जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना सँस्मरण

यात्रा र अनुभवहरु–१

मोहन दुवाल मोहन दुवाल
प्रकाशित २१ जेष्ठ २०७९, शनिबार
सँस्मरण भित्र
0
यात्रा र अनुभवहरु–१

(१)गणेश–खिलकुमारी दुवालकृत् परिवारको परिचय

गणेशबहादुर /खिलकुमारी दुवाल मेरा बुबा–मुमा । बुबा–मुमाका एघारौं सन्तानमा म दशौं सन्तान । छोराहरूमा म कान्छो ।मध्यमवर्गीय ब्यापारी कुलका प्रख्यात ब्यापारी न्हुक्षेनारायणका नाति । पछिल्लो कालखण्डमा बुबाले चलाएको देखिन्छ ब्यापार–व्यवसाय । एकबाते साहुका रूपमा प्रख्यात मेरा बुबा गणेशबहादुर दुवाल सत्यवादी विद्वान व्यक्तिका रूपमा पनि प्रसिद्ध छन् । नेपालका गान्धी तुलसीमेहर श्रेष्ठ मेरा बुबाका हितैषी मित्र । सरदार भीमबहादुर पाण्डे; त्यसबखतको नेपालको चर्चित लेखक सहकारी समिति बनाउँदा ताकाका मेरा बुबाका अध्यक्ष । सुर शमशेर राणाका भक्त । भक्तपुरका गणेशमान महाजनका प्रिय मित्रका रूपमा मन जितेका मेरा बुबा सत्य–निष्ठामा आफूलाई समर्पित तुल्याउँदै आफूलाई चिनाउँदै आएका समाजका चेतनशील व्यक्ति हुन् । असंफ: चोकमा मेरो घर । बुबाको कपडा पसल । चल्तीको पसल; त्यसताकाको काठमाडौं जाने–आउने बाटोमा अवस्थित छ हाम्रो घर । पूर्वको व्यापारिक नगर बनेपा व्यापारमा नाम चलेको शहर । पसलमा कपडा लिन आउनेहरूको भीड लागिरहन्छ ।

कसरी हुर्काए बुबा/मुमाले एघारजना छोराछोरी । ७ जना छोराहरू र ४ जना छोरीहरूमा गौप्रसाद, रामप्रसाद, हरिप्रसाद, कृष्णप्रसाद, प्रेमप्रसाद, देवेन्द्रप्रसाद र म मोहनप्रसाद र भक्ति, सुभद्रा, वसुन्धरा र शान्ति छन् । घरायसी काममा अर्थात् घर–ब्यवहारमा सक्रिय मेरी आमाले रत्नलक्ष्मी, विमला, गरम, सावित्री र भारतीलाई बुहारीका रूपमा व्यहोर्न पाएका हुन् । हामीहरूमध्ये हालसम्म पनि ६० वर्ष नाघेका ८ जनामा दुईजना छोराहरू हरिप्रसाद र मोहनप्रसाद, तीनटी बुहारीहरू विमला, सावित्री र भारती, छोरीहरूमा वसुन्धरा र शान्ति जीवितै छन् । ६० वर्ष पुगेका भतिजा–भतिजीहरुमा प्रभा, सुशील र सुरेश छन् । आ–आफ्नो योग्यता र क्षमता देखाएर गएका दाजुहरूमा गौप्रसाद दुवालले प्रहरीमा लप्टनसम्म भएर पूर्व एक नम्बरका हाकिम भएर गएका व्यक्तिका रूपमा सबैले चिन्छन् । २००७ को प्रजातान्त्रिक आन्दोलनमा मुक्तिसेना भई लडेर आएका यिनी प्रजातान्त्रिक सेनानीका रूपमा राष्ट्रमा प्रख्यात छन् । यिनी लप्टन छँदा धेरैपटक घोडा चढेर धुलिखेलमा पुग्न पाएका क्षणहरू याद आइरहन्छ । रामप्रसाद दाजुलाई मैले भोग्न र देख्न पाइएन; कस्ता थिए पनि थाहा भएन । हरिप्रसाद दुवालले बनेपाको तात्कालीन समाजमा आफूसक्दो समाजसेवा गरेको देखिन्छ । शिर मेमोरियल हस्पिटलको संस्थापन, संचालन र व्यवस्थापनमा यिनले सक्दो सेवा र योगदान पुर्‍याएको देखिन्छ । आजाद माविको संचालक समितिका सचिव भई सेवा पुर्‍याइसकेका यिनले ‘चिराक’ पत्रिकाको प्रकाशन गरेर २०१६ सालतिर नै साहित्यिक सेवा गरेको देखिन्छ । पछि यिनी बेरूत (लेबनान) मा पुगेर स्यानिटेशन (सरसफाई शिक्षा) उत्तीर्ण गरेर आएपछि स्वास्थ्य विभाग अन्तर्गत रहेर बिफर उन्मूलनमा सेवा कार्य गरेको देखिन्छ । यसै दौरानमा अफ्रिकाको विभिन्न मुलुकहरूमा पुगेर त्यहाँको जनस्वास्थ्य अध्ययन गरेर आएका यिनी स्वास्थ्य सेवा अन्तर्गत विफर उन्मूलन आयोजनामा क्षेत्रिय निर्देशकसम्म भई सेवा गरेको देखिन्छ । हाल यिनी ९१ वर्षको उमेरमा पनि कुपण्डोल, ललितपुरमा बसेर मुद्रा सङ्कलन सङ्घ र फिलाटेलिक सोसाइटीमा आजीवन सदस्य रहेर सेवा पुर्‍याइरहेका यिनी नेपालका मुद्रा सङ्ग्रहकर्ताका रूपमा प्रख्यात छन् । हालैमात्र यिनको ‘हाम्रो स्वास्थ्य र अरु रचनाहरु’ लेख–रचनासङ्ग्रह प्रकाशित भएको छ । यिनका पहिलो श्रीमतीबाट प्रभा, सुशील छोरा–छोरीहरु छन् ।कान्छी श्रीमती विमलाबाट रीना, रिन्कु र ऋषि छोरा–छोरीहरु छन् । कृष्णप्रसाद दाई बालसाहित्यकारका रूपमा विख्यात् छन् । यिनी सक्रिय छँदा काभ्रे जिल्लामा आफूसक्दो साहित्यिक जागरण ल्याएर आफूलाई अभियन्ताका रूपमा चिनाउन सफल यिनले पछिल्लो समयमा ‘चिराक’ प्रकाशन गरेर साहित्यिक पत्रिका प्रकाशन गरेर आफूलाई चिनाउँदै आएका र थुप्रै पुस्तकका लेखकका रूपमा प्रसिद्धि कमाएका छन् । यिनी काठमाडौंमा वि.संं २०७४ मा दिवंगत भए । यिनका छोरा ३ र छोरी २ छन् । एउटी बुहारी छन् । प्रेमप्रसाद दाई देख्न र भोग्न पाइएन । देवेन्द्रप्रसाद दुवाल वौद्धिक, सुरो खालको व्यक्ति रहेर पनि मदिरा सेवनमा लठ्ठ हुने चरित्रले आफ्नो जीवन–काललाई सुरम्य बनाउन सकेनन् । तीनधारा टोलको पञ्च, चैतन्य निमाविका संस्थापक प्र.अ.सम्म भई सेवा पुर्‍याएका यिनी कविता लेख्न माहिर छन् । थोरै आयुमा नै आफूलाई यिनले विश्रान्ति दिए । यिनका श्रीमती सावित्री, दुईटी छोरीहरू मिनु र रमिला सबै अमेरिकामा बसोबास गरेर चिकित्सा सेवामा क्रियाशील छन् । मचाहिँ बनेपामा नै बसोबास गर्छु । २९ वर्ष शिक्षण सेवा गरें, हालसम्म पनि साहित्यिक पत्रिका ‘जनमत’ प्रकाशन गर्छु र थुप्रै शिक्षण संस्था, सामाजिक संघ, साहित्यिक प्रतिष्ठानमा रहेर स्रष्टाहरूको सम्मान र पुस्तक प्रकाशन गर्दै आफूलाई राष्ट्रमा निर्विकल्प चिनाउन पाएको छु । भारतीले पनि चालिसौं वर्ष शिक्षण सेवा गरे, हाल यिनी निवृत्त भइसकेका छन् । जनमत मासिकका सम्पादिका भई सेवा पुर्‍याउँदै आएका यिनले २ छोरी र १ छोरा जन्माई । यिनीबाट सिर्जना, संरचना, सचेत छोरा–छोरीहरु छन् । बुहारी पासाङ सँगै नातिनी ईरा हामी सबै बनेपा पुर्खौली घरमा नै बस्छौं ।

यी माथि उल्लेख गरिएका सबै–सबैहरू गणेश–खिलकुमारीका वंंशजहरू हुन् । यस परिवारको विशेषता भनँँ नै गणेश दुवालदेखि मोहन दुवालसम्मका सबै–सबैहरूले आफूसक्दो समाजमा केही न केही गर्दै आएका व्यक्तित्वहरू भएकै कारणले सबैले चिन्दछन् । सबैले आ–आफ्नो कालखण्डमा समाजमा नेतृत्व नै प्रदान गरी आएका कारणले बनेपा क्षेत्रमा दुवाल परिवार प्रतिष्ठित छन् ।

 
२) बाल्यकालका रोचक प्रसङ्ग

मेरा जेठादाजु गौप्रसाद दुवाल त्यसताका धुलिखेलमा प्रहरीको लप्टन हुनुहुन्थ्यो । बुबा र अन्य दाजुहरू कपडा पसलका साहुजीहरू । पसल निकै चल्तीको । एकबाते साहू भनी त्यसताका नै प्रख्यात नाम कमाएका मेरा बुबा बनेपाका चर्चित व्यापारी हुनुहुन्थ्यो । म कान्छो छोरा, घरमा पुल्पुल्याएर हुर्काएको । मभन्दा सानी एकजना बहिनी मात्र थिइन् घरमा । दाजु जागिरे त्यसमा पनि २०११–१२ तिर धुलिखेलमा जिल्ला प्रहरीका हाकिम । सौखिन दाजु । बरोबर पञ्चबली दिनुहुन्थ्यो धुलिखेलस्थित काली मन्दिर देवीस्थानमा । मलाई पुलिसहरूले बोकेर धुलिखेलमा लान्थे । कहिलेकाहीँ अरबी घोडामा राखेर डोर्‍याउँदै लाने गर्थे । सानो छँदा नै अरबी घोडा चढ्न पाएको र पुलिसहरूले बोकेर लग्ने वातावरणमा हुर्किएकोले म सानोमा निकै हठी खालको र घमण्डी स्वभावको केटा थिएँ । २०१२ सालतिर अर्थात् म ७ वर्ष छँदाताकको कुरा हो यो ।

घरमा ठूला–ठूला नेताहरू, प्रसिद्ध समाजसेवकहरू, प्रख्यात साहित्यकारहरू आइरहनुहुन्थ्यो । उदाहरणका रूपमा २०१५ सालमा कृष्णप्रसाद भट्टराई हाम्रो घरमा आउनुभएको मलाई याद छ । बनेपाका प्रख्यात राजनीतिज्ञ राजदास बादे श्रेष्ठ त दिनका दिन जसो आइरहनुहुन्थ्यो । नेपालका गान्धी नामले चिनिने समाजसेवी तुल्सीमेहर श्रेष्ठ त घरपरिवारकै सदस्यजस्तो बाका अनन्य मित्र भएकोले घरमा धाइरहनुहुन्थ्यो । साहित्यकारहरूमा सिद्धिचरण श्रेष्ठ, श्यामप्रसाद शर्मा, रमेश विकल, दुर्गालाल श्रेष्ठ, भवानी घिमिरेहरू आउनेजाने गर्नुहुन्थ्यो । बालककालदेखि नै मेरो मनमा राजनीतिज्ञ, समाजसेवी, साहित्यकारहरू राख्न पाएको कारणले मैले पनि यी तिनै क्षेत्रमा आफूलाई रमाउन दिन पाएको हो कि जस्तो लागिरहन्छ ।

धेरै ठूलो भएपछि अर्थात् ८ वर्षको हुँदा मात्र १ कक्षा पढ्न चण्डेश्वरीमा रहेको आजाद स्कुलमा साहिँलादाइ हरिप्रसाद दुवालले डोर्‍याएर लगेको मलाई याद छ । त्यस विद्यालयका त्यसताकाका सचिव मेरै साहिँलादाजु हरिप्रसाद दुवाल हुनुहुन्थ्यो । पढ्दै गएपछि पढाइमा रस बस्यो । कक्षा १ मा प्रथम भएकाले प्रमोशन पाई कक्षा ३ मा भर्ना भएँ । कक्षा ३ मा पनि प्रथम भएकाले कक्षा ५ मा पढ्ने मौका प्राप्त भयो । म कक्षा ६ को विद्यार्थी छँदा अराष्ट्रिय तत्व भनी मेरा विद्यालयका धेरैजसो शिक्षकहरूलाई २०१७ सालमा पक्राउ गरी लगेको मलाई सम्झना छ । मेरा साहिँलादाई कृष्णप्रसाद दुवाल जो शिक्षक हुनाका साथै साहित्यकार पनि हुनुहुन्थ्यो ।उहाँपनि पक्राउमा पर्नुभएको थियो । मेरी आमासँग भक्तपुरको डीएसपीको खोरमा भेट्न गएका सम्झनाहरू बिर्सिनसक्नु छ । यसैताका स्वयंसेवक शिक्षकहरूको प्रवेश भयो म पढ्ने विद्यालयमा । एकजना शिक्षक जो मद्यपान गर्न बहाना बनाइरहनुहुन्थ्यो त्यो शिक्षकसँग हाम्रो सम्पर्क बढ्यो । दिउँसोको खाजा खान जाने बेलामा उक्त शिक्षकलाई हामी तीनचार जना साथीहरूले पालो–पालो गरेर खाजा खुवाउँथ्यौं । हामीलाई निकै माया गर्नुहुन्थ्यो, हामीले पनि निकै माया गर्दागर्दै उक्त शिक्षकको सम्मोहनमा परेर हामीले रक्सी पिउन सिक्यौं ।

त्यसताकाको हाम्रो कपडा पसल निकै चल्थ्यो । पसल चल्ती भएको हुनाले त्यसताका १–२ रूपैयाँ चोरेको थाहापत्तो हुँदैनथ्यो । पसलबाट पैसा चोरी गरी शिक्षकलाई खाजा खुवाउने सवालमा म स्कुलको हिरो । यस्तै खालको कुलत सिकाउने शिक्षकको संगतले कक्षामा तेस्रो पोजिसनमा आइरहेको विद्यार्थी म परीक्षा परिणाममा तल पर्दै गएँ ।

खेलकुदमा भोगटेको फूटबल खेल्थ्यौं । तास, गुच्चा र खोपी खेल्ने कुलत पनि सानैदेखि छ । पछि क्यारेमबोर्ड खेल्न सिकेँ। क्यारेमबोर्ड खेलमा त निकै नाम चलाएको थिएँ । जुनसुकैमा मन लगाए पनि एकसुरमा लागिरहने मेरो बानी सानैदेखिको हो । २०१७ सालमा शिक्षकहरू पक्राउमा पर्नु र स्वयंसेवी एकजना शिक्षकको सङ्गतले खराब गर्न सिक्नुकै कारणले लज्जालु स्वभाव र सङ्कोची रूपरङ्गलाई अर्कै बहारमा मोडिदियो ।

सानैछँदादेखि नै असल पनि सिक्दै आउने हो, त्यस्तै खराब पनि भोग्दै आउने हो । सामाजिक–संसर्ग, साथीभाइको सङ्गत, अर्काको देखासिकी, पारिवारिक व्यवहार र परिवेशले जीवनक्रमहरू गुजार्दै आउने भएकोले मैले पनि भोग्दै, सिक्दै, आफूलाई ढाल्दै यस रूपमा आएको हुँ । जीवन भनेको बग्दै, भोग्दै आफूलाई परिमार्जित तुल्याउँदै आउने एउटा सङ्योग अर्थात् प्रयोग हो । म सानो छँदा जे भोगेँ, जे अनुभँत गरेँ, त्यसकै परिणतिबाट समष्टि आकार लिइदिएको स्वरूप आजको म मोहन दुवाल हुँ ।

३) बाल्यकालका कविता मोहहरू ….
आजादमा पढ्दै गर्दा नै कविता लेख्न सुरू गरेको मलाई सम्झ्ना छ । घरमा कविहरू आइरहने र कविताहरू सुनाइरहने वातावरणले गर्दा नै मेरो वाल्यकालदेखि नै मेरो मन–मझ्ेरीमा कविता थपक्क बस्न आएको हो । घरमा बुबालगायत दाजुहरू पनि कविता मन पराउने भएकै कारणले मेरो घरमा कवि र कविता कहिल्यै तिरस्कृत हुन पाएनन् । साहित्यिक पत्रिकाहरू घरमा आइरहने त्यसभित्र कविता खोजी–खोजी पढिरहने बानी–व्यहोराले गर्दा मलाई कविताले मोहनी लगाइदियो । कक्षा ८ मा पढ्दै गर्दा २०२० तिर मेरो एउटा कविता अनायास एउटा पत्रिकामा प्रकाशित भयो । मफुरूङ्ग भएँ । म पनि कवि भएँ भनेर दङ्ग परें । विद्यालयका सबै साथीहरूले मलाई कविका रूपमा बधाई दिए । पर्व, गोष्ठी, सभा–समारोहमा गएर कविता पढ्नु मेरो शोख बन्यो । घरमा विशेषतया मेरा काँहिलादाई कृष्णप्रसाद दुवालकहाँ कविहरु आइरहन्छन् । उनी जिल्लाका सक्रिय साहित्यिक योद्धा कविका रूपमा प्रख्यात र चर्चित छन् । कहिलेकाहीँ मैले लेखेका कविताहरू दाजुलाई देखाउँथे । दाईले राम्रो भनेर प्रोत्साहन दिनुहुन्थ्यो । म मख्ख पर्थें ।

कविता लेख्नु मेरो शोख बन्यो । दिनका दिनजसो कविता लेखिरहन्थेँं र साथीभाईहरूलाई सुनाउँथे । कुनै पनि विषयमा कविता बनाइहाल्न म माहिर थिएँ । नेवारी र नेपाली दुवै भाषामा कविता लेख्ने मेरो बानीले सबै मसँग छक्क पर्थें । कृष्णदाई पनि यही आजाद स्कूलको मास्टर म उहाँको विद्यार्थी । दाईको सम्पादनमा बालवाटिका स्कुलबाट निस्केको साहित्यिक सङ्कलन हो । उक्त पत्रिकामा मेरो कविता छापियो ।

२०२० सालतिरकै कुरा हो । काठमाडौंमा नेपाल युवक सङ्गठनको आयोजनामा प्रतियोगितात्मक कविगोष्ठी हुने सूचना गोरखापत्रमा पढें । उक्त प्रतियोगितामा कविता पठाउने रहर उल्र्यो । रत्नपार्कभित्र पुगेर कविता कोर्न सुरू गरें । भग्नावशेष धरती + म मान्छे यस्तै शिर्षकमा कविता कोरें । राम्रो लाग्यो, साफी गरियो हुलाकमार्फत् आयोजक संस्थामा कविता पठाइयो । केही दिनपछि प्रतियोगितात्मक कविगोष्ठी हुने भयो । भृकुटी मण्डपस्थित पुलिस क्लव सभाकक्षमा कविता पढ्न गइयो । भर्खरै १५ वर्ष लागेको बाल युवाकविको कविता वाचनमा नाम आउँदा म फूरूङ्ग भई कविता वाचन गर्न गइयो । मञ्चमा वासु शशी, भवानी घिमिरेलगायत अन्य निर्णायकहरू थिए । मेरो कविता पुरस्कृत भयो । मानवीय संवेदना व्याप्त रहेको कविता भनेर कवि वासु शशीले मूल्याङ्कनकर्ताको हैसियतले मेरो प्रशंसा गरे । कस्तो स्वर्णिम र मनोरम भयो होला मेरा लागि त्यो क्षण, आज पनि बयानयोग्य घटना बनेको छ । त्यसताका कविता क्लिष्ट बनाउन खोज्थेँ ।

रात–रातभर जाग्राम बसेर एकान्तमा झयाल खोलेर आकाश हेर्थें । कविता सोच्थेँ । प्रेमका, प्रकृतिका थुप्रै कविताहरु यसताका लेखियो । कविता लेख्न पाउँदा गौरव महसुस गर्ने म कविता बुझ्े पनि नबुझ्े पनि लेखिरहने बानी बस्यो ।

पुरस्कृत कवि भएर भोलिपल्ट काठमाडौंबाट बनेपा फर्कें । साथीभाईले बधाई दिए । दाइले आशीष दिए । मलाई मेरो सिर्जनाबाट तरङ्गित बनायो । किताब प्रकाशित गर्ने रहर चल्यो । कक्षा १० छँदाताकाको कुरा हो, चुलिजा:गु स्वाँ कवितासङ्ग्रहमा भूमिका लेखाउन म कवि दुर्गालाल श्रेष्ठकहाँ पुगें । सहर्ष बधाई सुनाएर भूमिका मन्तव्य लेखिदिनु भयो । समालोचक तथा भाषाशास्त्री ईश्वरानन्द श्रेष्ठाचार्यज्यूलाई कविताको समीक्षा लेखिदिन अनुरोध गरेँ । उहाँले लेखिदिने वचन दिनुभयो र दुई/तिन दिनमा दिन्छु भन्नुभयो र केहीदिन पछि भूमिका दिनुभयो । कृष्णप्रसाद दुवाल र आशाकाजी सेवकको पनि भँमिका रहेको उक्त पुस्तकमा चर्चित कलाकार मृगेन्द्रमान सिंहको कलाकृति थियो । पुस्तक छापिएर आएपछि मेरो मनमा एकखालको ऊर्जा थपियो । उक्त पुस्तक छाप्न मेरा सहपाठी केजी पलाञ्चोकेले पनि सहयोग पुर्‍याउनुभई प्रकाशक बन्नुभएको थियो ।

कवि हुने धुनमा लागेको कारणले पढाईमा कमजोर बनायो । कक्षा ७ सम्म पढैया विद्यार्थी थिएँ अर्थात् म कक्षाको तेस्रो विद्यार्थी । तर कक्षा ८ देखि क्रम भङ्ग भयो । जसोतसो उत्तीर्णमात्र । घरबाट पुल्पुल्याएको केटो । साथीभाइ माझ्मा कवि । समाजमा केही गर्नुपर्छ भन्ने भावनाले ओतप्रोत बनेका म बाल–युवा कविता सुनाउन पाए गौरव गर्ने । कविता लेख्न प्लट सोचिरहने, कविता पढ्न पाएपछि जस्तोसुकै काम छोड्ने क्रम बढेपछि पढ्ने मन भाँचभूच हुँदै गयो । नबुझ्े पनि कविता पढ्न मन खुल्ने । त्यसताका नै मोहन कोइराला, पारिजात, द्वारिका श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ, उपेन्द्र श्रेष्ठ, मदन रेग्मीका क्लिष्ट कविताहरू खोजी–खोजी पढ्ने बानी बन्यो । अझ् शैलीबाट मोहित बनेकै कारणले म सानोछँदादेखि नै पारिजात पछ्याइरहें । पारिजात नामै मनपर्ने । उनका कविताहरू, अन्तवार्ताहरू पढ्न पाउँदा ज्यादै खुसी हुन्थें । म सानोछँदा मनमा थुप्रै कविहरूको पोट्रेट राखेको थिएँ । देवकोटा मन परेर पनि चिन्न र देख्न पाएन । हृदयचन्द्रसिंह प्रधानको दया कथा कक्षा १० मा नेपालभाषाको कोर्समा पढेको थिएँ । मेरो मनलाई निकै चिमोटिदिएको कथाका कथाकार हृदयचन्द्रलाई पनि मेरो आँखाले देख्न र चिन्न पाइएन । काम्यो लुगलुग त्यो कविताका कवि भीमनिधि तिवारी, पिँजडाका सुगाका कवि लेखनाथ पौडेललाई पनि चिन्न र देख्न पाइएन । तर मेरो प्यारो ओखलढुङ्गा कविताका कवि सिद्धिचरण श्रेष्ठ मेरो दाई कृष्णप्रसाद दुवालका अनन्य मित्र र साहित्यिक गुरु रहेकै कारणले म सानो छँदादेखि चिन्न र देख्न पाएका सन्दर्भहरू बिर्सिनसक्नु छ । सिद्धिचरण र दुर्गालाल कवि मैले सानै छँदादेखि चिन्दै र भोग्दै आएका मेरा मन परेका कविहरू हुन् ।

स्कूलमा खुब मन पराएर माथि उल्लेख भएका कवि– साहित्यकारहरूका लेख–रचना पढ्ने गर्थें । लय हाली–हाली, हात हल्लाइ–हल्लाइ कविता पढ्ने बानी मेरो विद्यालयमा पढ्दादेखि नै हो । अंग्रेजी साहित्यमा विलियम वर्दसवर्थको लुसी ग्रे र सोल्टरी रिपेर धेरै पढियो । ज्ञानकाजी सर अंग्रेजी साहित्यको व्याख्या गर्नुहुन्थ्यो र वर्डसवर्थका कविताहरू लय हालेर सुनाउनुहुन्थ्यो । यसरी सिकेको हुँ कविता । यसरी कवि बन्ने धुनमा लागेको हुँ ।

घरको वातावरणले मभित्रको कवितालाई बलशाली बनायो । कहिल्यै–कसैले वितृष्णा कवितालाई नगरेकै कारणले कवितामा मन लगाउँदा म कमजोर बन्नु परेन । घरभित्रबाट नै कविता पढेंँ । कवि चिनेँ । र कवि हुने वातावरण पाएँ । कवितामा मन बस्यो । अनि त के चाहियो कविता बोकेर विद्यालय धाएँ । विद्यालयका मित्रहरूले मेरा कविताहरू सुनिदिए । शिक्षकहरूले आशिष र धाप दिएकै परिणति पनि हो – कवितामा मेरो मन बस्यो ।

कविता लेख्दै गर्दा धेरै खालको अनुभूतिले मलाई चिमोटिरह्यो । कहिले देवकोटाको चुरोटको धूवाँले रन्थनाई दियो । कहिले भूपि शेरचन, वासु शशी, हरिभक्त कटुवाल, दुर्गालाल श्रेष्ठ, गिरिजाप्रसाद जोशीका प्यालाहरूले सम्मोहन गर्दै ढलमल तुल्याइदियो । कहिले एकान्तको खोजीमा लाग्नुपर्ने भन्ने कुराले अँध्यारोको सम्मोहनले झ्याल खोलेर रात–रातभर कविता खोजिरहने सम्मोहनमा परियो । कविहरूको स्वाभिमानका उत्सर्ग छुने कुराहरूले म आफू सानोछँदादेखि अर्थात् विद्यालयका विद्यार्थी छँदाताकादेखि नै पढ्दै र सुन्दै आएको हुनाले स्वाभीमान गिर्न नदिने चेतनाले प्रभावित भएकै कारणले हालसम्म पनि त्यही क्रम बोकेर आफूलाई डोर्‍याइरहें ।

१४ वर्षको छँदादेखि नै साहित्यमा मन गएकै कारणले ठाउँ–ठाउँमा हुने गोष्ठी, सम्मेलनमा भाग लिइरहने चाहनाले डोर्‍यायो र यसमा मेरो सक्रियता बढ्यो । धेरैले क्याबात भने । साथीभाईले कविता सुनाउन आग्रह गरिरह्यो । घरमा आउने साहित्यकारहरूले प्रेरणा दिइरह्यो । आफूभित्रको बालकवि प्रोत्साहन पाउँदा दङ्ग पर्‍यो । मैले यसरी बाल्यकालमा साहित्यको रसास्वादन गर्न पाएँ । कविता लेख्दै गइयो – कवि बन्ने धुनमा यताउता भौतारिरह्यो मनका उत्सर्गहरू …… ! त्यसबेला बालसुलभ चञ्चल मनमा केही खराब कुराहरूले पनि ठाउँ पाउन थाले । अनावश्यक समय ठाउँ कुठाउँमा पर्‍यो । जसले गर्दा पढाइमा निश्चित समय–सीमा मिलाएर पढ्न सकिएन । वि.सं. २०२२ सालमा कक्षा १० उत्तीर्ण गरें । एस.एल.सी. परीक्षा दिएँ – उत्र्तीर्ण हुन सकिएन । कविको सम्मोहनमा परेर अर्थात् कविता लेख्ने धुनमा रमेर मेरो पढाईमा प्रश्नवाचक चिन्ह खडा भयो । यस्तै रह्यो मेरो बाल्यकाल – कविता मोहमा बिताइएका क्षणहरूका तीता–मीठा प्रसङ्गहरू !

क्रमश :

साहित्यकार तथा जनमत साहित्य मासिकका प्रधान सम्पादक मोहन दुवालको आत्मसंस्मरण जनमत साहित्य डटकम मार्फत क्रमश: प्रकाशित गर्दे जानेछौं ।
सम्पादक


Tags: आत्मसंस्मरणमोहन दुवाल
अघिल्लो पोष्ट

टाइगर हिलकी पुनम माथि एक समीक्षात्मक दृष्टि

पछिल्लो पोस्ट

सिथि नख:

मोहन दुवाल

मोहन दुवाल

सम्बन्धित पोष्टहरू

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 
सँस्मरण

नबजेको बाको रेडियो र उडिरहेको कालो पहेँलो धुवा 

२० मंसिर २०८१, बिहीबार
नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ
सँस्मरण

नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ

११ आश्विन २०८१, शुक्रबार
‘वेदना’ सँगको साहित्यिक यात्रा
सँस्मरण

‘वेदना’ सँगको साहित्यिक यात्रा

२४ भाद्र २०८१, सोमबार
साँखु र कवि गिरिजा
सँस्मरण

साँखु र कवि गिरिजा

१० श्रावण २०८१, बिहीबार
पछिल्लो पोष्ट
सिथि नख:

सिथि नख:

एउटा नितान्त व्यक्तिगत दिन

एउटा नितान्त व्यक्तिगत दिन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

म प्रयोगशाला

म प्रयोगशाला

४ जेष्ठ २०७९, बुधबार
रवीन्द्रनाथ टैगोर र पोस्टमास्टर

रवीन्द्रनाथ टैगोर र पोस्टमास्टर

४ जेष्ठ २०७९, बुधबार
‘पारिजातका कविता’ विषयक विचार गोष्ठी

‘पारिजातका कविता’ विषयक विचार गोष्ठी

४ जेष्ठ २०८०, बिहीबार
मन्त्र बैङ्क

मन्त्र बैङ्क

४ जेष्ठ २०७८, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक