हाइकु विधाको बारेमा थाहा पाउनुपूर्व ताङ्काको बारेमा जान्नु उपयुक्त हुने छ । भनिन्छ ताङ्का हाइकुको जननी हो । ताङ्काबाट हाइकुको जन्म भएको हो । तथापि नेपालमा ताङ्का लेखन त्यति नफस्टाएको परिप्रेक्ष्यमा हाइकुको बारेमा केही लेख्नु लेखकीय दायित्व हुन आउँछ ।
गद्य साहित्यको चरणबद्ध विकाससँगै पद्य साहित्यको पनि विकास हुनेक्रममा आठौं शताब्दी एउटा महत्वपूर्ण कालको रुपमा सावित भयो । परिणामतः सन् ७६० मा मानयोशु नामक पद्य ग्रन्थ प्रकाशन भयो जुन जापानी पद्यसाहित्यकै आदिरुप मानिन्छ । यस संग्रहमा जम्मा ४,५१६ वटा रचना संकलित छन् । जसमा पनि अधिकांश (९० प्रतिशत, अर्थात् ४०००) रचना त ताङ्का नैं थिए । यसका सम्पादक काकिनोमोतो हितोमारोले मानयोशुको प्रकाशनपछि भनेका थिए –‘मैले निप्पनमा भाषिक रुपमा व्यापक परिवर्तनको दुस्साहश गरें ।’ हुन पनि त्यस्तै भयो, जापान मानयोशुको प्रकाशनपछि नैं भाषिक श्रीबृद्धिको अभियानमा जुटेको थियो । जापानीहरु तांकालाई ‘ताङ्का वा सोंका दा’ अर्थात् ‘ताङ्का तिम्रोे आदरणीय कविता होे’, भन्छन् ।
हाइकुको रोमाञ्चकारी पहाडमाथि हाँस्यपरक कहानीमा रमाउँदा नीलो आकाशले हेमन्तको चिसो सिरेटोमा पञ्चेबाजाको रमझममा सिन्दुरे यात्रा गरिरहेको जस्तो देखिन्छ जहाँ सम्भावनाको पातलो झिल्लीले संस्कृतिको घुम्टो ओढेको दृष्टिभूत पनि उत्तिकै हुन्छ । यतिबेला हाइकुले आफ्ना खजाना पाखाभरि फिँजाएर पैयूँको पूmलसँगै बकैनाका पत्रपत्रमा तुषारोको पकवान्न बनाएर भोज गरिहेको मैले आभाष पाउँछु । चन्द्रले सूर्यसँग पौंठेजोरी खेल्ने जमाना, रातले आपूm जस्तोसुकै भए पनि दिनसँग ‘म राम्रो’ को नाममा पाखुरा खैंचने अपसकून मौसम । हाइकुले यतिबेला रमिता हेरेर बस्ने दुर्दान्तता ?? हो, यसको मर्म त्यही हो जहाँ समाजको करतूत लुकेर धमिराको काम गर्दै संस्कृतिकै खिल्ली उडाउन मग्न हुन्छ र हाइकु त्यसलाई देख्नासाथ जमीनमा साधू भ्यागुता खोज्दै हिडेको सर्पलाई देख्ने आकाशको गरुड जस्तै घोप्टिन पुग्छ । त्यसैले त यो जापानबाट नेपाल वाटिकामा फक्रिँदै गरेको पुष्पमञ्जरी हो ।
हाइकु के हो ? यो कसरी लेखिन्छ ? यसको भाषिक सिद्धान्त वा व्याकरणीय सीमा कति र कहाँसम्म तानिएको हुन्छ ? लेखकीय दायित्व यसमा कति हदसम्म नजिक रहन्छ ? आदि–आदिका अलावा वास्तविक हाइकुमा कस्ता गुणहरु शु–सोभित रहेका हुन्छन् भन्ने जस्ता सयौं जिज्ञासा पलाएर पनि मौलाउने वातावरण हो यो । यसको खास कारण के भने नेपालमा हाइकु यतिबेला जापानी भूमिको भर्भराउँदो साकुरा बनेर आएको छ । यसमा धेरै लेखकहरु लागी परेका छन् । कविहरु धेरै हाइकुको हाँक देखेर हो मा हो मिलाउँदै ‘म पहिला’ भन्ने होडमा हौसिएका छन् । यसो भएकोमा लाग्छ, साहित्य वाटिकाको वातावरण यतिबेला गरमागरम भएको छ । यसको गन्तव्य कहाँ ? भनेर प्रश्न गर्ने कोही निस्किहाल्यो भने उत्तर दिने पाउन हम्मेहम्मे पर्ने निश्चित प्रायः भने अवश्य छ ।
सिद्धान्तमा हाइकु प्रकृति बोल्छ, व्यवहारमा हाइकु मौसम खोतल्छ, अनि कला–कौशलमा यसले कालचिन्तन, जीवनदर्शन, जैविक विश्लेषणका साथ विम्बको सहारामा ऋतुजन्य धराको उपहार ओकल्छ । तुषारोमा यसले हिउँको अपेक्षा गर्छ भने बादलमा हाइकुले वर्षाको मुसलधारमा रमाउदै मौसमी पखेरासँग लुकामारी खेल्न औधी रुचाउँछ । अर्थात् हाइकुमा प्रकृति र मानव वीचको अकाट्य सम्बन्ध हुन्छ । प्राकृतिक बिम्बमा मानवीय उतारचढाव गाँसेर बनेको एउटा सशक्त काब्यमाला हो हाइकु । ५–७–५ अक्षर संरचनामा सत्र अक्षरको वर्णसंख्यात्मक हिसाबले त्रि–पदीय छोटो तर विश्लेषणको तीखो पटाक्षेपपूर्ण सम्भावनाको भण्डार हो हाइकु ।
जापानीहरु हाइकुलाई मिथकीय हिसाबमा हेर्ने र विश्लेषण गर्ने गर्छन । बौद्ध धार्मिक परम्परा यस साहित्य विधासँग अत्यन्त नजिककोे तादात्म्य राख्छ । जापानमा हाइकुको हिमाल पनि धर्म र मिथकको आधारबाट माथि उठ्दै आएको मान्यता ऐतिहासिक अध्ययनले प्रष्ट पार्छ । इतिहासको चौथो शताब्दीमा विकास भएको बहुदेववादी शैलीले एउटा छुट्टै विचारको सिर्जना गरेको थियो जापानमा । यसै नयाँ विचारले जीवनलाई व्यापकताको सट्टा समग्रतामा हेर्ने, भन्ने धारको उदय भयो । जसले विज्ञानलाई विश्लेषणमा र संस्कृतिलाई पारम्परिक अभियानमा विस्तार गरिनुपर्ने भन्दै ज्ञान सम्प्रेषण गर्न थाल्यो । उपजको रुपमा भाषा, लिपिको प्रयोग प्रथम प्राथमिकतामा पर्न गयो । पाँचौ शताब्दी जापानी साहित्यको विचारोत्तेजक काल हो भन्नु अत्युक्ति नहोला ।
यस अनुरुप ताङ्कामा दर्शाएको प्रेम एघारौं र बाह्रौं शताब्दीमा वैचारिक विश्लेषणबाट आध्यात्मिक चरणतर्फ मोडियो जसका कारण साहित्य चिनियाँ प्रभावबाट अघि बढिरहेका बखत जैनधार्मिक परम्पराको मार्गनिर्देशसँगै पाइला बढाउनुपर्ने वातावरणको कारकको रुपमा देखा प¥यो । चौधौं शताब्दीमा आएर ताङ्काकोे बारेमा अनेकन चर्चा परिचर्चा शुरु भए । कतिले ताङ्कामा भएको बाध्यात्मक नियमहरु हट्नुपर्ने तर्क राखे भने कतिले स्वतन्त्रताको वकालत गरे । यही विश्लेषकीय पद्धतिले समयान्तरालमा सत्रौं शताब्दीमा आएर तांकाबाट अर्को एउटा छुट्टै साहित्य विधाको जन्म भयो जसलाई होक्कु भनियो । सन् १८८० को दशकपछि जापानी कवि मासाओका शिकिद्वारा होक्कुलाई हाइकु नामाकरण गरियो । सत्रौं शताब्दीका चर्चित साहित्यकार माचुओ मुनेफोशा विश्वकै इतिहासमा पहिलो हाइकु लेख्ने व्यक्ति बने । उनैं माचुओ मुनेफोशा साहित्यिक नाम मात्सिओ बाशोका रुपमा विश्व चर्चित बन्न पुगे । उनले लेखेको पहिलो हाइकु यस्तो थियो ः–
फुरुइके या
काबाजु तोविकोमु
मिजुनो ओतो ।।
अर्थ ः
पुरानो कुवा
भ्यागुताको बुर्कुसी
पानीको स्वर ।।
(साभार ः ‘बी.के.पाल्पाली ः हाइकु साहित्य र सैद्धान्तिक अवधारणा–२०६०’ बाट ।)
विश्व साहित्यमा हाइकुको इतिहास लगभग साढे तीनसय वर्षमात्र छ । हाइकुमा बढी चातूर्यता हुन्छ । पहिले ताङ्कालाई रेङ्गा पनि भनिन्थ्यो । नेपालमा रेङ्गाको लेखन छैन नैं भन्दा पनि हुन्छ । ताङ्का भनेर ५–७–५ र ७–७ अक्षरीय पाँच हरफे कविता ताङ्का हो भन्ने मान्यताका आधारमा ताङ्का लेखे पनि वास्तविक ताङ्काको बारेमा अध्ययन गरेर लेख्ने लेखक पाउन गाह्रो छ । केही मात्रामा कवि क्षेत्रप्रताप अधिकारीका ताङ्काहरु जापानी साहित्य सिद्धान्तको नजिक पुगेको देखिन्छ । ताङ्काका बारेमा हाइकुजस्तो हो भनी यसकै शैलीमा तथानाम लेख्नेहरुको अहिले भीड लाग्ने गरेको भएपनि वास्तविक नेपाली ताङ्का पाउन सकिएको छैन ।
नेपाली साहित्यलाई खोतलेर हेर्ने हो भने हाइकुका बारेमा जान्न इतिहासको त्यति ठूलो ठेली पल्टाउनु पर्दैन । प्राप्त इतिहासका आधारमा सम्बत् २०१९ सालमा निबन्ध शिरोमणि शंकर लामिछानेले हाइकु लेखनको आरम्भ गरे जसले नेपाली साहित्यमा हाइकुकै शैलीमा करीब साढे तीन दशकसम्म आफ्नो रुप लुकाएर बस्यो । थोरै शब्दमा धेरैभन्दा धेरै सम्भावनाको सम्प्रेषणीय अर्थ उद्घाटन गर्ने यो काब्यशैली जैनपन्थीहरुको शाब्दिक मनोत्कर्षमा नेपाली मान्यताको हिसाबले शून्यताको अभावमा सम्भावना लुक्छ वा हराउँछ भन्ने तथ्य स्वीकार गर्छ । तत्कालीन साहित्यिक पत्रिका रुपरेखाको पूर्णाङ्क १६ भाद्र अङ्कमा प्रकाशित उक्त हाइकु यस्तो थियो ः
माकुरा जाल
झोल्लिएको ओसले
तन्किदै गयो ।।
सूर्योदय शीर्षकमा प्रकाशित यो हाइकुले नेपाली साहित्यमा हालका दिनमा निकै चर्चा पाएको परिप्रेक्ष्यमा हाइकुमा प्रकृति–सापेक्षता अनिवार्य छ भन्ने प्रष्ट्याउँछ । त्यसपछिका दिनहरु हाइकुको लागि प्रत्युत्पादक भए । कारण जापानबाट नेपाल आउने पहिलो नागरिक इकाइ कावागुचिले नेपाली अनुभवहरु जापानमा पु¥याए तर आफ्नो साहित्यिक विधाको नेपाली समाजमा पदार्पण गराएनन् न त जापान पुग्ने नेपालीहरु नैं सो कार्य गर्न सफल भए । संयोग भनौं वा नयाँ क्षेत्रप्रतिको जिज्ञासु मनोभाव, शंकर लामिछानेले ढिलै भएपनि हाइकुलाई नेपालमा भिœयाएर मनग्गे गुन लगाए । हाइकु ५–७–५ को संरचनात्मक नियममा रही प्रकृतिसापेक्ष रहेर लेख्ने गरिन्छ । शंकर लामिछानेपछि आरम्भ भएको यो विधामा त्यसपछिका लेखकहरु पनि त्यति देखा परेनन् । इतिहासकै महत्वपूर्ण र ऐतिहासिक हाइकुको रुपमा रहेको २०२२ सालमा मदन पुरस्कार प्राप्त पारिजातको उपन्यास शिरीषको पूmलमा कृतिको अग्र भागमा स्थापित सिङ्गो उपन्यासकै सारांश समट्ने गरी राखिएको एउटा हाइकु यस्तो छ ः
शिरीष पूmल
भ्रमर चुम्बनमैं
ओइली झर्छ ।।
यसरी एउटा लहर ल्याउने अभिप्रायले विभिन्न कालक्रममा लेखकहरु जुर्मुराएका भए पनि विधागत रुपमा हाइकुको विकास अपेक्षाकृत हुन सकेन । हाइकु लेखन नै नबाक्लिएको बेला कसैले यससम्बन्धी कृति प्रकाशन गर्ने जमर्को गर्नु त झनै कष्टकारी सावित भयो । यद्यपि कालक्रमलाई छुट्टाएर हेर्दा नेपालमा हाइकु लेखनको काल विभाजन यसरी गर्न सकिन्छ ः
क. प्रारम्भिक काल (२०१९–२०३०) ः यो समय हाइकु प्रकाशनको आरम्भसँगै २०१९ सालदेखि २०३० सम्मको समयको रुपमा मानिन्छ । कवि शंकर लामिछानेबाट शुभारम्भ गरिएको यस विधामा प्रारम्भिककालमा पारिजात, युद्धप्रसाद मिश्र, भूपि शेरचन, भवानी घिमिरे, रमेश खकुरेल, भवानी भिक्षुका अतिरिक्त अन्य कविहरु पनि प्रकाशन भन्दा बढी कोठेगोष्ठीमा वाचनमा संलग्न हुने गरेका पाइन्छ । वाचन भए पनि प्रायः कसैले पनि हाइकु प्रकाशनको जमर्को यस समयमा गरेनन् । बरु २०२७ सालमा शंकर लामिछानेले नै हाइकु सम्बन्धी लेख र केही जापानी हाइजीनहरुको हाइकु अनुवाद गरेर प्रकाशन गरेको इतिहास छ ।
ख. माध्यमिक काल (२०३१–२०४९) ः प्रारम्भिक कालमा भएको हाइकुको विकासक्रमलाई यस कालमा निरन्तरता दिनेमात्र नभई लिपिबद्ध गर्ने कार्य भएको छ । ईश्वरभल्लभ, रमेश खनाल, डा. अभि सुवेदी, क्षेत्रप्रताप अधिकारी, माधवलाल कर्माचार्य, मोहनहिमांशु थापा, चैतन्यकृष्ण उपाध्याय तथा कुमारबहादुर जोशी र नेपालभाषामा विमल ताम्राकारको योगदान उल्लेखनीय छ ।
ग. आधुनिक काल (२०५० देखि यता) ः नेपाली हाइकु साहित्यमा यो काल अत्यन्त उर्वर कालको रुपमा लिइन्छ । यो समय हाइकुको विकासमा चरमोत्कर्षको समय हो भन्दा पनि हुन्छ । सैद्धान्तिक रुपमा समेत यसबेला सकून अपसकुनहरु देखा परेका छन् । खासगरी सिद्धान्तका नाममा आधारभूत कुरासम्म ज्ञान नभएका कतिपय स्वघोषित अग्रजहरु अहिले मपाईंत्व छाँट्न लागी परेका देखिन्छ । यस कार्यको छनोट ९त्जभयचष्तष्अब िँष्तिभचष्शबतष्यल० पनि समयले आफै गर्दै लाने नै छ । हाइकुको खास अध्ययनमा लागेका यस समयका लेखकहरुमा क्षेत्रप्रताप अधिकारी, डा. अभि सुवेदी, वी.के. पाल्पाली, चेतनाथ धमला, प्रा.डा. रामकुमार पाँडे, पुस्कर लोहनी, रेणुका भट्टराई, दिव्य गिरी, सुरेन्द्र महर्जन, मनोज न्यौपाने आदि पर्दछन् ।
आधुनिक कालमा कृति प्रकाशन गर्ने अन्य कविहरुमा अन्जना पौडेल, शुकुम शर्मा, मधुसुदन गिरी, विष्णुबहादुर सिंह, शशी भण्डारी, रमेश प्रभात, प्रकाश पौडेल माइला, असफल गौतम, मित्रबन्धु पौडेल, इरान राई, कृष्णराज सर्वहारी, रेवतीरमण खनाल, धनराज गिरी, विमल देवकोटा, कपिलदेव खनाल, जयराम खनाल, चन्द्रकला शाह, श्रीधर राणा, पोष चापागाईं, कुमार खरेल, मायामितु न्यौपाने, मिश्र वैजयन्ती, सराजन अधिकारी, वि.पी. सेढाई, वासुदेव गुरागाईं, ललिता दोषी, जानुका बस्यालका अतिरिक्त नेपालभाषामा विमल ताम्राकार, तुयु पूं, कृष्णभक्त बोडे, दया वेचैन खड्गी, तवः आदिको सक्रियता देखा पर्दछ ।
यसरी आधुनिककालमा महिला तथा पुरुष हाइकु कविहरु अत्यन्तै सशक्त तरिकाबाट यस साहित्य लेखनमा लागेको पाइन्छ । पेरोल साहित्य प्रतिष्ठान नेपालद्वारा प्रकाशित हाइकु पत्रिका मुस्कानका अलावा अन्य हाइकुपत्रिका समेत प्रकाशनारम्भ भएको यस घडीमा हाइकुको विकास तीव्र गतिले हुँदै गएको छ । नेपालमा ताङ्का लेखन शुरुआत कहिले भयो भन्ने कुरा यकीन भएको छैन । तथापि पचासको दशकमा नै ताङ्का लेखिएको अनुमान गर्न सकिन्छ ।
ताङ्का फुटकर रुपमा धेरै लेखिएको भए पनि कृतिगत रुपमा त्यति देखिंदैन । अझ महिलाकृत ताङ्का भने शून्य प्रायः रहेको अवस्थामा महिलाकृत पहिलो कृतिका रुपमा ताङ्काकार रेणुका भट्टराईको कृति रेणुका भट्टराईका ताङ्काहरु शीर्षकमा आएको छ । हालसम्मको इतिहास हेर्दा महिला हाइकु कृति तथा ताङ्का कृति प्रकाशन गर्ने पहिलो महिला हाइजीन रेणुका भट्टराई बनेकी छन् । जापानी साहित्यको शुरुआत ‘कोजिकी’ तथा ‘निहोन शोकी’बाट भए पनि ताङ्का लेखनको आदिरुप सन् ७६० को मानयोशु लाई मानिन्छ । त्यसका सम्पादक काकिनोमोतो हितोमारोले जापानी साहित्यमा ताङ्काको स्थापिकरण गरेका थिए । ५–७–५ र ७–७ अक्षर गरी पाँच हरफमा ३१ अक्षर हुनेगरी ताङ्का लेख्ने गरिन्थ्यो ।
दरबाररिया मनोरञ्जनका लागि लेखिने यस विधा शुरुशुरुमा १०० हरफ सम्म लेख्ने गरेको पनि पाइन्छ । यसलाई जापानीहरु हाइकाई भन्ने गर्दथे । नेपालमा समस्या पूर्ति कविता लेखनशैलीजस्तै जापानमा पनि त्यतिबेला यस्तो पद्धति अपनाएको देखिन्छ । वास्तवमा ताङ्कालाई जापानीहरु कोचुनदीको शिरतिरबाट सुनौलो उज्यालो लिएर आइरहेको क्वान्नोन (बोधिसत्व) को प्रकटित रुप अनि भगवान्का महान सङ्कल्प र सुखावति भुवनबाट निस्केको पवित्र अनुकम्पा मान्दछन् । यसैको विकास हाल विश्वमा दु्रततर गतिमा बढ्दै गएको छ ।
यो नयाँ समयमा हाइकु भनेको के हो ? भन्ने प्रश्नमा घोत्लिने हो भने बग्दै गरेको खोलामा हाइकु छाल बनेर सलल सल्बलाएको हुन्छ । गुराँसे उपवनमा रमाइरहेको भेटिन्छ । हिमालमा हाइकु बुर्कुसी मारिरहेको भेटिन्छ भने तराई, पहाडमा धान, मकैसँगै लहलहाएको देखिन्छ । यसरी हेर्दा साँच्चै भनुँ हाइकु प्रकृतिको काखबाट उठेर आकाशमय खुल्ला शीतलतामा शारदी प्रभात बन्दै सौर्य विकीर्णताको पुनर्जन्म गराउँछ । यसरी हाइकुमा मन दौडाउनेका लागि यो समय अत्यन्तै सफलप्रायः देखिएको परिवेशमा हाइकुमा आएको सैद्धान्तिक विचलन भने कहिल्यै पनि क्षम्य हुन सक्दैन । कसैले हाइकुको ५–७–५ को नियमलाई बङ्ग्याएर ५–७–७ बनाउन खोजेको भेटिन्छ भने कसैले यसैको सिको गरेर स्वनाम दिग्गज देखाउन विना सिद्धान्त हाइकुको खेदो खन्ने नियतले ३–५–३ को अक्षर संरचना बनाउन दुस्साहस गरेको देखिन्छ । हाइकुको विशेष जानकारी विना नै यसरी विना सिद्धान्त चाहे जुनसुकै विधा बनेर आए पनि अन्ततः त्यसको अस्तित्व अन्त्यको विकल्प छैन ।
हाइकु लेख्ने लेखकहरुमा पनि हाइकुको वास्तविक सिद्धान्त भन्दा बाहिर गएर नयाँपन दिने चाहनामा अनेक प्रयोग गर्नु तर हाइकु हो कि होइन भन्नेसम्म पनि चिन्न नसक्नु अर्को विडम्बना छ । हाइकुकै अक्षर संरचनामा लेख्नासाथै सबै हाइकु नै हुन्छन् भन्ने पनि होइन । त्यसमा निश्चित प्राकृतिक विम्ब चेतको प्रयोग हुन सकेन र व्यङ्ग्यचेत मात्र राखियो तर ५–७–५ को नियम लागू गरियो भने सो रचना हाइकु हुन सक्दैन । यसकै अर्को विधा ‘सेन्¥यू’ बन्न पुग्छ । यसैले हाइकुको यौटा निश्चित सिद्धान्त विकास भएको छ जो विश्वव्यापी छ, त्यसलाई हामी चाहेर पनि परिवर्तन गर्न सकिँदैन । बरु त्यसलाई नेपालीपन दिन सकिन्छ । हालका केही दिनमा हाइकुमा अनुप्रास मिलाएर लेख्ने जुन थालनी भएको छ त्यसलाई सराहनीय मान्न सकिन्छ । भएकै सिद्धान्तको राम्ररी प्रयोग गर्न नसक्नु तर नयाँ आयाम र नविनता दिने नाममा स्थापित विधालाई उधार्ने कार्य गर्नु आपैmमा कति विद्वता होला सोचनीय विषय छ । हाइकु जो जापानी जैन प्रभावबाट विकास भएको हो र नेपालमा यसले आफ्नो पहिचान पनि सोही अनुरुप नैं दिदै आएको छ ।
हाइकुमा अक्षर गणना कसरी गर्ने ?
जापानीहरु हाइकुलाई हिरागाना वा काटागाना भन्दा पनि खाञ्जी लिपिमा बढी लेख्न रुचाउँछन् । यसको अर्थ हाइकु लेखन वर्णात्मक भन्दा पनि चित्रात्मक संकेतबाट जापानमा बढी लेखिएको पाइन्छ । नेपालको सन्दर्भमा भन्ने हो भने नेपाली लिपिगत रुपमा वर्ण अनुसार देवनागरी लिपिमा लेखिन्छ । नेपालका भाषामध्ये नेपालभाषामा लेख्न सक्ने हो र बुझ्न सकिने बनाउने हो भने नेपाली भाषामा भन्दा नेपाल भाषामा हाइकु भाव बढी प्रकटित हुनसक्छ । यद्यपि वर्ण अनुसार संस्कृत भाषाबाट आएको देवनागरी लिपिको नेपाली भाषामा पनि हाइकु लेख्न सकिन्छ । यसरी लेख्दा ः
क्÷क् गणना हुँदैन ।
क गणना हुन्छ ।
यसको अर्थ नेपाली भाषा अनुसार हाइकु लेख्दा आधा अक्षर वा खुट्टा काटिएका अक्षर गणना हुँदैन भने सिङ्गो अक्षर मात्र गणना हुन्छ । यो नेपाली भाषा व्याकरणको मानक सिद्धान्त अनुसार अगाडि बढेको छ ।
हाइकुमा नेपाली भाषाको ध्वनीविज्ञानको सिद्धान्त लागू हुन्छ ?
लेखकले यो बुभ्mनुपर्छ कि नेपाली भाषाको मानक सिद्धान्त भनेको कथ्य नभई लेख्य सिद्धान्त हो । नेपाली भाषामा कैयन शब्द यस्ता छन् जो लेख्दा पूरा अक्षर लेखिन्छ तर बोल्दा आधा बोलिन्छ । हाइकुमा यसरी आधा (हलन्त) बोलिने तर सिङ्गो (अजन्त) लेखिने अक्षरलाई सिङ्गो (एक) अक्षरको रुपमा लिइन्छ । जस्तै ः
लेख्य भाषा कथ्य भाषा
छमछम छम्छम्
राम राम्
गोपाल गोपाल्
कसले कस्ले आदि ।
यसरी हेर्दा बोलीको भाषा र लेखनको भाषा केही फरक हुनाले पनि मानक भाषाको रुपमा विकास भएको लेख्य भाषालाई नै हाइकुमा मान्यता हुनेहुँदा उच्चारणको हिसाबले हैन कि लेखनको व्याकरणीय मान्यतामा ५–७–५ सिद्धान्त मिल्नेगरी हाइकु लेखिनुपर्दछ ।
कथित विज्ञहरुबाट नै किन हु“दैछ हाइकु विधामा आक्रमण ?
नेपालमा हाइकुका स्व–घोषित पण्डितहरु पाउन गाह्रो छैन । कथित ‘डा.’हरुका कारण पनि हाइकुको बाटो ग्राभेल गरेको उखडखावडजस्तै बन्दै गएको छ । हालका दिनमा नेपाली हाइकु लेखनमा गुणात्मकताभन्दा पनि संख्यात्मक प्रतिस्पर्धा बढी चुलिएको देखिन्छ । यसले हाइकुको संख्या त बढाउला तर वास्तविक हाइकु पाउन भने निकै गाह्रो हुँदै गएको स्पष्ट देखिन्छ । अर्कातिर व्यक्तिपिच्छेका सिद्धान्तले पनि हाइकुलाई अन्योलको भूमरीमा धकेलिदिएको छ । यसो हुनु नितान्त विधामाथिको जबरजस्त आक्रमण हो ।
हालका दिनमा विद्वान् भनिएका ‘डा.’ उपाधि लिनेहरुबाटै पनि हाइकु विधामाथि तथानाम आक्रमण हुनुले यसको चीरहरण भएको अनुभूत गर्न सकिन्छ । अर्थ व्यवस्थापन (कमर्श) मा पी.एच्.डी. गरेको व्यक्तिले भाषा व्याकरणमा विज्ञता देखाउनु कति सान्दर्भिक हुन्छ होला ? अथवा छन्द साहित्यमा उपाधि हासिल गरेको व्यक्तिले म सबै विधामा विज्ञ हुँ भन्ने अहम् उमा¥यो भने पक्कै पनि विधामाथि बज्रपात नभएर के हुने ? यसैले पनि विधागत योग्यता हासिल गरेर मात्र सम्बन्धित विषयको आलोचना वा समालोचना गर्नु सान्दर्भिक होला । आशा गरौं आउने पिंँढी अग्रजको मार्गमा हिँड्न आफैमा दिग्भ्रमित हुनु नपरोस् ।
हाइकु लेखौं, हाइकुका बारेमा लेखौं र हाइकुको वास्तविक सिद्धान्त बुझेर लेखौं । यही समयको माग हो । शार्दूलबिक्रीडित छन्दको सूत्रगणलाई जसरी शिखरिणी छन्दमा मिलाउन सकिँदैन उसैगरी हाइकुको सिद्धान्त सूत्र नविनताका नाममा अन्य विधामा मिलाउन पनि सम्भव छैन । यसैले सही सिद्धान्तको मार्गमा जाने प्रयास गरौं । हाइकुलाई अक्षर गणनामा मात्र हैन किगोको प्रयोग र बिम्वविधानको कसीमा दाँजेर अगाडि बढाउन सिकौं र प्रयत्न गरौं । हाइकुको भविष्य नेपालमा उज्ज्वल छ । जापानमा चार ऋतु मात्र गणना गरिन्छ तर नेपालमा छ ऋतु हुनु पनि हाइकुको लागि जापानभन्दा नेपाल शोभनीय हुनसक्छ कि भन्ने यौटा पाटोको ज्ञान हुनु अनिवार्य छ । फेरि हाइकु स्वयंममा बुद्ध दर्शनबाट प्रेरित÷प्रभावित भएकाले पनि नेपाली भूमिका लागि बुद्ध र हाइकुको तादात्म्य मिलाउन कुनै गाह्रो हुँदैन । नयाँ विधा ल्याउने नाममा हाइकुको सिद्धान्त चोरी हुनु पनि आजको नेपाली हाइकु लेखनमाथि थोपरिएको विडम्बना हो ।
जापानीहरु ताङ्काबाट नै हाइकु विकास भएको स्वीकार गर्छन् । तर आधुनिकता र नयाँ विधा ल्याउने नाममा उनीहरुले सिद्धान्त चोरी गरेनन् बरु ताङ्काको विकसित रुपको आधार हाइकुलाई माने । यसरी हेर्दा नेपालमा हालका दिनमा हाइकुको सिद्धान्त राख्ने तर नयाँ नयाँ नाम दिएर हाइकुको वास्तविक ज्ञानको शिरोच्छेदन गर्न खोजिएको छ । चाहे छेक्काका नाममा होस्, चाहे अनुप्रास मिलाउने नाममा होस् या त बाछिटा वा सुसेलीको नाममा नै किन नहोस् कुनै पनि विधाको सिद्धान्त हाइकुको भन्दा भिन्न पाइँदैन । त्यसैले पनि विधागत मानक सिद्धान्त नभई सस्तो लोकप्रियताले भोलिका दिनमा समग्र साहित्य र यसका लेखकहरुलाई नै असर पर्न जाने कुरा नकार्न सकिँदैन । हो, नयाँ विधा ल्याउँ तर मानक सिद्धान्त आप्mनै बनाउने कोसिस गरौं । त्यसो भयो भने मात्र नेपाली भाषा तथा साहित्य भण्डार भरिलो, खँदिलो र रसिलो बन्दै जानेछ । अन्यथा लेखनमा पनि अराजकतावादको प्रादूर्भाव भएर जानेछ जसले भोलिको पिँढीलाई भाषा, साहित्यमाथि जागरुकताभन्दा वितृष्णा बढी जगाउनेछ । यसैले नेपाली हाइकुप्रेमी सबैले हाइकु लेखनमा संख्यात्मक अभियानभन्दा पनि हाइकुप्रतिको गुणात्मक अभियानतर्पm ध्यान केन्द्रित गर्नु आवश्यक छ ।