जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना निबन्ध

अन्धकारभित्रको अन्धकार – ८

शान्ता श्रेष्ठ शान्ता श्रेष्ठ
प्रकाशित १९ आश्विन २०७८, मंगलवार
निबन्ध भित्र
0
अन्धकारभित्रको अन्धकार – ८

गोदामको टिनको छानामा अघिल्लो दिनको जस्तै चराहरुको झगडा सुरु भयो । सायद कौवाले होला छाना नै प्वाल पार्न खोजेको जत्तिकै ठूलठूलो आवाजले गोदामभित्रको मौनतालाई एकाएक खलबल्याई दिएको थियो । किन चराहरु त्यस्तरी रिसाएर आक्रामक भएका होलान् ? मेरो अन्धकार मनमा प्रश्न उठिहाल्यो । चराहरुको पनि आफ्नो–आफ्नो सोच, विचार, रहनसहन, रिस राग र समस्याहरु त हुने नै भयो । तिनीहरुको पनि आफ्नै परिवार, इच्छा, आकाङ्क्षा आदि त हुने नै भयो । हामीले पो बुझ्न सकेनौं चराहरुको बेग्लै संसार । झगडा बढ्दै गइरहेको थियो ।

अचानक घन्टी बज्यो । मेरो ध्यान उतै गयो । आइतबार दिउँसोको पाँच बजेको थियो । ताल्चा खुल्यो । ढोका उघ्य्रो । त्यही चिरपरिचित खानाको नमीठो गन्ध गोदामभित्र व्याप्त भयो । त्यही भाँडामा खुर्केर ल्याएको चिसो भात, त्यही मासको दालको पानी, मुलामा हरिया गोलभेडा मिसाएको तरकारी थियो । त्यहाँ मेरा साथमा थुनिएकाहरुको हत्कडी फुकाली दिए सेनाहरुले । तिनीहरुका अगाडि भातका थालहरु थिए । मेरो झूल बाहिरको भातको थाल मैले झूलभित्र तानेँ । भातमाथि राखेर मासको दालको पानी भएको भात मुछेँ । तरकारी चाखेर हेरेँ । मुलालाई हरियो काँचो गोल्भेडाले जितेकाले अमिलो बढी हुनाको साथै स्वाद पनि अनौठो बेस्वादको लाग्यो मलाई । मैले भात खान सकिनँ । पेटमा त्यस्तो असह्य भोक पनि थिएन । थाल झूलबाहिर राखिदिएँ ।
“दिदी ! तपाईंले भात खानु भएन । तरकारी मीठो लागेन ?”
टाउको उठाएर हेरेँ । झूलमाथि सेनाको टाउको देखेँ । भेन्टिलेटरबाट फालेको उज्यालो पुगेको थिएन । उनको अनुहारको नाक–मुख छुट्याउन मैले यति मात्र अन्दाज गर्न सकेँ कि सेना भर्खरको तन्नेरी थिए हिजोको नभई आज अर्कै जस्तो लाग्यो मलाई । एउटै प्रश्नले दिक्क लागेकाले भित्ता पुग्ने गरी जवाफ दिन मन लागेर पनि म चुपै लागेँ । सोचेँ बिचरा तल्लो तहको सिपाहीलाई झोक देखाएर के फाइदा ? उनले त त्यति भए पनि माया देखाए ।
“भाइ ! तपाईंले दिदी भनेर माया देखाउनुभयो । त्यसका लागि तपाईंलाई धन्यवाद छ । भाइ ! मलाई दुई गाँस भात ल्याइदिने गर्नुस् न । यसरी अन्न फाल्नु हुँदैन । अरु यहाँ राखेका भाइहरुले पनि भात खान नसकेको देखेँ मैले । त्यति तपाईंले भनिदिन सक्नुहुन्छ ?”
“यहाँ केही फरक पर्दैन दिदी । अन्न खेर गएकोमा पीर नगर्नुस् । आफ्नो स्वास्थ्यको पीर गर्नुस् दिदी । के गरुँ हामीले बोल्नु हुँदैन । पहिले थाहा थिएन । यस्तो नोकरी गरियो । तपाईंले सरहरुलाई भन्नुस् – “मैले भात खान सकिनँ । मलाई दूध र पाउरोटी दिनुस् ।”
“तपाईं दूध र पाउरोटीको कुरा गर्नुहुन्छ । खान हुने पानी त पाएकी छैन ।”
“ए । पानी त पाइहाल्नुहुन्छ । म मगाइ दिन्छु । मलाई पानी राख्ने भाँडो ऊ त्यो कन्टेनर दिनुस् ।”

सेनालाई पानी राख्ने भाँडो मिनरल वाटरको कन्टेनर दिई म फेरि चित–उत्तानो पल्टेँ । सोचें – मेरो संसार यतिको सानो हुनसक्ने मैले सपनामा पनि देखेकी थिइनँ । मेरो आकाश टिनको छानामा सीमित पृथ्वी फोमको ओछ्यानमा सीमित, तैपनि म नेपालकै नक्सामाथि छु भनेर मैले गौरव गरेँ । म सानो अन्धकार स्थानमा सीमित रही विशाल विश्व चहार्न पुगेँ । अचानक मेरो दृष्टिमा अमेरिकी राष्ट्रपति जर्ज बुसको क्रूर, भावहीन, हिंस्रक जनावरको जस्तो आँखा बस्न आयो । विश्वका सबैभन्दा ठूला तानाशाही–हैकमवादी, आतङ्ककारी, मानव–विनाशका प्रमुख नाइकेले फगत एक जना ओसामा बिन लादेनलाई सुपुर्दगी नगरेको निहुँले अफगानी र अफगानिस्तानमाथि के कस्तो एकतर्फी अनगिन्ति बम, क्षेप्यास्त्र, गोली आदि बर्साइ चकनाचूर पारेका दृश्यहरुले विश्व नै अवाक भई, किंकर्तव्यविमूढ भएको सम्झीसम्झी म लाटी भइरहेकी थिएँ । आफूलाई सुपर–पावर मानेका अमेरिकाका शासक वर्गले के गर्न बाँकी राखेका छन् ? इराकलाई त्यस हालतमा पुर्‍याएर पनि जैविक हतियार छ भनेर एकतर्फी युद्ध गर्ने धम्की, त्रास, डर आदि दिई लखेट्नसम्म लखेटिरहेका छन् । बाउ र छोरा दुवै अमेरिकाका राष्ट्रपति हुन पाएका बुसहरुले गरेका र गरिरहेका अन्याय, अत्याचार र पापाचारले आकाश छोएर पनि विश्वका अन्य राष्ट्रहरुका शासकवर्गको चेतना खुलेको छैन । योभन्दा ठूलो आपत अरु के हुन सक्छ ?

अचानक ओसामा बिन लादेनको आँखा र बाउ–छोरा दुवै बुसका आँखा तौलिन पुगेँ म । अचम्म लाग्यो । ती दुईथरिका आँखामा आकाश र जमिनको फरक पाएँ । रुपमा नै तुलना छैन । कहाँ बिन लादेन, कहाँ बुस ? बेपत्ताका कुरा । बिन लादेनको रुप, अनुहार, व्यक्तित्व, त्यही दया, त्यही मानव कल्याणको प्रतिरुप मैले ओसामा बिन लादेनमा पाएँ । यी गुणहरुका ठीक विपरीत चरित्रको अनुहार र रुप पाएँ मैले बुसमा । अहिले विश्वका अधिकांश राष्ट्रका शासकवर्ग निकम्मा, दुराचारी, शक्ति, सत्ता र रक्तपिपासु भ्रष्ट भ्रष्टाचारी, नग्न र घृणित छन् । म यस्तै कुरामा हराइरहेकी थिएँ । ढ्वाङ्ग ढोका खोलेको आवाजले म झसङ्ग झस्केँ । मुटुको ढुकढुकी बढिहाल्यो ।
“दिदी ! तपाईं उठ्नुस् । तपाईंलाई बाहिर बोलाउनुभयो ।”
“फेरि किन बोलाएका होलान् ? मलाई किन दु:ख दिनुभएको ?”
“के गरुँ दिदी ? हामीले त अर्डर मात्र मान्ने न हो ? उठ्नुस् । किन रिसाउन दिने ? बिस्तारै डोर्‍याएर लान्छु, म तपाईंलाई ।”

मलाई भने पटक्कै जान मन थिएन । आफै भुतभुताउदै उठेँ म । सल ओढेँ । नकाव राम्ररी मिलाएँ । जुत्ता लगाई सेनाको सहारामा म बाहिर पुगेँ । खुला स्थलको स्वच्छ हावाले मलाई स्पर्श गरिहाल्यो । चम्किलो घामको प्रकाश नकाबभित्रसम्म चुहिएकाले बाहिरको दृश्य अलि छुट्याउन नसकिने भए पनि देखिएको थियो । मेरो अगाडि तीनजना सिभिल ड्रेसका मान्छेहरु कुर्सीमा बसिरहेका देखेँ मैले । अरु मेरो दायाँबायाँ र पछाडि कति जना थिए ? मैले देख्ने कुरै भएन । मेरो सेलाएको शरीरमा घाम सरसर्ति पोतिंदै आएकोले मलाई अनौठोको आनन्द लागिरहेको थियो ।
“शान्ता दिदी ! तपाईंले खाना खानुभयो ?”
व्यङ्ग्यले मुस्काए मात्र । मैले केही जवाफ दिइनँ ।
“भात खान सक्नु भएन रे । अहिले तपाईं के खानुहुन्छ ? चिया कफी या अरु केही ? तपाईं भन्नुस् । म मगाई दिन्छु ।”
“किन दु:ख गर्नुहुन्छ ? पर्दैन पर्दैन । बरु सक्नुहुन्छ भने ब्यागमा निद्रालाग्ने ओषधि कम्पोज छ दुई चक्की मात्र भए पनि लिन पठाइ दिनुस् न । यहाँ आएदेखि सुत्न सकेकी छैन ।”
“ठीक छ । लिन पठाइदिन्छु । अरु केही ?”
“अरु ब्यागमा टुथब्रस, पेस्ट र रुमाल छ । त्यो पनि भए हुने ।”
“ल ठीक छ । लिन पठाइ दिन्छु ।”
“तपाईंले फेरि मलाई लिन पठाउनुभयो । किन ? कुनै खास काम आइपर्‍यो कि ?”
“तपाईंले फेरि झूट बोल्नुभयो । आज मैले तपाईंसित भेटेकै छैन । पहिलोपल्ट भेट्दै छु म तपाईंसित ।”
“किन ठट्टा गर्नुभएको ? तपाईंलाई आँखाले नदेखे पनि कानले त देखेकी छु । एकपल्ट सुनेको आवाज म हत्तपत्त बिर्सन सक्दिनँ । तपाईं त्यही भाइ हुनुहुन्छ जसले मध्यरातमा मलाई मेरो घरबाट उठाएर ल्याउनुभएको थियो ।”
“तपाईं जे भन्नुस् अघि तपाईंसित बयान लिने म हुँदै होइन ।”
“तपाईंले नचाहिने कुरामा किन जिद्दी गर्नुहुन्छ ? ३५ वर्षसम्म सयौं स्वरसित खेलेको मान्छे हुँ म । एकपल्ट मेरो कानमा परेको स्वर चिन्ने मेरो क्षमता छ । मसित ठट्टा नगर्नुस् । मेरो नाति भन्न सुहाउनेहरुसित म कुरा गर्दिनँ । कृपया मलाई भित्र पुर्‍याइदिनुस् ।”

म रिसले जुरुक्क उठिहालेँ । दुवै हात फैलाएर मलाई डोर्‍याएर ल्याएका सेनालाई बोलाएँ । उनले इसारा पाएर होला, मलाई समातेर भित्र लाँदै गर्दा, मेरो काननिर थुतुनो ल्याई मसिनो स्वरले भनेको सुनेँ –“दिदी ! तपाईं शान्ता श्रेष्ठ हो ?”
“हो ।”
“तपाईंको रिहाइको माग विभिन्न पत्रपत्रिकामा निस्केको छ । तपाईंले पीर नगर्नुस् । तपाईंलाई छिट्टै छोड्ने छन् ।”

गोदामभित्र पाइला पर्ने बित्तिकै चिसो, नमीठो गन्धले मलाई समातिहाल्यो । उत्तानो पल्टिने बित्तिकै कृष्णसेन इच्छुकको पूर्ण कद मेरो आँखामा उभिन आयो । दिन दहाडै उनलाई समातेर लैजाँदा सयौं आँखाले देखेका थिए । उनको रिहाइको माग गरी धेरै पत्र पत्रिकाहरुमा प्रकाशित समाचारले मेरो मुटु नै समातेको थियो । जन–आवाजको कदर गर्ने सरकार भइदिएको भए, आजको भयावह स्थिति आउने नै थिएन । कृष्णसेनलाई समातेको हो भनेर सकार्ने नैतिकतासम्म पनि श्री ५ को सरकारमा भएन । हजारौं अनगिन्ती मानिसहरुलाई समातेका छन् । तर समातेँ भनेर सकार्नुपर्ने आवश्यकता देखेका छैनन् । यो कस्तो विडम्बना हो ? शासक वर्गले आफ्नो नाङ्गो चरित्र घृणित व्यवहारलाई छोप्ने एउटै मात्र साधन पाएका छन्–निर्दोष मान्छेको रगत, घाउ र लास । बस्, यसैमा टिकेको छ सत्ता ।
म कसरी बिर्सन सक्छु ? कृष्णसेन ‘इच्छुक’लाई । जसले नजिकबाट भेट नहुँदै मलाई चिनेका थिए । जेलमा छँदै उनले एउटा कविता लेखेका थिए –
दिदी शान्तालाई
दिदी म पढिरहेको छु
तपाईंका कविताहरुलाई
तपाईंका शब्दहरुलाई
तपाईंका अनुभूतिहरु
र तपाईंका भावाभिव्यक्तिहरुलाई
म पढिरहेको छु

म पढिरहेको छु
झन्डै सात दशक लामो 
तपाईंको जीवनको
आरोह अवरोहहरुलाई 
तपाईंको लामो यात्रा 
र, त्यसका घुम्ती गौंडा र गल्छेडाहरुलाई 
म पढिरहेको छु । 
दिदी, यसरी म कविता होइन बगिरहेको नदीजस्तै
निरन्तर गतिशील
तपाईंको क्रियाशीलतालाई पढिरहेको छु । 

तपाईंको आस्था
तपाईंको विचार
र, तपाईंको आत्मसङ्घर्षलाई पढिरहेको छु
नयाँ आयामको स्वागतमा 
हर्षले कस्सिरहनुभएका
तपाईंका मुठीहरु 
र नयाँ जीवनको उल्लासमा 
तपाईंका आँखाभित्र गर्वले चम्किरहेका 
सुन्दर, सुकोमल र सजीव
सपनाहरुलाई म पढिरहेको छु ।

– ‘इच्छुक’, २३ मंसिर २०५६
प्रकाशित चैत्र २४/२०५७, ‘जनआह्वान’

यो हो इच्छुक कृष्णसेनले मलाई दिएका मेरै सङ्घर्षशील जीवनको मेट्नै नसकिने तस्वीर । तस्वीरमा मैले आफ्नो अस्तित्व पाएकी छु । मेरो आफ्नो परिचय पाएकी छु । मेरो आफ्नो भविष्य पाएकी छु । कविता पढ्दा म रोएकी थिएँ । जुन पार्टीलाई मैले ४० औं वर्षसम्म सपोर्ट र सहयोग गरेकी थिएँ, त्यस पार्टीका नेताहरुले मलाई चिन्न सकेनन् । तर एउटा युवक जसको अनुहारसम्म पनि मैले देखेकी छैन, उनले मलाई सम्बोधन गरी कविता लेख्नु ? अनि प्रकाशित गरी मेरो परिचय दिनु ? कति नि:स्वार्थ भावना ?! निस्वार्थ विचार ?! निस्वार्थ सिद्धान्त ?! मेरो ६९ वर्षको जीवनमा इच्छुक पहिलो व्यक्ति हुन् जसलाई भेट्ने र कुरा गर्ने ठूलो इच्छाले म प्रतीक्षारत थिएँ । (क्रमश:)


अघिल्लो पोष्ट

साहित्यिक शुभकामना आदानप्रदान कार्यक्रम

पछिल्लो पोस्ट

के देखेँ सपना !

शान्ता श्रेष्ठ

शान्ता श्रेष्ठ

सम्बन्धित पोष्टहरू

देवीको वास खयर भारानी ताल
निबन्ध

देवीको वास खयर भारानी ताल

१३ भाद्र २०८१, बिहीबार
शून्य नै अन्तिम सत्य
निबन्ध

शून्य नै अन्तिम सत्य

२७ बैशाख २०८१, बिहीबार
अतिरिक्त मूल्य
निबन्ध

अतिरिक्त मूल्य

९ चैत्र २०८०, शुक्रबार
प्रगतिवाद भनेको वैज्ञानिक चिन्तन हो
निबन्ध

प्रगतिवाद भनेको वैज्ञानिक चिन्तन हो

१४ माघ २०८०, आईतवार
पछिल्लो पोष्ट
के देखेँ सपना !

के देखेँ सपना !

जङ्गबहादुर राणाको जन्म र बाल्यकाल

जङ्गबहादुर राणाको जन्म र बाल्यकाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

बनेपा–चण्डेश्वरीको प्राचीनता–अध्ययन

बनेपा–चण्डेश्वरीको प्राचीनता–अध्ययन

२३ फाल्गुन २०७८, सोमबार
नाटक ‘नासो’ मञ्चन हुँदै

नाटक ‘नासो’ मञ्चन हुँदै

२४ फाल्गुन २०८०, बिहीबार
ललितकला सम्बन्धी पुस्तक प्रदर्शनी

ललितकला सम्बन्धी पुस्तक प्रदर्शनी

२३ फाल्गुन २०७८, सोमबार
वर्तमान समयमा शिक्षक र अभिभावक दुवै निकै सचेत छन् : अनुराधा

वर्तमान समयमा शिक्षक र अभिभावक दुवै निकै सचेत छन् : अनुराधा

२४ फाल्गुन २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक