साहित्यकार ध्रुब नारायण जोन्छेंद्वारा लिखित ‘तृष्णामा अल्झिएको जीवन’ निबन्ध संग्रह र ‘जीवन एक यात्रा अनेक’ कविता संग्रहको लोकार्पण गरिएको छ। अक्षर मार्ग प्रकाशन पनौती र सिर्जना अभियान समाज भक्तपुरको संयुक्त आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा कार्यक्रमका प्रमुख अतिथि जगमान गुरुङले उक्त निबन्ध र कविता संग्रहको लोकार्पण गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङले दुबै कृति पठनीय भएको बताउनुभयो । एक प्रसंगमा उहाँले हाम्रो पहिचान भनेको संस्कृति भएको बताउनुभयो। त्यस्तै साहित्यकार ध्रुब मधिकर्मी, साहित्यकार सूर्यप्रसाद लाकोजूले पुस्तकका बारेमा आफ्नो विचार व्यक्त गर्दै पुस्तकहरू पठनीय रहेको बिचार ब्यक्त गर्नुभयो ।