जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध स्मृतिमा स्रस्टा

कालो टोपीले पसिना पुछ्तै

देवेन्द्र भट्टराई देवेन्द्र भट्टराई
प्रकाशित ३१ आश्विन २०७९, सोमबार
स्मृतिमा स्रस्टा भित्र
0
कालो टोपीले पसिना पुछ्तै

खर्पनभरिभरि बन्दा र काउली बोकेर ठिमी–उकालो छिचोल्दै गरेको एउटा ज्यापूचेहरा कस्तो होला ? असारको दर्के झरीमा रुझ्दै हिलाम्मे खेतमा कोदलो चलाइरहेको अर्को ज्यापूको अनुहारमा कस्तो कान्ति देखिएला ? भक्तपुर दरबार स्वक्वायरमा हिलो माटामा भाँडाबर्तनको आकृति उतारिरहेको अर्को ज्यापूमा कस्तो उत्साह भेटिएला ? भादगाउँले टोपी, पुरातन शैलीको दौरासुरुवाल र कोटमा रम्रिएर हिँड्ने पाटन, बखुम्हालका ८२ वर्षीय सत्यमोहन जोशीमा एउटा विशुद्ध ज्यापूमा हुने यी सबै चित्र र चरित्र फेला पर्न सक्छन् ।

परेवाले नाता गाँस्नुपर्ने थलो हो पौवा विहार । बखुम्बहालमा परेवा भने देखिन्न, बरु विहार आकृतिका घरका चौकोस र प्रवेशद्वार भने यत्रतत्र भेटिन्छन् । परम्परा र संस्कारसँग चपक्क टासिएर, प्रज्ञापारमिता दर्शनसँग मनको साइनो गाँसेर बसेका छन् सत्यमोहन जोशी । उमेर हिसाबमा कालको खड्को काटिसकेका छन् उनले । कस्तो अजम्बरी ज्यान होला हो ! उनी राजधानीका अधिकांश साहित्यिक सांस्कृतिक कार्यक्रममा पुगेकै हुन्छन् । रस चुहाउदै सिरिपसिरिप जेरी खाइरहेका हुन्छन् उनी । उनी चर्को समोसा र गुलियो चिया खान पनि पछि पर्दैनन् । जुन दिन जे पर्ला त्यही बेहोरुँला, कति हक्की स्वरमा भन्छन् उनी !

पिता शङ्करराजमा छिपेर रहेको चेतनालाई सलाम गर्छन् पुत्र सत्यमोहन जोशी । पढ्नु जरुरी छ, नपढी गरिखान गाह्रो पर्छ भन्ने चेतनाले बरोबर घच्घच्याएका कारण कहिले मास्टर त कहिले विद्यालय फेर्दै भए पनि पिताले पुत्रलाई अक्षर चिनाउन चाहे । सानामा केही लठेप्रो स्वभावसाथै पाँच वर्षको उमेरसम्म पनि बोली नफुटेपछि सूर्यविनायक लगेर पाठपूजा गरेका थिए अभिभावकले । गणेशस्थानमा उनलाई केही क्षण एक्लै छाडिदिएपछि कहालिएर चिच्याएका भरमा बोली फुटेको लख काटेका थिए बाआमाले । त्यसलाई भगवान्को कृपा भनियो तर त्यो सबै मनोवैज्ञनिक असर थियो जस्तो लाग्छ, छ जना छोराछोरी र बाह्र नातिनातिनाले घेरिएका जोशी भन्छन् ।

पढाउने ठूलो धोको भएका बाले काठेपाटी बोकेर स्थानीय पाठशालामा सत्यमोहनलाई पु¥याउन त पु¥याए तर पढाइ अघि बढाउन भने अनेक जुक्ति गर्नुप¥यो । पुरोहित विद्यानन्द राजोपाध्याय, महन्त मास्टर, सुब्बा घनानाथलगायतका गुरुजनले अनेक कडी लगाएर सिकाएको ज्ञान ढिलै भएपनि लाहाछाप बनेर अडिन सक्यो । घरजग्गाका मामिलामा आफन्तबाटै पीडित सत्यमोहनका पिताले ठूलै दुःख खेपेर उनलाई पढाएका थिए । खाँटी नेवारी भाषा, परम्परा र संस्कृतिको परिवेशमा हुर्केको एउटा ठिटालाई दरबार हाइस्कुलमा विद्यालय शिक्षामा खरो उत्रनु पनि गाह्रै विषय थियो । म्हपूजाको रसमा डुबिरहेको ठिटालाई एक्कासि एक् दिन नारद सत्यलोक पुगिगया घोक्नु आफैंमा पसिना छुटयाउने कुरा थियो ।

त्रिचन्द्रमा स्नातक तहको विद्यार्थी छँदै सत्यमोहनले जागिर सुरु गरे । यो २००० सालको कुरा हो । औद्योगिक, व्यापारिक समाचार सङ्ग्रह नामको संस्थामा महिनाको ६० रूपैंया तलबमा उनले काम थाले । भारतबाट पहिलोपटक एम्कम् गरेर आएका भीमबहादुर पाँँडेलाई राणा प्रधानमन्त्रीले हुकुमी भरमा लौ प्रोफेसर भयौ भनेका थिए । त्यसबेला नेपालमा वाणिज्य विषयको न कुनै सम्भावना न महिमा नै थियो । तिनै पाँडेको बुद्धिमत्तामा सुरुमा घरेलु इलम सर्वेक्षण अड्डा नामको संस्थाबाट सानोतिनो औद्योगिक सर्भेको काम सुरु भएको थियो । यसबाट प्रभावित भएका राणाजीले पछि समाचार सङ्ग्रह खोलिदिएर देशभरकै औद्योगिक सम्भावनाको सर्भे गर्ने जिम्मा दिएका थिए ।

देशका भिन्न–भिन्न भागमा रहेका खानी, वनस्पति, कृषि आदिको सम्भावना र व्यावहारिक अध्ययनमा पाँडेले सत्यमोहन सहित अरु चारजनालाई तालिम दिएका थिए । फिल्ड वर्कका लागि सत्यमोहनको जिम्मामा भने तनहूँँ–क्षेत्र परेको थियो । काठमाडौंमा रहनसहन, बोलीचाली र साथीभाइका हिसाबमा कुवाको भ्यागुतो बनेर बसिरहेका उनलाई त्यसबेला पर्नुसम्म टन्टा आइपरेको थियो । नजाऊँ त जागिरको कुरा, जाउँ त कसरी गरिखाने ? फेरि नजाँदा जागिर मात्रै जाँदैनथ्यो, राणा सरकारको काम नगरेको भनेर चारपाटा मुडाईमा पर्न पनि बेर छैन ?

म¥या मन लिएर सत्यमोहन तनहूँ पुगे । सुरुको केही समय उनलाई त्यहाँ उकुसमुकसुस महसुस भइरह्यो । द्वितीय विश्वयुद्धको प्रभावस्वरूप गाउँमा तरुनातन्नेरीको चहलपहल शून्य थियो । घर रुँगेर बसिरहेका बूढाबुढी, महिला र केटाकेटीमात्रै गाउँमा देखिन्थे । रहँदै बस्दै जाँदा गाउँले भाका, रोदी, घाटु, दोहोरी, बालनले उनको मन खिच्न सुरु गरे । गाउँले अपठित महिलाले पनि मनमा रेती हाल्ने भाकामा विरह गाएको, लोकगीत र दोहरीमा झुमेको देखेर उनलाई लाग्यो – हत्तेरी, खाँटी जिन्दगीका कुरा यहाँ पो रहेछ ! अनि आफ्नो साह्रा ऊर्जा खर्चेर उनी टिप्न थाले ती जिन्दगीका तुकबन्दी –
नकराउ वनको न्याउली
तिमीभन्दा म छु नि वैरागी
………..
गाई पाल्यो वनैको बाघलाई
छोरो पाल्यो जर्मनको धावालाई ।

नभन्दै त्यस उत्साहले काम पनि ग¥यो । ती टिपेका लोकगीत, भाकालाई उनले २००३ सालमा त शारदामा छापिसकेका थिए । शारदाका अन्तरङ्ग सम्पादक गोपालप्रसाद रिमालले पनि ती गीतिभाका पढेर उनलाई सुझाव दिए – यी गीतको पृष्ठभूमि पनि लेख्नुस् न, यी कहाँबाट किन, कसरी आए, त्यो सबै लेख्नुस् । अर्कातिर प्रगति पत्रिकाले पनि त्यस्तै लोकगीत मागिरहन्थ्यो । यिनै प्रभाव र प्रेरणाले लोकसंस्कृतिको अध्ययन सत्यमोहनको सौख बन्न पुग्यो ।

आफ्नै सौखमा निर्लिप्त बनिरहेका बेला २००७ सालतिर संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या शाखाको प्रायोजनमा दिल्लीमा प्रशिक्षण लिन जाने मौका पाए उनले । परम्परागत शैलीमा तीनचार महिना खर्चेर गरिने जनगणनालाई वैज्ञानिक तवरमा छोटो समयमा फत्ते गराउन त्यो तालिम दिइएको थियो । त्यसबेला नेपालको जनसङ्ख्या ८५ लाख हाराहारी थियो । सङ्ख्या विभाग भनेर खोलिएको त्यही अखडा पछि गएर केन्द्रीय तथ्याङ्क विभागमा परिवर्तन भयो । औद्योगिक सर्भेमा दिमाग खार्नै लाग्दा उनी पुगे जनसङ्ख्यामा । पछि २०१५ सालमा जननिर्वाचित सरकारले पुरातत्व र संस्कृति विभाग खोलेर त्यसको निर्देशकमा सत्यमोहनलाई पठायो । ३ सय ५० रुपियाँ मासिक तलबमा काम गर्थे उनी । त्यही बेला उनले राष्ट्रिय नाचघरको जग्गा खरिद, भक्तपुर कला सङ्ग्रहालय, पाटन पुरातात्विक बगैंचा स्थापनाजस्ता काम गरे ।

तीनसहरको मन्दिरबारे अध्ययन गर्ने, मुद्रा खोज र सङ्कलन गर्ने, सांस्कृतिक झाँकी ब्युँताउने काम भए त्यसबेला, उनी सम्झन्छन् । जागिर जता भए पनि उनको ध्याउन्न भने संस्कृति र सम्पदाको खोजमा केन्द्रित थियो । २०१२ सालमा मदन पुरस्कार स्थापना भएपछि, त्यसले मौलिक कृतिको खोजी गरेको सूचना गोरखापत्रमा निकालेपछि सत्यमोहन एक्कासि हौसिए । गोपालप्रसाद रिमालले केही समयअघि सुझाएको मन्त्रलाई टपक्क टिपेर आफू तनहूँ छँदाका सारा टिपोटलाई सुरताल दिन थाले उनले । नभन्दै हाम्रो लोकसंस्कृति नाममा तयार भएको पाण्डुलिपिले २०१३ सालमा पहिलोपटक सम्मानित मदनपुरस्कार पाउन सक्यो । राशिका हिसाबमा ४ हजार भारु मात्रै भए पनि त्यस पुरस्कारको गरिमा र उचाइले सत्यमोहनको नाम पनि सगरमाथा बनेर उचालियो ।

पुरस्कारपछि त मेरो क्षेत्र नै यही लोकसंस्कृति रहेछ भन्ने लाग्यो – उनी भन्छन् । गाउँघर, सभ्यता र संस्कृतिका अलिखित सन्दर्भ बाहिर ल्याउनुमा उनले ठूलो आनन्द महसुस गर्न थाले । २०१७ सालको घटनालगतै पुरातत्व र संस्कृति विभागबाट पनि उनी खोसिए । अब के गर्ने ? त्यहाँ बस्दाको अनुभव, अध्ययन र अनुसन्धान त पर्याप्त जो थियो छँदै थियो । आफ्नै रुचि र सङ्ग्रहालयमा राख्ने ध्येयले सङ्कलित ऐतिहासिक महत्वका मुद्रामाथि उनले मन लडाउन थाले । हरेक मुद्रासँग गाँसिने कथा, त्यसको इतिहासलाई उतार्न थाले । खोजीमा अचम्म लाग्ने पक्ष के थियो भने महीन्द्र मल्ल र महेन्द्र मल्ल दुई राजाबीच १ सय ५० वर्षको अन्तर रहेको जस्ता मोहक तथ्य पनि मुद्राले नै खुलाएको थियो ।

यो पाण्डुलिपि नेपाली राष्ट्रिय मुद्राले पनि २०१७ सालमा मदन पुरस्कार पायो । खोज, अनुसन्धानले पाएको मान्यता र सत्यमोहनको एकाग्रताको पहिचान थियो त्यो । म आफ्नो मातृभाषामा होइन मुलुकको एकता भाषामा काम गरिरहेको थिएँ । यसले दिएको सन्तुष्टिको लेखाजोखा नै हुन सक्दैन – उनी सम्झन्छन् । नेपाल शिक्षा परिषद्ले २०५९ सालको आदिकवि भानुभक्त पुरस्कार सत्यमोहन जोशीलाई दिन लागेको सन्दर्भमा अहिले उनको योगदानको लेखाजोखा अपरिहार्य बनेको हो । नेपाली संस्कृतिको अध्ययन, अनुसन्धान र भाषा साहित्यको श्रीवृद्धिमा योगदान गरेबापत गरिमामय भानुभक्त पुरस्कार भानु जयन्तीका अवसरमा उनलाई दिइँदैछ । साह्रै साँघुरो भ्यागुते पोखरीबाट उम्किएर नेपाली इतिहास, लोकसंस्कृति र भाषाको प्रवद्र्धनमा उनले पु¥याएको योगदानको सही संस्मरण मदन पुरस्कारपछि अहिले आएर भएको छ ।

२०१९ सालमा चिनिया सरकारको प्रयोजनमा त्यहाँ गएर नेपाली भाषागुरु बन्नुपर्ने कार्यक्रममा सत्यमोहन नै छनोटमा परे । शुद्ध नेपाली बोल्न समेत नजान्ने नेवारी पृष्ठभूमिका जोशीका लागि त्यो अर्को असाद्धे काम थियो । जबरजस्ती भएपनि मैले नेपाली भाषामा दक्खल राख्नुप¥यो, उनी सम्झन्छन् – मैले ४० जना चिनियाँलाई नेपाली भाषा सिकाउनुपथ्र्यो । अब के गर्ने ? मैले तिनलाई समूह बनाएर आफ्नो निवासमै लैजान थालें । भात पकाएको, खाएको, लुगा धोएको, घर बढारेको लगायतका क्रियाकलाप गर्दै त्यसको व्याख्यान गर्दै गएपछि सिकाई सहजै बन्दै गयो । त्यहाँ चार वर्ष बसेर एउटा चिनियाँ टोलीलाई नेपाली भाषा विज्ञ बनाएर फर्केपछि पेकिङ रेडियोमा नेपाली सेवा सुरु भएको हो ।

चीनबाट फर्केर आफ्नै खोजमा जुटिरहेका बेला २०२६ सालमा सत्यमोहनलाई एकेडेमीमा बोलाइयो सहसदस्यका रूपमा । त्यसबेला केदारमान व्यथित कुलपति थिए । यस तहको प्राज्ञिक थलोमा नरहँदै पनि केही न केही गरिरहेका सत्यमोहनलाई त्यहाँ पुग्नासाथै केही नयाँ काम गरुँ भन्ने सोचले कुतकुत्याउन थाल्यो । नेपाली भाषाका क्षेत्रमा कुनै उल्लेख्य, ठोस काम गरुँ भनेर उनले यस भाषाको उत्पत्ति थलो कर्णालीको सिँजा उपत्यकामा गएर त्यहाँको भाषिक, सांस्कृतिक, जातीय अध्ययन गर्न चाहे । डोरबहादुर विष्ट, मोहम्मद मोहसिनलगायत मित्रसँग परामर्श गरेर उनले सिँजा उपत्यकामा नेपाली भाषाको उत्खननसम्बन्धी प्रस्ताव दिए ।

त्यस समूहमा विधागत विज्ञ पनि आवश्यक रहेकोले जोशीले स्थिरजङ्गबहादुर सिंह, बिहारीकृष्ण श्रेष्ठ, चूडामणि बन्धु, प्रदीप रिमालसहितका एउटा टोली बनाए र दुई महिना त्यही थलामा बिताएर विधागत खोजीमा जुटे । काठमाडौंबाट पुस्तक छाप्न वाराणसी, दिल्ली पुग्ने र प्रवचन दिन दार्जिलिङ, सिक्किम हान्निने प्रचलन भए पनि आफ्नै मुलुक घुमडुल गर्न भने कोही पनि अग्रसर हुन्नथे । काठमाडौं खाल्डामै घुमेर ज्ञान, विज्ञान, संस्कृति कला र सभ्यताका विद्वत्ता मथ्ने समुदायका लागि सत्यमोहनटोलीको योजना उदेकलाग्दो थियो ।

नभन्दै त्यो सिर्जनात्मक कामले पनि पहिचान पायो । २०२८ सालमा कर्णाली लोकसंस्कृतिका नाममा पाँँच खण्डमा निस्किएको कृतिले पनि मदन पुरस्कार पायो । यसरी संस्कृति र सभ्यता खोजी गर्दैै तीनपटक मदन पुरस्कार हात लगाएर अर्को कीर्तिमान पनि बनाए सत्यमोहनले । मदन पुरस्कार मर्यादाको नाम हो, अध्ययन, अनुसन्धानको प्रतिस्पर्धामा उत्रिन सक्नेले यो पाएका छन् । यसको गौरव अझै उस्तै छ; उनको मूल्याङ्कन छ ।

संयुक्त राष्ट्रसङ्घीय प्राविधिक सहायता कार्यक्रममा २००९ सालमा उनी न्यूजिल्याण्ड पुगेका थिए । एकातिर तेन्जिङ र एडमन्डले सगरमाथा आरोहण गरेको समाचार संसारभर फैलँदै थियो, उनी पुगेका थिए तिनै एडमन्डको देशमा अनि त्यहाँका सञ्चारकर्मीहरू सोधिरहको हुन्थे – के तिमी हिउँको पहाडमा पुगेका छौ ? न्युजिल्याण्ड पुगेर उनले पाएको ज्ञान हो – सबै जाति, संस्कृति र सभ्यताको महत्वबाट सिङ्गो देशको परिचय सम्भव हुनछ । विदेशी प्रभावमा मात्र पर्ने हो भने न्युजिल्याण्डको माहुरी जाति लोप भएझैं स्थिति आउन सक्छ, सभ्यताजति सङ्ग्रहालयमा कङ्काल बनेर थेग्रिन सक्छ ।

एकेडेमीमा छँदै तत्कालीन युवराज वीरेन्द्रको सोच र योजनामा २०३० सालमा पर्यायवाची शब्दकोष निकाल्ने काम पनि गरे उनले । चौधै अञ्चलका शब्द छ्यासमिस गरेर किताब लेखिए पढ्नेलाई पनि गाह्रो हुँदैन भनेर त्यो कोश निकालिएको थियो । विशाल नेपाली संस्कृतिका काम गर्ने उनको मनोकाङ्क्षा थाती रहेकै बेला एकेडेमीबाट बाहिएिपछि चिनीयाँ चेलाको आग्रहमा उनी फेरि २०३५ सामला चीन पुगे र अढाई वर्षजति बसेर कलाकार अरनिकोमाथि बृहत् अध्ययन गरे । यसैको परिणाम हो – २०४४ सालमा प्रकाशनमा आएको अनुसन्धानमूलक कलाकार अरनिको कृति । यही विषयमा उनले आफ्नो मातृभाषामा पनि महाकाव्य लेखेका छन् ।

मैले आफ्नो पौरखमा पुरस्कार र सम्मान पाएको छु, आफ्नो पौरखमाथि छाती पिट्दै उनी भन्छन् – म अहिले पनि दिमागलाई कसरत हुने विषयको खोजीमा छु । ब्रेन टनिक भनूँ कि ? कुनै समयमा कात्तिक नाचमा लागेर छोराले पढाइ बिगार्ला भन्ने पिता शङ्करराजले पुत्र सत्यमोहनलाई मावली घरमा लगेर लुकाएका थिए । अहिले त्यही छोरो सत्यमोहन कात्तिक नाच, नाटक र सङ्गीतबारे खोज गर्न मग्न छ । हरेक बिहान गायत्रीमन्त्र वाचन गर्ने गर्छन् सत्यमोहन । नेवारभित्र ज्योतिषी जात हो जोशी । अरुको नभए पनि आफ्नो भाग्यको चिना हेरेझैं भयो, नेपाली भाषा, साहित्य र संस्कृति संवद्र्धनका क्षेत्रमा भाग्योदयका अनेक छनक देखाइसकेका छन् उनले ।

अङ्ग्रेजी साहित्यका प्राध्यापक रामप्रसाद मानन्धरको प्रभावबाट भाषा–साहित्यमा मन राख्न थालका उनी कलेजमा पढाई खाली भएका बेला नजिकैको भाषानुवाद परिषद्मा पनि जान्थे । पछि सांस्कृतिक मन्त्र मनमा साँचेर हिँडेपछि दौरा, सुरुवाल र भादगाउँले टोपीलाई आफ्नो अर्को पहिचान बनाए । आफ्नो कर्म एउटा, धर्म अर्को त हुनभएन नि ! उनी भन्छन् । ६५ वर्षअघि जीवनसाथी बनेर आएकी श्रीमती राधादेवीका साथ बखुम्बहालस्थित पुरानो घरमा बसेका छन् सत्यमोहन । अक्षर चिनाएर यो पौरखमा उभिन प्रेरित गर्ने बा शङ्करराजको अद्र्धकदको मूर्ति घरआँगनीमा राखेका छन् उनले ।

प्रज्ञापारमिताको प्रवचन हरेक सोमबार चल्ने गरेको त्यही घरमा उनले हालै लगातार १ महिना ९ दिनसम्म श्रीमद्भागवत पनि वाचन गर्न लगाए । सापेक्षवाद हो सबै, अस्तित्व केहीको पनि छैन । मृत्यु जहिल्यै तिमीसँगै छ, प्रवचनहरूले उनलाई बुझाएको कुरा हो यो । कुनै समयमा उनले मृत्यु एक प्रश्न शीर्षक नाटक लेखेका थिए । मलाई लागेको मृत्यु चिन्तन त्यो कृतिमा छ, चिनारी बनिसकेको कालो टोपीले पसिना पुछ्दै उनले कृतिभित्रको सार दोहो¥याए – पानीभित्रको हिलोबाट उम्रने अनि पानीको तहबाट माथि उठेर सूर्यसित तादाम्त्य स्थापना गर्ने कमलको फूलझैं साधक बन्नुपर्छ । मानिसले बाँच्ने शैली सिक्न खोजेझैं मर्ने शैली साधक बन्नुपर्छ ।
२०५८ असार २२


Tags: देवेन्द्र भट्टराईसत्यमोहन जोशी
अघिल्लो पोष्ट

अनेसास महिला समिति संयोजकमा सन्ध्या पहाडी

पछिल्लो पोस्ट

प्रेमको चिनो

देवेन्द्र भट्टराई

देवेन्द्र भट्टराई

सम्बन्धित पोष्टहरू

शब्द बिम्बमा श्याम सुन्दर सैंजू
स्मृतिमा स्रस्टा

शब्द बिम्बमा श्याम सुन्दर सैंजू

१३ जेष्ठ २०८१, आईतवार
सम्झनाको दहभित्र बल्छी हान्दा
स्मृतिमा स्रस्टा

सम्झनाको दहभित्र बल्छी हान्दा

३० फाल्गुन २०८०, बुधबार
पारिजातको २९ औं स्मृति सभामा  पारिजात स्मृति सम्मान
स्मृतिमा स्रस्टा

पारिजात र पासाङ दुई आदर्श र राष्ट्रिय व्यक्तित्व

३० फाल्गुन २०८०, बुधबार
पारिजातको साहित्यिक मूल्याङ्कन
स्मृतिमा स्रस्टा

पारिजातको साहित्यिक मूल्याङ्कन

३० फाल्गुन २०८०, बुधबार
पछिल्लो पोष्ट
प्रेमको चिनो

प्रेमको चिनो

कवयित्री बाबा बस्नेतको कविता भीरहरू र सल्लो

कवयित्री बाबा बस्नेतको कविता भीरहरू र सल्लो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

श्रद्धाञ्जली नलेख्नु

श्रद्धाञ्जली नलेख्नु

४ जेष्ठ २०७९, बुधबार
नक्सलवादी हेर्ने रहर 

नक्सलवादी हेर्ने रहर 

४ जेष्ठ २०७९, बुधबार
तास्मानियामा पुग्यो अनेसास

तास्मानियामा पुग्यो अनेसास

४ जेष्ठ २०७९, बुधबार
विराटता भित्रको म

विराटता भित्रको म

४ जेष्ठ २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक