कोठामा छिर्ने वित्तिकै उसले व्याग खोलेर बाबुको फोटो झिक्यो । उसका आँखा कोठामा छिर्ने बित्तिकै भित्तामा झुण्डिरहेको माक्र्सको फोटोमा गएर अडिए । त्यो फोटोलाई द्रुत गतिमा गएर भित्ताको किलाबाट छुटायो र पछाडि पल्टाएर ससाना ल्वाङ किलाहरु उखेल्ने जमर्को ग¥यो । तर उसका हातहरु अनायासै काँप्न थाले । एउटा किला पनि उसका हातले उखेल्न सकेन । यी हात उसका तिनै हुन् जसले कुनैबेला जेलभित्रबाट सुरुङ्ग खनेर मुक्त आकाशमा विचरण गर्ने शक्ति प्रदान गरेका थिए । तर आज के भएको हो ? जाबो ल्वाङ किला उखेल्न समेत असमर्थ भइरहेका छन् ? उसको जीवन आफ्नैलागि दन्त्य कथा भैंm लाग्यो र खाटमुनिबाट हथौडा झिकेर किलाहरु पटापट उखेल्यो । केही मिनेटमै उसले हिजोसम्मका आफ्ना आराध्यदेव कार्ल माक्र्सको फोटो झिकेर बाबुको फोटो त्यो फ्रेममा मिलायो । हतारमा काम गरिरहेकाले हिजोसम्म श्रद्धापूर्वक कोठामा सजाइएको महामानव माक्र्सको फोटो उसका हात खुट्टा र जिउका चलाईले भुइँमा खसी आफ्नै खुट्टाले किचिमिची पारेको समेत पत्तै पाएन वा पत्ता पाएर पनि ग्लानीको महशुश गरेन । यो उसैले जान्ने कुरा हो ।
आज राजाले राष्ट्रका नाममा विशेष सम्वोधन गर्दैछन् । ऊ भर्खरै राजालाई भेटेर फर्केको हो । राजाले गर्ने सम्वोधनमा दलहरुमाथि प्रतिवन्ध लाग्नेछ । दलका नेताहरु समातिने छन् । कथित् स्वच्छ छवि भएका राष्ट्रवादीहरु राजाको अध्यक्ष्यतामा गठन हुने मन्त्री मण्डलमा सामेल हुनेछन् । ऊ अर्थात क्रान्तिकारी चारु मजुमदारको शिष्य गोपीनाथ शर्मा पनि मन्त्री हुने भएको छ । त्यसैले ऊ आतुर छ अहिले मन्त्री पदको शपथ खान र हटाउँदैछ कार्ल माक्र्सको फोटो बैठक कोठाबाट ।
फ्रेममा बाबुको फोटो हालेपछि अगाडि पल्टाएर खूब गौण गरेर हे¥यो । लामो नाक, फराकिलो निधार, चुच्चे शैलीमा पट्याइएको कालो भाँदगाउँले टोपी, केही तल झरेर फेरि दायाँबायाँतिर सपक्क मिलाइएका मुठे जुङ्गा,कोटको पटरीमा एकातिर लाली गुराँस पूmलको सानो लकेट र अर्कोतिर कुनै विभूषण । साँच्चै बाबु राम्रा माननीय र गम्भीर व्यक्तित्वका लाग्यो उसलाई । कति सटिक र खुलेको अनुहार बाबुको उसले मनमनै गुन्गुनायो । बाबुको चम्किलो व्यक्तित्वको फोटोबाट अभैm आफ्नो आँखाहरु पन्छाउन सकेन र एकटक टोल्हाई रह्यो । मानौं आज उसको मन बाबुको अनुहार हेरेर यति प्रफुल्ल छ कि जुन आज भन्दा पहिले कहिल्यै भएको थिएन । त्यसैले ऊ अभैm तल्लिन भएर हेरिरह्यो । लाम्चिन खोज्दा खोज्दै दुवैतिरबाट कलात्मक किसिमले चटक्क मोडेर मिलाइएको भैmं भान पर्ने बाबुको चिउँडो देखेर ऊ दङ्ग प¥यो । त्यस चिउँडोको मुनीको रुद्र घण्टीमा एकाएक आँखा पर्दा ऊ अतासियो । उसका हात खुट्टा कामे र सँगसँगै हातको तस्वीर पनि काम्यो । जिउका नशाहरु खुम्चिएको अनुभूत भयो र मुटुमा ठूलो चट्याङ्ग पर्दा अनायास ढुक्क फुले भैंm अनुभव ग¥यो । यसपछि उसको मष्तिष्क एकाएक तीसको दशक अघिको घटनातिर फर्कियो । यसै घटनाले आज उसलाई देशभरि नै चिनाएको थियो र त्यही बनेको परिचयको कारण क्रान्तिकारी पार्टीको चर्चित नेता भएको थियो । ऊ आज मन्त्री बन्ने जुन हैसियत बनेको छ त्यो हैसियत यसै घटनाबाट प्राप्त भएको हो ।
उसका मनमष्तिष्कमा यो घटनाको श्रृङ्खला सर्सर्ति यसरी अवतरण हुन थाल्यो । त्रिचन्द्रको बिएको पढाइ सकेपछि परीक्षा दिएर ऊ आफ्नो घर विप्लवनगर फर्कंदा जिल्लामा बर्ग सफायाको क्रान्तिकारी राजनीतिक अभियान सञ्चालन भइरहेको थियो । त्यस नयाँ जोश र लहरले उसका नशा नशा भरिए । त्यसैले देशको काँचुली फेर्न र नयाँ भड्किलो लहर ल्याउन ऊ कसिएर लाग्यो । उसका दीक्षादाताहरु भन्थे–मानिसले सवैभन्दा पहिले आफ्नो घरमा विद्रोह गर्नु पर्दछ । घरको कुँडा कर्कट नफाली गाउँ र टोल सफा हुन्न ।
यसै आदर्शलाई पछ्याएर अगाडि बढ्ने अठोट उसले ग¥यो । उसले आफ्नो बाबुको अनुहारमा सामन्ती संस्कार यत्रतत्र लपेटिएको भेट्यो । बाबुका हरेक गतिविधिहरु, बर व्यवहार र अरु मानिसलाई हेर्ने दृष्टिकोण हेपाहा प्रवृत्तिको शोषक सामन्तको झैं लाग्न थाल्यो । त्यतिबेला उसलाई आफ्नो बाबुको जुङ्गा पनि हिटलरको आधुनिक संस्कार भैंm प्रतीत भयो । बाबुको कोटमा राष्ट्रि«यता होइन सामन्ती राजतन्त्रको दलालीको गन्ध भेट्यो । उसका बाबु त्यस जिल्लाका माननीय राष्ट्रि«य पंचायतका सदस्य होइन जनद्रोही शासकमा रुपान्तरित हुँदै गए भैंm लाग्यो । त्यसैले यस जनद्रोही पनलाई समूल नष्ट गर्नुपर्ने निर्णयमा ऊ पुग्यो ।
एक राष्ट्र« एक वर्गको समतामूलक आदर्शमा उसका मष्तिष्कका तन्तुहरु केन्द्रित हुन थाले । समाजमा हुनेखाने वर्ग र हुदाखाने वर्गहरु भएको शिक्षा उसले पायो । हुनेखाने वर्गहरु हुँदाखाने वर्गहरुको श्रम शोषण गरेर अतिरिक्त नाफा कमाएर समाजमा धनी र गरीब वर्गको उदय भएको ज्ञान पायो । त्यसैले समाजमा हुनेखाने वर्गहरु औंस्याहा झिंगा जस्तै समाजका खराब तत्व हुन् भन्ने निर्णयमा ऊ पुग्यो । यिनै वर्गको हाली मुहालीका कारण देश र जनताले दुख भोग्नुपरेको र सामाजिक संरचना भताभुङ्ग भएको वोध ग¥यो । त्यसैले यी वर्गको फँडानी घरैदेखि गर्ने निर्णयले आतुर उसको क्रान्तिकारी जोशले हातमा भोजपुरे खुकुरी बोक्न थाल्यो । त्यो खुकुरीको पहिलो शिकार त्यही बाबुको रुद्र घण्टी भएको थियो । त्यही रुद्र घण्टीबाट बाबु शरीर र टाउको छुट्टिएको थियो । उसको बाबु एकै प्रहारमा हुरीले ढालेको मसलाको रुख भैंm आँगनमा गर्लम्म ढलेको थियो र आँ आँ मुख बाएर केही मिनेट मै यस संसारबाट बिदा भएको थियो । त्यसैले बाबुको फोटो हेर्दा हेर्दै त्यो रुद्र घण्टी देखेर उ अत्तासिएको हो ।
त्यसपछि ऊ र ऊ जस्तै अल्लारे जोशिलाहरु जेलमा परे । उनीहरुलाई हत्याको अभियोग लाग्यो तर उनीहरुको चाहना बेग्लै थियो अर्थात् राजनीतिक बन्दीको मान्यता । त्यतिबेला व्यक्ति हत्या र नेतृत्वको अहँ एउटा बिडम्बना नै थियो । क्षीण तर्कहरुले दीक्षित व्यक्ति हत्या गर्नेहरुको मण्डली यस अभियानबाट साँच्चै राष्ट्र«ले कोल्टे फेर्छ भन्ने दिवा स्वप्नसाथ देशभर पैmलिए । ऊ जेलको भित्ता र नेल तोडेर सुरुङ हुँदै एकदिन धर्तिमुनी लुक्यो र उसको एउटा भीड देशभरि नै पैmलियो । माकर््स, लेनिन र माओ विचारधारालाई आत्मसात् गर्ने शान्तिपूर्ण निशस्त्र पार्टीमा रुपान्तरण भई जनसंघर्षको बाटोबाट हिंड्ने विचारलाई आत्मसात् गरेको गोपीनाथ अहिले आप्mनो पङ्ति छाडेर राजाबादीमा रुपान्तरण हुँदा यस अवस्थामा आइपुगेको छ ।
उसले भर्खरै सम्झेको बाबुको प्राणान्त हुनेबेलाको मुख र फोटोको मुख हे¥यो । फोटोमा बाबुको अनुहार बिलकुल स्निग्ध,निरपराध र रहरलाग्दो ओजस्वी अनुहार लाग्यो उसलाई । सोच्यो उसको बाबु कुनै हालतमा खराब थिएन । त्यसपछि उसको मन खिन्न र उदास भयो । लामो सास एकैचोटी फाल्यो र सुस्तायो । पिसाब फेरुँ फेरुँ भैंm लाग्यो । एकचोटी जुरुक्क उठ्यो र जिउ मर्कायो । तत्कालै फेरि बस्यो र बाबुको फोटो हेर्न थाल्यो ।
बाबुको टम्म जोडिएका युगल ओठहरुमा उसले मोनालिसाको नजानिंदो मुस्कान भेट्यो । उसले बाहिरतिर हेर्यो । हलुवाबेदको पालुवाको लहलहाउँदो चिल्लो हरियो मुनाहरुमा सुस्त सुस्त हावाका झोक्काहरु निरन्तर बगिरहेको देख्यो । उसले छातीमा हात राख्यो र केही शित्तल भएको महशुश गर्यो । केहीबेर घोत्लियो र झ्यालमा बिहान दाह्री खौरिंदा अडेस लगाएर राखेको सानो गोल ऐना दाहिने हातले उठायो र आप्mनो मुख हेर्यो ।
अहिले उसलाई आप्mनो मुख ठीक त्यस्तै लाग्यो जस्तो फोटोमा उसको बाबुको छ । उसका जुङ्गाहरु उस्तै थिए । आँखाका भावहरुमा केही बाबुको भन्दा केही फरक नौलोपन थिएन । फरक उसले यति देख्यो कि उसका कोटका पटरीहरुमा कुनै विभुषण र राष्ट्रि«य चिन्हहरु थिएनन् । उसको कल्पनामा त्यो पनि केही समयपछि पक्कै पूरा हुने देख्यो र आपैंm दङ्ग पर्यो ।
दिन ढल्नै लागेको थियो । चैतको मौसमी हावाले लहरेपिपलका नयाँ पालुवाहरु चुँडाल्दै उडाइरहेको दृष्य झ्यालबाट हेर्यो र सडकमा गुडिरहेका असंख्य सवारीहरुतिर लोभलाग्दो पाराले हेरिरह्यो । एउटा रातो कार अति नै स्नीग्ध सफा र टल्केको रुप लिएर उसको दृष्टिबाट ओझेल पर्यो । उसलाई त्यो कारको रंग मन परेन तर मनमनै त्यसको चमकबाट ऊ निकै आकर्षित भयो । सोच्यो मन्त्री भएँ भने त्यही मोडेलको सफा घिउ रंगको एउटा कार किन्ने मेसो गर्नुपर्ला । झट्टै उसको दिमागमा अर्को झट्का लाग्यो । ऊ जहाँ बसेर अहिले यी भावी तानाबाना बुन्दैछ, त्यो घर पनि त आप्mनो होइन । घर बनाइन्छ राजधानीमा, उसले आपूmलाई अभैm तन्कायो र यसैगरी ऊ सुदूर पाँच वर्षसम्म आपूm मन्त्री भइरहने काल्पनिक खेल मनभित्र खेलिरह्यो ।
ओहो ! तपाईं त चूपचाप के घोत्लिएर बसिरहेको भन्या ? मानिसहरु आउने बेला भइसक्यो । जिल्लाका पन्ध्र बीस जना हाम्रा कार्यकर्ता र हामीलाई सघाउने नरम पञ्चहरु साँझ छ बजे भित्र आउने खवर गरेका छन्– श्रीमती अर्थात गौरीका यी शव्दहरु पछि ऊ झस्केर हातको फोटो किलामा टाँग्यो । केही सतर्क हुँदै आपूmलाई धेरै टाढाबाट तानेर वर्तमानको धरातलमा ल्यायो र भन्यो–त्यसो भए भरेको खर्च बोझिलै हुने भयो ? यसबारे तिम्रो बन्दोबस्त के छ ?
उसले धर्तिमुनी पिरती गाँसेर गौरीसँग गान्धर्व विवाह गरेको थियो । त्यसैले उसकी श्रीमती अर्थात गौरी पहिलेदेखि नै ऊ भन्दा बढी चनाखो र व्यवस्थापनमा चुस्त थिई । झन् यतिबेला त गौरी प्रत्येक व्यवहारमा ऊ भन्दा दशमिटर अगाडि हुन्थी ।
–बिहान रतिराम अग्रवाल आएका थिए । उनी रात्री बसमा आएका रे । उता हजुरको मन्त्री हुने निश्चित छ भन्थे । केही सेवा गर्न सकिनँ सानो थैली सहयोग भनेर एकलाख दिएका छन् । त्यसैबाट चलाउँला खर्च ।
केहीबेर मै दिन ढल्यो र साँझ भयो । गोपीनाथका घरमा अठार जना भित्रिए । एक राउण्ड चिया चल्यो । चुरोटका बग्रेल्ती धुवाँहरु कोठाका सिलिङ्तिर अकासिए । सबैले उसलाई मन्त्री हुन लागेकोमा अग्रिम बधाइ दिए । ऊ दंग पर्यो र अगाडिका टम्म मिलेका छ वटा दाँतहरु देखाएर हाँसिरह्यो केही बेरसम्म । मानौं यति पुलकित र प्रफुल्ल गोपीनाथ शर्मा कहिले देखिएको थिएन ।
थाकिएको छ खाना अघि अलिअलि रमझम गर्नु पर्दछ–उनीहरु माझबाट कसैले प्रस्ताव ल्यायो । यो प्रस्ताव ल्याउने उसको त्यही पुरानो मित्र हो जो जादुगरको डमरु बजाइमा नाँच्ने बाँदर जस्तै उसको हरेक आयामहरुमा साथ दिने हनुमान तर अरुको बीचमा भने ऊ पछिको दुई नम्बरको नेता या गोपीनाथको उत्तराधिकारी ।
क ले भन्यो–हजुरले मलाई ठेक्का पट्टाम सहयोग गर्नु पर्दछ ।
ख ले भन्यो–मलाई समुन्द्रपार व्यापारको लाइसेन्स र हुण्डीको कारोबारमा तपाईंको साथ चाहिन्छ ।
ग ले भन्यो–मैले त केही जानेको छैन । मलाई त अधिकृतको जागिर चाहिन्छ ।
त्यस्तै घ देखिका मानिसहरुले आ आप्mना कुराहरु राखे तर हाम्रो फलानो गाउँमा बत्ती पुर्याउनु पर्दछ, स्कूल खोल्नु पर्दछ, बाटो र हेल्थपोष्ट बनाउनु पर्दछ कसैले भनेन ।
ऊ भने सबैतिर फर्कर रातो रातो नशालु आँखाले हेर्दै मानौं प्रतिबद्धता साथ जवाफ दिइरहेको छ–हो म तिमीहरुलाई पहुँच पुगेसम्म सहयोग गर्छु गर्छु ।
त्यसपछि आठ बज्यो । उनीहरुसँगै बसेर समाचार सुने । राजाको घमण्डपूर्ण अभिव्यक्ति सहित “दलहरुको आपसी खिचातानी र दलीय स्वार्थको कारण देशमा शान्ति र अमन चैन कायम नभएकाले आपूmमा अन्तर्निहित राजकीय शक्तिको प्रयोग गरी” आप्mनै अध्यक्ष्यतामा मन्त्री मण्डल गठन भएको समाचार आयो । गोपीनाथ मन्त्री मण्डलको पाँचौं नम्बरमा आयो । भोलि विहान आठ बजे मन्त्री मण्डलको सपथ हुने समाचार पनि प्रशारण भयो ।
गोपीनाथ मण्डलीले हात हातको रक्सीको प्याला उठाउँदै कराए–हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ ।
गौरीले अविर दलेर –वधाइ छ हजूरलाई भन्दै पूmलको माला लगाई दिई ।
–लौ सवैजना उठ्नोस् ! बाहिर दीपावली गर्ने ।
गौरीलाई पछ्याउँदै गोपीनाथ लगायत सवैजना आँगनमा निस्किए । आँगनमा एकोहोरो स्वरमा कुकुर रोइरहेको थियो । वातावरणमा आँधी हुरी शुरु भएको थियो । पर कतै कसैको घरबासको छाना उडाएको आवाज आयो । एक्कासी बिजुली चम्कियो र चट्याङ्ग पर्यो । एउटा कोलाहल र आँधी हुरी बीच गोपीनाथ र उनका सहचरले दिपावली गर्नै सकेनन् । बत्ति निभिनै रह्यो । अँध्यारो छायी नै रह्यो ।