कलाकार के.के. कर्माचार्यको जीवनीमा आधारित बालचित्रकथा ‘हिलोमा फुलेको फूल’ एक समारोहका बिच लोकार्पण भएको छ । यो चित्रकथाको पहिलो भाग हो ।
जीवन भोगाइका यथार्थ तथ्यहरूलाई संवादको शैलीमा लेखिएको र कलाकारकै बाल्यजीवनका विविध पाटा, पात्र र परिवेशलाई सन्दर्भ चित्रका रूपमा प्रस्तुत रंगीन कला चित्र कर्माचार्य स्वयंले बनाएका हुन् ।
नेपाल बालसाहित्य समाजद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा कर्माचार्यको उक्त कृति वरिष्ठ कलाकार हरिप्रसाद शर्माले लोकार्पण गरे । उक्त पुस्तक बालसाहित्यकार विजयराज आचार्यले लेखेका हुन् ।
एक कलाकारको संघर्षको कथा व्यथासँगै त्यस बखतको काठमाडौंको जीवनशैली, बस्ती, बसोबासका विविध पाटाहरूलाई कलाकार कर्माचार्यले कलात्मक रूपमा उतारिएको वक्ताहरूले बताए ।
पुस्तकलाई विवेक सिर्जनशील प्रकाशनले प्रकाशनले बजारमा ल्याएको हो । कृति ‘हिलोमा फुलेको फूल’को मूल्य ३०० रुपैयाँ रहेको छ ।