जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज अनुवाद

हिन्दू पनि अब जाग्दैछ

हृदयचन्द्र सिंह हृदयचन्द्र सिंह
प्रकाशित ११ कार्तिक २०७८, बिहीबार
अनुवाद, निबन्ध भित्र
0
हिन्दू पनि अब जाग्दैछ

युग बदलिँदै छ, जमाना फेरिँदै छ । अब मानिस यस्ता सडेगलेका कुराहरू र विचारहरूमा अडिरहने छैन । आजको मान्छे जागेको छ । आजको हिन्दू पनि रूढि परम्परा र संस्कृतिमा लाभहानि खोज्न जानिरहेको छ । आफ्ना सबै कुरा र व्यवहारमा तथ्य र अतथ्य, विशेषता र निकम्मापन, सार र सारहीनता आदिबारे ऊ छानबिन गर्दै छ । ऊ आफ्ना हरेक चीज र चालचलनमा गति, अगति र प्रगतिको अन्वेषण गर्छ र प्रत्येक भावना तथा संस्कारका कति विकास र कति विनाशको मात्रा छ भन्ने कुरा गहिरिएर हेर्छ । आफ्ना पुराना, सडेगलेका कुराहरू र विचारहरूको तितो अनुभव हिन्दूहरूलाई प्रशस्त छ । त्यसैले उनीहरू अब यस्ता कुराहरूमा फँसिरहने छैनन् । जमानाको रङ्गरूपलाई देखेर उनीहरू पनि अब अगाडि बढ्दै छन् । आजको हिन्दू आफ्नो आँगनमा हाम फालेर आफ्नो शक्तिको परीक्षण गरेरमात्र सन्तुष्ट हुन्न, ऊ संसारका चारैतिर दगुर्न चाहन्छ र आफ्नो पहुँचभन्दा पनि पर टाढाटाढासम्म आँखा फैलाउन र हेर्न चाहन्छ । उनीहरूका आँखाले दुनियाँका कुनाकुनासम्म देखिसकेको छ—जताततै जागृति मुस्कुराउँदै छ, प्रगति नाच्दै छ, र विकास गाउँदै छ । उनीहरूको हेराइमा कतै पनि यस्तो ठाउँ छैन जहाँ उन्नतिले छलाङ मारिरहेको नहोस् । आज हिन्दूले हरेक ठाउँ वैभवले उछलकुद गरेको देखिरहेछ, तृप्तिले आराम गरेको देखिरहेछ र हरेक मुलुकको जाति र व्यक्ति आकाशमा उड्नेतर्फ उत्साहित छ, पहाड फोर्नमा दृढ छ र समुद्रमा बाँध बाँध्नमा व्यस्त छ । आज हिन्दूले राम्ररी थाहा पाइसकेको छ— वेदमन्त्रका नाराले संसारमा अब शान्ति र सुख मिल्न सक्दैन, न कोरा आध्यात्मिक भावनाले सुखशान्ति मिल्न सक्छ, न त कसैको दया र आशीर्वादले । त्यस्तै न वर्णव्यवस्था आदि पुरानो पद्धतिबाट र न पौराणिक वा शास्त्रीय राजनीति वा धर्मनीतिले नै सुखशान्ति सुलभ हुन सक्छ । सुखशान्तिका लागि त श्रमको आवश्यकता पर्छ, जमानाको साथमा नयाँ बनेर चल्ने उत्साह राख्नुपर्छ । (यद्यपि ऊ पुराना वस्तु र राम्रा कुराहरू अर्थात् अतीतलाई पूरा कदर गर्दो होस्), प्रेम र अभेदका साथ व्यवहारमा समान हुँदै मिलेर काम गर्नुपर्छ । आज हिन्दूहरू के पनि अनुभव गर्दै छन् भने हिन्दूत्व नै खतरामा छ र उसको सुरक्षाका लागि वर्णव्यवस्था, भेदनीति, कट्टरपना एवं आफ्नो बडप्पनको झूटो अहम् इत्यादि खराब कुराहरूलाई समाप्त गरी आफ्नो होस् वा अर्काको तथा नयाँ होस् वा पुरानो, राम्रा कुराको स्वागत गर्दै सबै मान्छे अर्थात् समस्त जातिका मानिसहरूलाई समानताको स्तरमा सम्मान गर्न सिक्नुपर्छ ।

युग र जमानाअनुसार एवं आवश्यकताअनुकूल मान्छेले बदलिनुपर्छ । उसले बदलिन सिक्दैन अथवा बदलिँदै गरेको जमानाको चालमा नचलेर आफ्नै पुरानो जमानामा फर्कन चाहन्छ भने ऊ अवश्य नै नराम्रो हालतमा पुग्नेछ । उसले अगाडितिर त हेर्नेछैन नै, पछाडि पनि सुनसान भएर जीवनदायिनी नभएकाले भट्किरहनेछ । आखिरमा “धोबीको कुकुर घरको न घाटको” हालत हुनेछ । संसारमा सबैभन्दा कट्टर, सबैभन्दा अहङ्कारी र सबैभन्दा बढी भेदभाव गर्ने जाति हिन्दू हो । उसलाई आफ्नो जमाना, आफ्नो वस्तु र आफ्ना पुराना विचारमा ज्यादा गौरव छ, तिनप्रति अत्यधिक मोह र ममता छ । आफ्नो वस्तु, परम्परा, संस्कृति र विचारमा गर्व, मोह र ममता हुनु वास्तवमा कुनै खराब कुरा होइन । अवश्य नै ती कुराप्रति गर्व, मोह र ममता हुनु नै आफ्नो अस्तित्व र व्यक्तित्वको सुरक्षा गर्नु हो । तर फेरि पनि भावना र भावुकता ‘अति’ भयो भने त्यसको परिणाम सुखद हुँदैन किनभने दुनियाँमा जमाना पनि एउटा यस्तो कुरा हो जो बारम्बार बदलिइरहन्छ र मान्छेलाई सुखी बनाउनका निम्ति पुराना धेरै भावना र कुराहरूमा परिवर्तन ल्याउन चाहन्छ । जमानाको हावा कतिसम्म लाग्छ भने मान्छेले आफ्नो प्यारो संस्कृतिसम्मलाई फेर्र्नुपर्ने आवश्यकता पर्छ । कुनै व्यक्ति आफ्नो जमानाअनुसार अलिकति पनि बदलिन नचाहेर रोकिन प्रयास गर्छ भने ऊ प्रगतिमा त पछि पर्नेछ नै, साथमा उसले दुनियाँमा एक्लै यात्रा गर्नुपर्नेछ । उसलाई दुनियाँमा कतै जिन्दगी मिल्नेछैन । ऊ कुण्ठामा नै समाप्त हुनेछ । त्यसो त जमानाअनुरूप बदलिनुको नाममा आफ्नो खास अस्तित्व र व्यक्तित्वलाई केही नठान्नु, गुमाउनु र मेट्नु पनि कुनै प्रगति होइन । कुनै व्यक्ति वा वस्तुको प्रभावमा आएर आफ्नो मूल व्यक्तित्व र अस्तित्वलाई केही नसम्झनु मूर्खतामात्र होइन, अपराध पनि हो तर हरेक आफ्ना कुरालाई नै आफ्नो अस्तित्व र व्यक्तित्वको प्राण मानेर अलिकति पनि गतिशील नहुनु भनेको चाहिँ अवश्य नै जमाना, युग र वर्तमानको अपमान गर्नु हो । यस्तो मान्छे आफ्नो अस्तित्वको रक्षा गर्न समर्थ त हुन्न नै, साथमा ऊ दुनियाँमा पनि कतै सुखी हुन सक्दैन । त्यसै पनि आफ्ना हरेक चीजलाई नै आफ्नो अस्तित्व या व्यक्तित्वको प्राण मान्दै जिद्दी गरिरहेकाले नै हिन्दू जगत् आज यति पछाडि परेको छ । यदि हिन्दूले पहिलेदेखि नै जमानाको कदर गर्न जानेको भए सायद हिन्दू समाज हरेक क्षेत्रमा अगाडि हुन्थ्यो किनभने दुनियाँमा पहिलेपहिले जागृति पाउने, सभ्यता ल्याउने प्रतिभाशाली र कुशाग्र बुद्धिमय जाति यो नै थियो । त्यसैले बुद्धि पु¥याउने हो भने जुनसुकै काम र क्षेत्रमा अगाडि बढ्न उसलाई सजिलो हुन सक्छ । तर यस्तो नभएर हिन्दू जातिले जमानाको अपमान ग¥यो र ऊ आफ्नै पुरानो ढोलको बोलमा मस्त रहन थाल्यो । फलस्वरूप संसारमा ऊ आज नराम्ररी पिछडियो एवं अवनतिको खाल्टोमा प¥यो । तर हर्षको कुरा के छ भने आज हिन्दूहरू पनि जमानालाई चिनेर उत्तरोत्तर अगाडि बढ्दै छन् । यद्यपि कतिपय वरिष्ठ र बुजुर्ग हिन्दूहरू तिनको बाटोमा ढुङ्गा हाल्दै छन् र पछाडिबाट तिनका खुट्टा तान्दै छन् । आशा छ, अब हिन्दूहरू आफ्ना सडेगलेका पुराना चीजहरू र कुराहरूलाई टाउकामा राखिराख्नका निम्ति प्रगतिलाई लात्तले हान्नेछैनन् । उनीहरू अरूका साथमा अगाडि बढिरहनेछन् र चाँडै नै आफ्नो सुन्दर भविष्य निर्माण गर्नेछन् ।



अघिल्लो पोष्ट

घोडसवार

पछिल्लो पोस्ट

नेपाली हाइकुको विधि विधानमा आक्रमण

हृदयचन्द्र सिंह

हृदयचन्द्र सिंह

सम्बन्धित पोष्टहरू

देवीको वास खयर भारानी ताल
निबन्ध

देवीको वास खयर भारानी ताल

१३ भाद्र २०८१, बिहीबार
अभिशप्त
अनुवाद

अभिशप्त

१ श्रावण २०८१, मंगलवार
शून्य नै अन्तिम सत्य
निबन्ध

शून्य नै अन्तिम सत्य

२७ बैशाख २०८१, बिहीबार
अतिरिक्त मूल्य
निबन्ध

अतिरिक्त मूल्य

९ चैत्र २०८०, शुक्रबार
पछिल्लो पोष्ट
नेपाली हाइकुको विधि विधानमा आक्रमण

नेपाली हाइकुको विधि विधानमा आक्रमण

धर्ती र मान्छेप्रति समर्पित कवि

धर्ती र मान्छेप्रति समर्पित कवि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

उपन्यास ‘मनु’लाई कविडाँडा आख्यान पुरस्कार

उपन्यास ‘मनु’लाई कविडाँडा आख्यान पुरस्कार

२४ फाल्गुन २०८०, बिहीबार
पारिजातमा ….. कमजोरीहरू छन् ….. तर नगण्य छन्

पारिजातमा ….. कमजोरीहरू छन् ….. तर नगण्य छन्

२४ फाल्गुन २०८०, बिहीबार
दस लघुकथा संग्रह सार्वजनिक

दस लघुकथा संग्रह सार्वजनिक

२३ फाल्गुन २०७८, सोमबार
यात्रा अनुभव ४ : म कवि भएँ

यात्रा अनुभव ४ : म कवि भएँ

२३ फाल्गुन २०७८, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक