जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य रिपोर्ट

साइनो कविता : सिद्धान्त र सिर्जनपरम्परा

डा. छायादत्त न्यौपाने ‘बगर’ डा. छायादत्त न्यौपाने ‘बगर’
प्रकाशित ६ असार २०८१, बुधबार
साहित्य रिपोर्ट भित्र
0
साइनो कविता : सिद्धान्त र सिर्जनपरम्परा

लेखसार :

नेपाली साहित्यमा प्रचलित लघुकविताहरुमध्ये साइनोको बेग्लै परिचय छ । सामाजिक सञ्जालबाट २४ अक्षरी ३ पङ्क्तिको संरचना साइनो कविता सार्वजनिक भएको हो । यसपछि सर्जक र पाठकहरु जोडिएर छोटो समयमा विश्वव्यापी बनाएका छन् । यस लेखमा यही नेपाली मनमाटोमा उत्पादन भएको साइनो कविताको सङ्क्षिप्त सैद्धान्तिक विमर्श गरिएको छ । साइनो कविताको आरम्भसँगै यसको विकासक्रमको सूत्रात्मक प्रस्तुति पनि दिइएको छ । यो लेख मूलतः नेपाली मन–माटोबाट सुरु भएको साहित्यको नवीनतम शैलीशिल्पमा आएको साइनो कवितासँग सम्बन्धित छ । यसमा साइनो सिर्जना आरम्भ, संरचनागत स्वरुप, सर्जकहरुको सहभागिता, सैद्धान्तिक विमर्श, ५ वर्षे अवधिमा गरिएका व्यक्ति तथा संस्थागत सिर्जनात्मक गतिविधि समेत नयाँ शैलीमा संरचित कविताको परिचय दिइएको छ । नेपाली वाङ्मय क्षेत्रमा स्थापित तथा नवप्रतिभाका साइनो सम्बन्धी धारणालाई परिभाषाका रुपमा उल्लेख गरिएको छ । अहिलेसम्म देशदेशावरबाट साइनोको विकासमा भए÷गरिएका कार्यविवरणको सूचना पनि नछुटाउने प्रयत्न भएको छ । यसलाई साइनो कविताको उत्पत्ति, सिद्धान्त, परिभाषा, गतिविधि र प्रवृत्ति समेतको अध्ययनमा सीमित गरिएको छ । साइनो कविता नेपाली, नेपालभाषा, थारु, संस्कृत, हिन्दी, अङ्ग्रेजी, मलेसियन भाषाहरुमा रचिएर विश्वव्यापी बन्दै गरेको सन्दर्भ पनि जोडिएको छ । साइनो कविताका ३ पङ्क्तिमा प्रयुक्त शब्दका अक्षर, अक्षरीकरण र यिनको सांस्कृतिक तात्पर्य पनि प्रस्ट्याइएको छ ।

विषयपरिचय :

बहुभाषा संस्कृतिले युक्त नेपाली समाज वाङ्मयी सम्पदाका दृष्टिले सम्पन्न छ । यही वाङमयी सम्पदा साइनो कविताले छोटो समयमा ऐतिहासिक मूल्य प्राप्त गरेको छ । नेपाली भाषामा रचिएको आख्यान विश्वसाहित्य समकक्षी बन्दै अन्तर्राष्ट्रिय विश्वविद्यालयका पाठ्यक्रमहरुमा दर्ज हुनु गौरवशाली इतिहास निर्माणको प्रमाण हो । सङ्ख्यासँगै गुणात्मक प्राप्तिले समग्र नेपाली वाङ्मय सम्पन्न बन्दैछ । सभ्यताको आरम्भदेखि सन्तुलित प्रकृतिमा जीवनशैली स्थापित गर्ने विषय वाङ्मयले समाजलाई गति दिँदै आएको छ । यसले जीवनजगत्का समग्र पक्षहरुसँग जोडिएर नवीन जिज्ञासा जगाई प्रगतिका ढोका उघार्दै भौतिक सुखकस्–सुविधा आर्जनमा अभिप्रेरित गरेको छ । समाज सञ्चालनका विविध गतिविधिसँग छोइएर सिर्जना हुने हुँदा यसलाई समाज प्रतिबिम्बित गर्ने भाषिक अभिव्यक्तिका रुपमा लिन सकिन्छ । ‘पछिल्लो समय साहित्यका मूल (कविता, आख्यान, नाटक र निबन्ध) विधामध्ये कविताको उपविधाका रुपमा सामाजिक सञ्जालबाट आरम्भ भई निरन्तर लेखिँदै आएको ‘साइनो’ कविताको नवीनतम शैली सिर्जनात्मक प्रयोगका रुपमा चिनिँदै आएको छ’ । नेपाली मन–माटाबाट सुरु भएको सिङ्गै साहित्यको कान्छो प्रस्तुति साइनो कविता सामाजिक जीवनका कथा–व्यथा, बेथिति–विसङ्गति आदि टिपेर विज्ञानसम्मत चिन्तनसहित व्यवहार अनुकूल व्यञ्जनात्मक अभिव्यक्ति दिन सक्षम विधाका रुपमा चिनिएको छ ।

साइनो नेपाली भाषाको ठेट शब्द साइनुको प्रचलित रुप हो । ‘गण्डकी प्रदेशका महिला–महिलाले लाउने मित बुझाउन ‘सैना’ शब्द प्रयोग गरिन्छ’ । यही ‘सैना साइनु, साहिनु र साइनु साइनोमा परिवर्तन हुँदै आएको हो ।’ यसले मानवीय नाता सम्बन्ध भन्ने अर्थबोध गराउने परम्परासँगै विगत केही समयदेखि सिर्जनात्मक लेखन साहित्यको प्रिय विधा साइनोलाई चिनाउँछ । प्राचीनकालदेखि सन्तुलित सौन्दर्य भर्दै प्रकृतिजन्य जीवनशैली स्थापित गर्ने महत्त्वपूर्ण अभिव्यक्ति कविताकै अवयव बनेर साइनो आएको हो । यसले प्राचीन सभ्यता पुस्तान्तरण गर्दै समाजलाई गति दिने छरितो सूत्र कविताका रुपमा ठाउँ लिएको छ । मानव जीवनका समग्र पक्ष समेट्दै नवीन जिज्ञासा अनुकूल प्रगतिका ढोका उघार्दै भौतिक सुख–सुविधा आर्जनमा अभिप्रेरित गर्ने विषय वाङ्मयी अङ्ग बनेकाले साइनोको लोकप्रियता बढ्दो छ । सृष्टि सौन्दर्य अभिव्यक्त गर्ने विषय वाङ्मयले प्राणीजगत्का समस्त अङ्गको चित्रण गर्छ । ‘नेपाली जीवनले उपयोग गरिआएको सत्यलाई केन्द्रमा राखेर साइनो शब्दको अर्थ सैद्धान्तिक चेतनाका साथ खोजी गरिएको हुनाले व्यक्तिको सम्मति मात्र होइन, सामाजिक स्वीकृतिको परिचायक पनि हो ।’ यसले सामाजिक गतिविधिका तथ्यहरु औंल्याई जीवन्तता दिन्छ । यसरी नै समाजको प्रतिबिम्ब बनेर साइनो पनि लोकप्रिय हुँदै आएको छ ।

सैद्धान्तिक आधार :

स्रष्टा सिर्जनाको विशाल मैदानबाट अनुभूतिका थुँगा बटुलेर कल्पनासँग सोपान चढिरहन्छ । ऊ स्वभावैले नवीनतातर्पm उन्मुख भइरहन्छ, नयाँ प्रस्तुतिले जीवनमा उत्साह भर्ने कुरामा विश्वास गर्छ । आफ्नै परिवेशमा नयाँ विषय र शैलीको खोजी गरिरहने सर्जक प्रवृत्तिले सिर्जनालाई पाठकप्रिय बनाउँछ । सामाजिक सांस्कृतिक सहिष्णुताका लागि उर्जा थप्छ । निरन्तर सक्रिय रहेर विशाल भूगोलमा फरक शिल्पशैलीले आफ्नो उपस्थितिलाई नवीन अनि विशेष बनाउँछ । सर्जकेच्छामा साहित्यिक सिर्जनाले जीवनजगत्का यावत् पक्ष समेट्ने हुँदा अझ बढी व्यापकता लिएको हुन्छ । परिणाम स्वरुप नेपाली भाषाको नवीनतम प्रयोग साइनो कविताले बिम्ब र प्रतीकको बलले अल्पायुमै धेरै स्रष्टा, पाठक र भूगोल प्राप्त गरिसकेको छ । साइनो नेपाली जनजिब्रोले बोल्ने शब्द हो । यो झर्रो नेपाली शब्दले नाता जनाउँछ । नाता जनाउनु निश्चय नै कम ओज होइन । यो त परिवार र परिवार–परिवारबिचको सम्बन्ध हो । वाङ्मयमा यसको प्रयोग शब्द र अर्थ, साहित्य र जीवनसित बर्ता नजिकिएको छ । साइनो साहित्यको एउटा स्वरुप कविता हो । यसलाई साहित्यको नयाँ आयाम मान्नु उपयुक्त हुन्छ । यसले नेपाली मन–माटाको सुगन्ध बोकेको छ ।

नेपाली बृहत् शब्दकोश अनुसार ‘साइनु’ साइनो नेपाली भाषाको मौलिक शब्द भनेर अथ्र्याएको छ । यसलाई झर्रो वा ठेट नेपाली शब्द मानिन्छ । यसको अर्थ आत्मीय सम्बन्ध हो, सहजै अर्थिन्छ भन्ने पर्न सक्छ तपाईं हामी धेरैलाई तर अर्थिने वा अथ्र्याउने कुरा दृष्टिचेतना र सन्दर्भले बोक्ने गाम्भीर्यमा अन्तर्निहित रहन्छ हाम्रा पूर्वजले जति बुझ्यो उति कठिन, झन् झन् बुझ्यो झन् कठिन, सस्तो बोलेका होइनन् । साइनोको सम्बन्ध खोज्दै जाँदा माटो–पानी, धर्ती–आकाश, माछा–पानी, काँढा–पूmल, ज्ञान–विज्ञान, जीवन–जगत्, विज्ञान–प्रविधि, संस्कार–संस्कृति, सामाजिक–समता जस्ता सम्बन्धहरुको अक्षुण्ण माला गाँसिएर डोरिँदा हावा–पानीले जोडेको सम्बन्धै–सम्बन्धको जञ्जालमा पुगिन्छ । ‘प्रकृति, भूगोल र सृष्टि सौन्दर्यसँगको घनिष्ठ सम्बन्ध–सूत्रले तानेर साइनो लाइदिएको छ प्राणीहरुबीच । यसरी सतहमै पुगेर जोेडिएको माटो–पानीको सम्बन्ध बलियो गरी जोल्टिएको छ । यो देश र जनताको सम्बन्ध, मानव र संवेदनाको सम्बन्ध कसैले प्रयास गर्दैमा छुट्टिन्छ र ? यसर्थ सम्बन्धका जराले सिङ्गै ब्रह्माण्डको गहिराइ र जीवनको अर्थ नभेटी साइनोको अन्तर्य छामिँदैन ! साइनो सिर्जनाले अर्थगत गहिराइमा पुगेको अन्तर्यलाई इङ्गित गरेको हुन्छ ।
हाम्रो सिर्जना सूत्र
मन–माटाको सम्बन्ध
जन–जीवनको सुगन्ध ।
साहित्यमा पहिलादेखि परिचित र प्रचलित मुख्य विधाहरुसँगै साइनोले स्रष्टा र पाठकहरुमा थप आकर्षण दिएको छ । यसको कारण साइनोको स्वरुप र संरचनाले पछ्याएको नवीन शैली, विषय विश्लेषण, बौद्धिक प्रस्तुतिमा पाइने तार्किक निष्कर्ष हो । अर्थ गाम्भीर्य यसको मूल पहिचान हो । यसबाट पाठकले क्षणभरमै साहित्यिक रसास्वाद लिन पाउँछन् । साइनोको शाब्दिक अर्थजस्तै स्वतन्त्र अस्तित्वबीचको अन्तर्सम्बन्ध हो । यस सिर्जनात्मक साइनोका प्रत्येक शब्दगुच्छाको स्वतन्त्र अर्थपछि तीनवटैको समुच्च अर्थ लाग्छ र यसको साख सुरक्षित हुन्छ । यी तीन शब्दगुच्छा एकअर्कामा आश्रित नभई स्वतन्त्र अर्थवाहक हुन्छन् । यी साइनोका आधारभूत मानक हुन् । संरचनामा विषय प्रस्तुतिले मागेअनुसार अनुकूल स्थान हेरी उपयुक्त लेख्यचिन्ह प्रयोग गरिन्छ ।

संरचनागत विमर्श :

भाषा साहित्य सृष्टि सौन्दर्य अभिव्यक्त गर्ने विषय हो । यसलाई अर्काे शब्दमा वाङ्मय भनिन्छ । यसले जीवनजगत्का समग्र पक्षको सजीव चित्रण गर्छ । यो प्रकृतिको विविध दृश्यसित सन्तुलित जीवनशैली प्रस्तुत गर्ने विषय हो । यसले सृष्टिको आरम्भदेखि निरन्तर सभ्य समाज निर्माण हेतु गति प्रदान गर्दै आएको छ । पूर्वमा वेद, पुराण, रामयण महाभारत र पश्चिममा इलियड ओडिसी जस्ता ऐतिहासिक ग्रन्थ तथा लोकजीवनले पुस्तान्तरित भाषिक अभिव्यक्ति वाङमयी आधार हुन् । यसैले जीवनका सामाजिक पक्ष विज्ञान, जीवनपद्धति, उद्योग–व्यवसाय, वन्यजन्तुसितको सम्बन्ध जस्ता विषयमा उत्पन्न नवीन जिज्ञासाहरुबाट प्रगतिका ढोका उघारी भौतिक सुखतिर अभिमुख गराउँदै सभ्यता सिकाएको मानिन्छ । यसले मान्छेलाई सामाजिक जीवन जिउने विधि–प्रक्रियामा मिसाउँछ । यसको संरचनागत अर्थ तत्वका दृष्टिले एउटा पङ्क्ति अर्को पङ्क्तिमाथि आश्रित नभई स्वतन्त्र अर्थ प्रदायक हुन्छ । प्रत्येक पङ्क्तिले स्वतन्त्र अर्थसहित समुच्चमा एउटै अर्थ दिनु साइनो कविताको विशेषता हो ।

साइनोको संरचना २४ अक्षरे ३ पङ्क्तिको शब्दगुच्छामा हुन्छ । … सात, आठ र नौ अक्षरको संरचनामा बाँधिएको हुन्छ । यी प्रत्येक पङ्क्तिले दिने स्वतन्त्र अर्थ र तीनओटैको एउटै अर्थ अझ बढी गम्भीर हुन्छ । यो व्यङ्ग्य चेतना प्रबल भई व्यञ्जनार्थी संरचना बनेर अगाडि आएको छ । सात, आठ र नौ अक्षरी तीन पङ्क्तिको स्वतन्त्र रचनाले पाठक मन–मस्तिष्कलाई एक किसिमको झङ्कार दिने हुँदा यसलाई व्यङ्ग्योक्ति मान्न सकिन्छ । यसले थोरै शब्दमा बेग्लै प्रकारको रसास्वाद गराउँछ । साइनो आपैmमा पूर्ण संरचना हो । यो कसिलो प्रस्तुति भएकाले बौद्धिक र अनेकार्थी भएर प्रस्टिन्छ । यसले जति अर्थिन खोज्यो त्यति साहित्यिक रस प्रदान गरिरहन्छ । समाजमा व्याप्त विसङ्गति बेथितिमाथि घोचपेच गरी सुसङ्गत चेतना सम्प्रेषण गर्छ यद्यपि घोच्नुमात्र यसको उद्देश्य भने होइन । साहित्यिक मूल्यबोध गराउँछ, छोटो र परिष्कृत संरचनामा रहेर पाठकलाई घत पार्नु यसको सफलता र विशेष आकर्षण पनि हो । साइनो कविता भएकाले कवितामा हुने बिम्ब, प्रतीक, लयादि तत्त्वहरुको अपेक्षा यसमा पनि गरिन्छ ।

परिभाषा :

कविताको उपविधा साइनो भर्खर तातेताते गर्दैछ । यसले आफ्नो परिचयसम्बन्धी लिखित सूचना सम्प्रेषण गर्दै आएको छ । यसबारे स्रष्टाहरुले ‘अनुहार किताब’ मार्पmत सिर्जना समेत आ–आफ्नो अवधारणा अघि सार्दै आएका छन् । तिनै अवधारणालाई यहाँ परिभाषाका रुपमा अघि सारिएको छ ः

–पहिलो ७, दोस्रो ८ र तेस्रो ९ अक्षर समूहका स्वतन्त्र तीन पङ्क्तिका अर्थवान् शब्दगुच्छाहरु सहित समुच्चमा मन–मस्तिष्कलाई झङ्कृत पार्ने भाव गहन कविता नै साइनो हो ।

– केशव ज्ञवाली
–नेपाली वाङ्मयभित्रको कविता विधाअन्तर्गत उपविधाको रुपमा नेपाली माटोमै उम्रेको ७, ८ र ९ = २४ अक्षरका ३ शब्दगुच्छाहरुको माध्यमबाट काव्यिक भाव सम्प्रेषित संरचनालाई साइनो भनिन्छ ।
– खेमलाल पोखरेल
–सुख–दुख, थिति–बेथितिमाथि प्रकाश पार्नु, सामाजिक, सांस्कृतिक, राजनैतिक, आर्थिक विकृति–विसङ्गतिप्रति व्यङ्ग्य चेतनाले खबरदारी गर्दै सार्वभौमसत्ता सम्पन्न अखण्ड नेपालको समृद्धि हेतु देशभक्त नेपालीलाई एकताको सूत्रमा बाटी चौतर्फी उन्नतिका लागि बलियो भ¥याङ बनेर घचघच्याइरहने पवित्र सिर्जनात्मक नातेदारको नामै साइनो हो ।
– कृष्ण पौडेल
–थोरै शब्द लगानीबाट साहित्यिक सुवास छर्दै चोटिलो भावले मानव हृदयलाई झङ्कार दिने २४ अक्षरे तीन पङ्क्तिका शब्दगुच्छाहरुको समूह साइनो हो ।
– बालकुमार क्षेत्री
–कविताका विविध रुपमध्ये सङ्क्षिप्तमा गहन भाव सम्प्रेषण गर्ने ७, ८ र ९ अक्षरका तीन शब्दगुच्छामा संरचित नेपाली मौलिक सिर्जना नै साइनो हो ।
– सीता सुवेदी पन्थी
–साइनो भनेको कविताको उपविधा सात, आठ र नौ अक्षर संरचनामा रचित स्वतन्त्र अर्थका तीन लाइन हुन् जसले समग्रमा पूर्ण र विशिष्ट अर्थ दिन्छ ।
– धतानन्द शर्मा
–शब्द सुन्दैमा आत्मीय र कर्णप्रिय लाग्ने साइनोले सात, आठ र नौ अक्षरमा रचिएर व्यापक अर्थबोध हुने गरी साहित्यिक रसास्वादन गराउँछ ।
– बाबुराम न्यौपाने उत्स,
–कविता साइनो बौद्धिक भावले मनमस्तिष्कलाई मार्गनिर्देश गरी भाषिक तरलता, शैल्पिक सहजता, कलात्मक संरचना, छरितो प्रस्तुतिमा गहन अनुभूतिजन्य तीक्ष्णता सहितको सात, आठ र नौ अक्षरे तीन पङ्क्तिका स्वतन्त्र अनि समुच्च अर्थ दिने सूत्रात्मक नेपाली काव्यको मौलिक सिर्जनात्मक प्रविधा हो ।
– सुरेश काफ्ले विदारक
–स्वतन्त्र र लोकप्रिय नेपालीपन बोकेको शब्द साइनो पछिल्लो समय कविताको उपविधाका रुपमा देखिएको त्रिपदीय शैलीको साहित्यिक ७, ८ र ९ गरी तीन हरफमा लेखिने जम्मा २४ अक्षरीय गद्य कविता हो ।
– महानन्द ढकाल
–साइनो आपैmमा एक ध्यान हो जसले मनलाई केन्द्रविन्दु बनाएर शरीरबाट पैदा हुने ऊर्जाशील तरङ्गमा मानवीय संवेग घोली मस्तिष्कबाट शब्द निस्कासन गरेपछि साहित्यिक रुप २४ अक्षरको त्रिपदीय संरचना बन्दछ ।
– मिना डाँगी
–विभिन्न पूmलका थुँगा जडित शब्द गुच्छाजस्तै सुन्दर सात, आठ र नौ अक्षरका तीन पङ्क्ति÷पङ्क्तिले स्वतन्त्र अर्थ दिई समग्रमा बृहत् अर्थबोध गराउने छोटो रचना नै साइनो हो । – सुरेन्द्र शाही
–मस्तिष्कको बाटो हिँडेर सहृदयी संवेदना चलाउँदै बाहिर निस्कने ७, ८ र ९ अक्षरे स्वतन्त्र शब्दगुच्छाका तीन पङ्क्तिले व्यक्त गर्ने साहित्यिक स्वादयुक्त समुच्चभाव बोकेको पूर्ण संरचनालाई साइनो कविता भनिन्छ ।
– छायादत्त न्यौपाने ‘बगर’

यी उल्लिखित परिभाषाहरु हेरिसकेपछि, ‘साइनो’ भनेको प्रबल भावले मन–मस्तिष्क छुने गरी संरचित ७, ८ र ९ अक्षरे तीन पङ्क्तिहरुको स्वतन्त्र तथा समुच्च अर्थयुक्त कविता हो, यसको संरचना गहनभावयुक्त सुगठित हुन्छ भन्ने निष्कर्षमा पुग्न सकिन्छ । वादे वादे जायते तत्त्व बोध भनेभैंm गरी विद्वान्हरुबीच विमर्श भई आउँदा दिनमा विचार विमर्शबाट परिष्कारले साइनो कविता परिपक्व बन्दै जानेछ ।

सिर्जनात्मक गतिविधि :
साइनो सिर्जना वि.सं. २०७६÷४÷१६ देखि सुरु भएको हो पहिलो रचना यस प्रकार छ :
मान्छे छैन इमानी
न सहरमा छ धन
न त झोपडीमा पिसानी ।
यो सामाजिक सञ्जालमार्पmत सार्वजनिक साइनो कविताको पहिलो प्रस्तुति हो । यसरी क्रमशः रचनाहरु सञ्जालमा प्रसारित भएपछि स्रष्टाहरुले चासो राखे । सञ्जालमै छलफल गरी मिसिने पहिलो स्रष्टा हुन् केशव ज्ञवाली । नेपाली मन–माटो खनीखोस्री बिजाधान भई हुर्केको नयाँ विधा साइनो कविताले कम समयमा फराकिलो भूगोल र मानव मन–मस्तिष्कमा ठाउँ बनाएर सुरक्षित भयो । यो गागरमा सागर भर्ने सूत्रात्मक अभिव्यक्ति हो । साइनो भौतिक विकासको चरमोत्कर्षमा पुगेका व्यस्त पाठकको रुचि र आवश्यकताले निम्त्याएको साहित्यको नवीन प्राप्ति हो । यसको थालनीले नेपाली मन–माटोमा उमारेर ‘अनुहार किताब’ मार्पmत् सार्वजनिक गरेपछि विस्तारित रुप लिएको हो ।

कविताको सङ्क्षिप्त स्वरुप साइनो थोरै समयमा पर्याप्त अनुयायी साङ्लिएर गतिशील बनेको संरचना हो । छायादत्त न्यौपाने बगरबाट केही साइनो कविता सार्वजनिक भएपछि त्यसैलाई आधार मानेर केशव ज्ञवाली र छायादत्त न्यौपानेबीच प्रविधिकै सहायताले छलफल भई सहमति अनुरुप व्यापक बनाउने प्रयत्न गरिएको हो । यसको आगमन बेफुर्सदी समाजले साहित्यिक रसपानको लागि छरितो माध्यम खोजिरहेका बेला भएको छ । यसले अत्यन्त कम समयमा गति लियो । साँच्चै भन्ने हो भने यसको स्कुल जाने पहिलो दिन नआउँदै पर्याप्त लोकप्रियता हासिल गरेको छ । ५ वर्षे उमेरमै देश–विदेशमा छरिएका धेरै नेपाली भाषी र अन्य भाषा भाषी विदेशी स्रष्टाहरुको पनि प्रिय विधा भइसकेको छ ।

साइनो वाङ्मयको नौलो तर गहन भाव सम्प्रेषण गर्न सक्षम विधा हो । यो साहित्यको फरक अभियान बनेर अगाडि आएको छ । यस अभियानमा नेपालका विभिन्न स्थान र भारत, अफगानिस्तान, स्पेन, क्यानाडा, इजरायल आदि देशमा रहेका नेपाली भाषीहरुबाट समेत सिर्जनासहितको सहभागिता छ । उत्सुक एवं रहर देखाउने स्रष्टा त अनन्त सङ्ख्यामा छन् । यसलाई पत्रपत्रिकाले पनि स्थान दिँदै आए । शब्दाङ्कुर मासिकमा यसको प्रथम प्रयोक्ता छायादत्त न्यौपानेसँगको कुराकानीलाई स्रोत बनाई यसकै सम्पादक धीरकुमार श्रेष्ठ मार्पmत नयाँ विधा ‘साइनो’ सङ्क्षिप्त परिचय शीर्षकको लेख प्रकाशित भयो । यसकै ११७ औँ कात्तिक अङ्कमा चेतनाथ कँणेलको साइनो सिर्जनासहितको पाठक प्रतिक्रिया प्रकाशित भयो । यसै गरी शृङ्खला मासिकमा सिएल असीम उपनामबाट साइनोबारे अलिकति कुरा शीर्षकको लेख प्रकाशित भयो, यसकै सम्पादित अंश गाउँले देउराली साप्ताहिक, पाल्पाबाट २०७६ कात्तिक महिनाको पहिलो शुक्रवार छापियो । यसै गरी सामाजिक सञ्जालकमा साइनोका अनुयायीहरुले रुचिपूर्वक सुझबुझका साथ निरन्तर सिर्जना र अनुहार किताबमा प्रत्यक्ष वाचन पनि गरिरहेका छन् ।

साइनो सिर्जना र यसबारे जानकारी मूलक सामग्री प्रकाशन÷प्रसारण गर्ने विभिन्न व्यक्ति तथा संस्थाहरुको उल्लेख्य योगदान रहेको छ । यस सन्दर्भमा जनमत मासिक, शब्दसंयोजन मासिक, लोकभावना त्रैमासिक, अग्निचक्र मासिक, पुस्तकालय आवाज राष्ट्रिय मासिक, प्रहरी द्वैमासिक, नवप्रज्ञापन त्रैमासिक, समष्टि अर्धवार्षिक, हिपत मासिक लगायत साहित्यिक पत्रिकाले साइनो कविताका सैद्धान्तिक लेखहरु प्रकाशन गर्दै आएका छन् । यस्तै संसारन्युज डटकम, ई–हुलाकी र बडीमालिका अनलाइनले केशव ज्ञवाली, बालकुमार क्षेत्री, सुरेन्द्र शाही, सुरेश काफ्ले विदारक, छायादत्त न्यौपानेका लेख÷रचना प्रकाशन गरेका छन् । साइनो नेपालीपनले खोस्रेर नेपालकै बिउ नेपाली माटाले उमारेको साहित्यिक उपज हो । यो सिङ्गै नेपाल र सबै नेपालीको साझा उपलब्धिका रुपमा अगाडि आएको छ । यसको थालनी र विकासमा पनि नेपाली चेतनाको योगदान छ । यसको प्रचार–प्रसार नेपालका अरु भाषा तथा अन्तरर्राष्ट्रिय भाषाहरुले पनि गरिरहेका छन् । यसको आकार र अन्तर्यले अनुवाद तथा सिर्जनाको माध्यबाट संसारभर पैmलिएर नेपाली मौलिक परिचय दिइरहेको छ ।

अक्षरीकरण र सांस्कृतिक तात्पर्य :

व्यञ्जना शब्दशक्तिबाट निसृत व्यङ्ग्य चेतना साइनो कविताको मूल मर्म हो । यसमा हुने व्यङ्ग्यात्मक र ध्वन्यात्मक अर्थ पहिल्याउने कुराले विशेष एवं गहन परिचय बोकेको छ । यो भनेको ३ पङ्क्तिका प्रत्येक शब्दगुच्छाले दिने स्वतन्त्र अर्थसँगै ७, ८ र ९ को योग २४ अक्षरी विषम संरचना विधि नै हो । साइनो कविता प्रयोगमा आइसकेपछि धेरै स्रष्टाले सिर्जनात्मक योगदान गरे । यसबाट प्रेरित भएर अरु नव–नव प्रयोगमा अघि सरेका उदाहरण छन् । यसर्थ साइनो कविता अरु धेरै कविताका रुपहरु जन्माउने प्रेरक पनि हो भन्ने यथार्थ पनि बिर्सन सकिँदैन । सामान्यतः यसको अक्षरीकरण र सांस्कृतिक पक्षलाई यसरी पनि हेर्न सकिन्छ ः

क) साइनो नेपाली मनमाटो मस्तिष्कले उमारेका कविताको नवीन प्रयोग हो । साइनो साहित्यको माध्यमबाट नवीन प्रस्तुति दिन खोज्ने स्रष्टा मनोवृत्तिको सूत्रात्मक अभिव्यक्ति हो । भनिन्छ – साहित्यले जीवनको आलोचानात्मक यथार्थसँगै कल्पनातीत मनोविज्ञानको पनि अध्ययन गर्छ । साइनो पनि सिङ्गै जीवनको चित्रण गर्ने गरी संरचित सूत्र कविता हो । हुन त स्रष्टा सदैव साधनारत रही नवीनता पछ्याइरहन्छ । यसै सिलसिलामा नवीन प्रस्तुति कला पछ्याई पाठकलाई घत पार्ने विचारले सूत्रात्मक अभिव्यक्ति साइनोको आविर्भाव भएको हो । यसको संरचना, स्वरुप र नामले निजत्व बोकेर प्रस्फुटन भएको छ । यो नौल्याइँको आफ्नै संरचना स्वरुप, तिथिमिति र नेपालीपन छ । यसैमा समस्त नेपाली वाङ्मयप्रेमीले गौरवबोधी सुगन्ध छ । यसले नेपाली वाङमयी सम्पदा साइनो सबै नेपालीको साझा हो भन्ने अनुभूति दिएको छ । यसलाई देशविदेशमा रहेका नेपालीले अपनत्व दिएर मलजल गरिरहेका छन् ।

ख) साइनो कविता नेपाली भाषाले जन्माएको पछिल्लो समयको लोकप्रिय सिर्जात्मक प्रस्तुति हो । नेपाली समाजमा प्रचलित शब्द साइनोले साहित्यिक विधा विशेष कविताको नाम संवहन गरेपछि यसको विस्तार भएको हो । यसलाई नयाँ संरचना र नामबाट बहुचर्चित विधा कविताकै उपविधाका रुपमा चिन्ने÷चिनाउने गरिएको छ । यसको जन्म विज्ञानको नवीनतम चमत्कार (फेसबुक वाल) अनुहार किताबको भित्तामा भएको हो । यसले धेरै स्रष्टा एक ठाउँ जोड्ने÷जोडिने सेतुको काम गरेको छ । यसलाई अल्पायुमै विश्वव्यापी बनाउने बलियो जग पनि यही अनुहार किताबले जोडेका स्रष्टाहरु नै हुन् । तोते बोली उमेरको साइनो आज नेपाली भूमि र नेपाली भाषामा सीमित छैन । भूमिको कुरा गर्दा यो विश्वव्यापी भएको छ र भाषाको सन्दर्भमा पनि बहु भाषामा प्रयोग भइसकेको छ ।

ग) साइनो, कविताको सानो रुप हो । यसको संरचना निश्चित अक्षर सङ्ख्यामा गरिन्छ । बिम्ब, प्रतीक, अलङ्कार, ध्वनिजस्ता कविताका अन्तर्वस्तुले यसलाई पनि सिँगार्छन् । लय, अनुप्रास यसका पनि प्रिय अङ्ग हुन्, यिनले संरचना सुन्दर बनाउँछन् । यसमा शृङ्गार, वीर, हास्य आदि नवै रसको प्रयोग गर्न सकिन्छ । वाचन विधानमा प्रत्येक गुच्छाको अन्त्यमा विश्राम दिएर (पहिलोमा विश्राम, दोस्रोमा विश्राम दिने र पहिलो, दोस्रो र तेस्रो–तेस्रो गरी) वाचन विधि अपनाउँदा एकरुपता कायम गर्न सकिन्छ ः
सचेत यो जीवन
सक्रिय यी हातहरु–२
कर्मले डो¥याउँछ मान्छे, कर्मले डो¥याउँछ मान्छे ।

घ) यो नवीन शैलीको कविता साइनोका कतिपय सर्जक÷पाठकले ७, ८ र ९ अक्षरकै संरचना किन भन्ने जिज्ञासा राखेको पाइन्छ । यस सन्दर्भमा ७ ले (आइत, सोम आदि) ७ वारका नाम जनाउँछ । ८ ले (पूर्वपश्चिम आदि) ८ दिशा जनाउँछ भने ९ ले साहित्यमा प्रचलित (शृङ्गार, वीर आदि) नवरस बुझाउँछ । यी ३ को संयोग २४ अक्षरले २४ घण्टाको समय बताउँछन् । साइनोले गणितका उच्चाङ्क लिएर संरचना बनाएको विशेष प्रकारको शैलीका रुपमा आपूmलाई चिनाउँछ । आध्यात्मिकहरुले ७ बाट सप्तर्षि, ८ बाट अष्टचिरञ्जीवी र ९ बाट नवदुर्गा भन्ने अर्थबोध पनि गर्न सक्छन् । …साइनो कविताका सातले सार्थकता, आठले आकर्षण र नौले नवीनतालाई पनि द्योतन गर्नुपर्छ । जसले जसरी बुझे पनि साइनो संरचना गणितका जेष्ठाङ्कहरुको विषम तर विशिष्ट प्रस्तुति हो । यो नेपाली भाषाको मौलिक प्रस्तुति भई सामाजिक सांस्कृतिक पक्षसँग पनि जोडिएको छ । नाता सम्बन्धसित साङ्लिनु साइनो शब्द र सिङ्गै नेपाली वाङमयको पनि निजत्व हो ।

ङ) साइनो कविता आरम्भको अल्प समयमा सिङ्गै भूगोलमा पैmलिएर धेरै स्रष्टा र पाठकप्रिय विधाका रुपमा अगाडि आएको छ । यो आजको व्यस्त पाठकले खोजिरहने मानवीय स्वभाव अनुसारको फरक साहित्यिक स्वाद लिएर रमाउन सकिने नवीन तर छोटो संरचनाको विशिष्ट प्राप्ति हो । यसको छरितो संरचना र अर्थ गाम्भीर्यले धेरै पाठकको मन जितेको छ । यसमा रमाउनु स्वाभाविक पनि हो । यो सूत्रात्मक स्वरुपको कसिलो रचना स्रष्टा र पाठक दुवैको मनोविज्ञान अनुकूल भएकाले यथाशीघ्र विस्तार हुन सकेको हो । यो तीन पङ्क्तिको पूर्ण संरचनाबाट पाठकले थोरै समयको लगानीमा साहित्यिक स्वाद प्राप्त गर्न सक्छन् ।

च) साइनो कवितोका ७, ८ र ९ अक्षरी संरचनाको अक्षर गणना नेपाली व्याकरणको सामान्य नियमलाई आधार मानेर गरिन्छ । प्रयोग आधा अक्षर, चन्द्रविन्दु, शिरविन्दु वा संयुक्त अक्षरको पनि गरिन्छ तर गणना सग्लो (स्वर अक्षर अ आ इ..र स्वर जोडिएका क का कि ..व्यञ्जन) अक्षरको मात्र गरिन्छ । साइनो कवितामा दिइने भावार्थले मागेबमोजिमका लेख्यचिन्ह (। पूर्णविराम, ? प्रश्नवाचक, ! आश्चर्यबोधक, अल्पविराम आदि) प्रयोग गर्न सकिन्छ भने सामान्यावस्थामा तेस्रो पङ्क्तिको अन्तिममा (।) पूर्णविराम प्रयोग गर्नु अनिवार्य हुन्छ । अन्त्यमा अरु चिन्ह नभएको अवस्थामा पूर्णविराम अनिवार्य गरिएको छ । साइनोका तीन शब्दगुच्छामा अन्तर्निहित अर्थ अभिधामा सीमित नरही लक्षणा र व्यञ्जनाबाट निस्कने ध्वन्यार्थ प्रबल रहन्छ । यसका त्रिपद स्वतन्त्र हुन्छन् । प्रत्येक पदको अर्थ स्वतन्त्र र एकमुस्ट अर्थ दुवै लाग्छ । यो विधिले साइनो कविताको अर्थमा सौन्दर्य भर्छ । यसको तात्पर्य हामी अनेक थरी नेपालीमा रहेको सहिष्णु एकत्वभाव पनि हो । यी तीन पङ्क्ति हिमाल, पहाड, तराई भूगोल र शीत, समशीत, समशीतोष्ण हावापानीका प्रतीक पनि हुन् । यी ३ पङ्क्तिले जातीय र भौगोलिक एकतासँगै सत्व, रज, तम गुणी मानवीय स्वभावको साङ्केतिक अर्थ पनि दिन्छन् ।

छ) साइनो कविता विद्युतीय सञ्जालबाट सुरु भएर यसमै झाँगिंएको हो । यतिखेर यो पर..पर धेरै परसम्म पुगेको छ । अलमल नगरी भन्न सकिन्छ साइनो कविताको बालखै उमेरमा विश्वभरिका हजारौं स्रष्टासम्मको यात्रा, सामाजिक सञ्जालबाटै सम्भव भएको हो । कापी–कलम र किताबविनै प्रचार–प्रसारले शिखर छुन सक्नु यसको अनुपम उपलब्धि मान्नुपर्ने हुन्छ । यसले यति सजिलोसँग हामी साइनोकारलाई जोडेर आत्मीय बनाइदियो कि बयानै सम्भव देखिन्न । भौगोलिक हिसाबले पर..पर रहेका हामीलाई मित्रताको सूत्रले कसी नेपालीपनसित लछ«प्प भिजाएर वाङमयको श्रीवृद्धिमा समर्पित गरायो । साइनोप्रेमीका रुपमा स्थापित गराउनु नै यसको ऐतिहासिक प्राप्ति हो । साइनो कविता प्रयोगमा आएपछि यसलाई पछ्ययाएर अरु नयाँ नयाँ प्रयोग पनि आइरहेका छन् । यसबाटै पुष्ट्याइँ मिल्छ कि साइनोले नयाँ स्रष्टाहरु मात्र जन्माएको छैन नवीन शिल्पशैलीको प्रयोगमा पनि उर्जा दिइरहेको छ । नेपाली वाङमयलाई समृद्ध बनाइरहेको छ ।

कुनै पनि सृष्टिको स्रष्टाले नूतन शैलीले गहन भाव दिन चाहन्छ । उसको यो चाह बोक्न सक्ने साइनो कविता नेपाली जनजीवनको मार्मिक अनुभूतिलाई मूर्तरुप दिने साहित्यिक कर्म हो । यसले अबलम्बन गरेको उल्लिखित मानक पछ्याएर सिर्जना हुँदै जाँदा निकट भविष्यमै समग्र नेपाली परिचय उचालिने विश्वास लिन सकिन्छ । यो समस्त नेपालीले नेपालीपनले सिँचेर हुर्काएको साहित्यिक बिरुवालाई आवश्यक गोडमेल गरी स्थायित्व दिने साझा जिम्मेवारी निर्वाह सदैव सबैतिरबाट हुन सकोस् । यहाँ यही अनुरोधात्मक शुभेच्छा व्यक्त गर्न सकिन्छ । आज साइनो स्रष्टाहरुको प्रिय कविताका रुपमा परिचित छ । कति स्रष्टा त कस्तो गति लिएर कहाँ पुग्ला ? भनी जिज्ञासु आँखा लिएर चौतारीमा पर्खंदै पनि छन् । जसले जहाँ बसेर पर्खे पनि अहिलेको व्यस्त समयबिच सूत्रमा प्राप्त साइनोको साहित्यिक खुराकले पाठक मन जितेको छ । यही नै साहित्यको पछिल्लो नवीन शिल्पशैलीको उज्यालो उपस्थिति हो र साइनोलाई जीवन्त बनाउने बलियो आधार पनि हो । स्रष्टा–साधनाले यसको मानक समाइदिए भविष्य आपैm उजेलिँदै जानेछ । निरन्तर साधनाले साइनो कवितालाई परिपक्व बनाउँदै लानेछ । प्राज्ञिक व्यक्तित्वहरु पनि यो विधाप्रति आकर्षित छन् ।

साइनो सिर्जनाले अग्रज स्रष्टाको स्नेह र नवीन स्रष्टाको स्याहार पाएको छ । कतिपय स्रष्टको प्रथम कृतिका रुपमा साइनो सङ्ग्रहहरु प्रकाशनमा आए । राष्ट्रियस्तरमा स्रष्टाका रचना र सैद्धान्तिक लेखसहितका साइनो सारथि, साइनो सौरभसँगै जिल्लास्तरीय संयुक्त साइनो सङ्ग्रहहरु पाल्पाली साइनो–१ र २ आइसकेका छन् । सँगसँगै साइनोकारका एकल कृतिहरु पनि सार्वजनिक भइरहेका छन् । विभिन्न गोष्ठीहरुमा पनि यसले उच्चसम्मान प्राप्त गरिरहेको छ । सत्रओटा पुस्तकहरु, विशेषाङ्क समेत दर्जनौं पत्रिकाले साइनो कविता देशी–विदेशी गाउँसहरमा पु¥याइरहेका छन् ।

प्रवृत्ति :

लेखकले व्यक्त गर्ने जीवनदृष्टिले प्रवृत्ति बुझाउँछ । उसको उद्देश्य र कर्तव्यबोध पनि प्रवृत्ति नै हो । सिर्जनात्मक सिप र कविप्रतिभाजन्य कवित्व गुणले पनि प्रवृत्तिगत मूल्यबोध गराउँछ । साइनो कविता साहित्यको सूत्रात्मक प्रस्तुतिका रुपमा प्रयोग हुँदै आएको छ । यसको सूत्रात्मक प्रस्तुतिका २४ अक्षरलाई ७, ८ र ९ अक्षरका तीन शब्दगुच्छामा बाँडेर रचना गरिन्छ । यो व्यञ्जना शब्दशक्तिका थोरै शब्दको सूत्रात्मक प्रस्तुतिमा बिम्ब र प्रतीकहरु हुने बौद्धिक पाठकप्रिय विधा हो । यसले सटिक संरचनामा सामाजिक बेथितिमाथि प्रहार गर्छ । यसले सांस्कृतिक गतिविधि र राष्ट्रिय चेतना सम्प्रेषणमा जोड दिन्छ । साइनो कविताको मूलभूत विशेषता विसङ्गति–विकृतिलाई घोचपेच गरी सकारात्मक परिवर्तनका लागि सन्देश दिनु हो । यसले सुसङ्गत समाज निर्माण गर्ने अभीष्ट राख्छ । निमेषभरमा पाठकलाई साहित्यिक रसास्वाद चखाउनु यसको मुख्य ध्येय हो । यसमा यो सफल छ । सामाजिक सञ्जालमा आइरहेका साइनोले देशप्रेम, प्रकृतिप्रेम, संस्कृतिप्रति आस्था, मानवीय संवेदना, प्रबल व्यङ्ग्य चेतनासहित श्रमप्रति सम्मान जनाउँछ । पाठकलाई साहित्यिक आनन्द दिन्छ । साइनोकारहरुको यो अभियान नयाँ नयाँ बिम्ब÷प्रतीक पहिल्याई परिष्कार परिमार्जनमा जोड दिनु पनि हो । यिनीहरु फेसबुक, अनलाइन तथा छापा पत्रिकामा रचना, अन्तर्वार्ता समेत सैद्धान्तिक लेख प्रकाशनमा जुटिरहेको देखिन्छ । यसका शब्द गुच्छाहरु स्वतन्त्र हुनु, सूत्रात्मक प्रस्तुति दिनु, व्यङ्ग्यचेतना पछ्याउनु, परिष्कार तथा गुणस्तरमा विश्वास गर्नु, देशप्रेमलाई महत्त्व दिनु, प्रचारात्मक अभियानमा जोडदिनु, उच्च मानव मूल्यको खोजी गर्नु यसका खास प्रवृत्ति रहेका छन् । साइनो कविता जनजीवनको नजिक रहन्छ ।

निष्कर्ष :

साहित्य र जीवनको अन्तर्सम्बन्ध जनाउने नवीन प्रयोग साइनो कविता सङ्क्षिप्तमा गहन अभिव्यक्ति दिने शैली हो । यसले निमेषभरमै मनमस्तिष्कलाई झङ्कृत तुल्याउँछ । सटिक अभिव्यक्ति दिने चखिलो विधाको रुपमा साइनो लोकप्रिय हुँदै आएको छ । यो मस्तिष्क चलाउँदै संवेदनाशील हृदयसम्म पुग्ने सूत्र कविता अनेकार्थी हुने हँुदा बौद्धिक र तार्किक पनि मानिन्छ । यसका अनुयायीहरुबिच बेला–बखत सैद्धान्तिक बहस हुँदै आएको छ । यो के हो ? कसरी सिर्जना गर्ने ? ७, ८ र ९ अक्षर नै किन जस्ता जिज्ञासाहरु प्रकट हुने र आपसी छलफलबाट टुङ्गोमा पुग्ने अभ्यास सघनतापूर्वक हुँदै आएको छ । अनुहार किताबबाटै अघि बढेको यस प्रकारको बौद्धिक बहसमा पनि सिर्जनाको थालनीदेखिकै स्रष्टाको सक्रिय सहभागिता रहँदै आएको छ । छलफलको क्रममा सहज सम्प्रेष्य बनाउन सकिएन भने पाठकहरु टाढा हुने हुन् कि भन्ने त्रसित जिज्ञासाले घचघच्याउँदै पनि छ । लेखनमा जटिल र अर्थमा दुर्बोध्य नहोस् भनी अभियन्ता सचेत गराउने साइनोप्रेमी पाठकहरुको सङ्ख्या पनि ठूलै छ ।

साइनो कविता राष्ट्रिय अन्तर्राष्ट्रिय नेपाली, नेपाल, थारु, मगर, संस्कृत, हिन्दी, अङ्ग्रेजी, मलेसियन लगायतका भाषाहरुमा रचिएर विश्वव्यापी बनिसकेको छ । विविध भाषा भाषीका रचनाहरु सङ्कलित पाल्पाली साइनो – २ (२०७८) र साइनो चौतारी (२०८०) प्रकाशित छन् । साइनो कविता विषयक्षेत्रका दृष्टिले पनि व्यापक छ । यसले शिक्षा, स्वास्थ्य, कृषि, राजनीति, व्यापार–व्यवसाय, कानुन, यातायात, राष्ट्रियता, प्रकृति, प्रेम, साहित्यसमेत विविध विषय पछ्याउँछ । यसमा व्यक्तिगत कुण्ठा, अन्धविश्वासजन्य भाव झल्किने कुरा, शृङ्गार रसको सस्तो प्रस्तुति आदिले महत्त्व पाउँदैनन् । यसले धेरै स्रष्टाहरुमा बेग्लै किसिमको चस्का दिँदै नयाँ जिज्ञासा उत्पन्न गराउँदै आएको छ । यो शैलीको प्रस्तुति कसिलो र अभिव्यक्तिमा चोटिलो भाव हुने भएकाले दिनप्रतिदिन गम्भीर चासोका साथ स्रष्टाहरु साइनो सिर्जना तथा सैद्धान्तिक बहस दुवैमा सतर्कता साथ प्रत्यक्ष जोडिँदै आएका छन् । अतः साइनो कविताको भविष्य उजेलिएको छ ।


Tags: डा. छायादत्त न्यौपाने ’बगरसाइनो कविता
अघिल्लो पोष्ट

सरस्वती प्रतीक्षाको उपन्यास ‘स्व’ 

पछिल्लो पोस्ट

पर्खाल लगाएपछि धेरैथोक बाहिर पर्छ 

डा. छायादत्त न्यौपाने ‘बगर’

डा. छायादत्त न्यौपाने ‘बगर’

सम्बन्धित पोष्टहरू

शुद्ध नेपाली लेख्ने आधिकारिक नियम
साहित्य रिपोर्ट

शुद्ध नेपाली लेख्ने आधिकारिक नियम

४ बैशाख २०८१, मंगलवार
नेपाली हाइकु विकासको आत्मकेन्द्रित बकपत्र
साहित्य रिपोर्ट

नेपाली हाइकु विकासको आत्मकेन्द्रित बकपत्र

२८ श्रावण २०८०, आईतवार
सिन्धु साहित्यिक पत्रकारिता
साहित्य रिपोर्ट

सिन्धु साहित्यिक पत्रकारिता

८ असार २०८०, शुक्रबार
मातृभाषाका स्रष्टा र साहित्य
साहित्य रिपोर्ट

मातृभाषाका स्रष्टा र साहित्य

१७ चैत्र २०७९, शुक्रबार
पछिल्लो पोष्ट
पर्खाल लगाएपछि धेरैथोक बाहिर पर्छ 

पर्खाल लगाएपछि धेरैथोक बाहिर पर्छ 

छटपटी

छटपटी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

चाहना 

चाहना 

३ जेष्ठ २०८०, बुधबार
रहस्यमय भोगाइ

रहस्यमय भोगाइ

३ जेष्ठ २०७९, मंगलवार
दशैं

दशैं

३ जेष्ठ २०७९, मंगलवार
गठांमुगल पर्व मनाइयो

गठांमुगल पर्व मनाइयो

२ श्रावण २०८१, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक