जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज आख्यान

के देखेँ सपना !

सुधा त्रिपाठी सुधा त्रिपाठी
प्रकाशित २० आश्विन २०७८, बुधबार
आख्यान, कथा भित्र
0
के देखेँ सपना !

मैले एउटा सपना देखेँ । त्यही सपना तपाईंलाई सुनाइरहेकी छु । यस्तो सपना मैले कहिल्यै देखेकी थिइनँ र अहिले पनि किन त्यस्तो सपना देखेँ, त्यसको मेरो जीवनसँग के तादात्म्य छ र त्यो सपना देख्नुको औचित्य के हो मलाई थाहा छैन । त्यो सपनाले मलाई आन्दोलित तुल्याइरहेछ, कसलाई भनूँ र कहाँ पोखूँ जस्तो भएर तपाईंलाई सुनाइरहेकी छु । सपनामा मैले जस्तो घटना देखेँ त्यस सम्बन्धमा मैले केही सोच्ने गरेकै छैन, सोचेर पनि के फाइदा र, होइन त ? अरूका लागि त्यो सपना खास कुनै महत्वको लाग्ने छैन । मलाई पनि त्यति महत्वपूर्ण लागेको छैन । तर अचम्म के कुरामा छ भने त्यो सपनाले मेरो पिछा छाडिरहेको छैन, पटक्कै बिर्सन सकिरहेकी छैन । के थियो त्यो सपनाभित्र ? सपना कस्तो थियो –

दिनदिनै बस चढेर म कतै जान्थेँ, कहाँ जान्थेँ त्यो चाहिँ थाहा छैन र कहिल्यै टुङ्गोमा पुगिनँ पनि । कहीँ जान भनेर हिँड्थेँ, बसपार्कमा पुग्थेँ । त्यहाँ केही घटना हुन्थ्यो । सपनामै कैयौं दिन, महिना बित्थे तर कहिल्यै घरमा आइपुगेको पनि थाहा छैन । सधैं प्रायः उस्तै समयमा त्यहाँ पुग्थेँ । अर्को शब्दमा भन्नुपर्दा मेरो सपनाको परिवेश त्यही बसपार्क नै थियो । अनायास एक दिन माग्नेहरूको पङ्क्तिमा मेरो आँखा परे । दुई पङ्क्तिमा आफ्ना अगाडि माग्नका लागि केही कपडा (प्रायः सेता) फैलाएर माग्नेहरू बसिरहेका हुन्थे । तीमध्ये एउटा सिङ्गो परिवार पनि त्यहाँ थियो । त्यस परिवारमा करीब वर्ष दिनको एउटा बच्चो र उसका आमाबाबु गरी तीनजना थिए । तिनीहरूले नै बढी मात्रामा मलाई आकर्षित गरे । दिनहुँ म पैसा दिन्थेँ । त्यस बालकका दुवै ओठ नीला थिए, रङ्ग नै पोतिएजस्ता । ती नीला ओँठ, नीला आँेठमाथिका केही बोलूँ बोलूँजस्ता आँखा; तिनले मलाई तान्न थाले । अनायास मुस्कान साटिन पुग्यो, बालककी आमासँग । कैयौं दिनसम्म लगातार यसरी नै मुस्कानको आदानप्रदान भई नै रह्यो ।

एकदिन अचानक तीमध्येको एउटा माग्ने बिछ्याएको कपडामा म बसेकी हुन्छु । त्यो नीला ओठ हुने बच्चो मेरो काखमा थियो । त्यस बच्चाका मातापितासँग मेरो आत्मीय सम्बन्ध गाँसिइसकेको थियो । जुन कपडामा म बसेकी थिएँ त्यो एउटी १७÷१८ वर्षकी केटीको कपडा थियो । म त्यहाँ बसेपछि त्यो केटी उठी, उसले मागेका ५÷७ वटा पैसा मतिर फ्याँकिदिई र अलि पर गएर बसी । मैले त्यसलाई हेरेँ, लुगा माग्नेको स्तरभन्दा माथिकै थियो, नाडीमा घडी पनि बाँधेकी थिई । त्यो माग्ने हुनुपर्ने केटीजस्तो मलाई लागेन र जिज्ञासु आँखाले नीला ओँठ हुने बच्चाका आमाबाबुतिर हेरेँ । उनीहरूले रहस्यमय मुस्कुराहट मतिर फ्याँके । म बेसरी अल्मलिएँ । त्यो केटी मेरो निम्ति रहस्यमय बन्न पुगी । उसका बारेमा अनेक कल्पना गर्न थालेँ, तर कुनै टुङ्गोमा पुग्न सकिनँ ।

यही क्रममा हेर्दाहेर्दै त्यो बच्चो ४÷५ वर्षको भयो । म उसँग खेल्थेँ, ऊ मसँग चियाको प्रस्ताव राख्थ्यो, म उसलाई चिया खुवाउँथे । आफूले सँगै लगेर त बिरलै खुवाउँथेँ । म पैसा दिन्थेँ, उ आफैं चिया पिएर आउँथ्यो । प्रत्येक दिन मसँग नभेटी ऊ सन्तोष मान्दैनथ्यो र मलाई पनि प्रायः त्यस्तै हुन्थ्यो । उसको र मेरो बीचमा समन्वयको विन्दु कहाँ थियो ! त्यो मलाई थाहा थिएन । म सधैं गएर त्यही रहस्यमयी केटीले माग्नेलाई बिछ्याएको कपडामा बस्थेँ । ऊ सधैं फन्किएर अलिपर गएर, बस्थ्यो । त्यस्तैमा एक दिन मेरो एकजना साथी पुलिस लिएर आए । नामचाहिँ नभनूँ, घर उनको जनकपुरतिर हो । नेता किसिमका मानिस थिए र छन् पनि । त्यस दिन उनले मलाई साम्नेबाट देखेका थिएनन् । उनी मेरा ती मित्रहरूलाई गाली गर्न थाले । त्यहाँबाट उठीबास गराउन चाहन्थे । उनका गालीहरू साह्रै तल्लो स्तरका थिए । नीला ओँठ हुने बच्चाकी आमाको चरित्रमाथि टिप्पणी गर्न थाले । मैले सहन सकिनँ । उनीसँग विवाद गर्न थालेँ । उनी आफ्नै ढिपीमा अडिए । अन्तमा मैले यसो भनेँ –‘…. जी तपाईंलाई यिनको जिन्दगीसँग खेलबाड किन गर्नुप¥यो ? प्रतिद्वन्द्वी छान्दा आफूसमानको छान्नुपर्छ । यिनले तपाईंलाई के गरे ? म आजभन्दा पहिले तपाईंलाई श्रद्धा गर्थेँ । तर यति नीच मानिसलाई मैले किन त्यति उच्च दृष्टिले हेरिछु भनेर पछुतो लागेको छ ।’

मेरो कथनको उनले कुनै प्रत्युत्तर दिएनन् ।
अर्को दिन त्यो बच्चालगायत त्यहाँ कोही पनि थिएनन् । एक दिन सुनेँ, असिना र पानीबाट बच्न त्यो परिवार कुनै थोत्रो पाटीमा ओत लाग्न गएको थियो, त्यो पाटी भत्केर सबै मरे अरे । मलाई कसो–कसो यो दैवी प्रकोप लागेन, सब उनै साथीको षड्यन्त्रजस्तो लाग्यो । लाग्यो मात्र होइन म विश्वस्त पनि भएँ । मलाई निकै दुःख लाग्यो बढ्दो समयको अन्तरालमा यो घटना अलि–अलि गरेर बिलाएर गयो । मैले यो घटना र यी पात्रहरूलाई प्रायः भुलिसकेकी थिएँ ।

एक दिन, साँझ परिसकेको थियो । म कुनै गल्लीको बाटो भएर घर फर्किरहेको थिएँ । बाटो सुनसान थियो अचानक मेरो हातबाट ब्याग खोसियो । म हतप्रभ भएँ । भाग्न पनि सकिनँ, चिच्याउन पनि सकिनँ, तर अचानक त्यही खोस्ने मानिसले नै ब्याग मतिर बढायो र सुस्तरी भन्यो –‘दिदी ! चिया खुवाउनु हुन्न ? पैसा दिनुस्, म आफैं खाएर आउँछु ।’

बोलीको शैली कता–कता परिचित भएजस्तो लाग्यो । त्यसैबेला एक धर्सो उज्यालो उसको अनुहारमा आएर अडियो – दुइटा नीला ओँठहरू, अझै पनि केही बोलूँ–बोलूँ जस्ता आँखाहरू चम्किरहेका थिए । अचानक मेरो मनमा एउटा जिज्ञासा ब्युँझियो – ‘के ऊ अझै जीवित छ ?’ मेरो मौनता तोड्दै उसले भन्यो –‘दिदी ! साँझ परेपछि गल्लीबाट हिँड्ने नगर्नु होला । तपाईंसँग मेरो कहीँ कतै फेरि भेट हुनेछ, भेट गर्नेछु ।’

यति भनेर ऊ फटाफट हिंड्यो । म झल्याँस्स ब्युँझिएँ । बिहान छ्याङ्ग उज्यालो भइसकेको रहेछ ।
सपना पनि कहीँ यस्तो हुन्छ ! सिङ्गो उपन्यास जस्तो ! मैले उसलाई किन रोकिनँ ! किन उसका बारेमा केही पनि सोधिनँ ! के त्यो नीला ओँठ हुने केटो चोर भएछ ? किन यस्तो हुन गयो ? मैले चिन्नुअघि नै ऊ किन भागेन ? उसले मेरा अगाडि आफूलाई किन यसरी प्रष्ट रूपमा व्यक्त ग¥यो ? के म उसको हुलिया पुलिसलाई बताएर उसलाई पक्डाउन सक्तिनथेँ ? तर म यसो गर्दिनँ । मलाई उसको माया लाग्छ । किन लाग्छ ? मैलाई थाहा छैन । ऊ कसरी बाँच्यो ? कसरी हुर्कियो, कसरी यस्तो बन्यो ? उसले यस्तो बन्नुपर्ने हो कि होइन ? त्यो पनि यकीन गरेर भन्न सक्तिनँ । तर उसले मसँग भेट गर्ने कुरा बताएको छ । जेहोस्, अर्को पटक भेट हुँदा म यसरी लाटिएर बस्दिनँ । एउटा युगको यथार्थ बोकेको त्यस इतिहासलाई म यसरी अँध्यारोभित्र हराउन दिन्नँ । म सब खोतलखातल पारेर सबलाई भनिदिन्छु । यो मेरो सपना होइन विपनाको चाहना हो ।

कैयन् प्रश्नहरूजस्तै यो प्रश्न पनि अनुत्तरित नै छ कि हामी त्यसरी सडकका माग्नेहरूका बच्चालाई सपनामा जस्तै काखमा राख्न सक्छौं त ? तिनको जीवनको माधुरीले हामीलाई त्यसरी नै तान्ला त ? म यसको आदर्श होइन यथार्थ उत्तर दिन्छु – म त्यस्ता बच्चालाई छुन्नँ, मलाई घिन लाग्छ । तपाईं भन्नुहोला – सडकको त्यो बालक सृष्टिको भूल हो, अभिशाप हो । छ कुनै उत्तर तपाईंसँग


Tags: कथाजनमतसुधा त्रिपाठी
अघिल्लो पोष्ट

अन्धकारभित्रको अन्धकार – ८

पछिल्लो पोस्ट

जङ्गबहादुर राणाको जन्म र बाल्यकाल

सुधा त्रिपाठी

सुधा त्रिपाठी

सम्बन्धित पोष्टहरू

गुराँसको फूल
आख्यान

गुराँसको फूल

२४ पुष २०८१, बुधबार
आगोको पाइला
आख्यान

आगोको पाइला

७ जेष्ठ २०८१, सोमबार
नीलो दह
आख्यान

नीलो दह

१९ चैत्र २०८०, सोमबार
पन्छी घर फर्केन
कथा

पन्छी घर फर्केन

९ चैत्र २०८०, शुक्रबार
पछिल्लो पोष्ट
जङ्गबहादुर राणाको जन्म र बाल्यकाल

जङ्गबहादुर राणाको जन्म र बाल्यकाल

साइनो : सिर्जना, सैद्धान्तिक विमर्श र गतिविधि

साइनो : सिर्जना, सैद्धान्तिक विमर्श र गतिविधि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

भाषा–साहित्य सेवी डा. गीता त्रिपाठी कमला सैंजू – जनमत सम्मानबाट सम्मानित

भाषा–साहित्य सेवी डा. गीता त्रिपाठी कमला सैंजू – जनमत सम्मानबाट सम्मानित

२२ फाल्गुन २०७९, सोमबार
मलाई मन परेको कविताको दोस्रो शृंखला

मलाई मन परेको कविताको दोस्रो शृंखला

२२ फाल्गुन २०७९, सोमबार
अभिनेत्री कविताको ‘मेरो कविताको शीर्षक छ’ सार्वजनिक

अभिनेत्री कविताको ‘मेरो कविताको शीर्षक छ’ सार्वजनिक

२२ फाल्गुन २०७९, सोमबार
नोबेल विजेता साहित्यकार एलिस मुनरोको निधन

नोबेल विजेता साहित्यकार एलिस मुनरोको निधन

२३ फाल्गुन २०८०, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक