जनमत साहित्य डटकमको आयोजनामा जनमत वाङ्गमय प्रतिष्ठान नेपाल, काभ्रे र चेतना संरक्षण प्रतिष्ठान नेपाल, मोरङ्गका साहित्यिक संस्थाहरु मार्फत दुई जिल्लाका साहित्यकारहरु बीच दशैंको शुभ अवसरमा साहित्यिक शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
दुवै साहित्यिक संस्था आ आफ्नै भूगोलमा रहेर राष्ट्रमा भाषा साहित्य र वाङ्मयिक सेवामा समर्पित रहेका छन । कार्यक्रममा जनमत बाङ्गमय प्रतिष्ठान नेपालका अध्यक्ष मोहन दुवालले भाषा साहित्यको क्षेत्रमा बाङ्गमय जगतमा निरन्तरता दिदैं जाने जनमतको उदेश्य रहेको बताए । त्यस्तै चेतना संरक्षण प्रतिष्ठान नेपालका अध्यक्ष गंगा सुवेदीले मोफसलमा रहेर पनि साहित्यको चेतनालाइृ अगाडी बढाइ रहेको आफ्नो साहित्य गतिविधी र योजनालाई सुनाए ।
कार्यक्रममा जनमत वाङ्गमय प्रतिष्ठानका उपाध्यक्ष डा. रामप्रसाद ज्ञवालीले अहिलेनेका ेनेपाली अनुवाद साहित्यको वारेमा आफ्नो धारणा राख्दै आफ्नो कविता सुनाएका थिए । त्यस्तै प्रतिस्ठानका अध्यक्ष मोहन दुवाल ,सचिव सूर्यप्रसाल लाकोजू, आजीवन सदस्य छायादत्त न्यौपाने, चेतना संरक्षणवाट अध्यक्ष गंगा सुवेदी, राधीका गुरागाईं,गीता निरोला भण्डारी,डम्बर घिमिरेले आ आफ्नो कविताहरु प्रस्तुत गरे । कार्यक्रमको उद्घोषण जनमत साहित्य डटकमका सम्पादक सिर्जना दुवाल श्रेष्ठले गरेका थिए भने धन्यवाद ज्ञापन जनमत वाङ्गमय प्रतिष्ठानको कोषाध्यक्ष भारती श्रेष्ठले गरे। कार्यक्रममा जनमतवाट चेतना संरक्षण प्रतिष्ठानलाई सम्मान पत्र र उपहार प्रदान गरिएको थियो ।