जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विश्व साहित्य

जे.के. रोलिङ

योगेन्द्र तिमिल्सिना योगेन्द्र तिमिल्सिना
प्रकाशित ६ आश्विन २०७९, बिहीबार
विश्व साहित्य भित्र
0
जे.के. रोलिङ

JK Rowling


ब्रिटिश उपन्यासकार जे.के. रोलिङको खास नाउँ जोनी रओलिङ हो । उनी रोबर्ट गल्ब्रेथको उपनाउँ बाट पनि लेख्ने गर्छिन् । उनी ३१ जुलाई १९६५ मा बेलायतको ग्लसेस्टरशायर प्रान्तको यटे शहरको यटे जनरल हस्पिटलमा जन्मेकी थिइन् । आन रओलिङ नाम गरेकी उनकी आमा विज्ञान प्राविधिक थिइन् भने बाबु पिटर जेम्स रओलिङ रोल्स रयस कम्पनीका एअरक्राफ्ट इञ्जिनीयर थिए । उनले स्थानीय सेन्ट माइकल्स प्राइमरी स्कुलमा प्राथमिक शिक्षा प्राप्त गरेकी थिइन् । उनी ९ वर्षकी हुँदा उनको परिवार साउथ वेल्सको चेपस्टोया बसाइँ सरेको थियो । उनी सानै उमेरदेखि केही न केही लेख्ने गर्थिन् । सिन नाउँ गरेको उनको एउटा मिल्ने साथीले कुनै दिन तिमी राम्रो लेखक बन्नसक्छ्यौ भन्दा उनी ज्यादै उत्साहित भएकी थिइन् ।

महिलाले लेखेको पुस्तक पाठकहरुले नरुचाउने हुन् कि भन्ने लागेर उनका प्रकाशकको अनुरोधमा उनले जोनी रओलिङबाट जे.के. रअलिङ उपनाम राखेकी थिइन् ।

उनी उपन्यासकार बाहेक एक मानवतावादी, फिल्म तथा टेलिभिजन प्रोड्युसर र स्क्रीन राइटर समेत हुन् । खास गरी केटाकेटी र युवाहरुको निम्ति लेखिएका स्वैरकल्पनामा आधारित (Fantasy) उपन्यास श्रृ◊ला ह्यारी पोर्टरबाट उनी प्रसिद्ध छन् । यस पुस्तक श्र◊लाले अनेकौँ पुरस्कारहरु जितेको छ भने यसका ५० करोडभन्दा बढी प्रतिहरु विक्री भैसकेको बताइन्छ । इतिहासमा यस पुस्तकलाई सबैभन्दा बढी विक्री भएको पुस्तक भनिन्छ । यसैको आधारमा उनको स्वीकृतिमा फिल्मका पटकथा समेत बनेका छन् ।
स्कुलको पढाइ सकेपछि उनलाई इङ्लिस पढ्ने इच्छा थियो, तर उनका आमा बुवाले युनिभर्सिटी अफ एक्सटरमा फ्रेञ्च पढ्ने सल्लाह दिए । प्यारिसमा एक वर्ष फ्रेञ्च पढेपछि सन् १९८६ मा उनी ग्राजुएट भइन् । सन् १९९० मा राओलिङ अंग्रेजी भाषा पढाउन पोर्तुगल गएकी थिइन् । त्यहाँ उनको पोर्तुगिज पत्रकार जर्ज अरान्तेसँग सम्पर्क भयो र ती दुबैको विहे भयो । उनी लण्डनमा विभिन्न कामहरु गर्न थालिन् । त्यसमध्ये एमनेस्टी इन्टरनेशनलको जागीर एक थियो ।

उनी एमनेस्टी इन्टरनेशनलमा शोधकर्ता तथा दोभाषेको रुपमा जागीर खान्थिन् । त्यसै बखत एकपटक सन् १९९० मा लामो यात्रामा म्यान्चेस्टरबाट लण्डन आउँदा ट्रेन ढिलो भएको अवस्थामा उनलाई ह्यारी पोर्टरको कथा सुझेको थियो । त्यसपछिका सात वर्षमा उनकी आमाको देहान्त भयो, सन् १९९३ मा उनको पहिलो सन्तान, छोरी जेस्सिका जन्मीे, उनले पहिलो श्रीमान जर्ज अरान्तेसबाट सन् १९९५ मा डिभोर्स लिइन् र उनको पहिलो श्रृ◊लाको उपन्यास ह्यारी पोट्टर र दार्शनिकको ढुङ्गा (Harry Potter and the Philosopher’s Stone) , 1997)) प्रकाशित नहुन्जेल उनले गरिबीको सामना समेत गरिन् । अरान्तेसँग डिभोर्स भएपछि उनी एडिनबर्ग बस्न थालेकी थिइन् ।

पहिलो पुस्तक लेखी सकेर प्रकाशनको निम्ति उनी प्रकाशकहरुहरुलाई भेट्न गइन् । बाह्रओटा प्रकाशकहरुलाई उनले भेटिन् । ती सबैले पुस्तक छाप्न अस्वीकार गरे । एउटा खासैै नाउँ नचलेको ब्लुम्सबेरी चिल्ड्रेन्स बुक्स भन्ने प्रकाशन गृहले चाहिँ २,५०० पाउण्ड रोयल्टी दिने शर्तमा छाप्न स्वीकार गर्‍यो । महिलाले लेखेको पुस्तक पाठकहरुले नरुचाउने हुन् कि भन्ने लागेर उनका प्रकाशकको अनुरोधमा उनले जोनी रओलिङबाट जे.के. रअलिङ उपनाम राखेकी थिइन् । २६ डिसेम्बर २००१ मा रओलिङले एकजना निल मर्रे नाउँ गरेका स्कटेली डाक्टरसँग दोस्रो विवाह गरिन् । हाल निल मर्रेपट्टिका दुई सन्तान डेभिड (२००३) र म्याकेन्जी (२००५) समेत उनीहरुका तिन सन्तान छन् ।

उनले ह्यारी पोर्टरका छओटा श्रृ◊ला पुरा गरिसकेकी छन् । अन्तिम श्रृ◊ला ह्यारी पोर्टर र साङ्घातिक पवित्रता (Harry Potter and the Deathly Hallows) को प्रकाशन सन् २००७ मा भएको थियो । त्यसपछि रओलिङले युवा र केटाकेहीहरुका लागि पाँच पुस्तकहरु लेखिसकेकी छन् । ती पुस्तकहरु हुन्ः आकस्मिक रिक्त पद (The Casual Vacancy, 2012) र रोबर्ट गल्ब्रेथ उपनाउँले लेखिएका अपराध उपन्यासहरु कुक्कुको कुहुँ कुहुँ (The Cuckoo’s Calling, 2013), रेशम किरो (The Silkworm, 2014), (Career of Evil, 2015 र साङ्घातिक गोरा  (Lethal White, 2018) हुन् ।

एकजना सामान्य आर्थिक स्तरकी महिला बेलायतकी सबैभन्दा धनी लेखक बनिन् । उनले अनेकौँ परोपकारी संस्थाहरु, गरिव परिवार र अनाथहरुलाई आर्थिक सहयोग नगरेकी भए उनी विश्वकै अर्बपति महिला हुने थिइन् । फोर्बस म्यागजिनका अनुसार किताब विक्री गरेर सन् २०१७ मा ७२ मिलियन स्टर्लिङ पाउण्ड कमाउने उनी संयुक्त अधिराज्यकी सबैभन्दा बढी बिकाउ लेखक बनिन् । सन् २०१६ मा सन्डे टाइम्स म्यागेजिनले प्रकाशित गरेको रओलिङको सम्पत्ति करिव ६५० मिलियन स्टर्लिङ् पाउण्ड थियो । यसबाट उनको आर्थिक हैसियत यु के का धनी मानिसहरुको सूचीमा १९७ औँ नम्बरमा पथ्र्यो ।
जे.के. रोलिङ बामपन्थी राजनीतिमा संलग्न छन् । सन् २००८ सेप्टेम्बरको लेबर पार्टी कन्फेरेन्समा उनले १० लाख स्टर्लिङ पाउण्ड आर्थिक सहयोग गरेकी थिइन् तथा प्रधानमन्त्रीका बामपन्थी उम्मेदवार गोर्डन ब्राउनलाई समर्थन गरेकी थिइन् । (


अघिल्लो पोष्ट

‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ सार्वजनिक

पछिल्लो पोस्ट

तुलसी दिवसको कविता

योगेन्द्र तिमिल्सिना

योगेन्द्र तिमिल्सिना

सम्बन्धित पोष्टहरू

रुसका महान् साहित्यकार अलेक्सान्द्र सोल्झेनित्सिन
विश्व साहित्य

रुसका महान् साहित्यकार अलेक्सान्द्र सोल्झेनित्सिन

१ श्रावण २०८१, मंगलवार
लेभ तोल्सतोयका कृतिहरुमा मरणको चित्रण (१)
विश्व साहित्य

लेभ तोल्सतोयका कृतिहरुमा मरणको चित्रण (१)

२२ माघ २०८०, सोमबार
कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : २
अनुवाद

कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : २

२३ माघ २०८०, मंगलवार
भारतीय नेपाली आख्यानमा सांस्कृतिक चेतना
विश्व साहित्य

भारतीय नेपाली आख्यानमा सांस्कृतिक चेतना

४ जेष्ठ २०८०, बिहीबार
पछिल्लो पोष्ट
तुलसी दिवसको कविता

तुलसी दिवसको कविता

लेखक केशव दाहालको ‘माधवी ओ माधवी’ सार्वजनिक

लेखक केशव दाहालको ‘माधवी ओ माधवी’ सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

शंकराचार्यले जलाएको म बौद्धग्रन्थ हुँ

शंकराचार्यले जलाएको म बौद्धग्रन्थ हुँ

४ जेष्ठ २०८१, शुक्रबार
शताब्दी पग्लेको ओढारसित मान्छे

शताब्दी पग्लेको ओढारसित मान्छे

३ जेष्ठ २०८०, बुधबार
पल्पसा क्याफेको नाट्य रूपान्तरण पुस्तकमा

पल्पसा क्याफेको नाट्य रूपान्तरण पुस्तकमा

३ जेष्ठ २०८०, बुधबार
पारिजातको प्रसङ्गमा

पारिजातको प्रसङ्गमा

३ जेष्ठ २०८०, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक