जनमतको ४० औं वार्षिकोत्सव समारोह कार्यक्रम विभिन्न साहित्य तथा कला क्षेत्रहरुका साधकहरुलाई सम्मान ,पुस्तक विमोचन, कविता बाचन लगायत कार्यक्रमहरु गर्दै सम्पन्न भएको छ । जनमत वाङ्मय प्रतिष्ठानका सदस्य तथा समाजसेवी राजभाई प्रधानको सभापतित्वमा भएको सो कार्य्रमको प्रमुख अतिथी वरिष्ठ कवि तथा कलाकार नरेन्द्रबहादुर श्रेष्ठ हुनुहुन्थ्यो । विशेष अतिथिका रुपमा चेतना संरक्षण प्रतिष्ठानका अध्यक्ष तथा नेपाल साहित्यिक पत्रकार संघका उपाध्यक्ष गङ्गा सुवेदी, कौशिकी साहित्य प्रतिष्ठान का अध्यक्ष तथा नेपाल साहित्यिक पत्रकार संघका महासचिव चेतनाथ धमला, तोयनाथ पाण्डेय् अध्यक्ष पशुपतिकुमारी साहित्यिक पुरस्कार समिति तथा साहित्यकार हरिप्रसाद पाण्डेय हुनुहुन्थ्यो ।
यसवर्ष २०७९ सालको दीपा–जनमत सम्मान – प्रा. डा. लक्ष्मणप्रसाद गौतम (बागलुङ) लाई, गणेश÷ खिलकुमारी दुवाल – जनमत सम्मान प्रमोद प्रधान (मोरङ) लाई, हृदयचन्द्र–जनमत वरिष्ठ साधक सम्मान – डा. अभि सुवेदी (तेह्रथुम) लाई, जनमत–जनक प्रधान सेवा सम्मान – राजेश खनाल (काठमाडौं) लाई प्रदान गरिएको छ ।
त्यसैगरी केवलपुरे–जनमत सम्मान – नर्मदेश्वरी सत्याल (संखुवासभा) लाई, जनमत – महेन्द्रलाल कलाकार सम्मान – रविन्द्र श्रेष्ठ (भक्तपुर) लाई, कमला सैंजू – जनमत सम्मान – लक्ष्मी माली (काठमाडौं) लाई, जनमत–राजभाई सहयात्री सम्मान – बाबुराम श्रेष्ठ ‘वर्षा’ (मोरङ) लाई, भारती–जनमत साहित्यिक पत्रकारिता सम्मान मेरिना स्मृति (काठमाडौं) लाई प्रदान गरिएको छ ।
जनमत–केदार÷सुदर्शना बालसाहित्य सम्मान – गङ्गादेवी कसजू (बाग्लुङ) लाई, जनमत–सिचि धर्म÷संस्कृति सम्मान – रामकृष्ण कर्माचार्य (ललितपुर) लाई, जनमत–मित्र अनुवाद राष्ट्रिय सम्मान – महेश पौड्याल (काठमाडौं) लाई तथा जनमत–दीपक वैद्य स्वास्थ्य सम्मान – डा. सिर्जना श्रेष्ठ (काठमाडौं) लाई प्रदान गरिएको छ ।
यसैगरी जनमत–ज्ञानरत्न÷मंगलतारा राष्ट्रिय सम्मान – दिनेश गुप्ता (पर्सा, भोजपुरी भाषा) र जनमत – पूर्णमान÷लुचि समाजसेवा सम्मान – रामराजा धौभडेल (काभ्रे) लाई प्रदान गरिएको छ ।
स्वागत मन्तव्य तथा कार्यक्रमबारे जानकारी जनमत वाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष मोहन दुवालले गर्नुभएको सम्मान कार्यक्रममा सम्मानित प्रतिभाका तर्फबाट लक्ष्मी माली,नर्मदेश्वरी सत्याल ले कविता बाचन गर्नु भएको उक्त कार्यक्रममा कविहरु आकास अधिकारी (तनहुँ), लकाश पौडेल ृचितवन) र अर्जुन पराजुली (काभ्रे)ले कवितावाचन गर्नुभएको थियो ।
कार्यक्रममा जनमतवाट २०८० सालमा प्रकाशित नेताका साथी (एकांकी)लोकेन्द्रबहादुर चन्द, आलोचना र परिचय (दोस्रो संस्करण)मोहन दुवाल, किरणको वेदना (नाटक) सिद्धिबहादुर कर्माचार्य, स्वर्गको दरबार (तेस्रो संस्करण) शुक्रराज शास्त्री, जनमत जानकारी (विविधा) सं. मोहन दुवाल पुस्तकहरु सार्वजनिकीकरण गरिएको थियो ।
त्यस्तै सम्मानित प्रतिभाका तर्फबाट प्रा.डा. लक्ष्मणप्रसाद गौतम, प्रमोद प्रधान ,बाबुराम श्रेष्ठ ‘वर्षा’ले मन्तव्य व्यक्त गरिएको थियो र विशिष्ट अतिथी गंगा सवेदीले मन्तव्य प्रकट गर्नुभएको प्रमुख अतिथी नरेन्द्रबहादुर श्रेष्ठले जनमतको निरन्तरतामा खुशी प्रकट गर्दै शुभकामना प्रकट गर्नुभएको उक्त कार्यक्रममा जनमत वाङ्मय प्रतिष्ठान नेपालको तर्फवाट सिर्जना दुवालले धन्यवाद ज्ञापन गरिएको थियो ।उक्त कार्यक्रमको उद्घोषण कृष्ण सुवेदी (भारद्वाज मित्र) ले गर्नुभएको थियो ।
जनमतको आफ्नै स्वागत गानको शुभारम्भ पनि गरिएको थियो । उक्त स्वागत गानको रचना मोहन दुवाल, संगीत तथा एरेञ्ज सन्तोषभक्त श्रेष्ठ र स्वर निशा देशारको रहेको छ । र अव हरेक जनमतको कार्यक्रमको स्वागत गीत मार्फत स्वागत गरिने जानकारी दिएको छ ।
जनमत वाङ्मय प्रतिष्ठानका कोषाध्यक्ष तथा जनमत मासिक का सम्पादक भारती श्रेष्ठले अतिथि तथा सम्मानित प्रतिभाहरुलाई माला अर्पण गर्दै स्वागत गरिएको सो कार्यक्रममा नूर श्रेष्ठ, नियोमी आभा श्रेष्ठ तथा इरा दुवालले ब्याच वितरण गरिएको थियो ।