सन् १४४० मा जोहनेस गुटेनबर्गले हाते प्रिन्टिंग प्रेसको आविस्कार गर्नुपूर्व सबै पुस्तकहरु हातले लेखिन्थ्यो । एउटा पुस्तक किन्नका लागि कम्तिमा ६ महिना अघि अर्डर गर्नुपर्ने हुन्थ्यो ।
हातले लेखिएको सबैभन्दा पुरानो पुस्तक हिन्दु धर्मग्रन्थ ‘बेद’ हो ।
गुटेनबर्गले हाते प्रिन्टिंग प्रेसको आविस्कार गरेपछि सबैभन्दा पहिले छापिएको पुस्तक ‘बाइबल’ थियो ।
अहिलेसम्मकै सबैभन्दा महंगो पुस्तक लियोनार्दो दा भिन्सिले लेखेका द कोडेक्स लिसेस्टर हो । लियानार्दो दा भिन्चीको यो पुस्तकको मूल्य करीब ३२१ करोड रुपैयाँ छ । दा भिन्चीको हस्तलिखित पाण्डुलिपिसहितको यो वैज्ञानिक जर्नल जम्मा ७२ पानाको छ । यस किताबलाई संसारका सबभन्दा धनी व्यक्ति बिल गेट्सले किनेका हुन्
पुरानो पुस्तकको वासना सुंघ्न मन लाग्ने बानीलाई ‘बिब्लिओस्मी’ रोग भनिन्छ । जुन, पुस्तकमा लागेको धुलो, पुस्तकको पाना र पुरानो काठको मिश्रणबाट आउने गर्दछ ।
प्रकाशक बरनेस र नोब्लेका अनुसार पुस्तकामा लेखिएको सबैभन्दा लामो बाक्य ८२३ शब्दको छ । यो बाक्य भिक्टोर ह्युगोले लेखेका ‘लेस मिजरेबल्स’ नामक पुस्तकमा छ ।
संसारमा सबैभन्दा धेरै पुस्तक पढ्ने पढन्ते मानिसहरु आइल्याण्डका नागरिक हुन् ।
संसारमा हरेक पाँच जनामा एक जनामात्र पुस्तकप्रेमी रहेको अनुमान गरिन्छ ।
टाइपराइटर प्रयोग गरी लेखिएको पहिलो पुस्तकको नाम ‘द एडभेन्चर अफ टम सवेर’ हो । मार्क टवइनले लेखेका थिए ।
अमेरिकन राष्ट्रपति थेओदोरे रुजवेल्टले एकदिनमा एउटा पुस्तक पढ्ने गर्थे ।
(एजेन्सीको सहयोगमा)