गिद्धले मुक्ती पाएको छ
उसले सिनो पचाई दिन्छ
ठुलो फोहोरमा थुतुनो गाड्छ
दुर्गन्धले पेट भरिदिन्छ
गिद्धमा शान्ती र सन्तोष छ
सधै भरि सफलतामा रम्छ
सर्वगुण सम्पन्न थुतुनो
गन्हाउने सिनो उधिन्छ
त्यो गिद्ध प्रकृतिबाटै उत्पति हो कि ?
प्रभु परमेश्वरबाट बनाइएको हो ।
न विज्ञानले अनुसन्धान गरेको छ
न ज्ञानले गिद्धको बारेमा बोलेको छ
गिद्धलाई कसैले रिसराग गर्दैन
ऊ संग अरुको सत्रुता पनि हँुदैन
न मान सम्मान खोज्छ
न आफुलाई गर्भ गर्छ
गिद्धलाई बेज्जतको डर छैन
किन कि उसंग इज्जत नै हँुदैन ¤
न प्रभावमा पर्छ न आफुलाई पार्छ
अस्तित्व नभएको हुँदा बिरोध छैन
ब्रहमाण्डको वर्णन मान्छेले गर्छ
तर गिद्धको किन गरिदैन
गिद्ध र मानिसमा फरक छ
तर गिद्धको पनि रगत रातै हुन्छ