जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज अनुवाद

मन्त्र बैङ्क

हृदयचन्द्र सिंह हृदयचन्द्र सिंह
प्रकाशित ३१ भाद्र २०७८, बिहीबार
अनुवाद भित्र
0
मन्त्र बैङ्क

यस्तै सुचिन्तकहरूमा अहमदाबादनजिकै महसानामा बस्ने श्री स्वामी महादेव पनि एक हुन् । उनले धेरै गहिराइका साथ सोचेर शान्तिका लागि एक अद्भुत जुक्ति निकालेका छन् । उनको जुक्तिलाई त एउटा आध्यात्मिक आविष्कार नै भन्न सकिन्छ । धेरै वर्ष नभए महिना, महिना नभए पनि अनेक हप्ता त अवश्य नै लागे हुनन् यो गम्भीर युक्ति सुझाउनमा । ‘नवभारत टाइम्स’को एक समाचरअनुसार उनले आफ्नो जुक्तिलाई संसारका अगाडि आफ्नो आविष्कृत जुक्तिको नाम ‘मन्त्र बैङ्क’ राखी यसप्रकार प्रस्तुत गरेका थिए—

“यदि बढीभन्दा बढी मानिसहरू सवालाखपटक पवित्र मन्त्र लेखेर मन्त्र बैङ्कमा जम्मा गर्छन् भने त्यो काम विश्वशान्तिमा गुप्तरूपले सहायक हुनेछ ।”ज्ञड

स्वामी महाराजको बैङ्क पनि निराला ढङ्गको छ । ‘लिमिटेड कम्पनी’ बनाइदिए भने झन् ‘सेयर होल्डर’हरूको ताँती नै लाग्नेछ । न सुरक्षा पहराको आवश्यकता छ, न म्यानेजरको, न क्लर्ककै आवश्यकता, न चोरी–आगलागीको डर, न त फाइदा नहुने डर ! यो कार्य कुनै पनि ‘फेल’ हुनै सक्दैन ।

स्वामीजी केहीकेही नयाँ हावालाई पनि मन पराउँछन् जस्तो लाग्छ, नत्र ‘बैङ्क’ जस्तो यवनहरूको म्लेच्छ शब्द र पद्धतिलाई कहिल्यै स्वीकार गर्दैनथे, त्यो पनि ‘मन्त्र’जस्तो पवित्र शब्दका साथमा । ‘मन्त्र–बैङ्क’ यो त रामचन्द्र वर्मा आदि धुरन्धर वैयाकरणहरूका अनुसार स्पष्टत: संकर समास हो । वैयाकरणहरूका मतअनुसार यस्तो प्रयोग एकदमै भद्दा मानिन्छ । पवित्र मन्त्र लेख्नेहरूका निम्ति उनले ‘धेरैभन्दा धेरै मानिसहरू’को उल्लेख गरेका छन्, यसबाट के पनि ज्ञात हुन्छ भने उनी व्याकरणको मात्र होइन, कतैकतै त साक्षात् ‘वेद’को पनि पर्वाह गदैनन् । ‘वेद’मा शूद्र र स्त्रीलाई पढ्ने आदेश छैन । ‘मन्त्र’भन्दा वेद, उपनिषद्का ऋचा वा गायत्री आदिकै बोध हुन्छ । यो सबै गर्नेहरू स्त्री र शूद्रलाई त पटक्कै छैन । स्वामीज्यूले ‘धेरैभन्दा धेरै मानिसहरू’ भनेका छन् । यसो भन्दा तिनमा स्त्री र शूद्र पनि सामेल हुन जान्छन् । अर्थात् जहाँसम्म हुन सक्छ त्यहाँसम्म उनले धेरैभन्दा धेरै मानिसहरूलाई सम्बोधन गरेका छन्, आह्वान गरेका छन् । ‘स्त्री र शूद्र’लाई अलग गरेर त ‘धेरैभन्दा धेरै’ हुनै सक्दैन । त्यसमा पनि ‘लोग’ शब्द राखिदिनाले यो कुरा अझ प्रस्ट हुन्छ । यदि ‘पवित्र’ लाई ‘धेरैभन्दा धेरै’का अगाडि राखिदिन्थे भने स्त्री र शूद्रलाई बाहेक गरेको लाग्थ्यो होला । उसो त ‘मन्त्र’लाई ‘डाइन’को कुविद्या पनि भन्ने गरिन्छ र सर्प, बिच्छुहरूबाट टोकिँदा प्रयोग गरिने कुरालाई पनि मन्त्र नै भनिन्छ । यी दुवै प्रकारमा मन्त्रहरूको अधिकार त स्त्री र शूद्रलाई पनि छ । पवित्र मन्त्र त गायत्री वा वेद वा उपनिषद्का ऋचाहरूलाई मात्र मान्ने गरिन्छ । त्यसैले के भन्न सकिन्छ भने स्वामीज्यूले वैदिक बन्धन पनि तोडिदिएका छन् ।

यी कुराहरू स्वामीजस्तो त्यागी व्यक्तिले नभनेर कुनै गृहस्थी पण्डितले भनेका हुन्थे भने क्षिद्रान्वेषी आलोचकहरूले उनीमाथि ‘घूस’ खाएको आरोप लगाउने थिए किनभने अधिकारीहरूले स्त्री र शूद्रलाई वेदको अधिकारबाट वञ्चित राखेकाले ‘धेरैभन्दा धेरै मानिसहरू’लाई ‘मन्त्र’को ज्ञान नै छैन, जानकारी नै छैन । ‘मन्त्राक्षर’ त तिनीहरूले देखेकै छैनन् होला । तब के ‘पवित्र मन्त्र’ लेखेर ‘मन्त्र–बैङ्क’ मा जम्मा गर्न सक्नेछन् ? यस्तो हालतमा काशीका पुस्तकविक्रेताहरूको वेद, उपदिषद्हरूका प्रतिहरू बढीभन्दा बढी बिक्न सक्छन् किनभने मुद्रित वेदहरूबाट देखेर ‘धेरैभन्दा धेरै मानिस’ ‘पवित्र’ मन्त्र लेख्न सक्छन् । आफ्नो विक्री बढाउनका लागि पुस्तकविक्रेताहरू के पो गर्दैनन् र ? तर साक्षात् स्वामीजीले भन्नुभएको हुँदा ‘घूस’को कुरामा त सन्देह नै छैन । बरु पवित्र आशय नै सिद्ध हुनेछ ।

ठूलाठूला मुलुकहरूमा तनाव र विनाशकारी शस्त्रास्त्रहरूको धुमधाम तयारी देखेर त्रस्त मानिसहरू स्वामीज्यूको सुझावमाथि विश्वास गरी अनेकन् सपेरा र डाइनहरू पनि आपूmले जानेका मन्त्रहरूलाई कागजमा तत्परताका साथ उतारिरहेका होलान् र ‘मन्त्र–बैङ्क’मा जम्मा गर्नका लागि स्वामीज्यूको ‘मन्त्र बैङ्क’को ठेगाना जान्न उत्सुक होलान् । किनभने बिचराहरूलाई के थाहा—‘मन्त्र’को अर्थ गायत्री वा वेदका ऋचा आदि हुन् । उनीहरू आपूmले जानेका मन्त्रहरूलाई नै ‘मन्त्र’ सम्झनेछन् । के स्वामीज्यूको ‘मन्त्र’को अभिप्राय त्यही होला ? म भन्छु— कदापि होइन ।

स्वामीज्यूले खास मन्त्रको नाम बताएनन्, खालि ‘पवित्रमन्त्र’ भनिदिए । यसबाट साधारण मानिसलाई केही भ्रम हुन सक्छ । तर डाइन र सपेराहरूको मन्त्रलाई मन्त्र मानिएको नभएर यसमा गायत्री वा वैदिक मन्त्रलाई नै ‘पवित्र’ मन्त्र भनिएको हो । सायद स्वामीज्यूको ‘पवित्र मन्त्र’ को तात्पर्य तालपत्र(ताडपत्र) मा लेखिएको होला । कुनै आश्चर्य वा गुरुमुखद्वारा ध्वनित गायत्री वा वेदमन्त्र कण्ठस्थ गरेर त्यसैलाई कागजमा लेखिएको छ किनभने प्रेसद्वारा छापिएका किताबहरूमा रहेका मन्त्र अशुद्ध अर्थात् अपवित्र सम्झिन पनि सक्छन् । तर स्वामीज्यूले ‘धेरैभन्दा धेरै मानिस’ भनेका छन्, त्यसैले उनलाई यति धेरै सङ्कीर्ण भन्न सकिन्न ।

एउटा अर्को कुरा छ — ‘रामनाम’लाई पनि ‘पवित्र मन्त्र’ भनिएको छ । त्यसबाट पनि दु:ख, पाप र अशान्ति टाढा हुन सक्छन् भन्ने विश्वास पनि गर्ने गरिन्छ । सायद यही त होइन स्वामीज्यूको ‘पवित्र मन्त्र’ किनभने यसका लागि त स्त्री वा शूद्र सबैलाई गायत्री वा वेदमन्त्रको स्वतन्त्रता मिल्नेछ भन्ने कुरामा मलाई बारम्बार शङ्का हुन्छ । यदि सङ्कीर्णताको व्यवहार छाडेर उदारताको व्यवहार गरेकै सत्य हो भने त बधाई स्वामी महादेवज्यूलाई तथा धन्यवाद उनको साहसलाई !

ओह ! स्वामीज्यूले त्रासले ग्रस्त जगत्लाई भयबाट बच्नका लागि र संसारमा शान्ति बनाइराख्नका लागि कति सरल उपाय बताएका छन् र कति सस्तो ! उनको यस खोजप्रति दुनियाँदारले उनीप्रति कृतज्ञ हुनुपर्छ । यदि सवालाख नभनेर सवा करोड नै भनिदिन्थे भने आरामप्रिय दुनियाँदारलाई कुनै कठिनाइको अनुभूति हुने थिएन !—मात्र सवा लाखपटक त हो नि !

सवा लाख
खै कुन्नि हाम्रो यस ‘सवा लाख’मा कुन महŒव र शक्ति लुकेका छन् ! यस्ता सवा लाखका प्रणाली र पद्धति हाम्रो संस्कृतिका अनेक चीजहरूमा देखिन्छन् — सवालाख जप, सवालाख परिक्रमा, सवालाख फल चढाउनु, सवालाख पूmल चढाउनु इत्यादि । लाख र करोडमा पनि त्यति धेरै महŒव छैन, एकदुई लक्ष होम, कोटिहोम आदिलाई छाडेर । यस्तै ‘पाँच’को महŒव पनि हाम्रो कामकाज र संस्कृतिको इतिहासमा धेरै पाइने गर्छ—पञ्च, पञ्चायत, पञ्चवर्षीययोजना, पञ्चसूत्री प्रस्ताव, पञ्चशील इत्यादि । यस ‘पाँच’लाई शुभ मानेर हालसाल राजनीतिको क्षेत्रमासमेत यसको स्वागत गरिँदै छ । ‘चार’ र ‘छ’ मा मिल्ने हुँदाहुँदै पनि सकेसम्म ‘पाँच’मा ल्याउने प्रयास गर्ने गरिन्छ । एकभन्दा बढी पतिवाली प्रसिद्ध स्त्री पतिसङ्ख्या पाँच भएको कारणले धेरै पतिवाली भएरै पनि पतिव्रता र सती भनिएको छ । कहाँसम्म भने पाँच नारीलाई पति भएर पनि सदा कुमारी भन्ने गरिएको छ । यी पाँच पतिव्रता वा पञ्चकुमारी हुन्— अहिल्या, कुन्ती, द्रौपदी, तारा र मन्दोदरी ।

जहिलदेखि बहुपति भएर पनि यी पाँच नारीलाई वेश्याको सट्टा सती र कन्या भन्न थालियो सायद त्यसै समयदेखि ‘पाँच’को महŒव बढेको होला । अथवा पाँचको महŒवपूर्ण सङ्ख्यामा आएका कारण नै यी पाँच नारी बहुपतिवाली भएर पनि वेश्या मानिएनन् होला र पाँचको योगले गर्दा सती या कन्या ठहरिन थाले हुनन् । जस्तो सात ठूला ऋषि अथवा सात समुद्रका कारण ‘सप्त’को ‘सात’को पनि केही महŒव छ र आठजना ‘काली’को प्रख्यातिले ‘आठ’को, नौवटा रत्नका कारण ‘नौ’को, दश अवतारका कारण ‘दश’को इत्यादि । त्यसैले माथापच्ची गरेर पनि जब ‘पाँच’मा मिल्न सकेन अनि ‘सप्त’, अष्ट, नव, दश आदिमा पुगेर सन्तोषको सास फेर्न थाले । जब यस्तो कुनै महŒवपूर्ण अङ्कमा ‘फिट’ गर्न सक्दैन भने अङ्क, सूत्र इत्यादि बहुअङ्कहरू वा बहुसूत्री हुनुको त्यति महŒव हुन सक्दैन, न त प्रभावशाली मार्काको चीज नै ठहरिन्छ । यस्तो तŒव र पदार्थको सृष्टि, निर्माण वा आविष्कारमा निर्माता र आविष्कर्तालाई त्यस्तो बुद्धिमानीमा गनिँदैन ।

सुनिन्छ, एक पति हुनु त स्त्रीहरूका लागि खुसीको कुरा हो तर भूल वा अज्ञान वा संयोगले केही गरी एकभन्दा बढी पति भए भने त्यसको प्रायश्चित्त गर्नका लागि अथवा आफ्नो नैतीत्वको भावनामा ल्याउनका लागि पाँच पति बनाउने कुरा पनि सोच्दछे; यस्तो पनि सम्झने गरिन्छ । धेरै स्त्रीहरू राख्न सकेकोमा (सोह्रहजार ?) आपूmलाई कृष्णको दर्जामा पुगेको देख्नेहरू आज पनि पर्याप्त छन् किनभने कृष्णका सोह्र हजार स्त्रीहरू थिए्; यस्तो विश्वास गर्ने गरिन्छ र धेरै हदसम्म यो कुरा सत्य मान्ने गरिन्छ । यद्यपि यो कुरा प्रमाणित तथ्य नभई किंवदन्ती नै किन नहोस् ! बस, कृष्णका १६,००० स्वास्नीहरूका कारण नै १६,००० को सङ्ख्या पनि महŒवपूर्ण हुन गयो ।

यसैगरी ‘सवा लाख’को पनि कुनै इतिहास होला, इतिवृत्त होला, घटना होला अर्थात् कुनै न कुनै र केही न केही होला । त्यसैले नै यसको प्रचलन सुरु भयो होला । जेहोस्, अब यो जादूको वा चमत्कारको चीज भइरहेछ; यस्तो म देख्दछु । हो पनि, यस्तै जादू र चमत्कारजस्ता कुराकामका लागि यसको व्यवहार हुन्छ । महादेव स्वामीज्यूको ‘धेरैभन्दा धेरै मानिस’ले सवा लाखपटक ‘पवित्र मन्त्र’ लेखेर ‘मन्त्र बैङ्क’ मा जम्मा गर्नेछन् तब त्यो विश्वशान्तिमा गुप्तरूपमा ‘सहायक’ हुनेछ भन्ने कुरा मेरो दृष्टिमा यस्तै एउटा जादू वा चमत्कार ल्याउने प्रयास मात्र हो । के यो ‘सवालाख मन्त्र’ सोभैm आइजनहावर, ख्रुस्चेव, बुल्गानिन आदि विश्व रङ्गमञ्चका खेलाडी र युद्धपिपासुहरूको हृदयमा प्रवेश गरी तिनीहरूको भ्रान्त गति र पथभ्रष्ट बुद्धिलाई सुमार्गमा जानका निम्ति प्रभावकारी हुन सक्छ ? यदि ‘हँ’ त रावण, दुर्योधन आदि किन दैत्य र दुष्ट बनेरै रहे ? के त्यस समयमा गायत्री, वेदमन्त्र सवालाखपटक लेख्ने र जप्ने कोही थिएनन् ? फेरि किन रावण, दुर्योधन आदिको हृदय परिवर्तन हुन सकेन ? किन सीताहरण भयो र लङ्काकाण्ड तथा महाभारतजस्ता भयङ्कर विश्वयुद्ध (त्यस समयअनुसार) छेडियो ?

‘सवालाखपटक मन्त्र’बाट शान्तिस्थापना हुनु अर्थात् यसबाट युद्ध वा विश्वयुद्ध टल्नु कसरी सम्भव छ ? यो बडो आश्चर्यको कुरा हो । त्यसो हो भने त विश्वमा भारत र भारतीय, भारतीयमा पनि हिन्दू वा सनातनी मानिसहरू सबैभन्दा जिम्मेदार र सुपरभाइजर छन्, हिन्दूहरूमा पनि पुरुषजाति र पुरुषजातिमा पनि द्विजजाति अथवा ब्राह्मण त झन् महँगा हुनन् किनभने तिनै ब्राह्मणहरूद्वारा उच्चारित कुरो के छ भने यस्तो हुँदाहुँदै पनि, मन्त्रको शक्ति यति धेरै भएर पनि संसारमा नै होइन, स्वयं आफ्नै भारतमा पनि सदैव लडाइँ हुँदै नै आएका छन् र सबैभन्दा दु:खको कुरो के छ भने सदियौँदेखि आफ्नो स्वतन्त्रता विदेशीहरूले लुटेकाले आफ्नै भाइभाइबीच मारकाट चलिरहेको थियो ।

के यो प्रश्न गर्न सकिन्छ—मन्त्रले सोभैm गएर युद्धका सूत्रधारहरूको मति सुधार्नमा प्रभाव पार्छ ? अथवा आरामसित सुतिरहेको ईश्वरलाई जगाउनमा सहायता गर्छ ? अर्थात् के मन्त्रले विश्वका नेताहरूलाई तिनको पथभ्रष्टताबारे अवगत गराउँछ ? अथवा ईश्वरलाई खुसी पार्ने सामथ्र्य राख्छ ? जसबाट युद्धका सूत्रधारहरू वा संसारका कर्णधारहरूलाई सहृदयी बनाउन ईश्वर ध्यानाकृष्ट हुन्छ ? यदि पहिलो कुरा साँचो हो भने यस मन्त्रको प्रचारप्रसार बढीभन्दा बढीमात्रामा गर्नुपर्छ ताकि चाँडोभन्दा चाँडो यसको असर पर्नमा कुनै कसर बाँकी नरहोस् । तब यस मन्त्रलाई लिएर अथवा धारण गर्नका लगि धेरैभन्दा धेरै ब्राह्मण बनून् । तब राम्रै हो श्री स्वामीज्यूले ‘धेरैभन्दा धेरै’ मान्छेहरूलाई मन्त्र दिने उदारता देखाएका छन् । तर सत्य कुरा अर्कै छ । म देख्छु यसबाट ईश्वरको अलिकति बदनामी हुनेछ किनभने ईश्वरका विभिन्न उपाधिहरू जस्तो कि सर्वशक्तिमान्, सवान्तर्यामी, दयालु, न्यायी, सुप्रवन्धक इत्यादि छन् तर ती व्यवहारमा किन देखिँदैनन् ? किन ऊ यस्ता तन्त्रमन्त्रहरूको आह्वानका लागि पर्खेर बस्छ ? नत्र त कैयन् पटक विश्वयुद्ध मात्र होइन, सानातिना लडाइँहरू पनि भइरहन्छन् । जब सवा लाखपटक रोदन सुनेर मात्रै निद्रा टुट्छ, सवा लाख मानिस रुँदा मात्रै उसको दया उत्साहित हुन्छ र सवा लाख आँसु थोपाथोपा गरी खसेपछि मात्रै उसको हृदय भिज्छ भने कसरी ‘यस्ताउस्ता’ भन्न सक्छौँ ? के मन्त्रको मात्रा पनि औषधीको मात्राजस्तै हुन्छ ? वास्तवमा मन्त्रहरूले शान्तिको स्थापना हुनु र लडाइँ नहुनु भन्ने कुरा जादू र चमत्कारबाहेक अरू केही होइन ।
स्वामी महादेव महाराजको ‘सवालाखमन्त्र’ले विश्वशान्ति अर्थात् युद्ध थामिने कुरा सुनेर भूकम्प हुँदा त्यसलाई रोक्नका लागि हाम्रा स्वास्नीहरूले औँलाले पृथ्वीलाई दबाउने गरेको कुराको अचानक नै सम्झना हुन्छ । अर्थात् प्राय: हिन्दू नारीहरूको के विश्वास थियो भने (अहिले पनि यस्तो विश्वास गर्ने नारीहरू प्रशस्त छन्) पतिव्रता स्त्रीले झटपट आफ्नो औँठाले धर्तीलाई दबाइदिने हो भने भुइँचालो थामिन्छ । सुरक्षित स्थानमा भाग्नुको सट्टा यसै विश्वासमा परी कति नारीहरूले आफ्ना बालबच्चाहरूसहित आफ्नै जीवनलाई कालको मुखमा गाँस बनाएका छन्, तथा कति मर्दहरूले आफ्नी स्वास्नीको पातिव्रत्यमा विश्वास गरी बसेर आफ्नो जीवनको अन्त्य गरेका छन् । बस, स्वामीज्यूको ‘सवालाख पवित्र मन्त्र’ले विश्वशान्ति हुने अर्थात् युद्ध टल्ने कुरा पनि यस्तै एउटा निराधार र निर्जीव विश्वासमात्र हो, मीठो कल्पनामात्र हो र रामभरोसामात्र हो । यस्ता केही ‘डुब्न लागेका बेला तिन्को सहारा’जस्ता कुराले न दुनियाँलाई केही फाइदा हुनेछ, न आजको दुनियाँ यस्ता हावादारी कुराको पछि दगुर्नेछ ।


Tags: जनमतरामप्रसाद ज्ञवाली
अघिल्लो पोष्ट

मार्चुङको मूच्र्छना

पछिल्लो पोस्ट

बनेपा–चण्डेश्वरीको प्राचीनता–अध्ययन

हृदयचन्द्र सिंह

हृदयचन्द्र सिंह

सम्बन्धित पोष्टहरू

अभिशप्त
अनुवाद

अभिशप्त

१ श्रावण २०८१, मंगलवार
बिहेघर
अनुवाद

बिहेघर

९ चैत्र २०८०, शुक्रबार
कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : ४
अनुवाद

कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : ४

२८ फाल्गुन २०८०, सोमबार
कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : २
अनुवाद

कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : २

२३ माघ २०८०, मंगलवार
पछिल्लो पोष्ट
बनेपा–चण्डेश्वरीको प्राचीनता–अध्ययन

बनेपा–चण्डेश्वरीको प्राचीनता–अध्ययन

जनमत कविता - समाश्री

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

काठमाडौं विश्वविद्यालयवाट नौ काभ्रेली प्रतिभा सम्मानित

काठमाडौं विश्वविद्यालयवाट नौ काभ्रेली प्रतिभा सम्मानित

३ मंसिर २०८१, सोमबार
शान्तिका ‘सपनाको समाधि’ र ‘नसोधिदेऊ विन्ती’ लोकार्पित

शान्तिका ‘सपनाको समाधि’ र ‘नसोधिदेऊ विन्ती’ लोकार्पित

४ जेष्ठ २०७९, बुधबार
चकटी बहसमा अनिता कोइरालाको कृति ‘उज्यालो औंसी’

चकटी बहसमा अनिता कोइरालाको कृति ‘उज्यालो औंसी’

३ पुष २०८१, बुधबार
संगीतकर्मीहरूलाई ‘नातिकाजी राष्ट्रिय पुरस्कार’ प्रदान 

संगीतकर्मीहरूलाई ‘नातिकाजी राष्ट्रिय पुरस्कार’ प्रदान 

४ जेष्ठ २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक