जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज कला चित्रकला

नेपाल ललितकला प्रतिष्ठानको रणनीतिक योजना सार्वजनिक

जनमत जनमत
प्रकाशित ५ पुष २०८०, बिहीबार
चित्रकला भित्र
0
नेपाल ललितकला प्रतिष्ठानको रणनीतिक योजना सार्वजनिक

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले कला, सिर्जनाको विकास र प्रवर्द्धनमा पुनर्जागरण ल्याउने गरी रुपान्तरणकारी कार्ययोजना अघि बढाएको छ ।

देशका सातै प्रदेशमा कलाको विकास गर्नेगरी प्रतिष्ठानले ललितकला क्षेत्रको रणनीतिक योजना सार्वजनिक गरेको हो । प्रतिष्ठानले सार्वजनिक गरेको योजनाअनुसार प्रदेश र पालिका सरकार तथा सरोकारी सङ्घसंस्थासँगको सहकार्यमा कला, स्थान र प्रतिभालाई प्राथमिकता दिँदै नेपाली राष्ट्रियपनको रैथाने लोक समुदायगत संस्कृति र भौगोलिक–प्राकृतिक पर्यावरणको विषयवस्तुलाई उठाउन खोजेको छ ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रतिष्ठानले संस्थागत संरचना सुधार, नीतिगत कार्यक्रम, आर्थिक, प्रशासनिक तहमा दीर्घकालीन महत्त्व राख्ने कार्यक्रम तथा निर्णय गर्न लागेको जानकारी दिए ।

त्यसका लागि प्रतिष्ठानले विभिन्न कार्यविधिसमेत तयार गरेको र केही कार्यविधि प्रदेशको थप आधारभूत छलफल तथा तथ्यस्थिति अध्ययनपश्चात् निर्माण गरिने उनले बताए । सार्वजनिक ललितकलाको रुपान्तरणकारी योजना हालै काठमाडौँमा भएको प्रतिष्ठानको प्राज्ञसभाले समेत पारित गरिसकेका छन् ।

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले प्रतिष्ठानले कला क्षेत्रको विकास र प्रवद्र्धनका लागि प्रतिष्ठानले तलैदेखि काम सुरु गरेको बताए । उनले महत्वाकांक्षी योजना देखिए पनि कार्यान्वयन गर्न सकिने खालका रहेका जानकारी दिँदै प्रतिष्ठानको सीता भवनलाई उच्चस्तरको सङ्ग्रहालय बनाउने योजना अघि सारिएको जानकारी दिए ।

यसअघि प्रतिष्ठानले ललितकला क्षेत्रको प्राज्ञिक उन्नयनसँगै मौलिकता संरक्षण गर्ने, रोजगारी सिर्जना गर्दै अर्थतन्त्रमा योगदान दिने, राजधानी तथा देशका सातै प्रदेशमा रहेका कलाकार तथा कला संस्थासँग भेटघाट गरी कला क्षेत्रमा गर्नुपर्ने कार्यका बारेमा सुझावसमेत लिएको थियो ।

नेपाली कलामा पुनर्जागरण ल्याउने उद्देश्यले प्रतिष्ठानले यही वर्षदेखि प्रादेशिक प्रदर्शनी सुरु गर्न लागेको छ । यस्तै नेपाली कला र कलाकारको सर्वेक्षण गर्ने, राष्ट्रिय ललितकला प्रदर्शनी, तीनवटा प्रदेशमा कलाकार सम्मेलन/कार्यशाला/गोष्ठी तथा प्रदर्शनी, केन्द्रका तीनवटै प्रज्ञा–प्रतिष्ठान र प्रदेश/पालिकामा स्थापित प्रतिष्ठान/परिषद्/मिति आदिको काठमाडौँमा भेलालगायत कार्यक्रम गरिने प्रतिष्ठानले जनाएको छ ।

प्रदेश र पालिकामा सांस्कृतिक संरचना निर्माणमा सहजीकरण गर्न पहल गर्ने, बढ्दो तापक्रमले हिमालमा पारिरहेको प्रभावको पक्षमा केन्द्रित रहेर ‘हिमालको रहस्य’ विषयमा कला प्रदर्शनी गर्ने, संविधान र लोकतन्त्रको मूलभावमा रही गणतन्त्रको प्रतीक/स्तम्भको नमूना (म्याकेट) प्रतियोगिता गर्ने पनि कार्ययोजनामा समेटिएको छ ।

महिला/दलित/जनजाति/पछाडि पारिएका वा सुविधाविहीनलगायत जनसमुदाय आदिको जागरणसम्बन्धी कार्यक्रम, सहिद दिवसको अवसर पारेर कला प्रदर्शनी, सिर्जनावृत्ति प्राप्त गरेका कलाकारका कला प्रदर्शनी, लुम्बिनी प्रदेशको दाङस्थित गढवा गाउँपालिकामा सेरामिक्स हब र बागमती प्रदेशको रामेछापस्थित सुनापति गाउँपालिकामा थाङ्का कला हब बनाउने योजनामा समावेश छ ।

अहिले त्यसको सम्भाव्यता अध्ययनको कार्य अन्तिम चरणमा पुगेको छ । सम्भव भएसम्म रेनोभेसन/कन्जर्भेसन प्रशिक्षण, सिन्धुली कमलामाईस्थित कलाघर र पर्वत कुश्मास्थित शताब्दीघरसँग मिलेर कलासम्बन्धी कार्यक्रमसमेत गरिन पनि जनाइएको छ ।

किरात वास्तुकलाको खोज, नेपाली अर्थतन्त्रमा ललितकलाको योगदान, प्राज्ञिक खोज अनुसन्धानसम्बन्धी गोष्ठी, अन्तक्र्रिया/कार्यशाला तथा यसै वर्षदेखि नेपाल ललितककला मेला पनि आयोजना गरिने भएको छ ।

परम्परागत ऐतिहासिकस्थल तथा कला सम्पदाको अध्ययन, अनुसन्धान, कला सिर्जना, हस्तकलासम्बन्धी कलात्मक सारङ्गी, टुङ्गना, मुकुन्डो प्रशिक्षण तथा कार्यशाला, सेरामिक्स प्रशिक्षण, मिथिला क्षेत्रमा लोक चित्रकला र हस्तकलासम्बन्धी प्रशिक्षण तथा प्रदर्शनी, लिम्बू लोक/हस्तकलाका बारेमा गोष्ठी, हिमाली लोक कला विषयक गोष्ठी तथा अन्तक्र्रिया, खाम कलाको अनुसन्धान गरिने जनाइएको छ ।

आधुनिक तथा समसामयिक कलाकारका कला प्रदर्शनी, चित्रकला कार्यशाला (रसुवा), समावेशी चित्रकला प्रदर्शनी र कार्यशाला, प्रिन्टमेकिङ कार्यशाला आदि गरिने कार्ययोजनामा उल्लेख छ ।


अघिल्लो पोष्ट

नातीकाजीको स्मृतिमा पशुपतिनाथमा भजन

पछिल्लो पोस्ट

‘काली कर्णालीको लोकसाहित्य र संस्कृति’को लोकार्पण

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

मेरो कला कर्म र चिन्तन
कला

मेरो कला कर्म र चिन्तन

२८ पुष २०८१, आईतवार
एआई मोडल’ ले बनाएको चित्रलाई १४ करोड
कला

एआई मोडल’ ले बनाएको चित्रलाई १४ करोड

२८ कार्तिक २०८१, बुधबार
कलाकार कर्माचार्यको ‘हिलोमा फुलेको फूल’ सार्वजनिक
चित्रकला

कलाकार कर्माचार्यको ‘हिलोमा फुलेको फूल’ सार्वजनिक

२५ कार्तिक २०८१, आईतवार
मुस्ताङको ठिनीमा पर्वतीय चित्रकला महोत्सव
चित्रकला

मुस्ताङको ठिनीमा पर्वतीय चित्रकला महोत्सव

१४ कार्तिक २०८१, बुधबार
पछिल्लो पोष्ट
‘काली कर्णालीको लोकसाहित्य र संस्कृति’को लोकार्पण

'काली कर्णालीको लोकसाहित्य र संस्कृति'को लोकार्पण

आदिबासी बाहुनी

आदिबासी बाहुनी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

आफ्नै लयमा फर्कंदो रोल्पाको न्यानो स्पर्श

आफ्नै लयमा फर्कंदो रोल्पाको न्यानो स्पर्श

३ जेष्ठ २०७९, मंगलवार
पारिजातको प्रसिद्ध उपन्यास ‘शिरीषको फूल’ नाट्यरूपमा

पारिजातको प्रसिद्ध उपन्यास ‘शिरीषको फूल’ नाट्यरूपमा

३ जेष्ठ २०७९, मंगलवार
ओ. हेनरी

ओ. हेनरी

३ जेष्ठ २०७८, सोमबार
न्यूह्यामसायर अनेसासको सरस्वती पूजा र बाल प्रतिभा प्रदर्शन सम्पन्न

न्यूह्यामसायर अनेसासको सरस्वती पूजा र बाल प्रतिभा प्रदर्शन सम्पन्न

३ जेष्ठ २०८०, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक