जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना जनमत समीक्षा

भेंडाहरूको शहरमा हराउँदा

सुमित्रा सुमी सुमित्रा सुमी
प्रकाशित ३ श्रावण २०८०, बुधबार
जनमत समीक्षा, समालोचना भित्र
0
भेंडाहरूको शहरमा हराउँदा

म्यागङ–५ सामरी, नुवाकोट जन्मनुभएका साहित्यकार रामचन्द्र तिम्सिना (आवाज) निकै लामो समयदेखि साहित्य साधनामा अनवरत जुटिरहनुभएको छ । उहाँ बुबा भोजप्रसाद तिम्सिना र आमा भीमकुमारी तिम्सिनाका सुपुत्र आवाज गीत, कविता, गजल लगायत साहित्यका विविध विधामा उत्तिकै सशक्त कलम चलाउनुहुने साहित्यिक स्रष्टा रामचन्द्र तिम्सिना (आवाज) को पहिलो कृति भेँडाहरुको शहर (कवितासंग्रह, २०७७) अत्यन्त सुन्दर साजसज्जाका साथ सजिएको ३१ कविताहरुको सिंगो जिन्दगी हो ।

साहित्य संगम नुवाकोटद्वारा प्रकाशित कवितासंग्रह भेँडाहरुको शहरमा राष्ट्रप्रेम, स्वतन्त्रता, हाम्रो जनजीविका, वैदेशिक रोजगारका सिलसिलामा पैदा हुने आरोह–अवरोह, सामाजिक विकृति विसङ्गती एवम् मानवीय जीवन भोगाईका समस्याहरुलाई काव्यात्मक शैलीमा व्याङ्ग्यात्मक तवरले प्रस्तुत गर्नुसँगै समस्या समाधानका सम्भावनाहरु समेत कविताबाटै खोज्ने प्रयास गरिएको छ । त्यस्तै कविताहरुमा कतै जीवनको शाश्वत पक्षलाई देखाइएको छ भने कतै सकारात्मक परिवर्तनका लागि शब्दहरुले नै क्रान्ति गरिराखेका छ उज्यालो भेट्नका लागि ।

८४ पृष्ठमा बाँधिएको काव्यकृतिमा ३१ वटा कविताभित्रका “जिउँदो मान्छे” शीर्षक कविताका केही हरफहरु :
“तिरस्कार र बहिष्कारले अर्धमुर्छित
झिंगटीमा तारा गन्दै रात काटेको
मर्न पनि नसकेको, बाँचेको पनि होइन
जिउँदो मान्छे ।“
त्यसैगरी “गरे के हुँदैन र यहाँ” शीर्षकको कवितामा छरपष्ट यी ज्युँदा हरफहरु :
मैले देखेको छु,
अरबका खाडीहरुमा साग फूलेका
हिमालका सिरेटोहरुमा पनि धान झुलेका
ताता बगरहरुमा लौका
तराईका फाँटमा स्याउ
पहाडका काखमा च्याउ प्रशस्तै उम्रिएका
सुख्खा राता डाँडा पाखाभरी
सुन्तला र जुनार लटरम्म झुन्डिएका ।

अब बोलेर मात्र होइन 
हेरेर मात्र होइन
सुनेर मात्र पनि होइन 
गरेर केही देखाउनु छ यहाँ ।।
०००
रोपेर घामको ज्योति 
छरेर हावाको बीउ
सिंचेर नदीको पानी 
उमार्नु छ समृद्धिका बेर्नाहरु
जगाउनु छ रोजगारका दियोहरु,
अनि रोक्नु छ विदेशिने पाइलाहरु ।

स्वयम् आफू निकै लामो परदेश बसाई पश्चात् केही समयदेखि कृषिपेशालाई अवलम्बन गरिरहनुभएका रामचन्द्र तिम्सिना (आवाज) ले आफूले देखे भोगेका प्रेम, हाँसो रोदनसँगै देश, काल, परिवेशलाई कलात्मक रुपले उतार्नुसँगै स्वदेशमा रोजगारी सिर्जना गरेर बाँच्न सकिन्छ, गरे के हुँदैन र नेपालमा पनि भन्ने बलियो आशा र विश्वास कविताका शब्द शब्दले बोलेको छ ।
कतै मानवीय जीवन भोगाईका सप्ठ्यारा – अप्ठ्यारा अवस्थाहरुको चित्रण गरिएको छ भने कतै सामाजिक राजनीतिक परिवेशका गलत प्रवृत्तिहरुमाथि तीखो व्यङ्ग्य प्रहार गरिएको छ । सरल शब्द संयोजन जटिल विषयवस्तुको गहिरो चिरफार गर्न खप्पिस नुवाकोटका युवा कवि रामचन्द्र तिम्सिना (आवाज) द्वारा रचित सशक्त कविताहरुको संगालो भेंडाहरुको शहरमा सङ्ग्रहित शीर्ष कविता “भेडाहरुको शहर”बाट:
आजभोलि भेंडाहरुको प्रजाति पनि बढेका छन्
जस्तै
गाउँले भेंडा
शहरीया भेंडा
एकदिने भेंडा
बाह्रमासे भेंडा
कोही डिग्रीधारी छन्,
स्वदेशी विदेशी छ्यास्छ्यास्ती छन्,
मर्यादित भेंडाका बथानहरु ।।
मीठो लेखनशैलीमा तयार भएको कवितासंग्रह भेंडाहरुको शहरमा हराइरहँदा एकपछि अर्को कविता पढ्ने रहर मलाई जागिरह्यो । यसभित्रका हरेक कविताले मनसम्म स्पर्श गर्‍यो । यसभित्रका धेरै कविताहरु एकपटक मात्र नभएर कयौंपटक दोर्‍याएर तेर्‍याएर पढेँ । जति बलिया शब्दहरुको प्रयोग कवितामा गरिएको छ त्यति नै कविताहरुको तेजले सिंगो काव्यकृतिलाई नै झल्झलाकार पारिरहेको छ ।

झण्डा बोक्ने भेंडाहरुको चित्रले सजिएको बिम्बात्मक आवरण पृष्ठ निकै कलात्मक छ । उहाँको यश कृतिभित्र हराइरहँदा यिनै साहित्यकार रामचन्द्र तिम्सिना (आवाज) ज्यूको प्रकाशोन्मुख कृति अरबको कथा (उपन्यास) सँगै अर्को काव्य कृति पढ्ने रहर झन जागिरह्यो । साहित्यका सबै विधामा उत्तिकै सशक्त कलम चलाउनुहुने आवाजका अरु कृतिहरु छिट्टै प्रकाशित होस्, सुभेच्छा ।

अन्त्यमा, कवि रामचन्द्र तिम्सिना (आवाज)को यस कृतिले सम्पूर्ण पाठकवर्गको मन जित्न सकोस् । त्यस्तै कविको साहित्यिक जीवनसँगै जीवनका हरेक यात्राहरु अझ सबल सफल हुँदै जाओस्, हार्दिक शुभकामना ।


अघिल्लो पोष्ट

‘द योगिनी’ मा नेवा संस्कृति

पछिल्लो पोस्ट

गणित : दार्शनिक पक्षको एउटा अंश

सुमित्रा सुमी

सुमित्रा सुमी

सम्बन्धित पोष्टहरू

आधुनिकताको नेपाली कवितामा प्रयोग – एक मीमांसा
समालोचना

आधुनिकताको नेपाली कवितामा प्रयोग – एक मीमांसा

२६ माघ २०८१, शनिबार
नेपालको सन्दर्भमा इतिहास र यसको नालीबेली : ४
अनुसन्धान

नेपालको सन्दर्भमा इतिहास र यसको नालीबेली : ४

८ माघ २०८१, मंगलवार
लेखनाथ र उनका कविता–कृतिको मूल्याङ्कन
समालोचना

लेखनाथ र उनका कविता–कृतिको मूल्याङ्कन

१५ पुष २०८१, सोमबार
घाम झुल्किनुअघि : सत्ताको क्रूर कथा
जनमत समीक्षा

घाम झुल्किनुअघि : सत्ताको क्रूर कथा

१४ पुष २०८१, आईतवार
पछिल्लो पोष्ट
गणित : दार्शनिक पक्षको एउटा अंश

गणित : दार्शनिक पक्षको एउटा अंश

साइबर सुरक्षा पुस्तक सार्वजनिक

साइबर सुरक्षा पुस्तक सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

टीकापुर साहित्य महोत्सव चैत चैत २५ देखि २७ सम्म

टीकापुर साहित्य महोत्सव चैत चैत २५ देखि २७ सम्म

३ जेष्ठ २०८०, बुधबार
अनेसास साँस्कृतिक समिति संयोजकमा महेश्वर पन्त

अनेसास साँस्कृतिक समिति संयोजकमा महेश्वर पन्त

३ जेष्ठ २०७९, मंगलवार
‘सुश्री पारिजात’ पुस्तक लोकार्पण

‘सुश्री पारिजात’ पुस्तक लोकार्पण

३ जेष्ठ २०८०, बुधबार
देविकाको कविताकृति लोकर्पित

देविकाको कविताकृति लोकर्पित

३ जेष्ठ २०८०, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक