बिहान सबेरै उठेर सूर्य उदाएको दृश्य नहेरी सृष्टि अरु काममा लाग्दिन । उदाउन लागेको सूर्यको लालि र किरण सबैतिर छाएको दृश्यले उनलाई एकदम ताजा र फुर्तिलो बनाउँदछ । खास गरी वर्षा त्पछिको सूर्यको किरणले फूलका कोपिलाहरू विस्तारै विस्तारै फक्रिन थालेको र डाँडा काँडाका रुखहरूमा सूर्यको किरण छाँउदाको दृश्यले सृष्टिको मनलाई उमंगले फेरि ताजा बनाउँदछ र दिनभरिको कामलाई उर्जा प्रदान गरेको उनी महसुस गर्छिन्। छोरा र छोरीलाई बिहानको नास्ता खुवाई उनीहरूको टिफिन तयार गरी लुगा लगाउनमा मद्दत गर्छिन् । त्यसपछि श्रीमानको लागि नास्ता अनि दिउँसोको लागि लन्चबक्स समेत तयार गरी बच्चाहरू र श्रीमानलाई विदा गरेपछि बल्ल सासू ससुरा र आफ्नो लागि नास्ता तयार गरी ल्याउने गर्छिन् । सासु ससुराहरू बिहान पूजापाठ सकरे मात्र नास्ता खाने हुँदा श्रीमान् छोराछोरीलाई पठाएपछि तीन जनासँगै नास्ता खाने गरेका छन्। सासुससुराको लागि दिउँसोको खाना तयार गरिसकेपछि आफ्नो लागि पनि नास्ताको बक्स तयार गरी अफिसको लागि निस्कने गर्छे । सृष्टिको सरकारी अफिस भएको हुँदा बिहान१० बजे पुगेहुन्छ । श्रीमानन्को आफ्नै कन्सलटान्सी छ, उनी बिहान ९ बजे नैअफिस पुग्ने गरकाछन्। स्टाफहरू पनि समयमै आउँछन् रे ।
अफिसमा खाजाको समयमा प्राय सबै साथीहरू खाजा खान बाहिरै जाने गर्दछन् । सृष्टि भने घरबाट ल्याएको खाजा नै खान्छिन् । सृष्टिको ६ वर्षको छोरा १ कक्षामा र ४ वर्षकी छोरी नर्सरीमा पढ्छन् । छोराको नाम किरण र छोरीको नाम कृष्णा हो । छोराको नाम किरण सृष्टिले नै राखेकी हुन् । छोरीको नाम चाँहि ससुराज्यूले राख्नुभएको हो ।
अफिसबाट साँझ घर फर्केपछि सधैं सृष्टि घरायसी काममै व्यस्त हुन्छिन् । उनका सासुससुराहरू पनि एकदम राम्रो हुनुहुन्छ । उहाँहरूको पनि एक छोरा श्रवण,सृष्टिको श्रीमान् र एक छोरी श्रद्धा छिन् । श्रद्धा जेठी सन्तान भएको हुँदा उनको पढाईसकिने बित्तिकै बिहे भइसकेको र उनको दुई छोरीहरू ठूलठूलै भइसकेका छन् । दुवै हाइस्कूलमा पढिराखेका छन् । आमाज्यूको घरमा सासुससुरा कोही नभएको हुँदा घर गृहस्थीमै सधै व्यस्त हुनाले महिनाको एक दुई पटक मात्र माईत आउछिन्। आमाजू र सृष्टिको श्रीमान्श्रवणको दुई वर्ष मात्र उमेर फरक छ । श्रवण ग्राजुएसन पछि विदेश पढ्न गएको हुँदा उनको अलि ढिलै बिहे भएको हो । सृष्टिको पढाई समयमै सकिएको र त्यसपछि तुरन्तै सरकारी नोकरी पाएको हुँदा काम गरेको पनि धेरै वर्ष भइसकेको छ । यस बीचमा सृष्टिले सरकारी कामहरूको बारे राम्रा नराम्रा दुबै अनुभव बटुलि सकेकी छे।
सृष्टि र श्रवणको मागी विवाह भएको थियो । श्रवणमा आदर्श पतिमा हुनुपर्ने सबै गुणहरू छन् । उनको काम पनि राम्ररी चलिरहेकै छ । घर, आमाबाबु, दिदी, श्रीमती र छोराछोरीहरू सबैको प्रिय छन् उनी । यस हिसाबले सृष्टि आफुलाई एकदम भाग्यमानीे ठान्दछे। अफिसमा पनि सृष्टिको छोटो अवधिमा दुईपटक बढुवा भइसकेको छ । कामको सिलसिलामा देश विदेश पनि घुम्न पाइराखेकि छिन् । किरण र कृष्णाको भविष्य दुवै पतिपत्नीको साझाचासोकोविषयरहेको छ । दुवै केटाकेटीहरू हजुरबुवा हजुरआमाको लागि आँखाको नानी जस्तै प्यारा छन् ।
भोलि असारको दश गते, सधैं झैं सृष्टिले आफ्नो सबैभन्दा मिल्ने साथी कञ्चनलाई भेट्ने कार्यक्रम छ । घरको सबै काम सकाएर सृष्टि कोठामा आईन् । श्रीमान आफ्नै ल्यापटपमा व्यस्त छन्, छोराछोरीहरू हजुरबुबा हजुरआमा सित रमाउँदै कुरा गर्नमा मस्त छन्। सृष्टि फोनमा भोलि बिहानको दश बजे कञ्चनसँग भेट्ने कुरा गर्छिन् ।
असारको दश गते सृष्टिको लागि अविस्मरणीय दिन हो । आठ वर्षदेखि यस दिन सृष्टि आफ्नी साथी कञ्चनसँगै हुन्छिन् । त्यो दिन उनको नितान्त व्यक्तिगत दिन हुने गर्दछ । कञ्चनको पनि बिहे भै घर गृहस्थी र अफिस दुवै राम्रै चलिरहेको छ ।सृष्टि जस्तै उनी पनि सधैँ खुसी रहने गर्छिन् । उनी तीन छोरा छोरी कि आमा हुन् । उनको छोरा छोरी सृष्टिको भन्दा ठूलाठूला छन् । कन्चनको स्नातकतहको पढाई सकिने बित्तिकै विवाह भएको थियो र बिहेपछि मात्र उनले जागिर खाएकी थिइन्। कन्चन र सृष्टिको माईतीघर नजिकै थियो तर घर भने सृष्टिको घरभन्दा अलि टाढा नै छ । त्यसैले बिहेपछि उनीहरूको भेटघाट त्यति छिटोछिटो हुदैन। कहिले काहीँ माइत जाँदा दुबैजनाले समय मिलाएर जाने र भेटघाट गर्ने गरेका छन्। अफिस, घर बालबच्चा सबै सम्हाल्न पर्ने हुँदा दुवै आफ्ना–आफ्ना काममै व्यस्त रहने गर्छन् । हरेक वर्ष असारको दश गते सधैं सृष्टिर कञ्चनसधैंसगैँेदिनबिताउने गर्छन्। माईती र घरका कसैले पनि त्यो दिन उनीहरूको भेट्ने कार्यक्रम बारेमा केही भन्दैनन्। प्राय: त्यो दिन उनीहरू बौद्ध विहारमा गएर भिक्षुहरूलाई भोजन गराई,भिक्षुको प्रवचन सुनी, बाँकी समय कुनै एउटा रेष्टुराँमा गएर चिया नास्ताखाएर बसी बियाँलो गर्दछ । त्यसपछि दुबैजना मन आनन्द भएको महसुस गर्दै साँझ तिरमात्र घर फर्कने गर्दछन् ।त्यसदिन दुबैले आफिसबाट बिदा लिने गरेका छन् ।
आजको असारको दश गते पनि सधैँेझै, बिहानै सब काम सिध्याएर दुबैे घरबाट निस्के । बौद्ध विहार पुगेर भिक्षुहरूलाई भोजन गराएपछि दान दक्षिणा दिई प्रवचन सुन्न थाले । वर्षभरि रोकिएको आँसु त्यसदिन सृष्टिकोआँखाबाट बग्ने गरेको छ । भगवान्बुद्धले आफ्नो उपदेशमा भन्नुभएको “जीवन मिल्नु भाग्यको कुरा हा,ेमृत्यु हुनु समयको कुरा हो तर मृत्यु पश्चात् पनि अरूको मनमा ज्यूँदोरहनु कर्मको कुरा हो…” भन्नेकुरालाई हृदयमा लिई सृष्टिनिरन्तर आफुलाई सम्झ।उने प्रयन गर्छिन् । तैपनि आजको दिनमा जत्ति कोशिष गरे पनि आँसु रोक्नसक्दिनन्। भिक्षुको उपदेश र कञ्चनको सान्त्वनाले विस्तारै आफूलाई सम्हाल्छे । त्यसदिन पनि वर्षभरिको आँसु झारेर मन हल्का गरीसृष्टि घर फर्किन् । घर आएपछि श्रीमानले तिम्रो दिन आज कस्तो रह्यो भनी सोध्दा, ठीकै भयोभनेरजवाफदिईन्र आफ्नो दैनिक काममा लागिन् ।सब काम सिध्याई छोरा–छोरीलाई सुताएर कोठामाआईन् ।
श्रीमानले कञ्चनलाई कस्तो छ, भनी सोध्दा सबै ठीकै छ भनिन् ।“मलाई तिम्रो आमाको फोन आएको थियो, तिम्रो फोनको स्वीच अफ थियो रे”भनेर श्रीमानले भन्दा“भिक्षुको उपदेश सुनिरहेको बेला पर्यो होला त्यतिबेला मैले फोन स्वीच अफ गरेकी थिएँ”भनीसृष्टिले भनिन् । “खास कुरा केही थिएन सबैलाई कस्तो छ भनी सोध्नलाई फोन गर्नुभएको रहेछ । किरण र कृष्णासँग कुरा गर्न खोज्नु भएको थियो ।त्यसबेला दुवै खेल्न गइरहेका थिए, त्यसैले उनीहरूसँग कुरा हुन पाएन“ भनी श्रवणले सुनाएपछि सृष्टिले आमालाई फोन गरिन् । आमासँगको कुरा सक्काएर भोलिको लागि बच्चाहरूको र श्रीमानको लुगा आइरन गर्ने काम सक्याईन् ।
सृष्टि धेरै बोल्नु नपर्ने शान्त स्वभाव कि छे भनेर सबै जनाले भन्ने गरेका छन् ।उनको मुड प्राय:सधैं नै एकैनासको हुन्छ, कहिल्यै मुड विग्रिएको देखिंदैन । घर परिवारमा एकजनाको मुड खराब भयो भने सबै परिवारलाई असर गर्छ, सबभन्दा बढि केटाकेटीहरूलाई असर पर्छ, भन्ने कुरा बुझेर होलासायद ।
एकदिन अफिसको एउटा मिटिङमा गएको बेला सृष्टिको पुरानो साथीसँग भेट हुन्छ । ऊ पेशाले इन्जिनियर भएको हुँदा धेरैजसो फिल्डमै व्यस्त हुने गरेको रहेछ । स्कूलमा सृष्टिको ब्याचको सबभन्दा राम्रो विद्यार्थी थियो ऊ। फरक–फरक कलेज पढेका हुँदा स्कूल सकिएपछि भेट भएको थिएन । मिटिङ पछाडि दुबैजना पुराना साथी बिच एकछिन कुराकानी भयो । उनलाई भेटेपछि सृष्टिको मनमा स्कूलका घटनाक्रमहरू एक एक गरी आँखा अगाडि आउन थाले।
सानैदेखि अरू साथीहरूको दाँजोमा सृष्टिको कञ्चनसँग राम्रो दोस्ती थियो । उनीहरूकै कक्षामा कञ्चनको मामाको छोरो, दाजु, किरण पनि थिए। उनीहरू तीनजना सधैजसो सँगै नै हुन्थे। कक्षा खाली हुँदा, खाजासमयमा, स्कूल जाँदा र स्कूलबाट घर फर्कंदा सधैं सँगै हुन्थे। सबैलाईकिरण कञ्चनको दाजु भन्ने कुरा थाहा थियो ।सृष्टि कञ्चनसँग उनको मामाघर पनि गइरहन्थिन्। तीनैजना पढाईमा राम्रै विद्यार्थीमा गनिन्थे । कक्षा दशको जाँचमा पनि उनीहरू तीनैजना पहिलो श्रेणीमा पास भएका थिए, असी प्रतिशत किरणको मात्र नाघेको थियो ।
स्कूल सकिएपछि तीनैजना एउटै कलेजमा भर्नाभए। कलेजमा पढ्ने बेलादेखि किरण र सृष्टिमा आत्मीयता झन्–झन् बढ्दै गयो । एकले अर्काको भावना राम्रोसँग बुझ्थे ।सृष्टि अलि कम बोल्थिन्, कञ्चन र किरण दुवै धेरै बोल्नु पर्ने थिए । किरण र सृष्टिको विचारमा पनि एकरुपता थियो । जहाँ पनि ती तीनैजना सँगै हुने भएको हुँदा कसैले पनि सृष्टि र किरणको नजदिकीपनलाई ध्यान दिएका थिए । कलेजको छुट्टीको दिन उनीहरू कहिले कता कहिले कता घुम्न जाने गर्थें। किरणसँग हिंड्दा कञ्चनको दाई भएको हुँदा सृष्टिको घरमा पनि कसैले केहि भन्दैनथे । किरण र सृष्टिको मायामा आत्मीयता थियो,शारीरिक आकर्षणको कुरा थिएन। एकअर्को प्रति भावनात्मक रुपले समर्पित थिएदुवै। यस्तो माया प्रेम यो जुनीमा फेरि कसैसँग हुँदैन होला जस्तो सृष्टिलाई लाग्थ्यो र लाग्छ पनि ।
उनीहरूको १२ कक्षाको जाँच पनि सकियो । तीनै जनाको नतिजा राम्रै आयो । कञ्चन र सृष्टिले घरपरिवारको चाहना अनुसार नेपालमा नै स्नातक तहको पढाइ गर्ने सोचे । किरणले भने अमेरिकामा पढ्न जान विभिन्न विश्वविद्यालयहरूमा प्रयास गरिरहेका थिए । राम्रो ठाउँमा छात्रवृत्ति नपाउने, पूरा निजी खर्चमा पढ्न जान पनि मुस्किल हुने, अनि काम गरेर पढ्ने हो भने पढाई सिध्याउन धेरै समय लाग्ने भएको हुँदा किरणले फेरिअर्कोे वर्ष राम्रोतयारी गरेर अमेरिका लगायत अन्य विभिन्न देशका कलेजहरूमा भर्नाको लागि प्रयास गर्ने सोचराखे,र त्यसैअनुसार गरे । अमेरिकाको एउटा राम्रो कलेजबाट ५०% छात्रबृत्ति पाउने खबर आएपछि सबै एकदम खुसी भए ।किरण अमेरिका जाने तयारीमा जुटे । त्यतिबेला सृष्टि र कञ्चनले यहाँ स्नातकतहको पढाईसुरु गरिसकेका थिए । अमेरिका जाने अघिल्लो रात सृष्टिर किरणले पूरै रात फोनमा कुरा गर्दैबित।एकाथिए । किरणलाई एयरपोर्टमा छोड्न उसको घरको परिवारसँग सृष्टि र कञ्चन पनि गए। एउटा चिनेको मान्छेलाई सम्पर्क गरी एयरपोर्ट भित्रै यात्रुहरूकुर्ने ठाँउसम्मै जाने सुविधा मिलाएका थिए कञ्चन र सृष्टिले।सामानहरू तौल्याएर सबै पठाइसके पछि ती तीनैजना चिया खान एयरपोर्ट भित्रकै रेष्टुरामा गएँ । कञ्चनले किरण र सृष्टिलाई कुरा गर्न मौका दिंदै त्यहाँ पसलतिर हेर्न लागिन्। छुट्टिनु अगाडि किरण रसृष्टि दुबैजनाले दिनहुँ एकअर्कालाई फोनमा सम्पर्क राख्ने वाचा गरेका थिए । छुट्टिने बेलामा दुबैको आँखा भिजेको चालै पाएनन् ।
किरण अमेरिका पुगेको खबर नआए सम्म सृष्टिलाई छट्पटी भइरहेको थियो । गएको दुई दिनपछि होस्टल पुग्ने बित्तिकै किरणले सृष्टिलाई फोन गरका थिए ।दुई ठाँउ बिच समयको फरकले, किरणले फोन गर्दा नेपालमा रात परेकोहुने हुँदा,फोनमा कुरा गर्न सृष्टिलाई धेरै नै सजिलो थियो । प्रत्येक दिन फोनमा उनीहरूको कुरा भइरहन्थ्यो । त्यतिबेला दुवैजनाको पढाई चलिरहेको हुँदा, धेरै समय कलेज र पढाई मै बितिरहेको हुन्थ्यो ।
कञ्चन र सृष्टिकोे स्नातक तहको नतिजा राम्रै अ।यो । सृष्टिले फेरि अगाडि पढ्ने बिचार गरिन् । कञ्चनले पनि अझै पढ्नचाहेकी थिइन् तर घरपरिवारले उसको बिहे गर्ने निर्णय गरे पछि उनले पढ्न पाईनन् ।
बिहेपछि कञ्चनले काम पनि गर्न थालिन्। सृष्टिले स्नातकोत्तर गरिसक्दा सम्म कञ्चन दुई छोराछोरीको आमा भइसकेकी थिइन् । अनि अफिस घरगृहस्थी सम्हाल्दा सम्हाल्दैमा उनको समय बितिरहेको थियो र त्यसैमा उनीखुसीथिइन । कहिलेकाहींमाईत आउँदा उनको सृष्टिसँग भेट हुन्थ्यो । पढाईसकिएपछि सृष्टिलाई बिहे गर्न घरपरिवारबाट दवावपर्न थाल्यो । अब त पढाई पनि सकियो साथीहरूको छोरा–छोरी भइसक्यो तिमीले पनि बिहे गर्ने तर्फ सोच्नु पर्यो भन्दा, १–२ वर्ष काम गरी आफ्नै खुट्टामा उभिसकेपछि मात्र बिहे गर्छु भनेर सृष्टिले जवाफ फर्काउँथिन् । किरणको पढाई नसकिएको हुँदा, त्यसै बिच केही छोटो तालिम या कोर्स मिलाएर सृष्टि पनि अमेरिका जाने सल्लाह भएको थियो उनीहरू बीचमा तर मिलाउन सकिएन ।
अमेरिका गएपछि एकपटक मात्र विदामा किरण नेपाल आएका थिए। किरणनेपाल आएको एक महिनाको समय कसरी बित्यो सृष्टिरकिरण दुवैलाई पत्तै भएन । कहिले कता कहिले कता घुमफिर गर्दै समय बितेको थियो उनीहरूको । सृष्टिको क्लास चलिरहेको भएपनि कहिलेकाहीं क्लासै छोडेर तकहिले क्लास सकेपछि उनीहरू घुम्न जानेगरेका थिए । त्यो एक महिनाको समय बाहेकबाँकीदिनहरू भने फोनमा कुरा गरेरनै उनीहरू नियमित सम्पर्कमा थिए ग्राजुएसनमा सृष्टिलाई अमेरिका आउन किरणले निकै जोड गरेका थिए तर किरणको बाबुआमा जाने भएको हुँदा सृष्टिले जान ठीक मानिन रगइनन्पनि ।
पढाई सकिए पछि किरणले उसले पढेकै विश्वविद्यालयमा काम पाएका थिए। केही समय काम गरेपछि पैसा जम्मा गरीेसृष्टिलाई केही छोटो तालिम या कोर्सका लागि उतै बोलाउनेसोच राखेका थिए ।सृष्टि पनि त्यसका लागि निकै नै उत्साहित थिइन् । यदि अमेरिका पढ्न जान मिल्यो भने अफिसबाट बिशेषविदा लिएर जाने कुरा परिवारमा पनि छलफल गरेकीथिइन्,तर किरणसितको कुराकानी र सम्बन्धको बारेमा भने परिवार अनभिज्ञनै थिए। जिन्दगी राम्रै चलिरहेकोथियो । छिटै सबै कुरा मिलाएर अमेरिका जाने बारे दुबै जना लागिपरेको थिए र त्यस दिनको पर्खाईमा उनीहरुको दिन बितिरहेको थियो ।
एक रात सपनामा सृष्टिले किरणलाई देखिन् ।किरण निकै उदास थिए, नजिक आई सृष्टिकोे हात समातेर एकदम दुखी हँुदै “सृष्टि मैले तिमीलाई जिन्दगीभर साथ दिने बचन दिएको थिएँतरम हारे,ं मैले आफैंले गरेको वचन पूरा गर्न नसक्ने भएँ, मलाई माफ गर । तिमी आफ्नो जीवन नयाँ किसिमले फेरि सुरु गर्नु र सधैं खुसी रहनु, त्यसैमामेरो आत्मालाई शान्ति मिल्नेछ ”भन्दै धेरै बेर रोए ।सृष्टि झसङ्ग हुदै निन्द्राबाट ब्युँझिइन्। आज मैले किन यस्तो सपना देखें, केही घण्टा अगाडि मात्र किरणसँग फोनमा राम्रै कुरा भएको थियो,अचानक यस्तो सपना देख्नुको मतलब के होला भनी सृष्टि छटपटाउन थालिन्, उनकोेमन एकदम ब्याकुल हुन थाल्यो । किरणलाई एकपटक फोन गर्न सोचिंन् र फोन गरिंन् । निकैबेर घन्टी गयो फोन उठेन ।
धेरैपटक फोन गरेपछि बल्ल फोन उठ्यो। फोनमा नचिनेको मानिसको आवाजमा अंग्रेजीमा केही बोल्दै थियो : “किरणको गाडी दुर्घटना भएर हस्पिटलमा ल्याइएको, डाक्टरहरुको कोशिषको बाबजुत उनलाई बचाउन सकिएन, उनी रहेनन् ।” सायद हस्पिटलको कोही मानिस वा पुलिस बोल्दै थियो, त्यो सोध्ने होस सृष्टिलाई भएन । सृष्टिलाई छानाबाट खसे जस्तो भयो । अब के गनर्,े कसलाई सोध्न,े कहाँ जाने केही निधो गर्न सकिनन्रथचक्क भूईंमाबसिन्। त्यसपछि सायद सृष्टिबेहोस् भईन्। होस आउँदा भूईंमै लडिरहेकीे थिइन। उठ्ने बित्तिकै कञ्चनलाई फोनगरिन् । कञ्चनले किरणको बारे खबर पाइसकेकी रहेछिन् ।रुन्चे स्वरमा किरणको साथीहरूको सहयोगले लास नेपाल ल्याउदैछन् भन्ने खबर सुनाइन्। सृष्टिको जीवनमा ठूलो आँधीहुरी आयो त्यसलाई शान्त पार्न उनलाई निकैसमय लाग्यो ।केही दिनअफिस पनिगईनन् ं । किरणको मृत्युको कुरा थाहा पाएपछि सृष्टिकाबुबा आमा पनि निकै दु:खी भए । घरमा सधैं आइरहने हुँदा उहाँहरूको पनि किरणसँग एक किसिमको नजिकपन थियो । केहीदिनपछिआफूलाई सम्हाल्न निकै गाह्रो भएपनि मनलाई दृढ बनाईसृष्टि कञ्चनसँग किरणको घर गईन् ।
घरको वातावरण निकै शोकमय थियो । जवान छोराको मृत्युले उहाँहरूको मनमा ठुलै भूकम्प गएको महसुस हुन्थ्यो। त्यहाँ गएर सृष्टि केही बोल्न सकिनन्, मनमा आएको आँधी केही मात्रामा थामी सकेको भएपनि हलचल अझै बाँकी नै थियो । निशब्द भएर रसाएका आँखाले किरणको बाबु आमालाई हेरिरहेकी थिइन् । मनमनै भगवानलाई उहाँहरूको मन शान्त पारिदिन पुकारिरहेकी थिइन। घर फर्केंर कोठामा गईढोका लगाएर निकैबेरसम्म घोरिएर बसिन्, आँखाबाट बगेको आँसुले थाम्ने नामै लिएन । वर्षाको झरिझैं आँसु अविरल बगिरहे ।
समय बितेसँगैसृष्टि आफूलाई विस्तारै विस्तारैसम्हाल्दै, समेट्दैजान्छिन्। जीवनमा सबैसोचेजस्तो कहाँ हुन्छ र, जुन कुरा भाग्यमा लेखेको छ त्यो नभई छोड्दैन । सृष्टि र किरणको माया पनि यसरी अधुरै रहने लेखेको रहेछ सायद।
किरणको पार्थिव शरीर नेपाल ल्याई दाह संस्कार गर्ने र उसको १३ दिनको काजक्रियाको काममा सृष्टि पनि सरिक भइन्। सृष्टिको सपनामा किरण बेलाबेलामा आउँदै गर्छन् । सपनामा आएर सृष्टिलाई सम्झ।उछन्, आफूलाई सम्हाल्न र नयाँ जीबनसुरु गर्न सुझाउँछन् । सृष्टि भने ती हरेक रातका सपनामा किरणलाई अङ्गालो हाली खुब रुन्छिन् । “मैले तिमीलाई दिएको बाचा पूरा गर्नसकिन । हाम्रो शारीरिक मिलन सम्भव नभए पनि मेरो आत्मा संधै तिम्रो साथमा हुनेछ ।तिमी विवाह बन्धनमा बाँधिएर हाँसी खुसी जीवन बिताउन थालेपछिमात्र मेरो आत्मालाई शान्ति मिल्नेछ, त्यसैले बिहे गरेर तिमी जिन्दगीमा अगाडि बढ” भनि सृष्टिलाई घचघच्याई रहन्छन् ।
किरणको वार्षिकी पनि सकियो । घरमा बिहेको कुरा हुँदा किरणकै सुझाव अनुसार सृष्टिले पनि हुन्छ भनी सहमति दिइन् र बिहे पनि भयो । बिहेको दिन पनिसृष्टिको सपनामा किरण आए । उनको अनुहारमा खुसी झल्केको देखिन्थ्यो,वैवाहिक जीवन सुखमय रहोस् भनी शुभकामना दिएरगए। छोरा र छोरी जन्मँदा पनि किरण सृष्टिकोे सपनामा आएर बधाईदिएरगए । अब त सृष्टिको बिहेभएको पनि धेरै वर्ष वितिसक्यो ।घर गृहस्थी राम्ररी चलिरहेको छ,जीवन सुखसँग बितिरहेकोछ ।
प्रत्येक वर्ष असारको दश गते,किरण बितेको दिन, उसकै सम्झनामा बौद्ध बिहार गई भिक्षुहरूलाई भोजन गराईउहाँहरूको प्रवचन सुनेर आउने गरेकिछिन् सृष्टिले । त्यसदिन वर्षभरि सञ्चित भइरहेको आँसु बग्न दिने गरेकि छिन् । योकुरा कञ्चन बाहेक अरु कसैलाई थाहा छैन । किरण र सृष्टिको माया नकहिले वर्षात्को मुसलधारे झरी बन्यो, न त कहिले गृष्मको खडेरी नै। उनीहरूको माया प्रत्येक श्वास प्रश्वासमा समेटिने शान्त हावा जस्तो भै निरन्तर बहिरह्यो । त्यसैले बिहानको सूर्यको किरणर शान्त हावाले सृष्टिलाई किरण आसपास नै भैरहेको महसुस गराइरहन्छ ।
यीकुराहरू सम्झन्दै गर्दा अफिसमा पाँच बजिसकेको सृष्टिले चालै पाइनन्। “तिम्रो आज घर जाने विचार छैन कि कसो ?” भनी साथी नजिक आएर भनेपछि सृष्टि झसङ्ग भईन् । घडीमा सवा पाँच बजिसकेको रहेछ। छिटोछिटो ब्याग बोकी साथीसँगै अफिसबाट निस्केर घरतिर लागिन् ।