसैले प्रश्न बिछ्यायो भने हामीले मुटुमाथि हात राखेर भन्न सक्छौं कि सिंहदरबार । 

हजुरहरले भन्न सक्नुहुन्छ, समय परिवर्तनशील छ । समय प्रगतिशील छ । डाडाँपाखा खोस्रिएर मैदान बनिसके, त्यसैगरी मैदान चुलिएर डाँडा बनिसक्यो तर सिंहदरबारमा भने अनन्त कालदेखि उनन्तकालसम्म जस्ताको तस्तै छ । आजभोलि वन विनास भएर वनमा बस्ने सिंहहरुको संख्या घटिरहेको छ, सिंहका आहारहरुको संख्या घटिरहेको छ तर सिंहदरबारभित्र बस्ने सिंहहरुको संख्या घट्नुको सट्टा दिन प्रतिदिन बढिरहेको छ । सिंहदरबारभित्र रमाउने सिंहका आहारहरुको संख्या पनि हरेक वर्ष बढिरहेको छ । हामीहरूलाई पहिला पहिलाका लोककथा थाहा छ कि, वनका राजा सिंहले एकै ठाउँमा बसीबसी प्रत्येक दिन पालो बाँडिदिएर आफ्नो भोक मेट्थे रे । अनि सबै जनावरहरु सकिएर भोकै बस्न परे पनि सिंहले घाँस कहिल्यै खाँदैनथ्यो । यो उसको प्रमुख विशेषता भित्र नै पथ्र्याे । सिंह सिंह नै हो रे । उसलाई मार्न भनेर जतिजना सिकारीहरु आए पनि, ऊ डराउँदैनथ्यो, जसरी तसरी बाँचिहाल्थ्यो र पुनः अरुलाई आफ्नो सिकार बनाइहाल्थ्यो । 

पाठक महोदय, हजुरहरुलाई थाहा नै छ, वनमा बस्ने साँच्चीकै सिंहहरुको र बाघदरबारभित्र बस्ने मानव सिंहहरुको रुप, गुण, विशेषतामा खासै केही पनि भिन्नता छैन । जङ्गलमा विभिन्न थरिका बाघहरु भए झैं, सिंहदरबारभित्र पनि विभिन्न किसिमका मानव बाघहरु छन् । पाटे बाघ, खाते बाघ, सेतो बाघ, नेतो बाघ, सर्मचारी बाघ, मर्मचारी बाघ, चर्मचारी बाघ, देश चलाउने बाघ, देश जलाउने बाघ, शाकाहारी बाघ, मांसहारी बाघ, खन्चुवा बाघ, भन्चुवा बाघ, टाइ लाउने बाघ, खाइलाउने बाघ, जाइलाउने बाघ, दुब्लो बाघ, मोटो बाघ, अग्लो बाघ, होचो बाघ, हाँसेका बाघ, मातेका बाघ, फाटेका बाघ, चाटेका बाघ यी सबै  सिंहदरबारभित्र बस्ने पुरानै बाघहरु हुन् । हो साँच्ची यहाँ बस्ने बाघहरु सिकार गर्न खप्पिस छन् । दिनदिनै नयाँ नयाँ सिकार गर्न पल्केका छन्, त्यसैले त दिन गुणा र रात चौगुणा हलक्क मल्केका छन् । कम्ती बाठा छन् यिनीहरु ? सिकार गर्न नयाँ–नयाँ तरिका जानेका छन् । कसैलाई मायाको झटारो हान्छन्, कसैलाई वचनको बाण हान्छन्, कसैलाई जागिर दिन्छु भन्ने पासो थाप्छन्, कसैले देश चलाउने नयाँ संविधान लेख्छौ भन्छन्, कसैले हत्या हिंसा रोक्छौ भन्छन्, कसैले एकैछिनमा यो देशलाई स्वीजरल्याण्ड बनाउँछु भन्छन्, कसैले म र मेरो सरकारले गरेको सबै काम ठिक छ भन्छन्, कसैले म र मेरावालाहरुको मात्र रजाइँ हुनुपर्छ भन्छन् त कसैले म र मेरा टाउकाहरुको भन्दा अरुको केही चासो छैन भन्छन् । धन्य छन्, सिंहदरबारभित्र बस्ने सिंहहरु । 

हजुरहरलाई थाहा नै छ, यहाँभित्र बस्ने सिंहहरु अचम्मका छन्, उदेगका छन् । वनका बाघ त एकपटक सिकार गरेपछाडि दुई चार दिनसम्म आनन्दले बस्न सक्थे तर सिंहदरबारभित्रका सिंहहरु भने चौबीसै घण्टा खाँदा पनि अघाउँदै अघाउँदैनन् । जति बेला पनि मुख बाहिरहन्छन् । जहाँ जे पाइन्छ त्यो खाइरहन्छन् । वनका सिंहले मासु मात्र खान्छन् । सिंहदरबारभित्रका सिंहहरुले भने जे पनि खान्छन् । काचो मासु खान्छन्, पकाको मासु खान्छन्, आउने दूध खान्छन्, नआउने दूध खान्छन्, रुपैंया खान्छन्, डलर खान्छन्, भाट खान्छन्, रियाल खान्छन्, निर्धा मान्छेका रगत खान्छन्, पसिना खान्छन्, आँशु खान्छन्, जुस खान्छन्, भुस खान्छन्, घुस खान्छन् …….. पाउने र आउने जति सबै कुरा सर्लक्क खान्छन् । खाने कुरामा मात्र नम्बरी होइनन् सिंहदरबारभित्रका सिंहहरु, गर्ने काममा पनि निकै चतुर छन्, निकै आतुर छन् । जादुगरले गर्ने कामदेखि लिएर साधुगरले गर्ने काम सबै गर्छन् । एउटा निर्धोलाई निमोठ्ने तरिका, एउटा असहायलाई अठ्याउने तरिका, एउटी युवतीलाई फकाउने तरिका मात्र होइन साम, दाम, दण्ड, भेद सबै अवसर मिल्यो भने त एउटा सिङ्गो राष्ट्रलाई पनि किन्ने र बेच्ने काम पनि गर्न सक्छन् । यति मात्र कहाँ हो र हजुर, मान्छे अनुसारका नीति र बिग्रिएको थीति  बनाउन पनि यहाँका सिंहहरुलाई सायद कसैले भेट्न सक्दैनन् ।

भन्नुहुन्छ भने हजुरहरु हो,  सिंहदरबारभित्रका सिंहहरुलाई हामी सम्पूर्ण मानवरुपी रैथानेहरुले जसरी भए पनि किन्नैपर्छ, जसरी भए पनि  चिन्नैपर्छ, नत्रभने हाम्रो जीवनमरणको अस्तित्व छैन । मानवजीवनका प्रत्येक शिरा–शिरामा, प्रत्येक कणकणमा  सिंहदरबारभित्रका सिंहहरुको प्रत्यक्ष रुपमा निगरानी हुन्छ । उनीहरु बिना हामीहरुले काम पाउँदैनौ, दाम पाउँदैनौं, जाम पाउँदैनौं, राम पाउँदैनौ, चक्काजाम पाउँदैनाँै, हड्ताल पाउँदैनौ, पढ्ताल पाउँदैनाँै, जुलुस पाउँदैनौ, पानी पाउँदैनौं, नानी पाउँदैनौ, विकास पाउँदैनौ, निकास पाउँदैनौ ……… नढाँटीकन भन्नुपर्दा पाइने जति कुरा केही पनि पाउँदैनौँ । 

वनका बाघलाई जस्तो सजिलै जिस्काउन सक्दैनाँै हामीहरु,  सिंहदरबारभित्रका सिंहहरुलाई । निकै सुरक्षाका साथ बसेका हुन्छन् यिनीहरु । यिनीहरुलाई पानी, पहिरोको डर पनि छैन, हुरी बतास, आँधीको डर पनि छैन, त्यति मात्र कहाँ हो र हजुर ? वनका बाघहरुलाई वनमा भेट्न, देख्न नपाए पनि चिडियाघरमा गएर सजिलै दर्शन गर्न सक्छौं तर सिंहदरबारभित्रका सिंहहरुलाई देख्न, भेट्न निकै गा¥हो हुन्छ । पूर्वमेची देखि पश्चिम महाकालीसम्मका मानिसहरु निधारमा रातो टिका लगाएर, साइत जुराएर आउँछन् विचरा  सिंहदरबारभित्रका सिंहहरुको दर्शन बक्स गर्न तर जति साइत जुराएर आए पनि  सिंहदरबारभित्र पस्ने चार वटा गेटहरुमा  आएपछि झ्याप्प ब्रेक लाग्छ । गेटमा बस्ने सिंहका डमरुहरुको गर्जन सुनेपछाडि सातोपुत्लो उड्छ विचरा मनुवाहरुको अनि पुुर्पुरोमा हात समाउँदै फर्कन बाध्य हुन्छन् । ऋण खोजेको पैसा चिलिम, भेट्ने आशा चिलिम, ……. सजिलोसँग भन्दा आफ्ना सपना सबै चिलिमच्वाँट । 

पाठक महोदय, सिंहदरबारभित्रका सिंहहरुलाई यति धेरै बलिया बनाएको हामीहरुले नै हो, यति धेरै फलिया बनाएको हामीहरुले नै हो । उनीहरुलाई बलिया बनाउन हामी सिधासाधा उनीहरुको भरिया भयौं । उनीहरुको फरिया भयौं । जे जे भन्छन् उनीहरुले हामीहरुले त्यही, त्यही ग¥यौँ । जे जे माग्छन् उनीहरुले हामीहरुले त्यही–त्यही चिज दियौं । अझ सजिलोसँग नलुकाइकन भन्दा उनीहरुलाई बलिया बनाउनको लागि, उनीहरुलाई गतिलोसँग बचाउनको लागि, उनीहरु र उनीहरुका आफन्त सबैलाई हँसाउनको लागि हामीहरु पटक–पटक जिउँदै म¥यौं त कति साँच्चिकै सहिद बन्यौं । हामीहरु सबै  सिंहदरबारभित्र रहने सिंहका भक्त हौं, पूजारी हौं । हाम्रो अस्तित्व भनेको नै उनीहरुको भलो गर्नु हो । उनीहरुलाई नौवेद्य चढाउन हामीहरु प्रतिबद्द छौं, लामबद्द छौं । उनीहरुका लागि हामीले कतिले आफ्ना प्यारा सन्तानहरु भेटिदियौं, उनीहरुकै लागि कतिले आफ्नो अमूल्य भोट त दियौं–दियौं, फर्र्जी भोट पनि दियौं । मासिक तीन प्रतिशतका दरले ऋण खोजेको दाम पनि दियौं । के दिएनौ र हामीहरुले ? उनीहरुबाट के–के पाउने आशामा हामीहरुले सन्तान गुमायौं, सम्पत्ति गुमायौं, ………… जे–जे थियो, सबै गुमायौं । 

हजुरहरुलाई थाहा नै छ, हामी सिधासाधा मनुवाहरु धनका गरिब भए पनि मनका गरिब छैनौं । त्यसैले कन्जुस्याईं नगरौं सिंहदरबारका सिंहहरुलाई पूजा गर्न । “कर्म गर फलको आशा नगर” गीतामा यही भन्छ । अहिलेसम्म भएका सबै कुरा दिन हिच्किचाएनौँ भने अब पनि केही पिर लिनुछैन । जे–जे छ सबै तथास्तु भन्दा हुन्छ । हामीले अगाडि पनि बुझिसक्यौं, हाम्रो अस्तित्व भनेको नै उनीहरुको लागि हो, त्यसैले पूजा गर्नै परेपछि पूजा गर्ने बाटाहरु फेरौं, पूजा गर्ने भाटाहरु फेरौं,  अलि राम्रो आधुनिक तरिकाबाट पूजा गरौं । अनि बल्ल हामी मनुवाहरुको कर्म शुद्धि हुन्छ, जीवनको औचित्य पूरा हुन्छ । मात्र उनीहरुको लागि, मात्र बाघदरबारभित्रका सिंहहरुको लागि, सिंहदरबारभित्रका बाघहरुका लागि ।


अघिल्लो पोष्ट

विन्ध्या सुब्बाको हर्षिता कथा

पछिल्लो पोस्ट

जोतोडले उत्तरी नाका प्रवेश गर्न खोज्दा

गायत्री लम्साल

गायत्री लम्साल

सम्बन्धित पोष्टहरू

हास्यव्यङ्ग्यलाई जाँच्ने कसी के ?
निबन्ध

हास्यव्यङ्ग्यलाई जाँच्ने कसी के ?

२७ माघ २०७९, शुक्रबार
धनको सङ्ग्राम
व्यङ्ग्य

धनको सङ्ग्राम

१५ मंसिर २०७९, बिहीबार
छेउको बधशाला
व्यङ्ग्य

छेउको बधशाला

१ पुष २०७८, बिहीबार
माला फोविया
व्यङ्ग्य

माला फोविया

६ कार्तिक २०७८, शनिबार
पछिल्लो पोष्ट
जोतोडले उत्तरी नाका प्रवेश गर्न खोज्दा

जोतोडले उत्तरी नाका प्रवेश गर्न खोज्दा

ध्रुब नारायण जोन्छेंद्वारा लिखित निबन्ध र कविता संग्रह लोकार्पण

ध्रुब नारायण जोन्छेंद्वारा लिखित निबन्ध र कविता संग्रह लोकार्पण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

रामकुमार पाँडेलाई हृदयचन्द्र–वरिष्ठ जनमत साधक सम्मान २०७७

रामकुमार पाँडेलाई हृदयचन्द्र–वरिष्ठ जनमत साधक सम्मान २०७७

९ बैशाख २०८०, शनिबार
दुर्गादेवीलाई गोधूलि विशेष पुरस्कार–२०७९

दुर्गादेवीलाई गोधूलि विशेष पुरस्कार–२०७९

९ बैशाख २०८०, शनिबार
शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधन

शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधन

१० बैशाख २०८१, सोमबार
पारिजात दिदीसित बिताएका केही क्षण

पारिजात दिदीसित बिताएका केही क्षण

९ बैशाख २०७९, शुक्रबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक